शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, January 2, 2017

आमसभाको तयारी पुरा भएको राप्रपा द्धारा जानकारी

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले पुष २० गते  नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभाको तयारी पुरा भएको जनाएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि क्षेत्रिय स्तरको एकताको आमसभाको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका महामन्त्री डाः धवल शम्शेर राणाले आम सभा एतिहासिक हुने जनाउदै सम्पुर्ण तयारी पुरा भएको जनाएका हुन् । हिन्दु राष्ट्रको ऐजेण्डा बोेकेको एक मात्र पार्टी राप्रपा भएकोले आमसभामा मध्यपश्चिमका सबैजिल्लाका गरि ५० हजार जनता आउने दावी समेत महामन्त्री राणाले गरे । पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले प्रचार, प्रसार, गाउँ गाउँ बाट बस परिचालन गर्ने लगायतका सम्पुर्ण तयारी पुरा भएको उल्लेख गरे ।  आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा. धवल शम्शेर राणा,  बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । आम सभाको अघिल्लो दिन भोली १९ गते  कोहलपुर बाट मोटरसाईकल र्याली समेत निकालिने भएको राप्रपा बाँकेले जनाएको छ । भोली १९ गते नै होटल वाटिकामा मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको भेला समेत हुने कोषाध्यक्ष तेज नारायण कंडेलले उल्लेख गरे ।


No comments: