राप्ती सोनारी ४ राजपुरमा ३० बर्षिय भुम बहादुर कामीको दुवै मृगौला फेल हुँदा निकै पीडामा छन् । घरमा श्रीमती, एक ३ बर्षिय छोरा र १ बर्षिया छोरी भएको कामीको आर्थिक अभावका कारण उपचारमा निकै समस्या उत्पन्न भएको छ । मृगौला पीडित कामीले आहिले सम्म १० लाख रुपैयाँ खर्च गरिसकेपनि सन्चो नभएपछि सबैमा सहयोगको अपिल गरिरहेका हुन् ।
भएको २ कट्ठा जमीन पनि बेचेर उपचार गरेका पीडित कामी यतिबेला सुकुम्बासी बनेका छन् । परिवार पाल्ने आफै अशक्त भएपछि उपचार गराउने त परै जाओस घर खर्च चलाउन पनि धौ धौ परेको उनको भनाइ थियो । उनले भने जिउँमा पुरै सुजन हुन्छ, घाटी सुक्छ, काम गर्न सक्दीन कसरी परिवार पाल्ने, कसरी उपचार गराउने ?
पीडित कामीका श्रीमती सिता बि.क ले भएको जग्गा जमिन, सम्पत्ती उपचारमा सक्यो ? रोग निको भएको छैन् कसो गर्ने होला, को होला हामीलाई सहयोग गर्ने भन्दै उनको आँखा रसाए ।
मंगलबार राप्ती सोनारी दैनिक पत्रिकाको पत्रकारहरु उनको बारेमा समाचार संकलन गर्न पुगेको बेला पीडित कामीकि श्रीमती सिताले भावुक हुँदै भनिन, आफ्न्त, साथीभाई देश, विदेश, सरकारी, गैरसकारी संघ संस्था जसरी जुन तरिकाले सहयोग गर्न सक्नु हुन्छ, सहयोग गरेर श्रीमानको ज्यान बचाई दिन सबैमा अनुरोध गरेकि छिन् ।
गत २०७५ साल बैशाख महिनामा भारतको विकास नगरको एक अस्पतालमा चेकजाँच गराउने क्रममा डाक्टरले दुबै मृगौला फेल भएको भने पछि त्यस यता सन्चो हुने आशामा निरन्तर विभिन्न अस्पतालहरुमा उपचार गराउँदै आएको सिता विकले बताइन् । श्रीमनलाई सन्चो गाराउने निरन्तर प्रयासमा उनी दैनि मजदुरी गरिरहेकि छिन् । तर उनको दैनिक मजदुरीबाट आएको रकमले उपचार गराउन भने सम्भव छैन ्।
अहिले पनि हरेक हप्ताको २ पटक नेपालगन्ज मेडिकल कलेज कोहलपुर दश विगाहमा डाइलाशिस गराउने गरेको सिता विकले सुनाइन् । उनले कसैले सहयोग गर्न चाहेमा ९८६६४१२८०२,९८६६४१२८०१ मा सम्पर्क गर्न सकिने जनाइन् । पीडित कामीका ससुरा बल बहादुर कामीले ज्वाईको उपचारका लागि सबै सरकारी निकाय संग हारगुहार गर्दा कसैले सहयोग नगरेको गुनासो गरे ।
राप्ती सोनारी गाउँपालिका वडा न. ४ को कार्यालय मार्फत गाउाँपालिकामा २०७५ साल ४ महिना ३० गतेको दिन आर्थिक सहयोग गर्ने निवेदन दर्ता भएपनि अहिले सम्म सहयोग नभएको उनको गुनासो छ । पटक पटक ताकेता गर्दापनि गाउँपालिकाले बेवास्ता गरेको उनको भनाई छ । यस भन्दा अगाडी मृगौला पीडित कामी भारतका विभिन्न स्थानमा श्रम गर्ने गरेका थिए ।
No comments:
Post a Comment