नेपालगन्ज ÷जेठ २७ गते
सफा नेपालगन्ज र हरियाली नेपालगन्ज भन्ने नारा दिएर थालिएको महाअभियान अन्तरगत ४३ औं पटक सरसmाई गरिएको छ । हरेक हप्ताको शनिबार नेपालगन्जको विभिन्न स्थानमा सरसफाइ गर्दै आएका अभियानताहरुले आज शनिबार पनि सल्यानीवागको कब्रिस्थान सहाबा मस्जिद परिसरमा सरसफाई गरेका हुन् । विभिन्न राजनीतिक दल अधिकारकर्मि, व्यापारी, प्रहरी प्रशासन, पत्रकार लगायत सबैको उपस्थितिमा सरसफाई गरिएको हो । डाक्टर विनोद कर्ण संयोजक रहेको महा अभियानमा सहभागि हुँदै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय सदस्य तेज नारायण कंडेलले अभियान निकै सराहनीय रहेको जनाउँदै अभियानको अन्तिम सम्म पार्टीको भरपुर सहयोग रहने प्रतिवद्धता जनाए । सरसफाई कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेकपा माओवादी केन्द्र बाट नेपालगन्जको मेयर पदका उम्मेदवार दामोदर आचार्य,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका उम्मेदवार कृष्ण प्रसाद खरेल, जलवायु सरक्षण बाँकेका संयोजक हेमन्तराज काफ्ले, पिन नेपालगन्जका अध्यक्ष सामाजिक अभियानता ओम नारायण शर्मा,अधिवक्ता विश्वजित तिवारी, नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य मोहम्मद हारुन, युवा नेता विनोद जंग शाह लगायत धेरैको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment