शुक्रबार राप्ती सोनारी ३, ४ र ५ वडाको गाउँ गाउँमा मानिसहरु जम्मा भएर छलफल गरेको देखिन्थे । उनीहरु एका बिहानै गाउँको चोक चोकमा जम्मा भएर भलाकुसारी गर्दै खाना खाएर एक घरको एक जना अनिवार्य उपस्थिति हुनु पर्ने भनिरहेका थिए । विगत १२ बर्ष देखि सोनारी बघौडा विद्युत विस्तारको नाममा ठक्दै आएका ठेकेदार राप्ती सोनारी ४ मा रहेको सब स्टेशनमा आउने चाल पाएपछि मानिसहरु एकजुट भएर ठेकेदार संग जवाफ माग्ने भएका थिए । २०६६ सालमा ४६ करोड लागतमा कोहलपुर बाट धामपुर सब स्टेशन सम्म लाइन विस्तार गर्ने जिम्मा पाएको ठेकेदार राजेन्द्र मिश्रले काम नगरेपछि आहिले सम्म राप्ती सोनारीका अधिकाँस वडामा विद्युत आउन सकेको छैन् । १२ बर्ष सम्म जनतालाई झुक्याउनुको जवाफ प्रष्ट नआएमा कालोमोसो र जुत्ताको मालाको समेत तयारी गरेका थिए । समय वित्दै गएपछि पीडित जनताहरुको बाक्लो उपस्थिति भएको र सामना गर्ने डरले ठेकेदार राजेन्द्र मिश्र भने आएनन् । उपस्थित जनताको हुललाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले विभिन्न बहानामा ठेकेदार, प्रदेश र संघले दिएको मिति सर्दै गएकोले जनता जाग्न पर्ने धारणा राखेका थिए । अध्यक्ष थारुले सडक देखि सदन सम्म तताउनलाई गाउँपालिकाले जे जस्तो सहयोग गर्न पनि तयार रहेको बताउदै वैकल्पीक उपाय अपनाएर भएपनि विद्युत बाल्ने प्रतिवद्धता जनाए । सविधान सभा सदस्य पट्टु थारुले चौतर्फी पहल गर्दा पनि ठेकेदारको चरम लापरवाही देखिएको भन्दै जनस्तर बाट जाग्न पर्ने सुझाए ।
विद्युत समितिका सदस्य बालकृष्ण थारुले स्थानीय समुदाय बाट १० प्रतिशत रकम पनि प्रक्रिया अनुसार रकम उपलब्ध गराइसक्दा समेत विद्युत विस्तार नगरेको ठेकेदारलाई आरोप लगाए । सहभागी अधिकाँस उपभोक्ताले आक्रोस पोख्दै चाडो भन्दा चाडो विद्युत विस्तार गर्न आग्रह गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष संगै ३ वटा वडाअध्यक्ष र उपभोक्ता गरि ३ सय बढिको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment