शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Thursday, March 7, 2019

सोनालिका ट्याक्टरको फ्रि सर्भिस क्याम्प


बैजापुर र विनौनामा रहेका सोनालिका ट्याक्टरलाई फ्रि सर्भिस सेवा दिइएको छ । बिहीबार राप्ती सोनारी ३ बैजापुरको खेलकुद मैदानमा १ सय ५० बढि ट्याक्टरलाई कम्पनीले फ्रि सर्भिसको सेवा प्रदान गरेको हो ।
लिला इन्टरनेश्नल कम्पनी नेपालन्जले यस क्षेत्रका ट्याक्टर व्यवसायीहरुको सहुलियतका लागि मोविलमा २० प्रतिशत छुट र अन्य सबै फ्रि सर्भिसको सेवा दिएको कम्पनीमा कार्यरत यस क्षेत्रका मार्केटिगं इन्चार्ज सन्तराम थारुले जानकारी दिए ।
  गत १३ गते बाट बाँके बर्दियाका व्यवसायीहरुले लक्षित गरि २४ गते सम्म विभिन्न स्थानमा फ्रि क्याम्पको सुविधा दिइएको थारुले जानकारी दिए ।  इन्जिनेर सहितको फ्रि सर्भिस क्याम्पले ट्याक्टर व्यवसायीहरुलाई निकै राहात पुगेको छ ।
 

Tuesday, March 5, 2019

सामुदायिक बनमा बाघ र हात्तीको लडाई


राप्ती सोनारी ३ मा रहेको भुवर भवानी सामुदायिक बन उपभोक्ता समुहको २५ गते हुने निर्वाचनमा बाघ र हात्ती प्यानलको प्रतिस्पर्धा हुने देखिएको छ । सहमति जुट्न नसकेपछि निर्वाचनमा बाघ चिन्ह बाट अध्यक्षका लागि टेकबहादुर थारु र हात्ती चिन्ह बाट मनबारु थारु चुनावी मैदानमा छन् ।
  बाघ प्यानल बाट उपाध्यक्षमा विश्वसागर परियार, कोषाध्यक्षमा शान्ति चौधरी, सचिवमा संगिता थारु निर्वाचनमा उत्रेका छन् । यसैगरि सदस्यहरुमा सौनी थारु, निर्मला परियार,त्रीभुवन थारु, प्रदेशनी थारु, साउनी थारु लगायतले उम्मेदवारी दिएका छन् ।
हात्ती प्यानलको उपाध्यक्षमा कृष्ण थारु, कोषाध्यक्षमा सत्यनारायण थारु,सचिवमा सुमिता थारु रहेका छन् ।   यसैगरी सदस्यहरुमा खुशिराम थारु बसन्ती थारु,सम्झना  दमाई लगायतका रहेका छन् ।
बाघ प्यानलबाट उम्मेदवारी दिएका अध्यक्ष थारु लगायत पुरै टिम यतिबेला घरदैलो अभियानमा रहेको छ । आफु निर्वाचति भएपछि उपभोक्ताको हिटमा काम गर्ने टेकबहादुर थारुले जनाएका छन् । काठलाई पुर्ण रुपमा उपभोक्तालाई वितरण गर्ने, खुल्ला टेण्डर गर्ने,अपुरो रहेको भवन पुरा गर्ने, आय आर्जनमा सहयोग गर्ने, आर्थिक पार्दशीता गर्ने, जस्ता  थुप्रै लोकप्रिय कार्यक्रम अगाडी सारेका छन् । हात्ती प्यानलका मनबारु थारु लगायतका सम्पुर्ण टिम पनि चुनावी मैदानमा छ । उनीहरुले पनी उपभोक्ताका हिट हुने एजेण्डा अगाडी सारेका छन् ।

काठ चोरेको अभियोगमा बनकै उपाध्यक्ष थारु कारागार चलान


राप्ती सोनारी ३ मा अगुवाको रुपमा परिचित टिकाराम थारुलाई काठ चोरी गरेको अभियोगमा कारागार चलान गरिएको छ । आज मंगलबार उनलाई ३ महिनाको लागि नेपालगन्ज कारागार चलान गरिएको हो ।
 वागेश्वरी सामुदायिक बन उपभोक्ता समुह क्षेत्र बाट   २०७३ सालमा २६ क्युफिट काठ चोरी गरेको अभियोगमा थारु पक्राउ परि यसअघि ३५ दिन जेल सजाय भोगी सकेका थिए । बन ऐन अनुसार दोषी ठहर भई फैसला भएपछि उनी कारागार चलान भएका हुन् । हाल उक्त सामुदायिक बन उपभोक्ता समुहको थारु उपाध्यक्ष छन् ।
   कानुन अनुसार दोषी ठहर भएका थारुलाई बनकै जिम्मेवारी दिएर समितिले सरासर गलत गरेको देखिन्छ । टिकाराम थारु उपाध्यक्ष संगै भुवर भवानी बहुउद्देश्य सहकारीको कोषाध्यक्ष,भुवर भवानी मन्दीर व्यवस्थापन समितिको सदस्य,  भुवर भवानी तारवार समितिको अध्यक्ष,  सरस्वती मा.वि भवनियापुरका विद्यालय व्यवस्थापन समितिको निर्वाचित सदस्य र काँग्रेसका वडा न. ३ का नेता समेत रहेका छन् ।

Sunday, March 3, 2019

१ करोड लगानीमा विशेषज्ञ सहितको स्वास्थ्य सेवाका लागि स्वेता पोलिकिल्निक सन्चालनमा





फागुन २० गते
राप्ती सोनारी ४ नयाँ बस्तीमा पहिलो पटक विशेषज्ञ सहितको उच्च स्तरिय स्वास्थ्य सेवा प्रदान सुरु गरिएको छ । कम्पनी रजिस्तारको कार्यालयमा दर्ता भई जिल्ला जनस्वास्थ्य कार्यालय बाट मान्यता पाएर दुर्गम क्षेत्रमा पहिलो पटक ५ शंैयाको स्वेता पोलिकिल्निक प्रा.लि सन्चालनमा आएको हो ।
प्रा.लिका सन्चालक स्वास्थ्यकर्मि मिनराज खड्का (सन्तोष)का अनुसार १ करोड बढि लगानीमा विशेषज्ञ सहितको पोलिकिल्नीक सन्चालनमा ल्याएको जनाए ।
  बाँके जिल्लाको दुर्गम मानिने यस क्षेत्रका मानिसहरुलाई उच्च स्तरिय स्वास्थ्य सेवा प्रदानका लागि पोलिकिल्नीक सन्चालनमा ल्याएको स्वास्थ्यकर्मि खड्काले प्रष्ट पारे ।
सुविधा सम्पन्न भवनमा सन्चालन गरिएको पोलिकिल्नीकमा हरेक महिनाको ३ पटक सम्म चिकित्सक द्धारा जाँच, डिजिटल ऐक्सरे, सि.आर ऐक्सरे, भिडियो ऐक्सरे,इ.सि.जी सेवा, सम्पुर्ण ल्याब टेष्ट, एम्वुलेन्स सेवा तथा २४सै घन्टा इमेरजेन्सी सेवा दिदै आएको  सन्चालक खड्काको भनाई छ ।
 यस क्षेत्रका मानिसहरुको लागि निकै खुशिको कुरा सुनाउदै सन्चालक खड्काले हरेक महिनाको पहिलो साताको शनिबार दशविगाहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. निर्मला शर्मा र दोस्रो र तेस्रो साताको शनिबार मेडिकल कलेज नेपालन्जमा कार्यरत डा.मधु अर्यालले पोलिकिल्नीकमै आएर विरामीहरुको स्वास्थ्य जाँच गर्ने गरेको सुचना दिए ।  राप्ती सोनारीको १,२,३,४ र ५ वडालाई लक्षित गरेर विरामीहरुलाई सेवा दिइरहेको जनाउँदै अर्का सन्चालक टिकाराम खड्काले गरिव, असाहय, अपागंलाई १० प्रतिशत छुटको व्यवस्था समेत रहेको उल्लेख गरे ।
 यस भन्दा पहिले  मेडिकल चलाएर त्यस क्षेत्रमा सबैका मन जित्न सफल भएका स्वास्थ्यकर्मि खड्काले भविष्यमा ठुलो अस्पताल खोलेर यस क्षेत्रको जनतालाई उच्च स्तरिय सुलभ सेवा दिने अवधारणा रहेको बताए । अहिले पनी दैनिक ५० बढि विरामीलाई नियमीत उपचार गर्दै आएका छन् ।

जिल्ला स्तरिय हाजिरी जवाफमा जेनिएस स्कुल प्रथम, क्रमश दृतिय ः धुब्रतारा, तृतिय जनशक्ति मावि


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले आयोजना गरेको जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगीतामा जेनिएस स्कुल खजुरा प्रथम भएको छ ।
आइतबार राप्ती सोनारी ४ जनशक्ति मा.वि  बैजापुरमा भएको हाजिरी जवाफ प्रतियोगीतामा उक्त विद्यालय प्रथम भएको हो । १८ वटा विद्यालय सहभागि हाजिरी जवाफ प्रतियोगीतामा  धुब्रतारा बोर्डिगं स्कुल खजुरा दृतिय र जनशिक्त मावि तृतिय भएको हो । नीजी विद्यालयहरुको तुलनामा जनशक्ति मा.विका विद्यार्थीहरुले निकै राम्रो काम गरेको भन्दै सबैले प्रशंसा समेत गरेका थिए ।
 मानविय सेवा संगै स्कुले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगीताको आयोजना गरिएको रेडक्रसले जनाएको छ ।  हाजिरी जवाफ प्रतियोगीतामा बोल्दै रेडक्रस बाँकेका कार्यवाहक मन्त्री तेज बहादुर सुवेदीले नियमीत कार्यक्रम अन्तरगत हाजीरी जवाफ गरिएको भन्दै सबै विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना समेत गरे । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर वलीले रेडक्रसको प्रशसा गर्दै सरोकारवाला र सहभागी सबैलाई आभार प्रकट गरेका थिए ।

Friday, March 1, 2019

खुशि साट्न सांसद देखि गाउँपालिकाअध्यक्ष सम्म कमिलालको घरमा





शुक्रबार राप्ती सोनारी ४ लालपुर स्थित कमिलाल थारुको घरमा विहानै देखि चहलपल थियो । टाढा टाढा बाट मानिसहरु आउने जाने क्रम चलिरहेको पनिथियो । कमिलाल दम्पत्ती पनि निकै खुशि देखिन्थे ।
गतबर्षको बाढीमा तीन छोरी गुमाएका कमिलाल दम्पत्तीलाई एकैपटक जुम्ल्याह एक छोरा एक छोरी पाएको ६ महिना पछि खुशि साट्न शुक्रबार भब्य कार्यक्रमको आयोजना गरे । छोरी गंगा छोरा सागरलाई काखी च्यापेर उनीहरुले सबै संग खुशि साटेकाहुन् ।
कमिलाल दम्पत्तीको खुशि साट्न सांसद देखि गाउँपालिका अध्यक्ष सम्मग एकाथिए । कमिलाल दम्पत्तीका छोरा छोरीलाई आशिर्वाद दिन पुगेकि प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले उज्वल भविष्यको कामनागर्दै बधाई दिइन् । उनले राप्ती सोनारीमा दैवीप्रकोप बाट कसैले पनि ज्यान गुमाउन नपरोस भन्नकालागि प्रदेश र केन्द्र सरकारले गुरुयोजना लागु गरि अगाडी बढिरहेको उल्लेख गरिन ।
खुशि साट्न पुगेका गाउँपालिका अध्यक्ष लाहुराम थारुले उज्वल भविष्यको कामनागर्दै समय समयमा कमिलाल दम्पत्तीलाई सहयोग गरिरहेको जनाउँदै आगामी दिनमापनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । स्थानीयअगुवा, समाजसेवी, स्थानीयबासिन्दा गरि संयौको संख्यामा मानिसहरुले कमिलालदम्पत्ती संग खुशि साटेका छन् । गतअसोज ७ गते भेरी अंचल अस्पतालमा कमिलालका १ छोरा १ छोरी जन्मिएका थिए ।

भब्य उद्घाटन गरिएको सेल्टर भवन बनाउने कामदारले ४ लाख पाएनन्


शुक्रबार बहुउदेशीय आश्रय भवनको भब्य उद्घाटन भइरहेको थियो, विदेशी पाहुना देखि गाउँपालिका अध्यक्ष, नेतागण, पत्रकार समाजसेवी स्थानीय सबैको बाक्लो उपस्थिति पनि थियो । तर त्यो भिडमा २ जना भरि निकै चिन्तित देखिन्थे ।
भवन निर्माणका क्रममा जिम्मा लिएका कामदारका अगुवाद्धय दिपक थारु र जोगिलाल थारु पैसा नपाउने हो किभन्ने चिन्ताले ग्रसितथिए । करिव ६ महिना सम्मनिकै कडा परिश्रम गरेका कामदारको ४ लाख रुपैयाँ नदिइकन भवनको उद्घाटन भएपछि उनीहरु  निकै आत्तिएका हुन् । कार्यक्रम स्थलमा भेटिएका दिपक थारुले भने — आफ्नै जिम्मा मिक्चर मेशिन, ५० जना कामदार, जेनेटर सबैको जिम्मा लिएको थिए, बारम्बार  अनुरोध गर्दापनि ४ लाख रुपैयाँ नदिएको गुनासो सुनाए ।
आज हुन्छ, भोली हुन्छ भन्दाभन्दै अहिले सम्मपर्खाए अब त झन उद्घाटन भइसक्यो  कसरी रकम पाइएला र भन्दै थारु निराश बने । बहुउदेशीय आश्रय भवननिर्माण समितिका अध्यक्ष तुलसीराम थारुले ४ लाख रुपैयाँ कामदारहरुको दिने निर्णय भइसकेको र केहि दिनमै उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
४० प्रतिशत रकम कामदारलाई दिइ सकेको र बाँकी २० प्रतिशत रकम गाउँपालिकामा कार्यकारी अधिकृत र लेखादुबै नहुँदा रकम निकासामा समस्या भएको स्पष्ट पारे ।




साइपुरमा सानदार सेल्टर भवनको उद्घाटन


बाढी प्रकोपको समयमा सुरक्षित हुनका लागि सानदार सेल्टर भवनको उद्घाटन गरिएको छ । राप्ती सोनारी ३ साईपुरमा सुरक्षित सामुदायिक बहुउद्देशीय आश्रय केन्द्रको उद्घाटन गरिएको हो ।
८४ लाख ९५ हजार ३ सय २९ रुपैयाँ लागतमा निर्माण भएको बहुउदेशीय आश्रय भवनको शुक्रबार एक औपचारिक कार्यक्रमका बिचमा उद्घाटन गरिएको हो ।
भवन निर्माण समितिका संयोजक तथा राप्ती सोनारी गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष गंगाराम थारुकाअनुसार तराई भू परिधि कार्यक्रम कोहलपुर ÷ महादेपुरी बाट ५४ लाख ३१ हजार ३ सय ३०, पुनउक्त स्थानबाट  ९ लाख ४ हजार ९५, राप्ती सोनारी गाउँपालिकाको तर्फबाट १४ लाख र स्थानीय जनश्रमदान बाट ३ लाख ८९ हजार गरि उक्त भवन निर्माण गरिएको हो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका प्रमुखलाहुराम थारुले उच्च स्थानमा सुरक्षित भवनले सबैलाई राहात हुने बताउँदै आगामी दिनमा राप्ती सोनारीमा विपत्ति नओस भनी कामना समेत गरेका छन् । यहाँकाकला संस्कृति र समाजको उच्च प्रशंसा गर्दै डब्लु, डब्लु एफ क्यानाडाका कार्यकारी निर्देशक मेगन अलिसा लेस्लीले आगामी दिनमा आउने विपत्ती बाट जोगिन सबै सजक रहनुपर्ने बताइन् ।
कार्यक्रमका सभापति रहेका वन तथ ावातावरण समन्वय समितिका संयोजक तुलाराम खत्रीले विपद जोखिमन्युनिकरणका लागिआफुहरुको पहलजारी रहने उल्लेख गरे । कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिनुका साथै बृक्षारोपन समेत गरिएको छ । भाडा कुडा, लाईफ ज्याकेट  लगायतका सामाग्री पनि उपलब्ध गराइएको छ ।

Thursday, February 28, 2019

अगैया मशानघाटमा लाश पोलेको कोइलाले सेकुवा पोलिदै


के तपाई नेपालगन्ज र कोहलपुर क्षेत्रमाभएका सेकुवा पसलहरुमा सेकुवा खान छिर्दै हुनुहुन्छ ?यदि छिर्दै हुनुहुन्छ भने होसियार रहनुस  केहि सेकुवा पसलेहरुले लाश पोलेको कोइलाबाट सेकुवापोल्ने गरेको खुलासा भएको
छ । 
करिव २ साता अघि राप्ती सोनारी २ अगैया चौकीमा एक अन्जान व्यक्ति आएर मशानघाट बाट कोईला लग्न पाइन्छ किनाई भनि इमान्दारिता देखाउँदै सोध्नगए । श्रीमती सुत्केरी भएकोले कोईला आवश्यक परेको भन्ने व्यक्तिलाई प्रहरीले खासै विषय नभएको भन्दै चासो देखाएन ।
 एक जना सांसदको सवारी दुर्घटनामा व्यस्त रहेको त्यस समयमाप्रहरी इन्चार्ज प्रेम शर्माले ती व्यक्तिलाई चासो निदिएकाहुन् । प्रहरी समक्ष सोध्न भ्याएका उक्त अन्जान व्यक्तिले बोरा भरि कोइला लिएर गए । तीव्यक्ती जस्तै दिनहुँलास जलाइएका कोईला केहि व्यक्तिहरुले बोरामा भरेर लगिरहेका छन् ।
ती कोइला बारे पत्रकारहरुले रिर्पोटीङ्ग गर्दा कोहलपुर र नेपालगन्जका सेकुवा पसलहरुमा सेकुवा पोल्नका लागि प्रयोग हुने गरेको पाइएको छ । खुल्लेयाम उनीहरुले मशान घाटको कोइलाले सेकुवा पसलहरुले सेकुवा पोलेर मानिसहरुलाई खुवाइरहेका छन् ।  अगैयामा रहेको मशानघाटमा दैनिकजसो आउने लाश जलाइएको कोइला केहि व्यक्तिहरुले धमाधम नेपालगन्ज र कोहलपुरका सेकुवा पसलहरुमा बेचिरहेका छन् ।
खानीको किन्दामहंगो पर्ने भएकोले व्यापारीहरुले मशानघाटको कोईला सस्तोमा किनिरहेका हुन् । अधिवक्ता गणेश चौधरीले मानविय दृष्टीकोणले पनिनिकै गलतभएको बताउँदै कानुनअनुसार पनि दोषीहुने प्रष्ट पारे । अधिवक्ता चौधरीले उपभोक्ता ऐन, खाद्य ऐन र नयाँआएको खाद्य अधिकार ऐन अनुसार व्यवसायी दोषी ठहर हुने स्पष्ट पारेकाहुन् । अगैया चौकीका इन्चार्ज यस बारे थाहा पाउने वित्तिकै मशानघाट वरिपरि निगरानी राखिएको जनाए ।

Monday, February 25, 2019

राप्ती सोनारीमा ९९८९ घरधुरी गरि ७०८९१ जनालाई औषधी खुवाइदै



हात्तीपाइले रोग विरुद्धको औषधी राप्ती सोनारीमा सफल पार्न सबैबाट कसरत सुरु गरिएको छ । यहि १५ देखि २२ गते सम्म सन्चालन हुने कार्यक्रममा राप्ती सोनारीमा ९९८९ घरधुरीका ७० हजार ८ सय ९१ जनालाई औषधी खुवाउने तयारी गरिएको छ । राप्ती सोनारीका स्वास्थ्य इन्चार्ज बिष्णु चुडाँलीका अनुसार पुर्ण रुपमा औषधी खुवाउने लक्ष्यका साथ पुरा तयारी गरिएको दावी गरे । उनका अनुसार ४० जना स्वास्थ्यकर्मी, १ सय १० स्वयम सेवीका र संयौ कर्मचारीलाई औषधी खुवाउन परिचालन गरिने भएको छ । जस्का लागि ठाउँ ठाउँमा क्याम्प राख्ने, घरघरमा खुवाउने, स्वास्थ्य संस्थामा पनि खुवाइने भएको हो । राप्ती सोनारीमा रहेका सबै स्वास्थ्य संस्थाबाट घरघरमा गएर औषधी खवाइने पुर्ण तयारी गरिएको हो । यस क्षेत्रमा रहेका २ हजार ९६ बैजापुर स्वास्थ्य चौकी अन्तरगतका घरधुरी,१४ सय  घरधुरी,बिनौना स्वास्थ्य चौकी, ३ हजार २ सय १९ घरधुरी फत्तेपुर स्वास्थ्य चौकी, १ हजार ६ सय घरधुरी खाशकुश्मा स्वास्थ्य चौकी, २०५० घरधुरी कचनापुर स्वास्थ्य चौकी र १ हजार ६ सय ७४ घरधुरी महादेवपुरी स्वास्थ्य चौकीका गरि ७० हजार ८ सय ९१ जनालाई औषधी खुवाउन लागिएको हो । बैजापुर स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र वलीले ८ वटा क्याम्प राखेर १५ गते औषधी खुवाउने र १६ गते बाट घरघरमा गएर खवाउने कार्यक्रम रहेको जनाउँदै छुटेकाहरुलाई जतिबेलामा पनि १० देखि ५ बजेको समयमा स्वास्थ्य चौकीमा आएर खान आग्रह समेत गरे ।

नेपाल टेलिकमले राप्ती सोनारीमा थप सेवा बढाउँदै


सन्चारको सेवा बाट कोहीपनि नागरिक बन्चित नहोउन भन्ने उद्देश्यले राप्ती सोनारी र नरैनापुरमा अभियान थालिएको छ । प्रदेश सांसद कृष्णा केसी नमुना नेपाल टेलिकमको क्षेत्रिय प्रमुख शिव खनाल लगायतका प्राविधिकको टोलीले अभियान थालेको हो । टोलीले बाँकेको शिव खोला सम्म महेन्द्र राजमार्ग अन्तरगत टावर तथा भित्रि गाउँहरुमा भएको टावरको अनुगमन र नेटवर्क नभएको स्थानमा टावर राख्ने अभियान सुरु गरिएको हो । नियमीत रुपमा जनताका घर आगनमा पुगिरहेकि सांसद केसीको पहलमा यस अभियान थालिएको हो । प्राविधिक टोली सहितको अभियान पछि आवश्यक परेको स्थानमा तुरुन्त टावर निर्माण गरि जनतालाई सेवा दिने योजना रहेको नेकपाका युवा नेता सुर्य प्रकाश घर्तिमगरले जानकारी दिए । नेता घर्तिमगरका अनुसार राप्ती सोनारी ४ मा पर्ने खैरभट्टीको लागि पनि विशेष पहल थालिएको उल्लेख गरे ।
 यस अघि नरैनापुर गाउँपालिकाको विभिन्न स्थानमा टावर निर्माण गरि नेपाली सिम बाट नागरिकहरुले सन्चारको सेवा लिइरहेका छन् ।  

Saturday, February 23, 2019

राप्ती सोनारीबाट ११ सय ७७ विद्यार्थीले एसइई दिदै


 आगामी चैत्र १० गते बाट हुने एसईई परिक्षामा राप्ती सोनारी बाट उत्साह जनक विद्यार्थीले सहभागिता जनाउने भएका छन् । वडा न. १ देखि ९ सम्मका विभिन्न माविहरुबाट गरि ११ सय ७७ जना विद्यार्थीहरुले यस बर्षको एसईईमा सहभागिता जनाउदैछन् ।  राप्ती सोनारीमा वारिका २ र पारिका २ गरि ४ वटा परिक्षा केन्द्रमा विद्यार्थीहरुको उत्साह जनक सहभागिता रहने देखिएको छ ।
राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्यौपानेका अनुसार राप्ती सोनारी ८ मा रहेको गणेश मा.वि ढकेरी, वडा न. २ मा रहेको लक्ष्मी मावि मदुई, वडा न. ५ रहेको भुवर भवानी मा.वि बिनौना र वडा न. ६ मा रहेको सिद्देश्वर मा.वि सिधनुवामा एसईईको परिक्षा केन्द्र कायम गरिएको हो ।
 परिक्षा केन्द्रलाई व्यवस्थीत र मर्यादित गर्नका लागि तयारी सुरु गरिएको छ । शिक्षा प्रमुख न्यौपानेले भने प्रहरी प्रशासन, शिक्षक अभिभावक सरोकारवाला सबैसंग सहकार्य गरेर परिक्षालाई मर्यादित र व्यवस्थित गरिने उनको भनाई छ ।

राप्ती सोनारीबाट ११ सय ७७ विद्यार्थीले एसइई दिदै


 आगामी चैत्र १० गते बाट हुने एसईई परिक्षामा राप्ती सोनारी बाट उत्साह जनक विद्यार्थीले सहभागिता जनाउने भएका छन् । वडा न. १ देखि ९ सम्मका विभिन्न माविहरुबाट गरि ११ सय ७७ जना विद्यार्थीहरुले यस बर्षको एसईईमा सहभागिता जनाउदैछन् ।  राप्ती सोनारीमा वारिका २ र पारिका २ गरि ४ वटा परिक्षा केन्द्रमा विद्यार्थीहरुको उत्साह जनक सहभागिता रहने देखिएको छ ।
राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्यौपानेका अनुसार राप्ती सोनारी ८ मा रहेको गणेश मा.वि ढकेरी, वडा न. २ मा रहेको लक्ष्मी मावि मदुई, वडा न. ५ रहेको भुवर भवानी मा.वि बिनौना र वडा न. ६ मा रहेको सिद्देश्वर मा.वि सिधनुवामा एसईईको परिक्षा केन्द्र कायम गरिएको हो ।
 परिक्षा केन्द्रलाई व्यवस्थीत र मर्यादित गर्नका लागि तयारी सुरु गरिएको छ । शिक्षा प्रमुख न्यौपानेले भने प्रहरी प्रशासन, शिक्षक अभिभावक सरोकारवाला सबैसंग सहकार्य गरेर परिक्षालाई मर्यादित र व्यवस्थित गरिने उनको भनाई छ ।

Monday, February 4, 2019

नेकपा राप्ती सोनारीका सदस्यहरुले खाए सपथ




नेकपा राप्ती सोनारीका सदस्यहरुलाई आज एक कार्यक्रमका बिच सपथ खुवाइएको छ । पार्टी एकीकरण पछि संयुक्त रुपमा ८७ जना सदस्यहरु रहेको राप्ती सोनारीकालाई सपथ खुवाइएको हो । राप्ती सोनारी ३ जागृति सामुदायिक बनको भवनमा एक औपचारिक कार्यक्रमका बिचमा पार्टीका केन्द्र,प्रदेश र जिल्ला स्तरका नेताहरुको उपस्थितिमा सपथ खुवाइएको हो । यस अघि राप्ती सोनारी गाउँपालिका नेकपा अध्यक्ष चिम बहादुर घर्ति र सचिव मनोज केसीले भने सपथ खाइसकेका थिए । सपथ कार्यक्रममा बोल्ने नेताहरुले पुर्व यो, या त्यो पार्टी बाट आएको भन्दापनि पार्टी एक भएसंगै सबैलाई समान ब्यबहारका साथ पार्टीको ऐजेण्डा गाउँका घरघरमा लैजानका लागि जाग्नुपर्ने बेला आएको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका केन्द्रीय सदस्य मोहम्मद हारुनले सबैलाई कार्यकालको सफलताको शुभकामना दिदै पार्टीको वफादार सिपाही बनेर जनतामाझ विझ्न सुझाएका थिए ।  कार्यक्रममा बोल्दै यस क्षेत्रका प्रदेश सभा संसद कृष्णा केसी नमुनाले कोही पुर्व या पश्चिमको नभइकन सबै एक भएर अगाडी बढ्न आह्वान गरिन । कार्यक्रममा युवा नेता सुर्य ढकालले २००६ सालमा स्थापना भएको पार्टीको अहिले आएर सपना पुरा भएको जनाउँदै, अब सुखि नेपाली र समृद्ध नेपालको नारा आम जनतामा पुर्याउनका लागि सबै कार्यकर्ताहरु जाग्न पर्ने कार्यकर्ताहरुमा हौसला प्रदान गरे । कार्यक्रममा केन्द्रीय सदस्य दिनेश चन्द्र यादव, मोहम्मद हारुन, प्रदेश सदस्य पट्टु थारु, पुजन विश्वकर्मा,रामदाश थारु अक्कल बहादुर बम लगायतका जिल्लाका कार्यदलका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

Sunday, February 3, 2019

अनिर्णयको बन्दीमा प्र.अ नियुक्ती



राप्ती सोनारी ३ सरस्वती मावि भवनीयापुर विगत ६ महिना देखि प्र.अ विहिन बनेको छ । जस्का कारण पठनपाठनमा समेत समस्या देखिएको छ ।  विद्यालयमा प्र.अ बन्न सक्षम शिक्षकहरु हुँदा हुँदैपनि लामो समय सम्म विद्यालयले प्र.अ नपाएको हो । गत भाद्र २४ गते प्र.अ अरुण कुमार यादव र सहयाक प्र.अ सेतिराम गोसाईले सामुहिक रुपमा राजीनामा दिएको ६ महिना वित्दा समेत विद्यालयले प्रअ पाउन सकेको छैन् ।  विद्यालय व्यवस्थापन समितिले राजीनामालाई वेवास्ता गर्दै ६ महिना सम्म स्वीकृत गरेको छैन् । पटक पटकको वैठकमा सामान्य कुरा चलेपनि स्वीकृत गर्ने या पुन पुरानैलाई ग्राहयता दिने भन्ने बिषयमा समिति अलमलमा छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारुले लेखा परिक्षण र अभिभावक भेला संगै गारएर छिनोफानो गर्ने जनाए । राप्ती सोनारी गाउँपालिका शिक्षा प्रमुख जिवन न्योैपानेले लामो समय सम्म अलमलमा राख्न नहुने भन्दै तत्काल निकास दिन निर्देशन दिइसकेको बताए ।  यतिका लामो समय सम्म अनिर्णयको बन्दी बनाउनु गलत भएको बताउदै स्थानीय समाजसेवी प्रेमराज श्रेष्ठले शिक्षाको मन्दिर जस्तो संस्थामा कसैले पनि व्यक्तिगत फाइदा उठाउन नहुने जनाए ।

Saturday, February 2, 2019

अगैया बजारमा युवक माथि सांघातिक हमला



राप्ती सोनारी २ अगैया बजारमा एक युवक माथि सांघातिक हमला भएको छ । राप्ती सोनारी ४ लटनिया निवासी २५ बर्षिय देवेन्द्र बुढामगर माथि अगैया बजारमा सांघातिक हमला भएको हो । घरबाट काठमाण्डौ विदेशका लागि हिडेका मगर माथि छुरा, खुकुरी प्रहार भएको छ । शनिबार साँझ खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको विभिन्न भागमा गहिरो घाउँ भएको हो । ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीका अनुसार  घटनामा संलग्न ओपेन्द्र केसी, ओपेन्द्र बुढा र भुपेन्द्र थापा मगरलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।  घटनामा संलग्न मुख्य दोषी मदन भण्डारी,निमकान्त भण्डारी,फेमश खड्का र गगन फरार रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । घाइते मगरको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

Thursday, January 31, 2019

वडा कार्यालयमा प्रहरी र आन्दोलनकारी बीच झडप, स्थति तनावग्रस्त




राप्ती सोनारी वडा न. ३ को कार्यालयमा ताला लगाउँन खोज्दा आन्दोलनकारी र प्रहरीविच झडप भएको छ । आज बिहान १० बजे आफुखुशि एकलौटी ढंगले निर्णय गरेको विरोधमा नेकपा आस्थाका नेता कार्यकर्ताले वडा कार्यालयमा ताला लगाउन खोज्दा झडप भएको हो । इलाका प्रहरी कार्यालय धामपुर बाट र प्रहरी चौकी अगैया बाट खटिएको प्रहरी टोलीले ताला लगाउन नदिएपछि झडप भएको हो । महिला प्रहरी नभएको यस क्षेत्रमा आन्दोलन कारीहरुले महिला अगाडी सारेर ताला लगाउन खोज्दा प्रहरीलाई अप्ठ्यारो श्रृजना भएको छ । स्थानीय नेकपाका नेता तुलसीराम थारु नेतृत्वको १ सय बढि नेता कार्यकर्ताहरुले वडा कार्यालयको निर्णय तत्काल खारेज नगर्दा सम्म तालाबन्दी जारी राख्ने बताएका छन् । प्रहरीले मास कन्टेल गर्न नसकेपछि महिला प्रहरी सहितको थप जनशक्ति कोहलपुर बाट मगाएको छ । वडा कार्यालयले १० लाखको हेमपाइप हाल्ने उपभोक्ता समिति गठन गर्दा आफ्नै कार्यकर्ताहरुलाई मात्रै एकलौटी ढंगले जिम्मा लगाएको आरोप लगाएका छन् । यस बिषयमा सबैलाई सर्वपक्षिय रुपमा बोलाएर उपभोक्ता समिति गठन गरिएकोले निर्णय सच्याउन नसक्ने वडा अध्यक्ष गंगाराम थारुले बताएका छन् ।

Thursday, January 24, 2019

नयाँ बस्तीमा नयाँ बाटो


राप्ती सोनारी ४ नयाँ बस्तीमा १० मिटरको चाक्लो बाटो निर्माण कार्य सुरु भएको छ । स्थानीय नेता मिनराज खड्का (सन्तोष)को पहल तथा डिल्ली वलीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि १० मिटर चौडाइ भएको बाटो निर्माण कार्य सुरु भएको हो । स्थानीय सबै जागरुक भएपछि आफ्नै पहलमा बाटो निर्माण कार्य सुरु गरेको नेता खड्काले जानकारी दिए ।उनका अनुसार स्थानीय, प्रदेश र संघ गरि कुनै तहबाट बजेट विनियोजन नभएको अवस्थामा आफ्नो कामआफै गनुपर्छ भन्ने उद्देश्यले स्थानीय सबैको पहलमा बाटो निर्माण कार्य थालेकाहौं, यसले जनताका प्रतिनिधिहरुलाई गतिलो सन्देश जाने ठोकुवा गरे । बैजापुर लटनिया देखि नयाँ बस्तीको मोरङ्गाखोला सम्मको बाटो वरीपरि पटान गरेर १० मिटर चाक्लो बनाउने प्रयास थालिएको हो ।सिक्टाको पुर्वी नहर निर्माण गर्ने जिम्मा पाएको कालिकाकुमार जेभीको सहयोगमा १० लाख लागत बराबरको बाटो निमार्ण कार्य थालेकाहुन् । यसले गर्दा राप्ती सोनारी ४का विभिन्न गाउँबाट आवतजावत गर्ने सवारी साधन र मानिसहरुलाई निकै सहजहुने छ । आफ्नो जग्गा वरिपरि भएका संरचना हटाएर सामुहिक रुपमा बाटो चक्ल्याउने  अभियानमा साथदिएका स्थानीयले जनताका प्रतिनिधिहरुले आफुहरुले गरेको कामको मुल्याङ्कन हुनु पर्ने माग समेत राखेका छन् । बाटो निर्माण कार्यमा गौरी सामुदायिक बनको पनि निकै सहयोग रहेको छ ।

Wednesday, January 23, 2019

१० लाखको योजनामा एकल निर्णय




राप्ती सोनारी वडा न. ३ का अध्यक्ष गंगाराम थारुले गुपचुपमै १० लाखको हेमपाइप हाल्ने जिम्माकार्यकर्तालाई  आरोप लागेको छ । गतपौष २६गते सर्वदलिय बैठक बोलाएको वडा कार्यालयले त्यस दिन सहमतिहुन नसकेपछि आर्को मितिमा सबैलाई बोलाउने गरि स्थगित गरेको थियो । आजबुधबार वडा कार्यालयले कुनै सुचना, टेलिफोन नगरिकन गोप्य रुपमाआफु निकटका आफ्ना कार्यकर्ता हरुलाई  अध्यक्ष थारुले १० लाखको जिम्मा लगाएको बिषयमा विवाद बढेको हो । आज  भएको उपभोक्ता समिति गठनमा जम्मा २६ जनाको उपस्थिति रहेको छ । त्यो संख्यात्मक हिसावमा अपुगहो ।  गणपुरक संख्या नपुर्याइकन नीतिनियमलाई घाममा सुकाएर एकल निर्णय गर्नु घोर आपत्तीभएको बताउँदै सहमतिजनताहरुलाई साथमालिएर अगाडी बढ्ने नेकपा राप्ती सोनारी अध्यक्ष चामबहादुर घर्ति (निर्मल) ले बताएका छन् । उनले सहमती सहकार्य गरेर अगाडी बढ्न पनि वडा कार्यालय लाई सुझाव समेत गरेका छन् ।
यस बिषयमा पत्रकारले जिज्ञासा राख्दाआफुले सुचना निकाल्ने, टेलिफोन गर्ने कुनै आवश्यकता नठानेको जनाए ।  अध्यक्ष थारुले पटक पटकभएको विवादमा वडा कार्यालयले एकल निर्णय गर्न सक्ने दावी गरेकाहुन । वडा कार्यालयको १० लाखको बजेटमा राप्ती सोनारी ३ का  ३५ बढि स्थानमा हेमपाइपहाल्ने योजना रहेको समेत वडा कार्यालयले बताएको छ । यस बिषयमा नेकपाका नेताकार्यकर्ताहरुले कडा प्रतिवाद गरेका छन् । आजभएको छलफल पछि बनेको समितितत्कालखारेज गरि सबैको सहमतिमा नयाँउपभोक्ता समिति गठन गर्नुपर्ने आवाज उठाएका छन् । गठन गरिएको समितिमा अर्जुन चौधरी अध्यक्ष, जमुना कुमारी थारु सचिव, धर्मदाश थारु कोषाध्यक्ष, राजमोती, बुझावन, धनिराम र अतिरामथारु सदस्य रहेका छन् । नेकपाका नेताकार्यकर्ताहरुले माथि उल्लेखीत समिति सबै काँग्रेस निकटको भएको दावी गरेका छन् । नेकपा राप्ती सोनारी सचिव मनोज केसीले सरासर गलतभएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।

Friday, January 18, 2019

भलिबलको उपाधी रोयल ढकेरीलाई


राप्ती सोनारी स्तरिय भलिबल प्रतियोगीताको उपाधी रोयल स्पोर्ट क्लव ढकेरीले हात पारेको छ । प्रगतीशिल युवा क्लव सिधनुवालाई सोझो ३÷० सेटमा पछि पार्दै रोयल ढकेरीले उपाधी हात पारेको हो । राप्ती सोनारी भित्रका खेलाडी उत्पादनमा सहयोग गर्ने उद्देश्यले राप्ती सोनारी भित्रका मिडिया हाउस द्धारा सन्चालित भलिबल प्रतियोगीताको १० हजार पुरस्कार राषी र प्रमाण पत्र सहितको उपाधी हात पारेको हो । क्लवका संयोजक रतिरामथारुले उपाधी जित्नलाई धेरै मेहनत गरेको र यस उपाधीले खेल जगतमा केहि गर्ने उर्जा दिने प्रतिकृया दिए । यसैगरी प्रगतिशिलयुवा स्पोर्ट क्लव सिधनुवा दृतिय स्थानहासिलगरि नगद ५ हजार र प्रमाण पत्रप्राप्त गरेको छ । यसैगरी ललही युवा क्लवलाई पछि पार्दै सुशासन युवा क्लव फत्तेपुरले तृतिय स्थान सहितनगद ३ हजार र प्रमाणपत्र हासिल गरेको छ । भुवर भवानी माघी मेला परिसरमा ४ दिन सम्म संचालन भएको भलिबल प्रतियोगीतामा १७क्लव सहभागीभएको कार्यक्रम संयोजक पत्रकार हेमन्त चौधरीले जानकारी दिए । गाउँपालिकाको आर्थिक सहयोग मागरिएको भलिबल प्रतियोगीता माहाइवे पोष्ट दैनिकका प्रकाशक खड्क खत्री, युवा नेता सन्तोष चौधरीले भलिबल खेल्ल सम्पन्नका लागि निकै उल्लेख्य भूमिका निर्वाह गरेकाथिए । भलिबल प्रतियोगीता भरि रेफ्रिको भूमिकानिर्वाह गरेर सहयोग गर्ने प्रतापचौधरी र मनोज चौधरीलाई आयोजक टिमले धन्यवाद ज्ञापन गरेको छ । आगामीबर्ष मेलाको अवसर पारेर ठुलो धन राषीको भलिबल प्रतियोगीता गराउने आयोजकले प्रतिवद्धता समेत गरेको छ ।