
विभिन्न समयमा समाजिक कार्यमा हात हाल्दै आएको इलाका प्रहरी कार्यालय धामपुरले फेरी अर्को समाजिक कार्य गरेको छ ।
इलाका प्रहरी कार्यालय धामपुरको सुन्दरता बढाउन त्यहाँको प्रहरीले बृक्षारोपन गरेको हो । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले धामपुर बाँकेमा सुविधा सम्पन्न भवन बनाइदिएपछि त्यसको थप सुन्दरता बढाउन त्यहाँका प्रहरीले बृक्षारोपन गरेका हुन् । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक देवीलाल घर्तिमगरको नेतृत्वमा १ सय ५ जातको उन्नत जातका रुखका बिरुवा रोपिएको हो । सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने राप्ती सोनारी ४ धामपुरमा रहेको सुविधा सम्पन्न इलाका प्रहरी कार्यालयको भवन वरिपरि त्यहाँको बन कार्यालयको सहयोगमा बोकाइनो, अमला सार्जन,लगायत ५ जातका गरि १ सय ५ जातका रुखका बिरुवा रोपिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी सहायक निरिक्षक आत्माराम शर्माले जानकारी दिए ।
No comments:
Post a Comment