शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Tuesday, October 9, 2018

सिंगो मन्त्रालय कुसुममा / पाँच बर्ष भित्र, नेपाल अध्याँरो मुक्त ः मन्त्री पुन


असोज २३
उर्जा जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले बाँकेको सबै दुर्गम ठाउँ लगायत देशैभरी पाँच बर्ष भित्रमा विुद्युत सेवा अनिवार्य रुपमा विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् । आज बाँकेको राप्ती सोनारी १ कुसुममा ११ के.भि को विद्युत शुभारम्भ कार्यक्रममा बोल्दै पाँच बर्ष भित्रमा कोहीपनि नेपाली अध्याँरोमा बस्न नपर्नेगरि विद्युत विस्तार गर्न लागिएको जनाए । मन्त्री पुनले लोकतान्त्रिक व्यवस्थामा सार्भम अधिकार आम जनतामा रहेको भन्दै अहिलेको सरकार उत्तरदायि र जवाफ देहि भएकोले कसैले पनि कुनै शंकोस नराखिकन विद्युत घरघरमा पुग्ने कुरामा विश्वस्त रहन आग्रह गरे । तार बाट विद्युत विस्तार गर्ने स्थानामा तारबाट र सम्भव नभएको स्थानामा बैकल्पीक उर्जा जडान गरेर भएपनि उज्यालो बनाउने अभियान रहेको प्रष्ट पारेका हुन् । अब कुनै पनि योजना विना कारण रोक्ने, समयमा सम्पन्न गर्न नसक्ने निर्माण कम्पनी माथि निगरानी रहेको  उल्लेख गर्दै मन्त्री पुनले कुसुममा बाँकी रहेका क्षेत्रमा तथा राप्ती सोनारीको ३, ४, ५ लगायतको वडामा चाडो विद्युत विस्तार गर्न निर्देशन दिएको जिकिर गरे । १ सय मेगावटको विद्युत लिएर सिधै कुसुम क्षेत्रमा खोल्न सकिने पावरफुल लाईन कुसुममा रहेको जनाउँदै सबैको साथ सहयोेग पनि जरुरी रहेको मन्त्री पुनको कठन छ । अहिले पनि राप्ती नदीका विभिन्न स्थानमा निकै दयनिय अवस्थामा रहेको जनाउँदै जनताको तटबन्ध, जलउत्पन्न लगायतका कार्यालयलाई तत्काल दिर्घकालिन योजना ल्याउन निर्देशन दिएको मन्त्रीले जानकारी गराए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंले सिंगो उर्जामन्त्रालय बाँकेको दुर्गम जिल्लामा विद्युत विस्तारका लागि परेको जनाए । कार्यक्रममा संसदद्धय महेश्वर गहतराज अथक र प्रदेश सभासदस्य कृष्णा केसी नमुनाले विद्युत विस्तारको लागि गरेको पहलको प्रशंसा गरिएको थियो ।

No comments: