साउन, ११ गते,
घरको चुलो चौकोमा मात्रै सिमित रहने राप्ती सोनारी २ का महिलाहरुलाई जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले व्यवसायिक रुपमा उन्नत जातको बाख्रा पालन व्यवसाय तर्फ आर्कषित गरेको छ । सहकारीले उन्नत जातको बाख्रा किन्ने ऋण उपलब्ध गराउँनुका साथै घाँस उत्पादन तथा औषधीहरु निशुल्क उपलब्ध गराउन थालेपछि महिलाहरु व्यवसायिक रुपमा उन्नत जातका बाख्रा पालन गरिरहेका हुन । जस्का कारण महिलाहरु आर्थिक रुपमा सवल बन्दै गएका छन् । उक्त सहकारीको सहयोग पाएर बाख्रापालन गरिरहेका महिलाहरुले एक बर्षमा १३ हजार ५६ किलो खशि बेच्न सफल भएको सामाजिक उद्यमी जिल्ला सहकारी संस्थाका जिल्ला अध्यक्ष कृष्ण केसीले जानकारी दिए । त्यस अनुसार बिहीबार र शुक्रबार उक्त सहकारीले ३२ समुहका गरि ५ सय ८२ कृषकलाई आन्तरिक परजिवी नियन्त्रत्रणका लागि बाख्राको औषधी समेत वितरण गरेको छ । जिल्ला अध्यक्ष केसीका अनुसार महिलाहरुलाई सहयोग गरेपछि उनीहरुले उत्पादन गर्ने, खशी बोका ३० किलो भन्दा माथिको हुने गरेको उल्लेख गर्दै, बिचौलिया ब्यापारीहरुको कारण केहि समस्या उत्पन्न भएको समेत जनाकारी दिए । २०७२ सालमा स्थापना भएर सहकारीले बाख्राको गुणस्तरिय उत्पादन तथा खशिको बजारीकरणमा जोड दिएको छ ।


No comments:
Post a Comment