
नेपालगन्ज उपमहानगरपालिकामा दुई पार्टीका साझा उम्मेदवार कृष्ण प्रसाद खरेल अटो रिक्सा चढेर जनताका घरदैलोमा पुगेर भोट माग्ने कार्य जारी राखेका छन् । चुनाव आउन अबब केहिदिन मात्रै बाँकी रहदा उनले घरदैलो लाई तिव्रता दिएका हुन् ।

एकीकृत राप्रपा पार्टी राष्ट्वादी र राष्ट्यि जनमुक्ति पार्टीको संयुक्तरुपमा चुनाव चिन्ह घर लिएर उम्मेदवार भएका खरेल दलबल सहित जनताका घरघरमा पुगेर नेपालगन्जको विकासक अभियानमा आफुलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । पार्टीका केन्द्रिय सदस्य तेज नारायण कंडेल सहित समर्थक नेता कार्यकर्ताको हुल लिएर खरेल नगरको हरेक वडामा पुगिरहेका छन् । २७ बर्षदेखि नेपालगन्जमा राजनितीबाट जनताको सेवा गर्दै आएका मेयर पदका उम्मेदवार खरेलको बजार क्षेत्र भन्दा गाउँतिर राम्रो भएको केन्द्रिय सदस्य कंडेलको दावी छ । गाउँ गाउँमा जहाँ बाटोको समस्या छ, ढल निकास छैन् त्यहाँ खरेल राजनीति गरिरहदा जनताको सेवा गरेकोले गाउँ गाउँका मानिसहरुका विश्वासिलो पात्र बनेको कंडेलको विश्वास छ । पछिल्लो समय कमल थापाको पार्टीले हिन्दु धर्म, संवैधानिक राजतन्त्रको माग लगायतका एजेण्डा छोड्दै गएकोले आफुहरु डा. लोहनीको नेतृत्वमा जिल्लामा संघर्ष गरिरहेको समेत कंडेलले जनाए । आफुहरुको मेयर पदमा जीत नभएपनि राप्रपाका धवल सम्शेर राणालाई हराउनका लागि मद्दत पुग्ने सम्मान जनक मत ल्याउने कंडेलको बुझाई छ । नयाँ पार्टी दर्ता भएकोले अरुको चुनाव चिन्ह लिएर मैदानमा उत्रिनु पर्ने बाध्यता रहेको जनाउदै केन्द्रीय सदस्य कंडेलले भने हरेक नेपाली जनता अहिले हलो चिन्ह खोजिरहेको छ ।

यो देशमा जनताको पुर्ण अधिकार सहितको हिन्दु राष्ट् र संवैधानिक राजतन्त्र स्थापना गरेर छाड्ने विश्वास व्यक्त गरे । दोस्रो चरणको निर्वाचनबाट पनि राप्रपाको कन्त विजोग हुन्छ, त्यसपछि सबै हाम्रो पार्टीमा प्रवेश गर्छन, त्यो दिन अब धेरै छैन्, कंडेलले भने ।
No comments:
Post a Comment