नेपालगंज,१६ पुष । मोहम्मद डे मनाउने क्रममा दुई समूह बिच भएको झडपमा परी घाईते भई उपचार का क्रममा पुस ४ गते मृत्यु भएका लक्ष्मणपुर निवासी ४५ वर्षीय मौलना वजहुल कमर खाँको परिवारलाई तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले एक कार्यक्रमका बिच शनिबार आर्थिक सहयोग गरेको छ ।
थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले मटेहिया घटनाका विषय पहिलो चरणको अध्ययन पुरा गरी सकेको बताउदै अन्तीम चरणको अध्ययन जारी रहेको बताउनु भयो । उहाँले अध्ययन पुरा भए पश्चात प्रतिबेदन सार्वजानिक गर्ने तयारी गरेको बताए । यस्तै उहाँले मृतक मौलाना वजहुल कमर खाँ कि पत्नी निजामुल निशाको बच्चाहरुको अध्ययनका लागि १० हजार रुपिया हस्तान्ञण गरेको बताउनु भयो ।
रकम हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कि स्वकीय सचिव कृष्णा केसी (नमूना)ले मौलानालाई उपचारका क्रममा बचाउन मोओबादी केन्द्र र नेपाल सरकारले अथक प्रयास गरे पनि भौतिक शरीर बचाउन नसकेको प्रति चिन्तीत भएको बताउदै मृतक मौलाना वजहुल कमर खाँ र मुनिजर खाँको परिवारलाई एक साता भित्र उचित रहात दिलाउने र एक जनालाई सरकारी जागिरको व्यवस्था गर्न सरकार लागी परेको बताउनु भयो ।
यस्तै माअोबादी केन्द्रका पोलिट व्युरो सदस्य अतर हुसेन फारुकीले थर्ड एलायन्सले मृतक परिवार प्रति देखाएको सहनभूति प्रति माओबादी केन्द्र सम्मान प्रकट गर्दछ । उहाँले अन्य मृतक र घाईतेहरुलाई समेत सहयोग गर्न सुझाव दिनु भएको थियो ।
जामा मस्जिदका निर्वातमान अध्यक्ष अब्दुल रहमान मियाँले सरकारले तत्काल पिडितहरुलाई रहात दिनु पर्ने बताउदै दोषीहरुलाई कानुनी दयारामा ल्याउन माग गर्नु भयो ।
यस्तै कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहम्मद हारुनले थर्ड एलायन्सले जुन सहयोगी भावना देखाएको छ त्यो अग्रेणी भूमिका भएको बताउदै मटेहिया घटना पश्चात केही तत्वहरु बाँकेमा अप्रिय घटना गराउन चलखेल गरे पनि मुस्लिम समूदाय र केही हिन्दु समूदायको सक्रियाताका कारण सम्प्रदायिक दंगाहुन बाट नेपालगंज जोगिएको बताए । उहाँले घटनामा संलग्न केही व्यक्तिहरुलार्ई प्रह्रीले नियन्त्रणमा लिई कानुनी दायरामा ल्याई सकेको र थप केही व्यक्तिहरुलाई छिट्टै प्रशासनले नियन्त्रणमा लिने कार्य गरी रहेको बताउनु भयो ।
रकम हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथि मोहम्मद हारुन,प्रधान मन्त्री कि स्वकीय सचिव कृष्णा केसी,अतहर हुसेन फारुकी, रहमान मियाँले संयुक्त रुपमा मृतक मौलाना बजहुल कमर खाँ कि श्रीमति निजामुल निशा खाँलाई बच्चाहरुको शिक्षामा अवरोध नपुगोस भन्नका लागि १० हजार रुपिया नगद हस्तान्त्रण गर्नु भएको थियो ।
रकम लिदै मृतक मौलाना कि पत्नी निशाले दोषीहरुलाई कारवाही गर्नका लागि पहल गर्न थर्ड एलायन्स संग आग्रह गर्नु भयो । उहाँले मेरो बच्चाहरुको शिक्षामा अवरोध नओस भन्नका लागि थर्ड एलायन्सले जुन कार्य गरेको छ त्यसको म श्रहना गर्न चाहन्छु । यता उपचारका क्रममा पनि थर्ड एलायन्सले काठमाडौ समेत उपचार खर्च बापत पनि रकम हस्तन्त्रण गरेको थियो । थर्ड एलायन्सको उप क्षेत्रीय कार्यालय नेपालगंजमा रकम हस्तान्त्रण गरिएको थियो ।

No comments:
Post a Comment