शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, February 25, 2019

राप्ती सोनारीमा ९९८९ घरधुरी गरि ७०८९१ जनालाई औषधी खुवाइदै



हात्तीपाइले रोग विरुद्धको औषधी राप्ती सोनारीमा सफल पार्न सबैबाट कसरत सुरु गरिएको छ । यहि १५ देखि २२ गते सम्म सन्चालन हुने कार्यक्रममा राप्ती सोनारीमा ९९८९ घरधुरीका ७० हजार ८ सय ९१ जनालाई औषधी खुवाउने तयारी गरिएको छ । राप्ती सोनारीका स्वास्थ्य इन्चार्ज बिष्णु चुडाँलीका अनुसार पुर्ण रुपमा औषधी खुवाउने लक्ष्यका साथ पुरा तयारी गरिएको दावी गरे । उनका अनुसार ४० जना स्वास्थ्यकर्मी, १ सय १० स्वयम सेवीका र संयौ कर्मचारीलाई औषधी खुवाउन परिचालन गरिने भएको छ । जस्का लागि ठाउँ ठाउँमा क्याम्प राख्ने, घरघरमा खुवाउने, स्वास्थ्य संस्थामा पनि खुवाइने भएको हो । राप्ती सोनारीमा रहेका सबै स्वास्थ्य संस्थाबाट घरघरमा गएर औषधी खवाइने पुर्ण तयारी गरिएको हो । यस क्षेत्रमा रहेका २ हजार ९६ बैजापुर स्वास्थ्य चौकी अन्तरगतका घरधुरी,१४ सय  घरधुरी,बिनौना स्वास्थ्य चौकी, ३ हजार २ सय १९ घरधुरी फत्तेपुर स्वास्थ्य चौकी, १ हजार ६ सय घरधुरी खाशकुश्मा स्वास्थ्य चौकी, २०५० घरधुरी कचनापुर स्वास्थ्य चौकी र १ हजार ६ सय ७४ घरधुरी महादेवपुरी स्वास्थ्य चौकीका गरि ७० हजार ८ सय ९१ जनालाई औषधी खुवाउन लागिएको हो । बैजापुर स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र वलीले ८ वटा क्याम्प राखेर १५ गते औषधी खुवाउने र १६ गते बाट घरघरमा गएर खवाउने कार्यक्रम रहेको जनाउँदै छुटेकाहरुलाई जतिबेलामा पनि १० देखि ५ बजेको समयमा स्वास्थ्य चौकीमा आएर खान आग्रह समेत गरे ।

नेपाल टेलिकमले राप्ती सोनारीमा थप सेवा बढाउँदै


सन्चारको सेवा बाट कोहीपनि नागरिक बन्चित नहोउन भन्ने उद्देश्यले राप्ती सोनारी र नरैनापुरमा अभियान थालिएको छ । प्रदेश सांसद कृष्णा केसी नमुना नेपाल टेलिकमको क्षेत्रिय प्रमुख शिव खनाल लगायतका प्राविधिकको टोलीले अभियान थालेको हो । टोलीले बाँकेको शिव खोला सम्म महेन्द्र राजमार्ग अन्तरगत टावर तथा भित्रि गाउँहरुमा भएको टावरको अनुगमन र नेटवर्क नभएको स्थानमा टावर राख्ने अभियान सुरु गरिएको हो । नियमीत रुपमा जनताका घर आगनमा पुगिरहेकि सांसद केसीको पहलमा यस अभियान थालिएको हो । प्राविधिक टोली सहितको अभियान पछि आवश्यक परेको स्थानमा तुरुन्त टावर निर्माण गरि जनतालाई सेवा दिने योजना रहेको नेकपाका युवा नेता सुर्य प्रकाश घर्तिमगरले जानकारी दिए । नेता घर्तिमगरका अनुसार राप्ती सोनारी ४ मा पर्ने खैरभट्टीको लागि पनि विशेष पहल थालिएको उल्लेख गरे ।
 यस अघि नरैनापुर गाउँपालिकाको विभिन्न स्थानमा टावर निर्माण गरि नेपाली सिम बाट नागरिकहरुले सन्चारको सेवा लिइरहेका छन् ।  

Saturday, February 23, 2019

राप्ती सोनारीबाट ११ सय ७७ विद्यार्थीले एसइई दिदै


 आगामी चैत्र १० गते बाट हुने एसईई परिक्षामा राप्ती सोनारी बाट उत्साह जनक विद्यार्थीले सहभागिता जनाउने भएका छन् । वडा न. १ देखि ९ सम्मका विभिन्न माविहरुबाट गरि ११ सय ७७ जना विद्यार्थीहरुले यस बर्षको एसईईमा सहभागिता जनाउदैछन् ।  राप्ती सोनारीमा वारिका २ र पारिका २ गरि ४ वटा परिक्षा केन्द्रमा विद्यार्थीहरुको उत्साह जनक सहभागिता रहने देखिएको छ ।
राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्यौपानेका अनुसार राप्ती सोनारी ८ मा रहेको गणेश मा.वि ढकेरी, वडा न. २ मा रहेको लक्ष्मी मावि मदुई, वडा न. ५ रहेको भुवर भवानी मा.वि बिनौना र वडा न. ६ मा रहेको सिद्देश्वर मा.वि सिधनुवामा एसईईको परिक्षा केन्द्र कायम गरिएको हो ।
 परिक्षा केन्द्रलाई व्यवस्थीत र मर्यादित गर्नका लागि तयारी सुरु गरिएको छ । शिक्षा प्रमुख न्यौपानेले भने प्रहरी प्रशासन, शिक्षक अभिभावक सरोकारवाला सबैसंग सहकार्य गरेर परिक्षालाई मर्यादित र व्यवस्थित गरिने उनको भनाई छ ।

राप्ती सोनारीबाट ११ सय ७७ विद्यार्थीले एसइई दिदै


 आगामी चैत्र १० गते बाट हुने एसईई परिक्षामा राप्ती सोनारी बाट उत्साह जनक विद्यार्थीले सहभागिता जनाउने भएका छन् । वडा न. १ देखि ९ सम्मका विभिन्न माविहरुबाट गरि ११ सय ७७ जना विद्यार्थीहरुले यस बर्षको एसईईमा सहभागिता जनाउदैछन् ।  राप्ती सोनारीमा वारिका २ र पारिका २ गरि ४ वटा परिक्षा केन्द्रमा विद्यार्थीहरुको उत्साह जनक सहभागिता रहने देखिएको छ ।
राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्यौपानेका अनुसार राप्ती सोनारी ८ मा रहेको गणेश मा.वि ढकेरी, वडा न. २ मा रहेको लक्ष्मी मावि मदुई, वडा न. ५ रहेको भुवर भवानी मा.वि बिनौना र वडा न. ६ मा रहेको सिद्देश्वर मा.वि सिधनुवामा एसईईको परिक्षा केन्द्र कायम गरिएको हो ।
 परिक्षा केन्द्रलाई व्यवस्थीत र मर्यादित गर्नका लागि तयारी सुरु गरिएको छ । शिक्षा प्रमुख न्यौपानेले भने प्रहरी प्रशासन, शिक्षक अभिभावक सरोकारवाला सबैसंग सहकार्य गरेर परिक्षालाई मर्यादित र व्यवस्थित गरिने उनको भनाई छ ।

Monday, February 4, 2019

नेकपा राप्ती सोनारीका सदस्यहरुले खाए सपथ




नेकपा राप्ती सोनारीका सदस्यहरुलाई आज एक कार्यक्रमका बिच सपथ खुवाइएको छ । पार्टी एकीकरण पछि संयुक्त रुपमा ८७ जना सदस्यहरु रहेको राप्ती सोनारीकालाई सपथ खुवाइएको हो । राप्ती सोनारी ३ जागृति सामुदायिक बनको भवनमा एक औपचारिक कार्यक्रमका बिचमा पार्टीका केन्द्र,प्रदेश र जिल्ला स्तरका नेताहरुको उपस्थितिमा सपथ खुवाइएको हो । यस अघि राप्ती सोनारी गाउँपालिका नेकपा अध्यक्ष चिम बहादुर घर्ति र सचिव मनोज केसीले भने सपथ खाइसकेका थिए । सपथ कार्यक्रममा बोल्ने नेताहरुले पुर्व यो, या त्यो पार्टी बाट आएको भन्दापनि पार्टी एक भएसंगै सबैलाई समान ब्यबहारका साथ पार्टीको ऐजेण्डा गाउँका घरघरमा लैजानका लागि जाग्नुपर्ने बेला आएको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका केन्द्रीय सदस्य मोहम्मद हारुनले सबैलाई कार्यकालको सफलताको शुभकामना दिदै पार्टीको वफादार सिपाही बनेर जनतामाझ विझ्न सुझाएका थिए ।  कार्यक्रममा बोल्दै यस क्षेत्रका प्रदेश सभा संसद कृष्णा केसी नमुनाले कोही पुर्व या पश्चिमको नभइकन सबै एक भएर अगाडी बढ्न आह्वान गरिन । कार्यक्रममा युवा नेता सुर्य ढकालले २००६ सालमा स्थापना भएको पार्टीको अहिले आएर सपना पुरा भएको जनाउँदै, अब सुखि नेपाली र समृद्ध नेपालको नारा आम जनतामा पुर्याउनका लागि सबै कार्यकर्ताहरु जाग्न पर्ने कार्यकर्ताहरुमा हौसला प्रदान गरे । कार्यक्रममा केन्द्रीय सदस्य दिनेश चन्द्र यादव, मोहम्मद हारुन, प्रदेश सदस्य पट्टु थारु, पुजन विश्वकर्मा,रामदाश थारु अक्कल बहादुर बम लगायतका जिल्लाका कार्यदलका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

Sunday, February 3, 2019

अनिर्णयको बन्दीमा प्र.अ नियुक्ती



राप्ती सोनारी ३ सरस्वती मावि भवनीयापुर विगत ६ महिना देखि प्र.अ विहिन बनेको छ । जस्का कारण पठनपाठनमा समेत समस्या देखिएको छ ।  विद्यालयमा प्र.अ बन्न सक्षम शिक्षकहरु हुँदा हुँदैपनि लामो समय सम्म विद्यालयले प्र.अ नपाएको हो । गत भाद्र २४ गते प्र.अ अरुण कुमार यादव र सहयाक प्र.अ सेतिराम गोसाईले सामुहिक रुपमा राजीनामा दिएको ६ महिना वित्दा समेत विद्यालयले प्रअ पाउन सकेको छैन् ।  विद्यालय व्यवस्थापन समितिले राजीनामालाई वेवास्ता गर्दै ६ महिना सम्म स्वीकृत गरेको छैन् । पटक पटकको वैठकमा सामान्य कुरा चलेपनि स्वीकृत गर्ने या पुन पुरानैलाई ग्राहयता दिने भन्ने बिषयमा समिति अलमलमा छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारुले लेखा परिक्षण र अभिभावक भेला संगै गारएर छिनोफानो गर्ने जनाए । राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्योैपानेले लामो समय सम्म अलमलमा राख्न नहुने भन्दै तत्काल निकास दिन निर्देशन दिइसकेको बताए ।  यतिका लामो समय सम्म अनिर्णयको बन्दी बनाउनु गलत भएको बताउदै स्थानीय समाजसेवी प्रेमराज श्रेष्ठले शिक्षाको मन्दिर जस्तो संस्थामा कसैले पनि व्यक्तिगत फाइदा उठाउन नहुने जनाए ।

Saturday, February 2, 2019

अगैया बजारमा युवक माथि सांघातिक हमला



राप्ती सोनारी २ अगैया बजारमा एक युवक माथि सांघातिक हमला भएको छ । राप्ती सोनारी ४ लटनिया निवासी २५ बर्षिय देवेन्द्र बुढामगर माथि अगैया बजारमा सांघातिक हमला भएको हो । घरबाट काठमाण्डौ विदेशका लागि हिडेका मगर माथि छुरा, खुकुरी प्रहार भएको छ । शनिबार साँझ खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको विभिन्न भागमा गहिरो घाउँ भएको हो । ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीका अनुसार  घटनामा संलग्न ओपेन्द्र केसी, ओपेन्द्र बुढा र भुपेन्द्र थापा मगरलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।  घटनामा संलग्न मुख्य दोषी मदन भण्डारी,निमकान्त भण्डारी,फेमश खड्का र गगन फरार रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । घाइते मगरको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

Thursday, January 31, 2019

वडा कार्यालयमा प्रहरी र आन्दोलनकारी बीच झडप, स्थति तनावग्रस्त




राप्ती सोनारी वडा न. ३ को कार्यालयमा ताला लगाउँन खोज्दा आन्दोलनकारी र प्रहरीविच झडप भएको छ । आज बिहान १० बजे आफुखुशि एकलौटी ढंगले निर्णय गरेको विरोधमा नेकपा आस्थाका नेता कार्यकर्ताले वडा कार्यालयमा ताला लगाउन खोज्दा झडप भएको हो । इलाका प्रहरी कार्यालय धामपुर बाट र प्रहरी चौकी अगैया बाट खटिएको प्रहरी टोलीले ताला लगाउन नदिएपछि झडप भएको हो । महिला प्रहरी नभएको यस क्षेत्रमा आन्दोलन कारीहरुले महिला अगाडी सारेर ताला लगाउन खोज्दा प्रहरीलाई अप्ठ्यारो श्रृजना भएको छ । स्थानीय नेकपाका नेता तुलसीराम थारु नेतृत्वको १ सय बढि नेता कार्यकर्ताहरुले वडा कार्यालयको निर्णय तत्काल खारेज नगर्दा सम्म तालाबन्दी जारी राख्ने बताएका छन् । प्रहरीले मास कन्टेल गर्न नसकेपछि महिला प्रहरी सहितको थप जनशक्ति कोहलपुर बाट मगाएको छ । वडा कार्यालयले १० लाखको हेमपाइप हाल्ने उपभोक्ता समिति गठन गर्दा आफ्नै कार्यकर्ताहरुलाई मात्रै एकलौटी ढंगले जिम्मा लगाएको आरोप लगाएका छन् । यस बिषयमा सबैलाई सर्वपक्षिय रुपमा बोलाएर उपभोक्ता समिति गठन गरिएकोले निर्णय सच्याउन नसक्ने वडा अध्यक्ष गंगाराम थारुले बताएका छन् ।

Thursday, January 24, 2019

नयाँ बस्तीमा नयाँ बाटो


राप्ती सोनारी ४ नयाँ बस्तीमा १० मिटरको चाक्लो बाटो निर्माण कार्य सुरु भएको छ । स्थानीय नेता मिनराज खड्का (सन्तोष)को पहल तथा डिल्ली वलीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि १० मिटर चौडाइ भएको बाटो निर्माण कार्य सुरु भएको हो । स्थानीय सबै जागरुक भएपछि आफ्नै पहलमा बाटो निर्माण कार्य सुरु गरेको नेता खड्काले जानकारी दिए ।उनका अनुसार स्थानीय, प्रदेश र संघ गरि कुनै तहबाट बजेट विनियोजन नभएको अवस्थामा आफ्नो कामआफै गनुपर्छ भन्ने उद्देश्यले स्थानीय सबैको पहलमा बाटो निर्माण कार्य थालेकाहौं, यसले जनताका प्रतिनिधिहरुलाई गतिलो सन्देश जाने ठोकुवा गरे । बैजापुर लटनिया देखि नयाँ बस्तीको मोरङ्गाखोला सम्मको बाटो वरीपरि पटान गरेर १० मिटर चाक्लो बनाउने प्रयास थालिएको हो ।सिक्टाको पुर्वी नहर निर्माण गर्ने जिम्मा पाएको कालिकाकुमार जेभीको सहयोगमा १० लाख लागत बराबरको बाटो निमार्ण कार्य थालेकाहुन् । यसले गर्दा राप्ती सोनारी ४का विभिन्न गाउँबाट आवतजावत गर्ने सवारी साधन र मानिसहरुलाई निकै सहजहुने छ । आफ्नो जग्गा वरिपरि भएका संरचना हटाएर सामुहिक रुपमा बाटो चक्ल्याउने  अभियानमा साथदिएका स्थानीयले जनताका प्रतिनिधिहरुले आफुहरुले गरेको कामको मुल्याङ्कन हुनु पर्ने माग समेत राखेका छन् । बाटो निर्माण कार्यमा गौरी सामुदायिक बनको पनि निकै सहयोग रहेको छ ।

Wednesday, January 23, 2019

१० लाखको योजनामा एकल निर्णय




राप्ती सोनारी वडा न. ३ का अध्यक्ष गंगाराम थारुले गुपचुपमै १० लाखको हेमपाइप हाल्ने जिम्माकार्यकर्तालाई  आरोप लागेको छ । गतपौष २६गते सर्वदलिय बैठक बोलाएको वडा कार्यालयले त्यस दिन सहमतिहुन नसकेपछि आर्को मितिमा सबैलाई बोलाउने गरि स्थगित गरेको थियो । आजबुधबार वडा कार्यालयले कुनै सुचना, टेलिफोन नगरिकन गोप्य रुपमाआफु निकटका आफ्ना कार्यकर्ता हरुलाई  अध्यक्ष थारुले १० लाखको जिम्मा लगाएको बिषयमा विवाद बढेको हो । आज  भएको उपभोक्ता समिति गठनमा जम्मा २६ जनाको उपस्थिति रहेको छ । त्यो संख्यात्मक हिसावमा अपुगहो ।  गणपुरक संख्या नपुर्याइकन नीतिनियमलाई घाममा सुकाएर एकल निर्णय गर्नु घोर आपत्तीभएको बताउँदै सहमतिजनताहरुलाई साथमालिएर अगाडी बढ्ने नेकपा राप्ती सोनारी अध्यक्ष चामबहादुर घर्ति (निर्मल) ले बताएका छन् । उनले सहमती सहकार्य गरेर अगाडी बढ्न पनि वडा कार्यालय लाई सुझाव समेत गरेका छन् ।
यस बिषयमा पत्रकारले जिज्ञासा राख्दाआफुले सुचना निकाल्ने, टेलिफोन गर्ने कुनै आवश्यकता नठानेको जनाए ।  अध्यक्ष थारुले पटक पटकभएको विवादमा वडा कार्यालयले एकल निर्णय गर्न सक्ने दावी गरेकाहुन । वडा कार्यालयको १० लाखको बजेटमा राप्ती सोनारी ३ का  ३५ बढि स्थानमा हेमपाइपहाल्ने योजना रहेको समेत वडा कार्यालयले बताएको छ । यस बिषयमा नेकपाका नेताकार्यकर्ताहरुले कडा प्रतिवाद गरेका छन् । आजभएको छलफल पछि बनेको समितितत्कालखारेज गरि सबैको सहमतिमा नयाँउपभोक्ता समिति गठन गर्नुपर्ने आवाज उठाएका छन् । गठन गरिएको समितिमा अर्जुन चौधरी अध्यक्ष, जमुना कुमारी थारु सचिव, धर्मदाश थारु कोषाध्यक्ष, राजमोती, बुझावन, धनिराम र अतिरामथारु सदस्य रहेका छन् । नेकपाका नेताकार्यकर्ताहरुले माथि उल्लेखीत समिति सबै काँग्रेस निकटको भएको दावी गरेका छन् । नेकपा राप्ती सोनारी सचिव मनोज केसीले सरासर गलतभएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।

Friday, January 18, 2019

भलिबलको उपाधी रोयल ढकेरीलाई


राप्ती सोनारी स्तरिय भलिबल प्रतियोगीताको उपाधी रोयल स्पोर्ट क्लव ढकेरीले हात पारेको छ । प्रगतीशिल युवा क्लव सिधनुवालाई सोझो ३÷० सेटमा पछि पार्दै रोयल ढकेरीले उपाधी हात पारेको हो । राप्ती सोनारी भित्रका खेलाडी उत्पादनमा सहयोग गर्ने उद्देश्यले राप्ती सोनारी भित्रका मिडिया हाउस द्धारा सन्चालित भलिबल प्रतियोगीताको १० हजार पुरस्कार राषी र प्रमाण पत्र सहितको उपाधी हात पारेको हो । क्लवका संयोजक रतिरामथारुले उपाधी जित्नलाई धेरै मेहनत गरेको र यस उपाधीले खेल जगतमा केहि गर्ने उर्जा दिने प्रतिकृया दिए । यसैगरी प्रगतिशिलयुवा स्पोर्ट क्लव सिधनुवा दृतिय स्थानहासिलगरि नगद ५ हजार र प्रमाण पत्रप्राप्त गरेको छ । यसैगरी ललही युवा क्लवलाई पछि पार्दै सुशासन युवा क्लव फत्तेपुरले तृतिय स्थान सहितनगद ३ हजार र प्रमाणपत्र हासिल गरेको छ । भुवर भवानी माघी मेला परिसरमा ४ दिन सम्म संचालन भएको भलिबल प्रतियोगीतामा १७क्लव सहभागीभएको कार्यक्रम संयोजक पत्रकार हेमन्त चौधरीले जानकारी दिए । गाउँपालिकाको आर्थिक सहयोग मागरिएको भलिबल प्रतियोगीता माहाइवे पोष्ट दैनिकका प्रकाशक खड्क खत्री, युवा नेता सन्तोष चौधरीले भलिबल खेल्ल सम्पन्नका लागि निकै उल्लेख्य भूमिका निर्वाह गरेकाथिए । भलिबल प्रतियोगीता भरि रेफ्रिको भूमिकानिर्वाह गरेर सहयोग गर्ने प्रतापचौधरी र मनोज चौधरीलाई आयोजक टिमले धन्यवाद ज्ञापन गरेको छ । आगामीबर्ष मेलाको अवसर पारेर ठुलो धन राषीको भलिबल प्रतियोगीता गराउने आयोजकले प्रतिवद्धता समेत गरेको छ ।

Sunday, January 13, 2019

वडा कार्यालय द्धारा बडघरलाई सम्मान


बडघरहरुले समाजमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै वडा कार्यालयले सम्मान गरेको छ । माघी मिलन तथा बडघरहरुलाई राप्ती सोनारी वडा न. ४ को कार्यालयले सम्मान गरेको हो ।  बडघरहरुले गाउँ समाजमा पिएन देखि न्याधिशको कामगर्ने गरेको प्रशंसा गर्दै वडा कार्यालयले पहिलो प्रयास गरेको हो । बडघरहरुले चलाउँने भुइहार, न्यायलयलगायतका संरचना बनाउन संस्थागत रुपमालागि पर्ने वडा न. ४ का  वडा अध्यक्ष कान्छा थारुले जानकारी दिएका छन् । उनले सबै बडघरहरुलाई समावेश गर्नेगरि संजाल बनाएर अगाडी बढ्नुपर्ने  उल्लेख गरे । राप्ती सोनारी ३ का वडा अध्यक्ष गंगाराम थारुले पहिले पहिलेकापुर्खाहरुको रिती संस्कृतिहरुलाई विस्तारै परिमार्जन गरि आत्मसाथगनुपर्ने धारणा राखे । उनले माघी पर्वको अवसरमाशुभकामनादिदै गीतपनिगाएर सुनाएकाथिए । कार्यक्रममाबोल्दै १ का वडा अध्यक्षचन्द्र बहादुर वलीले बडघरहरुले गरेको कार्य प्रतिप्रशंसा गर्दै आफ्नो वडा कार्यालयले बडघरको लागिगर्न सक्ने सहयोग गर्न तयार रहेको उल्लेख गरे । समाज सेवीतुलसीरामथारुले यो सम्मानले थपन्यायलयमाउर्जा दिने जिकिर गर्दै माघी पर्वलाई थारु जातीले नयाँबर्षको रुपमामनाउनुको कारण बारे प्रष्ट पारेकाथिए । बडघरहरुको तर्फबाट लालपुरका बडघर जुठे थारुले सम्मानले उर्जा दिने बताउदै  आगामीदिनमा वडा संग सहकार्य गरेर अगाडी बढ्ने बताए । कार्यक्रममापत्रकार हेमन्तचौधरी,  समाजसेवीहुमाशंकर वली, लक्ष्मीचौधरी लगायतले बोलेकाथिए ।



Friday, January 11, 2019

मुक्त कम्लहरीहरुको माघी मिलन

 
मुक्त कम्लहरी विकास मन्चले शुक्रबार माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ । राप्ती सोनारी गाउँपालिकाको सभाहलमाआउँदै गरेको माघे सक्रान्तीको अवसरमा माघी मिलनकार्यक्रम गरेको मुक्तकम्लहरी विकास मन्चकि अध्यक्ष् ासिताकुमारी थारुले जानकारी दिइन । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सबैमा सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् । थारु जातीहरुको नयाँबर्षमा रुपमामनाइने माघी पर्वलाई विशेष बनाउनकालागि सबैलो आआफ्नो स्थान बाट  आफ्नो क्षमता अनुसारको  मनाउनु पर्ने धारणा राखे । शुभकामना दिदै पत्रकार हेमन्तचौधरीले थारुजातीको इतिहास बारे चर्चा गर्दै थारुजातीलाई जनजातीकोटा बाट हटाएर छुट्टै पहिचानदिनुपर्ने बताए । पत्रकार चौधरीले स्थानीय सरकारले थारु भाषाको पाठ्यक्रमतयार पारेर थारु भषामै कक्षा सन्चालनगर्नुपर्ने धारणा राखे । कार्यक्रममागाउँपालिकाउपाध्यक्षधनिकुमारी खत्री, वडा न. ३ का वडा अध्यक्षगंगारामथारु, लक्ष्मीचौधरी लगायतले शुभकामनादिएकाथिए ।

Tuesday, January 8, 2019

बाख्रापालन र करार खेतीको लागि राप्ती सोनारी उपयुक्तः मन्त्री पौडेल



कृषी क्षेत्र अन्तरगत राप्ती सोनारीमा प्रभावकारी कार्याक्रम ल्याउन लागिएको भूमि व्यवस्था तथा कृषीमन्त्री आरती पौडेलले बताएकि छिन् । बुधबार राप्ती सोनारी ४ बैजापुरका क्यान्सर रोगबाट ग्रसित अगुवा नेता नोखिराम खड्काको स्वास्थ्य अवस्था बारे जानकारी लिएर फर्किने क्रममा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै  मन्त्री पौडेलले सो कुरा बताएकि हुन् ।  राप्ती सोनारीमा उन्नत जातका बाख्रा पालन व्यवसाय, तरकारी हाट बजार संकलन केन्द्र, करार खेती र प्रधानमन्त्री कृषी परियोजनको थुप्रै कार्यक्रम प्रदेश सरकारले केन्द्रित गरेको बताइन । खेतीयोग्य जमिन बाँझो नहोस भन्ने उद्देश्यले ५ विगाहमा खेती गर्ने युवाहरुको लागि विशेष योजना ल्याएको बताइन् । राप्ती सोनारीमा यो कार्यक्रम निकै फलदायी हुने बताउँदै ठेक्कामा लिएको जग्गाको रकम पनि प्रदेश सरकारले उपलब्ध गराउने मन्त्री पौडेलको भनाई छ । समुहमा मिलेर खेती गर्नका लागि सुरुमा ३ लाख रुपैयाँ पनि उपलब्ध गराउँने  र राम्रो गर्दै गएमा ट्याक्टर लगायतका यान्त्रीकरण उपलब्ध गराउने मन्त्री पौडेलले जनाइन् । भेटघाट कार्यक्रममा नेकपाका राप्ती सोनारी  संयोजक चाम बहादुर घर्ती, तुलसी थारु, नेकपा नेता मिनराज खड्का ( सन्तोष) नरहरी भण्डारी, दयाराम थारु ल्गायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।


Monday, January 7, 2019

शिक्षक नियुक्तिमा विवाद






राप्ती सोनारी ४ बैजापुरमा रहेको जनशक्तिमाविले शिक्षक नियुक्तगर्दा भ्याकेन्सी नखोलेरै गरेको बिषयमा विवाद सृजना भएको छ । गाउँपालिकाले दिएको अनुदान रकम बाट २ जनामावितह र १ जना निमावी तहमा शिक्षक नियुक्ति गर्दा गोप्य रुपमा रुपमा गरेको प्रति विवाद उत्पन्नभएको हो ।विव्यसले  मो. नफिलअहमद, केशुरामथारु र दिलिपकुमार यादवलाई नियुक्तगर्न गाउँपालिकालाई सिफारिस गरेको छ ।
विद्यालयव्यवस्थापन समितिले सुचना न निकालेर नियुक्तगर्न गाउँपालिकालाई सिफारिस पत्र पठाएको भन्दै व्यवस्थापन समितिका सदस्य दयाराम थारुले फाइलकब्जा समेत गरेका छन् । विद्यालयले भ्याकेन्सी खोलेर प्रक्रियाअनुसार प्रतिस्पर्धा गराएर उमेरको हदबन्दीलाई समेत ख्याल गरेर नियुक्तीगर्नुपर्ने सदस्य थारुको माग छ । स्थानीययुवा नेता  सन्तोष खड्काले सरासर गलतभएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् । उनले भने उमेरलाई ख्यालै नगरि भित्रभित्रै नियुक्तगर्नुले गुणस्तरिय शिक्षाको आशा के गर्ने  ?अर्का नेता डिल्ली वलीले गोप्य रुपमा नियुक्तीगर्नु गलतभएको जनाए । पुर्व विद्यालयव्यवस्थापन समितिका अध्यक्ष नरहरी भण्डारीले प्रतिस्पर्धा अनुसार क्षमतावान शिक्षक राख्नुपर्ने बताए । यस बिषयमा कुनै पनिविधी प्रक्रिय उलंघन नगरेको विद्यालयव्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर वलीले दावी गरेका छन् । उनले शिक्षक नियुक्तगर्दा नीजिश्रोतमा रहेका शिक्षकहरुलाई ग्राहयतादिने गाउँपालिकाको परिपत्रको आधारमा विव्यसले निर्णय गरेको दावी गरे ।उनले यस अघि सिफारिस गरिएका शिक्षकहरुलाई प्रक्रियापुगाएर नियुक्तीगरिएको जनाए । वडा अध्यक्ष कान्छा थारुले वली जस्तै नीजिश्रोतमा रहेका शिक्षकहरुलाई नै ग्राहयतादिने भन्ने छलफल भएको र उमेर हदबन्दीको बिषयमापुन छलफल गर्न सकिने उल्लेख गरे ।

Sunday, January 6, 2019

विकासका लागि राप्ती सोनारीमा संघर्ष समिति गठन



राप्ती सोनारीको विकासको लागि संघर्ष समिति गठन गरिएको छ । सबै राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको संयुक्त रुपमा संघर्ष समिति गठन गरिएको हो । आइतबार राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा बसेको बैठकले नेकपाका राप्ती सोनारी संयोजक चिम बहादुर घर्तीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको बैठकमा सहभागि राप्ती सोनारी ४ का समाजसेवी सन्तोष खड्काले जानकारी दिए ।  उनका अनुसार राप्ती सोनारी ६ का स्थानीय अगुवा तथा काँग्रेसका युवा नेता लवराज खरेललाई सदस्य सचिव राखिएको छ । सदस्यहरुमा राप्ती सोनारी ३ का वडा अध्यक्ष गंगाराम थारु, ३ कै नेकपा नेता तुलसीराम थारु, ४ का वडा अध्यक्ष कान्छा थारु, ५ का वडा अध्यक्ष झगरु थारु, नेकपा नेता जीत बहादुर डाँगी र ६ का वडा अध्यक्ष जनक बहादुर थारु र नेकपा नेता चन्द्र प्रकाश शर्मा (अंकित) सदस्य रहेका छन् । उक्त संघर्ष समितिले राप्ती सोनारीको वडा नं ४ देखि बैजापुर नेपालगन्ज जोड्ने सडकको राप्ती सोनारी ६ फत्तेपुरको नर्सरी सम्मको बाटोको स्तर उन्नतीका लागि  विशेष गरि तीन तहको सरकारमा संघर्ष गर्ने जनाएको छ ।  बैठक पछि बनेको संघर्ष समिति संग कुराकानी गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले विकासमा यो या त्यो नभनिकन सबै मिलेर आजै बाट गर्ने प्रण गर्दै बनेको संघर्ष समितिको मागलाई उच्च प्राथमिकतामा  राख्ने जनाएका छन् । अध्यक्ष थारुले प्रदेश र केन्द्रिय सरकारले बजेट उपलब्ध गराए, गाउँपालिकाको तर्फबाट कति कसरी बजेट उपलब्ध गराउनु पर्ने तयार रहेको प्रतिवद्धता जनाए । संघर्ष समितिका संयोजक चिम बहादुर घर्तिले मुख्य सडकको रुपमा रहेको नेपालगन्ज बैजापुर सडकको स्तर उन्नतीको लागि प्रदेश र केन्द्रिय सरकार संग डेलिगेशन गएर १० करोड भन्दा माथिको बजेट ल्याउने लक्ष्य रहेको दावी गरे ।

Tuesday, January 1, 2019

बैजापुर स्वास्थ्य चौकीलाई अस्पताल बनाउने पहल


सुविधा सम्पन्नभवनअनुसारको सेवानहुँदा सेवाग्राहीमार्कामा परेको जनगुनासो बढेपछि स्तर बृद्धिका लागिपहलथालिएको छ । राप्ती सोनारी ४ मा रहेको स्वास्थ्यचौकीको स्तरबृद्धि गरि डक्टर सहतिको टोलीले सेवादिने गरि अस्पताल बनाउनकालागिपहलथालिएको हो । सुगमजिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने सोनारीमापहिलो पटक शहरी विकास मन्त्रालयमार्फत ३ करोड बराबरको लागतमानिर्माण भएको सुविधा सम्पन्न स्वास्थ्यचौकीलाई अस्पतालमा परिणत गर्न चौतर्फी पहलभएको हो । अस्पतालको लागि स्वास्थ्यचौकी, वडा कार्यालय, गाउँपालिकाले आवश्यकपक्रियापुगाएर प्रदेश सरकारलाई पठाई सकेको छ । प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले स्वास्थ्य चौकीको स्तर बृद्धि गर्न उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारमा पहल कदमी सुरु गरिएको जानकारी दिइन् ।  प्रदेश सभा सदस्य केसीले आउने हिउँदको बजेटमा उच्च प्राथमिकताका साथ अस्पताल  निर्माणका लागि बजेट छुट्याउने दावी गर्दै राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको सुविधा सम्पन्न अस्पताल बन्ने उल्लेख गरिन ।
स्वास्थ्यचौकी सन्चालक समितितथा वडा न. ४ का वडा अध्यक्ष कान्छा थारुले सहज रुपमा गुणस्तरिय स्वास्थ्य सेवाजनताले पाउँनभन्ने उद्देश्यले पहलथालिएको  उल्लेख गरे । स्थानीयअगुवाहुमाशंकर वलीले अस्पताल भएपछि विशेज्ञ सहितको टोलीले विरामीको चेकजाँचगर्ने, विभिन्न रोगको परिक्षण पनियहिहुँने विरामीभर्ना गर्ने जस्ता थुप्रै खालको सेवा सुविधा उपलब्ध हुने हुँदा तत्काल अस्पतालको रुपमा विकास गर्नुपर्ने जनाए । उनले स्थानीय स्तरबाट अस्पताल बनाउनका लागि गर्नपर्ने श्रमदान, साथ सहयोग सबै र सधै तयार रहेको समेत उल्लेख गरे । स्थानीय अगुवा तथा गौरी सामुदायिक बनका अध्यक्ष नरहरी भण्डारीले अस्पताल बृद्धि भए गरिव गुरुवा सबैलाई सम्वन्धीत विशेषज्ञ द्धारा चेकजाँच गरिने, एक्सरे, अल्टसाउन्ड, सबै सेवा गाउँमै भएपछि सहज हुने जनाए । उनले अस्पताल बृद्धिको क्रममा आवश्यक सामाग्री खरिदको लागि सामुदायिक बन आर्थिक सहयोग गर्न तयार रहेको उद्घोष समेत उद्घोष गरेका छन् ।  स्वास्थ्यचौकीकाइन्चार्ज रामचन्द्र वलीले  विरामीजाँच, औषधी भण्डारण, वितरण, ड्रेसिङ्ग, वैठक हल, प्रशासन, परामर्श र दुईवटा कर्मचारीको लागिकोठा गरेर १० वटा कोठा प्रयोगमाआएको जनाए ।

Friday, December 14, 2018

वडा अध्यक्ष कान्छा थारुले गरे विहेमा जाँड रक्सी निषेध


थारु समुदायको पाहुनालाई सत्कार गर्ने मुख्य सगुन भनेकै जाँड र रक्सी हो । साना, साना चाडपर्व देखि भोज भटेरमा थारु समुदायको मुख्य सगुन जाँड रक्सी हुन्छ । ठुला चाडपर्व तथा विवाह भोज आउँन अगावै महिनौ दिनदेखि जाँड रक्सीको जोह गर्ने र त्यहि अनुरुप त्यसदिन सबैलाई फालाफाल हुनेगरि खानपान गराउँने प्रचलन छ । त्यसो गरेको खण्डमा सबैको प्रशंसाको पात्र बनिन्छ । बिहीबार राप्ती सोनारी ४ पसरामपुरमा वडा न. ४ का वडा अध्यक्ष कान्छा थारुको छोराको विहेमा आगन्तुकहरुको दिनभरि जसो भरिभराउँ थियो । आएका पाहुनाहरुलाई व्यवस्थित ढंगले टेण्ट भित्र सानदार खानपानको व्यवस्था पनि गरिएको थियो । वडा अध्यक्ष थारु आफै पाहुनाहरुको स्वागत सत्कारमा व्यस्त देखिन्थे । निकै व्यवस्थित देखिने विवाहमा मादक पदार्थ जाँड र रक्सी निषेध गरिएको थियो । अधिकाँस पाहुनाले मनमनै  र प्रत्यक्ष रुपमा गुनासो नगरेका पनि होइनन् । तर अध्यक्ष थारुले खासै वास्ता नगरेझै गरेर जाँड, रक्सी रहित विवाह सम्पन्न गरेर प्रशंसनिय काम गरेका छन् । बढ्दै गएको कुसस्कार, कुरिती जस्ता परम्परालाई आजैबाट र आफैबाट सुरुवात गर्नुपर्छ , भन्ने सोचाईले यसो गरेको अध्यक्ष थारुको भनाई छ ।  सबै पाहुनालाई जाँड रक्सी दिदा एउटै  पाहुनले धेरै समय खाने र त्यसो हुँदा  सबैलाई व्यवस्थित गर्न नसकिने भएकोले पनि जाँड रक्सी निषेध गरिएको अध्यक्ष थारुले उल्लेख गरे ।  आफ्नो क्षमता अनुसारको बिवाह, भोज सबैले गर्नुपर्ने भन्दै गलत परम्परा सबैले त्याग्न आवश्यक रहेको धारणा राखे । विवाह, पार्टीहरुमा मात्रै जाँड रक्सी हटाउन सके धेरै हिंसा, अपराध कम हुने उनको विश्वास छ ।  २०५६ सालमा एसएलसी पास गरेर शिक्षण पेशामा आवद्ध रहेका वडा अध्यक्ष थारु वडा अध्यक्ष निर्वाचित भएका थिए । राम्रो र नमुना वडा बनाउँनका लागि सबैको पहल आवश्यक रहेको जनाउँदै सबै संग सहकार्य एकता गरेर जाने प्रतिवद्धता समेत जनाए ।

Monday, October 22, 2018

अध्याँरो मूनि सुत्केरी सेवा


सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती पारिका बैजापुर, बिनौना,  लगायतका ठाउँमा अहिले पनि नागरिकले पाउँने अधिकारबाट बन्चित छन् । हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिने राज्यले योजना ल्याएपनि यस स्थानमा त्यो लागु हुन सकेको छैन् । ठुला अस्पताल त छैनन् नै तर स्वास्थ्य चौकी बाट पनि यहाँका नागरिकले भनेको जस्तो सबै सुविधा गाउँमै पाउँन सकेका छैनन् । पीडित मध्ये सबैभन्दा ठुला समस्या सुत्केरी महिलाले भोगि रहेका छन् । सुत्केरी हुन आउँने महिलाहरुलाई जाडो सिजनमा हिटर बाट ताप दिनका लागि र पुरै उज्यालो पार्ने विद्युत छैन, आफ्नै स्वास्थ्य चौकीमा एम्वुलेन्स छैन, यो प्रशंग हो बैजापुर स्वास्थ्य चौकीको । राज्यले प्रयाप्त जनशक्ति  दिन नसक्दा सुत्केरी हुन आउँने महिला मात्रै होइन, सुत्केरी गराउने स्वास्थ्यकर्मि पनि पीडित छन् । बैजापुर स्वास्थ्य चौकीमा कार्यरत अनमि एलीजा जिएम भन्छिन् सुत्केरी गराउँदा बिजुली त छैन तर अपतकालिन सुत्केरीलाई सदरमुकाम पठाउदा एम्वुलेन्स नपाउँदाको पीडा निकै छ । आमा सुरक्षा कार्यक्रम अन्तरगत आफु र  मनिशा कुमारी थारु मात्रै रहेकोले विदा पनि बस्न नपाइने र रातीको समयमा निकै ग्राहो र एक्लो महसुस हुने गरेको उनको अनुभव छ । डेढ बर्षदेखि कार्यरत रहेको जनाउँदै एलिजाले रातीको समयमा सुत्केरी आएपछि अरुको सहारा लिएर स्वास्थ्य चौकी सम्म पुग्नुपर्ने बाध्यता रहेको जनाइन् । उनका अनुसार मनिसा त झनै स्वास्थ्य चौकी नजिकै कोठा लिएर सेवा दिइरहेकि छिन् । स्वास्थ्यकर्मि हिरामणी गुरौं थारुका अनुसार गत आर्थिक बर्षमा १ सय ९६ सुत्केरी भएको र जस मध्ये १ सय ५ छोरी र ९१ छोरा जन्मिएको समेत स्वास्थ्यकर्मि थारुले जनाए । उनका अनुसार सानो उमेरमा विवाह गरेर बच्चा जन्माउनेहरुमा केहि समस्या देखा परेपनि नियमित रुपमा ४ पटक सम्म जाँच गराउने महिलाहरु पनि धेरै रहेका छन् ।

Tuesday, October 9, 2018

२७ गते बैजापुरमा सांस्कृतिक उत्सव


अधिकार,संस्कार, संस्कृती र पहिचान जोगाउन यहि २७ गते बैजापुरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । भिजन युवा संजालले आयोजना गर्न लागेको कार्यक्रममा ५० बढि समुहको नृत्य र राष्ट्यि स्तरको कलाकारहरुको बेजोड प्रस्तुती पनि रहने छ । सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने बैजापुर लगायत आसपासका गाउँहरुमा कला संस्कृति जर्गेना गर्न यस कार्यक्रमले मुख्य कडीको रुपमा भूमिका खेल्ने संजालका संयोजक हरि प्रसाद थारुले जानकारी दिए ।  उनका अनुसार राजनीतिक आस्था विचार बाट कहि कतै मेलमिलाप गर्ने भनइकन स्वतन्त्र रुपमा सबै जात जातीहरुको पुराना संस्कृतीको उजागर गर्ने उदेश्यमा सबैको उत्साह जनक सहभागिताको आवश्यकता छ ।  कार्यक्रममा  प्रथम हुनेलाई ८ हजार, दृतिय हुनेलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार तथा सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको समेत संयोजक थारुले जनाए ।  संजालकि कोषाध्यक्ष लक्ष्मी चौधरीले प्रमुख अतिथि यस क्षेत्रका चौधरीया विष्णु थारु, विशेष अतिथि देशबन्ध्या र अरु सबै अतिथि रहने जनाइन् । अफ्नै सक्रियता स्थानीय व्यापारी बुद्धिजिवीहरुको सक्रियताले कार्यक्रम गर्न लागिएको समेत उनले जनाइन् । आगामी बर्षहरुमा झनै बृहत गर्दै लैजाने आयोजकको दावी छ ,  कार्यक्रममा चर्चित गायक विश्वसागर परियार, खेम भगोरिया र चर्चित मोडेल सुनिता दहितको पनि बेजोड प्रस्तुती रहने छ ।