शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Thursday, September 29, 2016

विरेन्द्र राजाको शालिक स्थापना गर्न नदिए देशभरी आगो सल्किने


बिहीबार राष्ट्रवादीहरुले  स्वर्गीय राजा विरेन्द्र शाहको शालिक पुन ः स्थापना जसरी पनि गरेर छाड्ने उद्घोष गरेका छन् । नेपालगन्जको विरेन्द्र चोकमा आज ईतिहास मेटाउने राष्ट्रघाती सरकार तथा प्रमुख राजनीतिक दलहरुको कडा आलोचना गर्दै राष्ट्रवादी शक्तिहरुले शालिक स्थापना गर्न जस्तो सुकै मुल्य चुकाउन पछाडी नपर्ने चेतावनी दिएका छन् । राप्रपा नेपालका महामन्त्री डा . धवल शम्शेर राणाले इतिहासलाई मेटाउने राष्ट्रघातिहरुलाई खबरदारी गर्दै शालिक स्थापना गर्न कसैले रोक्न नसक्ने बताए । महामन्त्री राणाले भने— जनताको भावना विपरित इतिहास मेटाउने काम भएको छ, त्यसको ठुलो मुल्य चुकाउन पर्छ । यदि शालिक राख्न निदिए नेपालगन्ज बाट सल्किएको आगो देशैभरी फैलन्छ, त्यो आगो निभाउन नसकेर सक्ता छोडेर भाग्न पर्ने अवस्था आउने चेतावनी समेत महामन्त्री राणाले दिए । राप्रपा नेपाल बाँकेका जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले मरेको राजा संग डराउने प्रमुख राजनीतिक दलले ल्याएको गणतन्त्र कति कमजोर छ भन्ने प्रष्ट भएको बताउँदै जनतामा जागेको आक्रोसले शालिक स्थापना गरेरै छाड्ने बताए । राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कंडेलले कोणसभालाई स्वागत  गर्दै २४ घन्टा वित्न नपाउँदै रातारात शालिक चोर्ने निकम्मा सरकारको विरुद्ध आम जनता ओर्लिएको भन्दै इतिहासको धरोहर विरेन्द्र शाहको शालिक पुन ः स्थापन भएरै छाड्ने जनाए । ठुलो संख्याको जनमानसको उपस्थितिले पनि प्रष्ट पारेको भन्दै अन्तिम सम्म जनताको साथ रहने उल्लेख गरे ।  कर्याक्रममा बोल्ने अन्य वक्ताहरुले पनि शालिक स्थापनामा कसैले रोक्न नसक्ने बताएका थिए ।





No comments: