राप्ती सोनारी ३ सरस्वती मावि भवनीयापुर विगत ६ महिना देखि प्र.अ विहिन बनेको छ । जस्का कारण पठनपाठनमा समेत समस्या देखिएको छ । विद्यालयमा प्र.अ बन्न सक्षम शिक्षकहरु हुँदा हुँदैपनि लामो समय सम्म विद्यालयले प्र.अ नपाएको हो । गत भाद्र २४ गते प्र.अ अरुण कुमार यादव र सहयाक प्र.अ सेतिराम गोसाईले सामुहिक रुपमा राजीनामा दिएको ६ महिना वित्दा समेत विद्यालयले प्रअ पाउन सकेको छैन् । विद्यालय व्यवस्थापन समितिले राजीनामालाई वेवास्ता गर्दै ६ महिना सम्म स्वीकृत गरेको छैन् । पटक पटकको वैठकमा सामान्य कुरा चलेपनि स्वीकृत गर्ने या पुन पुरानैलाई ग्राहयता दिने भन्ने बिषयमा समिति अलमलमा छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारुले लेखा परिक्षण र अभिभावक भेला संगै गारएर छिनोफानो गर्ने जनाए । राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्योैपानेले लामो समय सम्म अलमलमा राख्न नहुने भन्दै तत्काल निकास दिन निर्देशन दिइसकेको बताए । यतिका लामो समय सम्म अनिर्णयको बन्दी बनाउनु गलत भएको बताउदै स्थानीय समाजसेवी प्रेमराज श्रेष्ठले शिक्षाको मन्दिर जस्तो संस्थामा कसैले पनि व्यक्तिगत फाइदा उठाउन नहुने जनाए ।
Sunday, February 3, 2019
अनिर्णयको बन्दीमा प्र.अ नियुक्ती

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment