मानव धर्मका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाल मानव धर्म सेवा समितिले आज नेपालगन्जको कारकाँदोमा विभिन्न जातका फुलको विरुवा रोपेको छ । नेपाल मानव धर्म सेवा समाज भेरी अन्चल आश्रमले विश्व वातावरण दिवसको अवसरमा विभिन्न जातका फुलका बिरुवा रोपेको नेपाल मानव धर्म सेवा समाज बाँकेका सचिव तेज नारायण कंडेलले जानकारी दिए । भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष उपस्थितिमा फुलका बिरुवा रोप्ने काम भएको हो । हरियो बन नेपालको धन भन्ने मुल नाराका साथ मनाउन लागिएको विश्व वातावरण दिवसको अवसरमा फुल लगाएर शहरको सुन्दरता बढाउन खोजिएको समेत सचिव कंडेलले जानकारी दिए । यस अघि आश्रमले रक्तदान, फलफुल वितरण, सरसफाई लगायतका समाजिक हितमा विभिन्न कार्य गर्दै आएको छ ।Sunday, June 4, 2017
नगरको सुन्दरता बढाउन आश्रमले रोप्यो फुलका बिरुवा
मानव धर्मका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाल मानव धर्म सेवा समितिले आज नेपालगन्जको कारकाँदोमा विभिन्न जातका फुलको विरुवा रोपेको छ । नेपाल मानव धर्म सेवा समाज भेरी अन्चल आश्रमले विश्व वातावरण दिवसको अवसरमा विभिन्न जातका फुलका बिरुवा रोपेको नेपाल मानव धर्म सेवा समाज बाँकेका सचिव तेज नारायण कंडेलले जानकारी दिए । भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष उपस्थितिमा फुलका बिरुवा रोप्ने काम भएको हो । हरियो बन नेपालको धन भन्ने मुल नाराका साथ मनाउन लागिएको विश्व वातावरण दिवसको अवसरमा फुल लगाएर शहरको सुन्दरता बढाउन खोजिएको समेत सचिव कंडेलले जानकारी दिए । यस अघि आश्रमले रक्तदान, फलफुल वितरण, सरसफाई लगायतका समाजिक हितमा विभिन्न कार्य गर्दै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment