शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Thursday, October 4, 2018

राजदुत कोडीको दुर्गम गाउँमा सवारी




युरोपियन युनियनका राजदुत महामहिम  भेरोनिका कोडी बाँकेको दुर्गम गाउँको स्थलगत अनुगमन गरेका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती सोनारीको वडा न. ३, ४ र ५ को बिहीबार स्थलगत अनुगमन गरेका हुन् । गत बर्ष बाढीबाट प्राभावित भएका राप्ती सोनारी बासीलाई विभिन्न तहमा सहयोग गरिएको स्थान तथा सेल्टर भवनहरुको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा राजदुत कोडीले पीछडिएको क्षेत्र भएपनि यहाँका मानिसहरुको जीवन यापन, रहन सहन ब्यवहार शैली निकै सरल रहेको प्रशंसा गर्दै अझै विभिन्न विद्यामा सहयोग गर्न सकिने प्रतिवद्धता जनाएका छन् । युरोपियन युनियन, सेभ द चिल्ड्ेन, बेस बाँके तथा राप्ती सोनारी गाउाँपालिकाको संयुक्त सहयोगमा राप्ती सोनारीका ३ स्थानमा प्रति ८१ लाख बढि पर्ने  सेल्टर भवन निर्माण गरि आज हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा पलाष्टीक डुंगा तथा विभिन्न सामाग्री पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोगी संस्था प्रति धन्यवाद दिदै आगामी दिनमा साथ सहयोग र सहकार्यको अपेक्षा समेत गरे । गाउँपालिका अध्यक्षका स्वकीय सचिव सन्तोष चौधरीले गाउँपालिकाले आगामी दिनमा विपद बाट जोगिनका लागि उपलब्ध गराइने सेवा सुविधा बारे प्रतिवेदन पेश गरेका थिए ।

No comments: