फागुन २० गते
राप्ती सोनारी ४ नयाँ बस्तीमा पहिलो पटक विशेषज्ञ सहितको उच्च स्तरिय स्वास्थ्य सेवा प्रदान सुरु गरिएको छ । कम्पनी रजिस्तारको कार्यालयमा दर्ता भई जिल्ला जनस्वास्थ्य कार्यालय बाट मान्यता पाएर दुर्गम क्षेत्रमा पहिलो पटक ५ शंैयाको स्वेता पोलिकिल्निक प्रा.लि सन्चालनमा आएको हो ।
प्रा.लिका सन्चालक स्वास्थ्यकर्मि मिनराज खड्का (सन्तोष)का अनुसार १ करोड बढि लगानीमा विशेषज्ञ सहितको पोलिकिल्नीक सन्चालनमा ल्याएको जनाए ।
बाँके जिल्लाको दुर्गम मानिने यस क्षेत्रका मानिसहरुलाई उच्च स्तरिय स्वास्थ्य सेवा प्रदानका लागि पोलिकिल्नीक सन्चालनमा ल्याएको स्वास्थ्यकर्मि खड्काले प्रष्ट पारे ।
सुविधा सम्पन्न भवनमा सन्चालन गरिएको पोलिकिल्नीकमा हरेक महिनाको ३ पटक सम्म चिकित्सक द्धारा जाँच, डिजिटल ऐक्सरे, सि.आर ऐक्सरे, भिडियो ऐक्सरे,इ.सि.जी सेवा, सम्पुर्ण ल्याब टेष्ट, एम्वुलेन्स सेवा तथा २४सै घन्टा इमेरजेन्सी सेवा दिदै आएको सन्चालक खड्काको भनाई छ ।
यस क्षेत्रका मानिसहरुको लागि निकै खुशिको कुरा सुनाउदै सन्चालक खड्काले हरेक महिनाको पहिलो साताको शनिबार दशविगाहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. निर्मला शर्मा र दोस्रो र तेस्रो साताको शनिबार मेडिकल कलेज नेपालन्जमा कार्यरत डा.मधु अर्यालले पोलिकिल्नीकमै आएर विरामीहरुको स्वास्थ्य जाँच गर्ने गरेको सुचना दिए । राप्ती सोनारीको १,२,३,४ र ५ वडालाई लक्षित गरेर विरामीहरुलाई सेवा दिइरहेको जनाउँदै अर्का सन्चालक टिकाराम खड्काले गरिव, असाहय, अपागंलाई १० प्रतिशत छुटको व्यवस्था समेत रहेको उल्लेख गरे ।
यस भन्दा पहिले मेडिकल चलाएर त्यस क्षेत्रमा सबैका मन जित्न सफल भएका स्वास्थ्यकर्मि खड्काले भविष्यमा ठुलो अस्पताल खोलेर यस क्षेत्रको जनतालाई उच्च स्तरिय सुलभ सेवा दिने अवधारणा रहेको बताए । अहिले पनी दैनिक ५० बढि विरामीलाई नियमीत उपचार गर्दै आएका छन् ।

No comments:
Post a Comment