भाद्र १, के तपाई सार्वजनिक स्थान, तथा सडक ओगटेर सवारी साधन पार्किङ्ग तथा व्यापार व्यवसायी गर्ने उद्देश्यले केहि सर समान राख्नु भएको छ ? यदि राख्नु भएको छ भने, अब होसियार हुनुस, नत्र ट्राफिक प्रहरीको फन्दामा पर्नुहोला नि । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले तीन महिने अभियाननै चलाएर यस्तो अभियान थालेको हो । ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङ्ग हटाउने, अव्यवस्थित होर्डिङ्ग बोर्ड, अव्यवस्थित व्यापार व्यवसाय, छाडा पशु चौपाय हटाउने अभियान थालेको हो ।
अव्यवस्थित पार्किङ्ग हटाउने अभियान थालेको छ । क्षेत्रिय ट्राफिक कार्यायले जनशक्ति परिचालन गरि अव्यवस्थित पार्किङ्ग हटाउने अभियान थालेको हो । बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरीले कोहलपुर बजारमा अव्यवस्थित पार्किङ्ग हटाउने अभियान चलाएको जनाएको छ ।
ट्राफिक प्रहरीले मंगलबार कोहलपुरको चौराह देखी मुख्य सडक वरीपरि पार्किङ्ग गरिएको सवारी साधन, तथा व्यापार व्यवसायी गर्नका लागि राखिएको अस्थायी टहरा, हटाएको हो । बजार भरि ट्राफिक प्रहरी परिचालन गरि अव्यवस्थित रुपमा राखिएको सवारी साधन तथा अन्य सर समानलाई हटाएको हो ।
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल प्रसाद खरेलले बजार भित्रको अव्यवस्थित बस्तुलाई हटाउनुका साथै सवारी साधन चेक जाँचमा तिव्रती दिएको जनाए ।
प्रहरी प्रमुख खरेलले भने—तीन महिना सम्म विशेष अभियान चलाएर पुर्ण रुपमा अव्यस्थित व्यापार व्ययसाय, होडिङ्ग र्बोर्ड, छाडा पशुचौपाए नियन्त्रण संगै लामो दुरीको सवारी साधनमा चालक कतिवटा छन्, क्षमता अनुसार कति यात्रु छन्, महिला अपाङ्गलाई कसरी राखेको छ, लगायत ट्राफिक नियम पालना
गराउन सक्रिय रहने छौं ।

No comments:
Post a Comment