भोली आइतबार बाट सुरु हुने एसइई परिक्षाको तयारी राप्ती सोनारीमा पुरा भएको छ । राप्ती सोनारीका ४ वटा परिक्षा केन्द्रमा सबै तयारी पुरा गरिएको राप्ती सोनारी शिक्षा शाखाले जनाएको छ । राप्ती सोनारी ५ मा रहेको भुवर भवानी मावि परिक्षा केन्द्रमा सबै तयारी पुरा भएकोेले शान्ति पुर्वक विद्यार्थीहरुले परिक्षा दिन पाउने व्यवस्था गरिएको केन्द्राध्यक्ष चेत बहादुर विष्टले जानकारी दिए । शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिने भएका छन् । यसैगरी बाँकेबाट २० जना मुक्त कम्लहरीहरुले परिक्षा दिने भएका छन् । मुक्त कम्लहरी विकास मन्चकि अध्यक्ष सिता कुमारी थारु सहित २० जना मुक्त कम्लहरीहरुले एसइइ दिने भएका हुन् । अध्यक्ष थारुले भनिन पुर्ण तयारीका साथ पुर्व कम्लहरी साथीहरु एसईईमा सहभागी हुँदै छौ पास हुन्छौ । पुन दिने ८ र नयाँ १२ जना गरेर २० जना कम्लहरीले परिक्षा दिने भएका हुन् ।
Saturday, March 23, 2019
राप्ती सोनारीमा एसईईको तयारी पुरा २० जना पुर्व कम्लहरीले परिक्षा दिदै
भोली आइतबार बाट सुरु हुने एसइई परिक्षाको तयारी राप्ती सोनारीमा पुरा भएको छ । राप्ती सोनारीका ४ वटा परिक्षा केन्द्रमा सबै तयारी पुरा गरिएको राप्ती सोनारी शिक्षा शाखाले जनाएको छ । राप्ती सोनारी ५ मा रहेको भुवर भवानी मावि परिक्षा केन्द्रमा सबै तयारी पुरा भएकोेले शान्ति पुर्वक विद्यार्थीहरुले परिक्षा दिन पाउने व्यवस्था गरिएको केन्द्राध्यक्ष चेत बहादुर विष्टले जानकारी दिए । शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिने भएका छन् । यसैगरी बाँकेबाट २० जना मुक्त कम्लहरीहरुले परिक्षा दिने भएका छन् । मुक्त कम्लहरी विकास मन्चकि अध्यक्ष सिता कुमारी थारु सहित २० जना मुक्त कम्लहरीहरुले एसइइ दिने भएका हुन् । अध्यक्ष थारुले भनिन पुर्ण तयारीका साथ पुर्व कम्लहरी साथीहरु एसईईमा सहभागी हुँदै छौ पास हुन्छौ । पुन दिने ८ र नयाँ १२ जना गरेर २० जना कम्लहरीले परिक्षा दिने भएका हुन् ।
Wednesday, March 20, 2019
कम्युनिस्ट नेता खड्काको निधन
गएराती राप्ती सोनारी ४ बैजापुरका अगुवा नोखिराम खड्काको निधन भएको छ । लामो समय देखि क्यान्सर रोग बाट ग्रसित खड्काको ५९ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
बहुदल पछिको कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय हुँदै आएका खड्का विभिन्न सामाजिक कामको पनि अगुवा थिए । खड्का बैजापुर खानेपानी संस्थानको अध्यक्ष, गौरी सामुदायिक बनको संस्थापक अध्यक्ष र पुर्व एमालेका गाविस सदस्य, इलाका सदस्य, क्षेत्रिय सदस्य समेत भएका थिए ।
उनको ३ छोरा र १ छोरी छिन् । पारिवारिक श्रोतका अनुसार आजै अगैयामा अन्तिम दाहसंस्कार गरिने भएको हो । नेकपाको झण्डाले सम्मान गरि आन्तिम संस्कार गरिने नेकपाका नेताहरुले बताएका छन् ।
Tuesday, March 19, 2019
खसी बोक्ने ट्रक दुर्घटना
सोमबार अवेर राती राप्ती सोनारी २ गोपारपुर नजिक खसी बोक्ने ट्रक दुर्घटनामा परेको छ । अगैया प्रहरी चौकीका इन्चार्ज प्रेम शर्माका अनुसार राप्ती सोनारी ९ ढकेरी बाट काठमाण्डौ जाँदै गरेको ना १ क ५७२८ नम्बरको ट्रक दुर्घटना ग्रस्त भएको हो ।
प्रहरी इन्चार्ज शर्माका अनुसार गाडीमा समस्या उत्पन्न अनियन्त्रीत भई नजिकै रहेको प्रतिक्षालयमा ठोक्किएको जनाए । प्रहरीले ट्रक ठोक्कीदा मानविय क्षति नभएपनि ट्रकमा क्षति पुगेको जनाएको छ ।
राप्ती सोनारी क्षेत्रमा महिला समुहहरुले उत्पादन गरेको खसी संकलन गरेर काठमाण्डौ जाँदै गर्दा सामाजिक उद्यमी जिल्ला सहकारी संघको ट्रक दुर्घटनामा परेको हो ।
सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेका प्रवन्धक कृष्ण केसीका अनुसार संघको ट्रक ठोक्कीदा महिला दिदी बहीनीहरुले उत्पादन गरेको खसी संकलनमा समस्या भएको छ ।
प्रवन्धक केसीले सामाजिक उद्यमी जिल्ला सहकारी संघबाट सन्चालित १५ वटा सहकारीमा आवद्ध महिला समुहहरुले उत्पादन गरेको खसीलाई बजारीकरण गर्ने गरेको बताए ।
Monday, March 11, 2019
राप्ती सोनारीका सबैलाई स्वास्थ्य विमा गर्न सुझाव, विमा गर्नुको फाइदा..
जिवनमा आइपर्ने स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम बाँके जिल्लाका विभिन्न स्थान सहित राप्ती सोनारीमा पनि लागु गरिएको छ ।
एक परिवारका ५ जना सदस्यले २ हजार ५ सयको स्वास्थ्य विमा गरेको खण्डमा बर्षभरि उक्त परिवारको जो कोहि सदस्य विरामी भएमा ५० हजार रुपैयाँ सम्मको उपचार पाउने छ । परिवारमा ५ जना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति विमा गर्दा ४ सय थप गर्ने र त्यहि अनुरुप ५० हजारमा १० हजार थप गरेर स्वास्थ्य उपचार सेवा पाउने प्रावधान रहेको छ । स्वास्थ्य विमा गराएका परिवारहरुले बाँके जिल्लामा रहेको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, फत्तेबाल आँखा अस्पताल र कोहलपुर दश विगाहमा गएर सेवा लिन पाउने छन् ।
राप्ती सोनारीका स्वास्थ्य इन्चार्ज विष्णु चुडालीका अनुसार सबै स्वास्थ्य संस्था र वडा कार्यालय संगको सहकार्यमा बिमा दर्ता सहयोगी प्रत्येक वडामा राखेर बिमा कार्यक्रम अगाडी बढेको छ । राप्ती सोनारी ३ र ४ मा पनि दर्ता सहयोगी राखेर स्वास्थ्य विमा अभियान सन्चालन गरिएको छ ।
बैजापुर स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र वलीले वडा न. ३ मा सविता थारु र ४ मा हिरा थारुलाई दर्ता सहयोगी राखेर करिव २ हजार बढि परिवारलाई स्वास्थ्य विमा गराउने कार्यक्रम रहेको उल्लेख गरे ।
राप्ती सोनारीमा सरकारी तथ्याकं अनुसार ३४ प्रतिशत परिवार गरिविको रेखा मुनि रहेको र स्वास्थ्य विमा सम्वन्धी प्रयाप्त जानकारी नहुँदा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बनाउन कठिनाई देखिएको छ ।
Saturday, March 9, 2019
बाँके जिल्लाका सल्यानीलाई चुली निम्तो
बाँके जिल्लामा रहेका सल्यानीहरुलाई सल्यानी सेवा समाजले जिल्ला अधिवेशन तथा साधारण सभामा आमन्त्रण गरेको छ । यहि ३० गते नेपालगन्जमा हुने ६ औं जिल्ला अधिवेशन तथा १३ औं साधारण सभामा समाजले सबैलाई निम्ता गरेको हो । सल्यानी सेवा समाज बाँकेका सह सचिव दशरथ चन्दले सल्यान जिल्ला बाट बाँकेमा बसाईसराई गरि बाँकेमा बस्ने सबैलाई निमन्त्रणा गरिएको जनाएका छन् । सह सचिव चन्दले लामो समय देखि सामाजिक काममा अग्रणी भूमिका खेल्दै आएको समाजले यस अधिवेशन र साधारण सभाबाट झनै सक्रिय हुने विश्वास व्यक्त गरेका छन् । ८ सय बढि आवद्ध रहेको समाजको कार्यक्रममा जिल्ला भरिका सबैलाई सक्रिय सहभागिताको लागि सादर अनुरोध गरिएको समेत सह सचिव चन्दले उल्लेख गरे ।
नेपालगन्जको होटल ग्यालेक्सी दरबारमा हुने साधारण सभा र अधिवेशन पछि समाजले नयाँ नेतृत्व चयन समेत गर्ने छ ।
सामुदायिक बनमा नेकपाको प्यानलै बिजय
राप्ती सोनारी ३ मा काँग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपाका पुरै प्यानल भारी मतले बिजय भएको छ । भुवर भवानी सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई पछि पार्दै नेकपाको पुरै प्यानल बिजय भएको हो । निर्वाचित भएपछि सभालाई सम्वोधन गर्दै नव निर्वाचित अध्यक्ष टेक बहादुर थारुले सबै संग सहकार्य एकता गरेर उपभोक्ताको हिटमा काम गर्ने प्रतिवद्धता जनएका हुन् ।
उनले सबै मतदाताहरुलाई धन्यवाद दिदै आफ्नो कार्यकाल भरि उल्लेख्य काम गरेर देखाउने दावी समेत गरेका छन् । उपाध्यक्ष निर्वाचित थारु गायक विश्व सागर परियारले गीत संगितमा मात्रै नभइकन गाउँघरको समाज सेवामा पनि आफ्नो भूमिका रहेका जनाउँदै सबैको साझा बनलाई जोगाएर लैजाने उल्लेख गरे ।
क्यान्सर पीडित खड्कालाई आर्थिक सहयोग
बैजापुरका अगुवाको रुपमा चिनिएका क्यान्सर पीडित नोखिराम खड्कालाई आर्थिक सहयोग जुट्न थालेको छ । उपचारमा सहयोगका लागि विभिन्न पक्षबाट आर्थिक सहयोग जुट्न थालेको हो । राप्ती सोनारी गाउँपालिका अन्तरगत नेकपाले सबैले सक्दो सहयोग गर्न सबैमा अपिल गरेको थियो ।
त्यस क्रममा विभिन्न व्यक्ति, नेता, कार्यकर्ताहरुबाट संकलन भएको ३४ हजार ५ सय २१ रुपैयाँ पीडित खड्का परिवारलाई उपलब्ध गराइएको छ । नेकपा राप्ती सोनारी अध्यक्ष चीम बहादुर घर्ति, नेकपा नेता तुलसी थारु, नरहरी भण्डारी, दयाराम थारु र सन्तोष खड्का लगायतको उपस्थितिमा उक्त रकम उपलब्ध गराइएको छ । अध्यक्ष घर्तीले स्वास्थ्यलाभको कामना गर्दै निरन्तर रुपमा सहयोग गरिने विस्वास दिलाए ।
बाँके जिल्लाका सल्यानीलाई चुली निम्तो
बाँके जिल्लामा रहेका सल्यानीहरुलाई सल्यानी सेवा समाजले जिल्ला अधिवेशन तथा साधारण सभामा आमन्त्रण गरेको छ । यहि ३० गते नेपालगन्जमा हुने ६ औं जिल्ला अधिवेशन तथा १३ औं साधारण सभामा समाजले सबैलाई निम्ता गरेको हो । सल्यानी सेवा समाज बाँकेका सह सचिव दशरथ चन्दले सल्यान जिल्ला बाट बाँकेमा बसाईसराई गरि बाँकेमा बस्ने सबैलाई निमन्त्रणा गरिएको जनाएका छन् । सह सचिव चन्दले लामो समय देखि सामाजिक काममा अग्रणी भूमिका खेल्दै आएको समाजले यस अधिवेशन र साधारण सभाबाट झनै सक्रिय हुने विश्वास व्यक्त गरेका छन् । ८ सय बढि आवद्ध रहेको समाजको कार्यक्रममा जिल्ला भरिका सबैलाई सक्रिय सहभागिताको लागि सादर अनुरोध गरिएको समेत सह सचिव चन्दले उल्लेख गरे ।
नेपालगन्जको होटल ग्यालेक्सी दरबारमा हुने साधारण सभा र अधिवेशन पछि समाजले नयाँ नेतृत्व चयन समेत गर्ने छ ।
Thursday, March 7, 2019
सोनालिका ट्याक्टरको फ्रि सर्भिस क्याम्प
बैजापुर र विनौनामा रहेका सोनालिका ट्याक्टरलाई फ्रि सर्भिस सेवा दिइएको छ । बिहीबार राप्ती सोनारी ३ बैजापुरको खेलकुद मैदानमा १ सय ५० बढि ट्याक्टरलाई कम्पनीले फ्रि सर्भिसको सेवा प्रदान गरेको हो ।
लिला इन्टरनेश्नल कम्पनी नेपालन्जले यस क्षेत्रका ट्याक्टर व्यवसायीहरुको सहुलियतका लागि मोविलमा २० प्रतिशत छुट र अन्य सबै फ्रि सर्भिसको सेवा दिएको कम्पनीमा कार्यरत यस क्षेत्रका मार्केटिगं इन्चार्ज सन्तराम थारुले जानकारी दिए ।
गत १३ गते बाट बाँके बर्दियाका व्यवसायीहरुले लक्षित गरि २४ गते सम्म विभिन्न स्थानमा फ्रि क्याम्पको सुविधा दिइएको थारुले जानकारी दिए । इन्जिनेर सहितको फ्रि सर्भिस क्याम्पले ट्याक्टर व्यवसायीहरुलाई निकै राहात पुगेको छ ।
Tuesday, March 5, 2019
सामुदायिक बनमा बाघ र हात्तीको लडाई
राप्ती सोनारी ३ मा रहेको भुवर भवानी सामुदायिक बन उपभोक्ता समुहको २५ गते हुने निर्वाचनमा बाघ र हात्ती प्यानलको प्रतिस्पर्धा हुने देखिएको छ । सहमति जुट्न नसकेपछि निर्वाचनमा बाघ चिन्ह बाट अध्यक्षका लागि टेकबहादुर थारु र हात्ती चिन्ह बाट मनबारु थारु चुनावी मैदानमा छन् ।
बाघ प्यानल बाट उपाध्यक्षमा विश्वसागर परियार, कोषाध्यक्षमा शान्ति चौधरी, सचिवमा संगिता थारु निर्वाचनमा उत्रेका छन् । यसैगरि सदस्यहरुमा सौनी थारु, निर्मला परियार,त्रीभुवन थारु, प्रदेशनी थारु, साउनी थारु लगायतले उम्मेदवारी दिएका छन् ।
हात्ती प्यानलको उपाध्यक्षमा कृष्ण थारु, कोषाध्यक्षमा सत्यनारायण थारु,सचिवमा सुमिता थारु रहेका छन् । यसैगरी सदस्यहरुमा खुशिराम थारु बसन्ती थारु,सम्झना दमाई लगायतका रहेका छन् ।
बाघ प्यानलबाट उम्मेदवारी दिएका अध्यक्ष थारु लगायत पुरै टिम यतिबेला घरदैलो अभियानमा रहेको छ । आफु निर्वाचति भएपछि उपभोक्ताको हिटमा काम गर्ने टेकबहादुर थारुले जनाएका छन् । काठलाई पुर्ण रुपमा उपभोक्तालाई वितरण गर्ने, खुल्ला टेण्डर गर्ने,अपुरो रहेको भवन पुरा गर्ने, आय आर्जनमा सहयोग गर्ने, आर्थिक पार्दशीता गर्ने, जस्ता थुप्रै लोकप्रिय कार्यक्रम अगाडी सारेका छन् । हात्ती प्यानलका मनबारु थारु लगायतका सम्पुर्ण टिम पनि चुनावी मैदानमा छ । उनीहरुले पनी उपभोक्ताका हिट हुने एजेण्डा अगाडी सारेका छन् ।
काठ चोरेको अभियोगमा बनकै उपाध्यक्ष थारु कारागार चलान
राप्ती सोनारी ३ मा अगुवाको रुपमा परिचित टिकाराम थारुलाई काठ चोरी गरेको अभियोगमा कारागार चलान गरिएको छ । आज मंगलबार उनलाई ३ महिनाको लागि नेपालगन्ज कारागार चलान गरिएको हो ।
वागेश्वरी सामुदायिक बन उपभोक्ता समुह क्षेत्र बाट २०७३ सालमा २६ क्युफिट काठ चोरी गरेको अभियोगमा थारु पक्राउ परि यसअघि ३५ दिन जेल सजाय भोगी सकेका थिए । बन ऐन अनुसार दोषी ठहर भई फैसला भएपछि उनी कारागार चलान भएका हुन् । हाल उक्त सामुदायिक बन उपभोक्ता समुहको थारु उपाध्यक्ष छन् ।
कानुन अनुसार दोषी ठहर भएका थारुलाई बनकै जिम्मेवारी दिएर समितिले सरासर गलत गरेको देखिन्छ । टिकाराम थारु उपाध्यक्ष संगै भुवर भवानी बहुउद्देश्य सहकारीको कोषाध्यक्ष,भुवर भवानी मन्दीर व्यवस्थापन समितिको सदस्य, भुवर भवानी तारवार समितिको अध्यक्ष, सरस्वती मा.वि भवनियापुरका विद्यालय व्यवस्थापन समितिको निर्वाचित सदस्य र काँग्रेसका वडा न. ३ का नेता समेत रहेका छन् ।
Sunday, March 3, 2019
१ करोड लगानीमा विशेषज्ञ सहितको स्वास्थ्य सेवाका लागि स्वेता पोलिकिल्निक सन्चालनमा
फागुन २० गते
राप्ती सोनारी ४ नयाँ बस्तीमा पहिलो पटक विशेषज्ञ सहितको उच्च स्तरिय स्वास्थ्य सेवा प्रदान सुरु गरिएको छ । कम्पनी रजिस्तारको कार्यालयमा दर्ता भई जिल्ला जनस्वास्थ्य कार्यालय बाट मान्यता पाएर दुर्गम क्षेत्रमा पहिलो पटक ५ शंैयाको स्वेता पोलिकिल्निक प्रा.लि सन्चालनमा आएको हो ।
प्रा.लिका सन्चालक स्वास्थ्यकर्मि मिनराज खड्का (सन्तोष)का अनुसार १ करोड बढि लगानीमा विशेषज्ञ सहितको पोलिकिल्नीक सन्चालनमा ल्याएको जनाए ।
बाँके जिल्लाको दुर्गम मानिने यस क्षेत्रका मानिसहरुलाई उच्च स्तरिय स्वास्थ्य सेवा प्रदानका लागि पोलिकिल्नीक सन्चालनमा ल्याएको स्वास्थ्यकर्मि खड्काले प्रष्ट पारे ।
सुविधा सम्पन्न भवनमा सन्चालन गरिएको पोलिकिल्नीकमा हरेक महिनाको ३ पटक सम्म चिकित्सक द्धारा जाँच, डिजिटल ऐक्सरे, सि.आर ऐक्सरे, भिडियो ऐक्सरे,इ.सि.जी सेवा, सम्पुर्ण ल्याब टेष्ट, एम्वुलेन्स सेवा तथा २४सै घन्टा इमेरजेन्सी सेवा दिदै आएको सन्चालक खड्काको भनाई छ ।
यस क्षेत्रका मानिसहरुको लागि निकै खुशिको कुरा सुनाउदै सन्चालक खड्काले हरेक महिनाको पहिलो साताको शनिबार दशविगाहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. निर्मला शर्मा र दोस्रो र तेस्रो साताको शनिबार मेडिकल कलेज नेपालन्जमा कार्यरत डा.मधु अर्यालले पोलिकिल्नीकमै आएर विरामीहरुको स्वास्थ्य जाँच गर्ने गरेको सुचना दिए । राप्ती सोनारीको १,२,३,४ र ५ वडालाई लक्षित गरेर विरामीहरुलाई सेवा दिइरहेको जनाउँदै अर्का सन्चालक टिकाराम खड्काले गरिव, असाहय, अपागंलाई १० प्रतिशत छुटको व्यवस्था समेत रहेको उल्लेख गरे ।
यस भन्दा पहिले मेडिकल चलाएर त्यस क्षेत्रमा सबैका मन जित्न सफल भएका स्वास्थ्यकर्मि खड्काले भविष्यमा ठुलो अस्पताल खोलेर यस क्षेत्रको जनतालाई उच्च स्तरिय सुलभ सेवा दिने अवधारणा रहेको बताए । अहिले पनी दैनिक ५० बढि विरामीलाई नियमीत उपचार गर्दै आएका छन् ।
जिल्ला स्तरिय हाजिरी जवाफमा जेनिएस स्कुल प्रथम, क्रमश दृतिय ः धुब्रतारा, तृतिय जनशक्ति मावि
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले आयोजना गरेको जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगीतामा जेनिएस स्कुल खजुरा प्रथम भएको छ ।
आइतबार राप्ती सोनारी ४ जनशक्ति मा.वि बैजापुरमा भएको हाजिरी जवाफ प्रतियोगीतामा उक्त विद्यालय प्रथम भएको हो । १८ वटा विद्यालय सहभागि हाजिरी जवाफ प्रतियोगीतामा धुब्रतारा बोर्डिगं स्कुल खजुरा दृतिय र जनशिक्त मावि तृतिय भएको हो । नीजी विद्यालयहरुको तुलनामा जनशक्ति मा.विका विद्यार्थीहरुले निकै राम्रो काम गरेको भन्दै सबैले प्रशंसा समेत गरेका थिए ।
मानविय सेवा संगै स्कुले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगीताको आयोजना गरिएको रेडक्रसले जनाएको छ । हाजिरी जवाफ प्रतियोगीतामा बोल्दै रेडक्रस बाँकेका कार्यवाहक मन्त्री तेज बहादुर सुवेदीले नियमीत कार्यक्रम अन्तरगत हाजीरी जवाफ गरिएको भन्दै सबै विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना समेत गरे । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर वलीले रेडक्रसको प्रशसा गर्दै सरोकारवाला र सहभागी सबैलाई आभार प्रकट गरेका थिए ।
Friday, March 1, 2019
खुशि साट्न सांसद देखि गाउँपालिकाअध्यक्ष सम्म कमिलालको घरमा
शुक्रबार राप्ती सोनारी ४ लालपुर स्थित कमिलाल थारुको घरमा विहानै देखि चहलपल थियो । टाढा टाढा बाट मानिसहरु आउने जाने क्रम चलिरहेको पनिथियो । कमिलाल दम्पत्ती पनि निकै खुशि देखिन्थे ।
गतबर्षको बाढीमा तीन छोरी गुमाएका कमिलाल दम्पत्तीलाई एकैपटक जुम्ल्याह एक छोरा एक छोरी पाएको ६ महिना पछि खुशि साट्न शुक्रबार भब्य कार्यक्रमको आयोजना गरे । छोरी गंगा छोरा सागरलाई काखी च्यापेर उनीहरुले सबै संग खुशि साटेकाहुन् ।
कमिलाल दम्पत्तीको खुशि साट्न सांसद देखि गाउँपालिका अध्यक्ष सम्मग एकाथिए । कमिलाल दम्पत्तीका छोरा छोरीलाई आशिर्वाद दिन पुगेकि प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले उज्वल भविष्यको कामनागर्दै बधाई दिइन् । उनले राप्ती सोनारीमा दैवीप्रकोप बाट कसैले पनि ज्यान गुमाउन नपरोस भन्नकालागि प्रदेश र केन्द्र सरकारले गुरुयोजना लागु गरि अगाडी बढिरहेको उल्लेख गरिन ।
खुशि साट्न पुगेका गाउँपालिका अध्यक्ष लाहुराम थारुले उज्वल भविष्यको कामनागर्दै समय समयमा कमिलाल दम्पत्तीलाई सहयोग गरिरहेको जनाउँदै आगामी दिनमापनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । स्थानीयअगुवा, समाजसेवी, स्थानीयबासिन्दा गरि संयौको संख्यामा मानिसहरुले कमिलालदम्पत्ती संग खुशि साटेका छन् । गतअसोज ७ गते भेरी अंचल अस्पतालमा कमिलालका १ छोरा १ छोरी जन्मिएका थिए ।
भब्य उद्घाटन गरिएको सेल्टर भवन बनाउने कामदारले ४ लाख पाएनन्
शुक्रबार बहुउदेशीय आश्रय भवनको भब्य उद्घाटन भइरहेको थियो, विदेशी पाहुना देखि गाउँपालिका अध्यक्ष, नेतागण, पत्रकार समाजसेवी स्थानीय सबैको बाक्लो उपस्थिति पनि थियो । तर त्यो भिडमा २ जना भरि निकै चिन्तित देखिन्थे ।
भवन निर्माणका क्रममा जिम्मा लिएका कामदारका अगुवाद्धय दिपक थारु र जोगिलाल थारु पैसा नपाउने हो किभन्ने चिन्ताले ग्रसितथिए । करिव ६ महिना सम्मनिकै कडा परिश्रम गरेका कामदारको ४ लाख रुपैयाँ नदिइकन भवनको उद्घाटन भएपछि उनीहरु निकै आत्तिएका हुन् । कार्यक्रम स्थलमा भेटिएका दिपक थारुले भने — आफ्नै जिम्मा मिक्चर मेशिन, ५० जना कामदार, जेनेटर सबैको जिम्मा लिएको थिए, बारम्बार अनुरोध गर्दापनि ४ लाख रुपैयाँ नदिएको गुनासो सुनाए ।
आज हुन्छ, भोली हुन्छ भन्दाभन्दै अहिले सम्मपर्खाए अब त झन उद्घाटन भइसक्यो कसरी रकम पाइएला र भन्दै थारु निराश बने । बहुउदेशीय आश्रय भवननिर्माण समितिका अध्यक्ष तुलसीराम थारुले ४ लाख रुपैयाँ कामदारहरुको दिने निर्णय भइसकेको र केहि दिनमै उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
४० प्रतिशत रकम कामदारलाई दिइ सकेको र बाँकी २० प्रतिशत रकम गाउँपालिकामा कार्यकारी अधिकृत र लेखादुबै नहुँदा रकम निकासामा समस्या भएको स्पष्ट पारे ।
साइपुरमा सानदार सेल्टर भवनको उद्घाटन
बाढी प्रकोपको समयमा सुरक्षित हुनका लागि सानदार सेल्टर भवनको उद्घाटन गरिएको छ । राप्ती सोनारी ३ साईपुरमा सुरक्षित सामुदायिक बहुउद्देशीय आश्रय केन्द्रको उद्घाटन गरिएको हो ।
८४ लाख ९५ हजार ३ सय २९ रुपैयाँ लागतमा निर्माण भएको बहुउदेशीय आश्रय भवनको शुक्रबार एक औपचारिक कार्यक्रमका बिचमा उद्घाटन गरिएको हो ।
भवन निर्माण समितिका संयोजक तथा राप्ती सोनारी गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष गंगाराम थारुकाअनुसार तराई भू परिधि कार्यक्रम कोहलपुर ÷ महादेपुरी बाट ५४ लाख ३१ हजार ३ सय ३०, पुनउक्त स्थानबाट ९ लाख ४ हजार ९५, राप्ती सोनारी गाउँपालिकाको तर्फबाट १४ लाख र स्थानीय जनश्रमदान बाट ३ लाख ८९ हजार गरि उक्त भवन निर्माण गरिएको हो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका प्रमुखलाहुराम थारुले उच्च स्थानमा सुरक्षित भवनले सबैलाई राहात हुने बताउँदै आगामी दिनमा राप्ती सोनारीमा विपत्ति नओस भनी कामना समेत गरेका छन् । यहाँकाकला संस्कृति र समाजको उच्च प्रशंसा गर्दै डब्लु, डब्लु एफ क्यानाडाका कार्यकारी निर्देशक मेगन अलिसा लेस्लीले आगामी दिनमा आउने विपत्ती बाट जोगिन सबै सजक रहनुपर्ने बताइन् ।
कार्यक्रमका सभापति रहेका वन तथ ावातावरण समन्वय समितिका संयोजक तुलाराम खत्रीले विपद जोखिमन्युनिकरणका लागिआफुहरुको पहलजारी रहने उल्लेख गरे । कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिनुका साथै बृक्षारोपन समेत गरिएको छ । भाडा कुडा, लाईफ ज्याकेट लगायतका सामाग्री पनि उपलब्ध गराइएको छ ।
Thursday, February 28, 2019
अगैया मशानघाटमा लाश पोलेको कोइलाले सेकुवा पोलिदै
के तपाई नेपालगन्ज र कोहलपुर क्षेत्रमाभएका सेकुवा पसलहरुमा सेकुवा खान छिर्दै हुनुहुन्छ ?यदि छिर्दै हुनुहुन्छ भने होसियार रहनुस केहि सेकुवा पसलेहरुले लाश पोलेको कोइलाबाट सेकुवापोल्ने गरेको खुलासा भएको
छ ।
करिव २ साता अघि राप्ती सोनारी २ अगैया चौकीमा एक अन्जान व्यक्ति आएर मशानघाट बाट कोईला लग्न पाइन्छ किनाई भनि इमान्दारिता देखाउँदै सोध्नगए । श्रीमती सुत्केरी भएकोले कोईला आवश्यक परेको भन्ने व्यक्तिलाई प्रहरीले खासै विषय नभएको भन्दै चासो देखाएन ।
एक जना सांसदको सवारी दुर्घटनामा व्यस्त रहेको त्यस समयमाप्रहरी इन्चार्ज प्रेम शर्माले ती व्यक्तिलाई चासो निदिएकाहुन् । प्रहरी समक्ष सोध्न भ्याएका उक्त अन्जान व्यक्तिले बोरा भरि कोइला लिएर गए । तीव्यक्ती जस्तै दिनहुँलास जलाइएका कोईला केहि व्यक्तिहरुले बोरामा भरेर लगिरहेका छन् ।
ती कोइला बारे पत्रकारहरुले रिर्पोटीङ्ग गर्दा कोहलपुर र नेपालगन्जका सेकुवा पसलहरुमा सेकुवा पोल्नका लागि प्रयोग हुने गरेको पाइएको छ । खुल्लेयाम उनीहरुले मशान घाटको कोइलाले सेकुवा पसलहरुले सेकुवा पोलेर मानिसहरुलाई खुवाइरहेका छन् । अगैयामा रहेको मशानघाटमा दैनिकजसो आउने लाश जलाइएको कोइला केहि व्यक्तिहरुले धमाधम नेपालगन्ज र कोहलपुरका सेकुवा पसलहरुमा बेचिरहेका छन् ।
खानीको किन्दामहंगो पर्ने भएकोले व्यापारीहरुले मशानघाटको कोईला सस्तोमा किनिरहेका हुन् । अधिवक्ता गणेश चौधरीले मानविय दृष्टीकोणले पनिनिकै गलतभएको बताउँदै कानुनअनुसार पनि दोषीहुने प्रष्ट पारे । अधिवक्ता चौधरीले उपभोक्ता ऐन, खाद्य ऐन र नयाँआएको खाद्य अधिकार ऐन अनुसार व्यवसायी दोषी ठहर हुने स्पष्ट पारेकाहुन् । अगैया चौकीका इन्चार्ज यस बारे थाहा पाउने वित्तिकै मशानघाट वरिपरि निगरानी राखिएको जनाए ।
Monday, February 25, 2019
राप्ती सोनारीमा ९९८९ घरधुरी गरि ७०८९१ जनालाई औषधी खुवाइदै
हात्तीपाइले रोग विरुद्धको औषधी राप्ती सोनारीमा सफल पार्न सबैबाट कसरत सुरु गरिएको छ । यहि १५ देखि २२ गते सम्म सन्चालन हुने कार्यक्रममा राप्ती सोनारीमा ९९८९ घरधुरीका ७० हजार ८ सय ९१ जनालाई औषधी खुवाउने तयारी गरिएको छ । राप्ती सोनारीका स्वास्थ्य इन्चार्ज बिष्णु चुडाँलीका अनुसार पुर्ण रुपमा औषधी खुवाउने लक्ष्यका साथ पुरा तयारी गरिएको दावी गरे । उनका अनुसार ४० जना स्वास्थ्यकर्मी, १ सय १० स्वयम सेवीका र संयौ कर्मचारीलाई औषधी खुवाउन परिचालन गरिने भएको छ । जस्का लागि ठाउँ ठाउँमा क्याम्प राख्ने, घरघरमा खुवाउने, स्वास्थ्य संस्थामा पनि खुवाइने भएको हो । राप्ती सोनारीमा रहेका सबै स्वास्थ्य संस्थाबाट घरघरमा गएर औषधी खवाइने पुर्ण तयारी गरिएको हो । यस क्षेत्रमा रहेका २ हजार ९६ बैजापुर स्वास्थ्य चौकी अन्तरगतका घरधुरी,१४ सय घरधुरी,बिनौना स्वास्थ्य चौकी, ३ हजार २ सय १९ घरधुरी फत्तेपुर स्वास्थ्य चौकी, १ हजार ६ सय घरधुरी खाशकुश्मा स्वास्थ्य चौकी, २०५० घरधुरी कचनापुर स्वास्थ्य चौकी र १ हजार ६ सय ७४ घरधुरी महादेवपुरी स्वास्थ्य चौकीका गरि ७० हजार ८ सय ९१ जनालाई औषधी खुवाउन लागिएको हो । बैजापुर स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र वलीले ८ वटा क्याम्प राखेर १५ गते औषधी खुवाउने र १६ गते बाट घरघरमा गएर खवाउने कार्यक्रम रहेको जनाउँदै छुटेकाहरुलाई जतिबेलामा पनि १० देखि ५ बजेको समयमा स्वास्थ्य चौकीमा आएर खान आग्रह समेत गरे ।
नेपाल टेलिकमले राप्ती सोनारीमा थप सेवा बढाउँदै
सन्चारको सेवा बाट कोहीपनि नागरिक बन्चित नहोउन भन्ने उद्देश्यले राप्ती सोनारी र नरैनापुरमा अभियान थालिएको छ । प्रदेश सांसद कृष्णा केसी नमुना नेपाल टेलिकमको क्षेत्रिय प्रमुख शिव खनाल लगायतका प्राविधिकको टोलीले अभियान थालेको हो । टोलीले बाँकेको शिव खोला सम्म महेन्द्र राजमार्ग अन्तरगत टावर तथा भित्रि गाउँहरुमा भएको टावरको अनुगमन र नेटवर्क नभएको स्थानमा टावर राख्ने अभियान सुरु गरिएको हो । नियमीत रुपमा जनताका घर आगनमा पुगिरहेकि सांसद केसीको पहलमा यस अभियान थालिएको हो । प्राविधिक टोली सहितको अभियान पछि आवश्यक परेको स्थानमा तुरुन्त टावर निर्माण गरि जनतालाई सेवा दिने योजना रहेको नेकपाका युवा नेता सुर्य प्रकाश घर्तिमगरले जानकारी दिए । नेता घर्तिमगरका अनुसार राप्ती सोनारी ४ मा पर्ने खैरभट्टीको लागि पनि विशेष पहल थालिएको उल्लेख गरे ।
यस अघि नरैनापुर गाउँपालिकाको विभिन्न स्थानमा टावर निर्माण गरि नेपाली सिम बाट नागरिकहरुले सन्चारको सेवा लिइरहेका छन् ।
Saturday, February 23, 2019
राप्ती सोनारीबाट ११ सय ७७ विद्यार्थीले एसइई दिदै
आगामी चैत्र १० गते बाट हुने एसईई परिक्षामा राप्ती सोनारी बाट उत्साह जनक विद्यार्थीले सहभागिता जनाउने भएका छन् । वडा न. १ देखि ९ सम्मका विभिन्न माविहरुबाट गरि ११ सय ७७ जना विद्यार्थीहरुले यस बर्षको एसईईमा सहभागिता जनाउदैछन् । राप्ती सोनारीमा वारिका २ र पारिका २ गरि ४ वटा परिक्षा केन्द्रमा विद्यार्थीहरुको उत्साह जनक सहभागिता रहने देखिएको छ ।
राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्यौपानेका अनुसार राप्ती सोनारी ८ मा रहेको गणेश मा.वि ढकेरी, वडा न. २ मा रहेको लक्ष्मी मावि मदुई, वडा न. ५ रहेको भुवर भवानी मा.वि बिनौना र वडा न. ६ मा रहेको सिद्देश्वर मा.वि सिधनुवामा एसईईको परिक्षा केन्द्र कायम गरिएको हो ।
परिक्षा केन्द्रलाई व्यवस्थीत र मर्यादित गर्नका लागि तयारी सुरु गरिएको छ । शिक्षा प्रमुख न्यौपानेले भने प्रहरी प्रशासन, शिक्षक अभिभावक सरोकारवाला सबैसंग सहकार्य गरेर परिक्षालाई मर्यादित र व्यवस्थित गरिने उनको भनाई छ ।
राप्ती सोनारीबाट ११ सय ७७ विद्यार्थीले एसइई दिदै
आगामी चैत्र १० गते बाट हुने एसईई परिक्षामा राप्ती सोनारी बाट उत्साह जनक विद्यार्थीले सहभागिता जनाउने भएका छन् । वडा न. १ देखि ९ सम्मका विभिन्न माविहरुबाट गरि ११ सय ७७ जना विद्यार्थीहरुले यस बर्षको एसईईमा सहभागिता जनाउदैछन् । राप्ती सोनारीमा वारिका २ र पारिका २ गरि ४ वटा परिक्षा केन्द्रमा विद्यार्थीहरुको उत्साह जनक सहभागिता रहने देखिएको छ ।
राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्यौपानेका अनुसार राप्ती सोनारी ८ मा रहेको गणेश मा.वि ढकेरी, वडा न. २ मा रहेको लक्ष्मी मावि मदुई, वडा न. ५ रहेको भुवर भवानी मा.वि बिनौना र वडा न. ६ मा रहेको सिद्देश्वर मा.वि सिधनुवामा एसईईको परिक्षा केन्द्र कायम गरिएको हो ।
परिक्षा केन्द्रलाई व्यवस्थीत र मर्यादित गर्नका लागि तयारी सुरु गरिएको छ । शिक्षा प्रमुख न्यौपानेले भने प्रहरी प्रशासन, शिक्षक अभिभावक सरोकारवाला सबैसंग सहकार्य गरेर परिक्षालाई मर्यादित र व्यवस्थित गरिने उनको भनाई छ ।
Subscribe to:
Posts (Atom)











