जेठ ३१
नेपालगन्ज,
थारु जातीमा लाग्ने रोग सिकलसेल एनिमिया पीडित विरामीहरुलाई हुने रगत अभावलाई मध्यनजर गर्दै थारु पत्रकार संघ बाँकेले आज बृहत रक्तदान गरेको छ । १४ औं विश्व रक्तदाता दिवसको दिन आज सिकलसेल एनिमियाका विरामीहरुका लागि क्षेत्रिय रक्त सन्चार केन्द्र नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम गरेको हो । थारु पत्रकार संघकि अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । थारु पत्रकार संघले पहिलो पटक गरेको रक्तदान कार्यक्रममा अहिले सम्म २६ जनाले रक्तदान गरेको संघका सचिव भगतराम थारुले जानकारी दिए । थारु पत्रकार संघकि अध्यक्ष बिमला थारु, नेपाल पत्रकार महासंघका सचिव तिलक गाउँले, मिडिया नेपालका जिल्ला अध्यक्ष हेमन्त चौधरी, संघका सचिव भगतराम थारु, लगायत अहिले सम्म २५ जनाले रक्तदान दिएका थिए ।
No comments:
Post a Comment