
गत २७ गतेको बाढिका कारण घर भत्केर तीन छोरी गुमाएका कमिलाल थारु यतिबेला सबैको सहयोगमा घर बनाउन सुरु गरेका छन् । घर बनेपछि मात्रै कमिलाल छोरीहरुको अन्तिम संस्कार गर्नेछन् । थारु प्रचलन अनुसार स्थायी घर नहुँदा सम्म अन्तिम संस्कार गर्न मिल्दैन । कमिलालले राप्ती सोनारी साप्ताहिक पत्रिका संग कुराकानी गर्दै भने गाउँभरिका सबैलाई सहयोगमा बोलाएको छुँ, घर बनेपछि मात्रै छोरीहरुको अन्तिम संस्कार गर्छु । कमिलालको ३ वटा छोरीहरु च्यापिएर मृत्यु भएपछि अहिले सन्तान बिहिन भएका छन् ।
कमिलालका घर बनाउन यतिबेला गाउँभरिका मानिसहरु लागेका छन् । कमिलालको घर बनाउन सहयोग गरिरहेका खुशिराम थारु भन्छन् नदिले बगाएको काठ ल्याएर घर बनाइदिदै छौं, उनी गत भाद्र १५ गते भने आज चार दिन भयो । खुशिरामले भने गाउँभरि समस्या त छ, तर कमिलालको झन ठुलो समस्या छ । यता लालपुरकौ सबै स्थानमा नेपाली सेनाले अस्थायी त्रिपालको घर बनाइदिएको छ ।
No comments:
Post a Comment