धारिलो हतियार प्रयोग गरि हत्या गरिएका युवकको ठेगाना खुलेको छ । रुकुमको महत गाउँपालिका २ घर भएका ३२ बर्षिय सन्त बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । उनी हाल घोराही उपमहानगर पालिका बसपार्क बस्दै आएका थिए । उनी साथीहरु संग नेपालगन्ज घुम्न आएको बेला हत्या भएको हो । उनको आफन्तहरु केहिबेरमा बाँके पुग्दैछन् । गएराती राप्ती सोनारी गाउँपालिका १ दोघरे टोलमा एक युवकको हत्या गरिएको थियो । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई पदम ओलीका अनुसार भवनियापुरको दोघरे गाउँको राप्ती नदि नजिकै युवकको हत्या गरिएको अवस्थामा शब फेला परेको हो । प्रहरी इन्चार्ज ओलीले भने टाउँकोमा धारिलो हतियार प्रयोग गरिएकोले गहिरो घाउ छ, युवक संगै नजिकैको झाडीमा रा १ प ४९२५ नम्बरको पहिलो कलरको अपाचे मोटरसाईकल पनि फेला परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।Sunday, September 17, 2017
कुसुममा हत्या गरिएका युवकको नाम ठेगाना खुल्यो, केहिबेरमा आफन्त पुग्दै
धारिलो हतियार प्रयोग गरि हत्या गरिएका युवकको ठेगाना खुलेको छ । रुकुमको महत गाउँपालिका २ घर भएका ३२ बर्षिय सन्त बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । उनी हाल घोराही उपमहानगर पालिका बसपार्क बस्दै आएका थिए । उनी साथीहरु संग नेपालगन्ज घुम्न आएको बेला हत्या भएको हो । उनको आफन्तहरु केहिबेरमा बाँके पुग्दैछन् । गएराती राप्ती सोनारी गाउँपालिका १ दोघरे टोलमा एक युवकको हत्या गरिएको थियो । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई पदम ओलीका अनुसार भवनियापुरको दोघरे गाउँको राप्ती नदि नजिकै युवकको हत्या गरिएको अवस्थामा शब फेला परेको हो । प्रहरी इन्चार्ज ओलीले भने टाउँकोमा धारिलो हतियार प्रयोग गरिएकोले गहिरो घाउ छ, युवक संगै नजिकैको झाडीमा रा १ प ४९२५ नम्बरको पहिलो कलरको अपाचे मोटरसाईकल पनि फेला परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment