साउन ३२
समय परिवर्तन भएसंगै नेपालमा उच्च शिक्षा हाँसिल भन्दा पनि प्राविधिक शिक्षा लिएर केहि सिप सिकेर छिटो आफ्नो पेशा व्यवसायमा लाग्ने विद्यार्थीहरुको संख्यामा बृद्धि हुदै गएको पाइन्छ । प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरुको संख्या बढे संगै धमाधम प्राविधिक शिक्षालयहरु खुल्ने क्रम पनि बढेको छ । पश्चिम नेपालको केन्द्र विकास उन्मूख शहर कोहलपुरमा पहिलो पटक प्राविधिक शिक्षा यस बर्ष देखि संचालनमा आएको छ । मध्य र सुदुर पश्चिमका विद्यार्थीहरुको उपयुक्त केन्द्र कोहलपुरमा सिटिईभिटी बाट मान्यता प्राप्त शिवालय टेक्नीकल कलेज सन्चालनमा आएको हो । टेक्नीकल कलेज सन्चालमा आएपछि यस क्षेत्रका विद्याथीहरु सहुलियतको महसुस गरेका छन् । शिवालय टेक्नीकल कलेजका प्रवन्ध निर्देशक दिपेन्द्र बहादुर कठायतले यस बर्ष देखि सन्चालनमा आएको प्राविधिक कलेजमा उल्लेख्य विद्यार्थीहरुको उपस्थिति रहेको जनाए । कोहलपुर बजारमा पहिलो पटक प्राविधिक कलेज सन्चालनमा ल्याएपछि एक बर्षमा मात्रै १ सय ५० बढि विद्यार्थीहरु भर्ना भएको समेत प्रवन्ध निर्देशक कठायतले उल्लेख गरे । कोहलपुरको गोलपार्क नजिकै सुविधा सम्पन्न भवनमा सन्चालनमा आएको शिवालय टेक्नीकल कलेजमा प्राविधिक तर्फकै ६वटा विषयमा कक्षा सन्चालन गरिएको छ । निर्देशक कठायतका अनुसार होटल असिस्टेन, होटल म्यानेजम्यान्ट, कमिनिटी यग्रिकल्चर असिस्टेन, कमिनिटी लाइफ स्टक, इन्टर प्राइजेज डिप्लोपमेन्ट फ्यासलिटर, विलडिङ्ग इलेक्ट्रीसिएन र कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डिप्लोपर बिषयमा पढाई हुने गरेको हो । व्यवहारीक शिक्षालाई बिषेश जोड दिएर सन्चालन गरेको कलेजमा सम्पुर्ण बिषयमा प्रयाक्टीकललाई विशेष प्राथमिकता दिने गरेको समेत निर्देशक कठायतको भनाई छ । उनका भनाई अनुसार आफुले दिएको शिक्षा बाट रोजगारी गर्ने मात्रै नभइकन आफैले स सना व्यवसाय गरेर जिउने आधार सहितको शिक्षा प्रदान गर्न थालिएको हो । विद्यार्थीहरुको क्षमतालाई मध्यनजर गरेर वर्गीकरणको आधारमा कक्षामा पढाई गराई प्रयाक्टीकलका लागि बाहिर देशमा जान चाहने विद्यार्थीहरुका लागि पनि व्यवस्था रहेको निर्देशक कठायतले दावी गरे । विशेष गरि होटल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीहरुले नेपालमा रहेका राम्रा होटल तथा नेपाल वाहिरका होटलहरुमा प्रयाक्टीकलको लागि पठाउने सुविधा पनि रहेको जानकारी दिए । प्राविधिक कलेज सन्चालन गरेर पैसा कमाउने भन्दा विद्यार्थी भाइ बहिनीहरुको उज्वल भबिष्य प्रति चिन्ता रहेको बताउदै निर्देशक कठायतले अब कलेज संग संगै कम्प्युटर इन्सीच्युट पनि सन्चालनमा ल्याएको जनाए । जीवन जिउने आधार सहितको प्राविधिक शिक्षा संचालनमा ल्याएको दावी गर्दै निर्देशक कठायतले कुनै पनि शंका नमानिकन आ आफ्ना छोरा छोरीलाई भर्ना गर्न आग्रह गरे । आगामी दिनमा विद्यार्थीहरुको माग अनुसार सेवा सुविधालाई थप गर्दै लग्ने बताउदै अहिले सम्म कम्प्युटर ल्याव, जेनेटर, रेष्टुरेन्ट, विभिन्न बिषयको प्रयाक्टीकल तथा फ्रि वाइफाईको ससुविधा समेत रहेको जानकारी दिए ।

No comments:
Post a Comment