शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Thursday, April 25, 2019

चर्नहवा बठ्वाहरु संगठित हुँदै




तराईका जिल्लाहरुमा बसोबास गर्दै आएका चर्नहवा बठ्वा थारु जातीहरु संगठित भएका छन् । उनीहरुले आज राप्ती सोनारी ३ खैरहनीमा पहिलो सम्मेलन गरेर संगठित भएका हुन् ।
बाँके, बर्दिया, दागं, कैलाली र कन्चनपुर बाट आएका चर्नहवा बठ्वा थारुहरुले आफुहरु संगठित भए मात्र पहिचान झल्किने निष्कर्षमा पुगेका छन् । उनीहरुले आफ्ना थरका गोत्यारहरु जहाँ, जुन अवस्थामा भएपनि संगठित भएर अगाडी बढ्दै पहिचानको लागि सबै एकजुट हुनेमा जोड दिएका छन् ।
 चर्नहवा बठ्वा थारुहरुको रितीरिवाज के कस्ता छन, पुजापाठ कसरी गर्ने, पुर्खाहरु काहाँ कहाँ बसेका हुन, अब कसरी अगाडी बढ्ने विषयमा व्यापक छलफल भएको व्यवस्थापन समिति सदस्य लहानु चर्नहवा बठ्वाले बताएका छन् । पहिलो सम्मेलनका संयोजक रविलाल चर्नहवाले आफुहरुको इतिहासबारे चर्चा गर्दै समाज, देश र राष्ट्यि राजनितीमा पनि आफुहरुको पहिचान हुनुपर्ने धारणा राखे । कार्यक्रममा व्यवस्थापन संयोजक खुशिराम थारुले सबै जिल्लाका गोत्यारहरुलाई स्वागत गर्दै आफ्नो थरको छोरी चेलीलाई कसरी चिनेर नयाँ नाता कायम गर्ने भन्ने बारे सजग गाराउन सम्मेलनले ठुलो भूमिका खेल्ने जनाउदै रीतिरीवाजको बारेमा चर्चा समेत गरेका थिए । सम्मेलनमा बाँके, बर्दिया, दागं, कैलाली र कन्चनपुरका गरि २ सय बढिको सहभागिता रहेको थियो ।  उनीहरुले सम्मेलनको क्रममा अग्रज पुर्खाहरुलाई सम्मान समेत गरेका थिए ।

Tuesday, April 16, 2019

सरस्वती मा.विको प्र.अ मा ललित कुमार चौधरी नियुक्त,को हुन प्रअ चौधरी ?


राप्ती सोनारी ३ मा रहेको सरस्वती मावि भवनियापुरले धेरै लामो समय पछि प्रधानाध्यापक पाएको छ । आज मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको  बैठकले ललित कुमार चौधरीलाई नियुक्त गरेको हो । समितिले सहायक प्रधानाध्यापकमा पुष्पलाल थारुलाई समेत नियुक्त गरेको छ । गत श्रावणनमा उक्त विद्यालयका प्र.अ र सहायक प्र.अ ले राजीनामा दिएपछि विद्यालय लामो समय सम्म प्र.अ विहिन थियो । नव नियुक्त प्र.अ चौधरीले गुणस्तरीय शिक्षा, विद्यालयको स्तरोन्नती , अभिभावक, विद्यार्थीहरु संगको सहकार्यमा  लागि रहने प्रतिवद्धता गरेका छन् । मा.वि तहको स्थायी तृतीय श्रेणी रहेका प्र.अ चौधरीले विद्यालय, अभिभावक, र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने जनाउँदै सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् । २०३५ सालमा स्थापना भएको विद्यालय बाँके जिल्लामा शिक्षा, खेलकुदमा नाम राखेको विद्यालय हो ।
को हुन प्र. अ चौधरी ?
२०४० साल १ महिना २८ गते बर्दिया पाताभार गा.वि.स जनक नगरमा पिता हिरालाल चौधरी । माता कौशिला देवी चौधरीको कोख बाट जन्मिएका ललित कुमार चौधरी २०४४ सालमा बसाईसराई गरि साविकको बैजापुर गा.वि.स वडा न. ३ कुम्भरमा आएका थिए । त्यस पछि यता  शिक्षक मामा  ढाकाराम पाठक र आफ्नै मातापिताको मेहनत र प्रेरणाले जनशक्ति मा.वि बैजापुर बाट औपचारिक अध्ययन सुरु गरेका प्र.अ चौधरी २०५१ सालमा कक्षा ६ पास गरि सरस्वती मा.वि भवनीयापुरमा कक्षा ७ मा भर्ना हुन आएका थिए । २०५५ सालमा सरस्वती माविको तेस्रो ब्याज बाट एस एल सी पास गरे । उच्च शिक्षा  हासिल गर्नका लागी  कोहलपुर वागेश्वरी क्याम्पस भर्ना भएका उनी पैसाको अभावमा नेपालगन्ज एक्सप्रेसको पत्रिका वितरकको काम समेत गरेर शिक्षा हासिल गरे । क्रमश समय वित्दै जाँदा विभन्न संघर्षका वापजुत २०६३ साल मंसिर १ गते नेरा प्रा.वि कुम्भरमा प्रावि तहको शिक्षक भएका थिए । २०६५ साल मंसिर १ गते सरस्वती माविमा  खेलकुद शिक्षकमा नियुक्त भएका प्रअ चौधरी २०७० सालको शिक्षा सेवा आयोगले लिएको खुल्ला परिक्षामा बाँके जिल्लाको मावि तथा निमावी तहमा नाम निकाल्न सफल भएका थिए । त्यसपछि मौखिक अन्तरवार्तामा पनि सफल हुँदै कुसुमेश्वर मावि कुसुममा हाजिर हुन गएका प्र.अ चौधरी पुन आफ्नै विद्यालयमा २०७३ सालमा सरुवा भएर आएका  थिए । हाल राप्ती सोनारी ४ कुम्भरमा स्थायी बसोबास गर्दै आएका प्र.अ चौधरीको एक छोरा एक छोरी रहेका छन् ।

दुबै मृगौला फेल, श्रीमानको उपचारको लागि बच्चा काखी च्यापेर मजदुरी गर्छिन सिता, सबैमा सहयोगको अपिल


राप्ती सोनारी ४ राजपुरमा ३० बर्षिय भुम बहादुर कामीको दुवै मृगौला  फेल हुँदा निकै पीडामा छन् । घरमा श्रीमती, एक ३ बर्षिय छोरा र १ बर्षिया छोरी भएको कामीको आर्थिक अभावका कारण उपचारमा निकै समस्या उत्पन्न भएको छ । मृगौला पीडित कामीले आहिले सम्म १० लाख रुपैयाँ खर्च गरिसकेपनि सन्चो नभएपछि सबैमा सहयोगको अपिल गरिरहेका हुन् ।
 भएको २ कट्ठा जमीन पनि बेचेर उपचार गरेका पीडित कामी यतिबेला सुकुम्बासी बनेका छन् । परिवार पाल्ने आफै अशक्त भएपछि उपचार गराउने त परै जाओस घर खर्च चलाउन पनि धौ धौ परेको उनको भनाइ थियो । उनले भने जिउँमा पुरै सुजन हुन्छ, घाटी सुक्छ, काम गर्न सक्दीन कसरी परिवार पाल्ने, कसरी उपचार गराउने ?
पीडित कामीका श्रीमती  सिता बि.क ले  भएको जग्गा जमिन, सम्पत्ती उपचारमा सक्यो ? रोग निको भएको छैन् कसो गर्ने होला, को होला हामीलाई सहयोग गर्ने भन्दै  उनको आँखा रसाए । 
 मंगलबार राप्ती सोनारी दैनिक पत्रिकाको पत्रकारहरु उनको बारेमा समाचार संकलन गर्न पुगेको बेला  पीडित कामीकि श्रीमती सिताले भावुक हुँदै भनिन, आफ्न्त, साथीभाई देश, विदेश, सरकारी, गैरसकारी संघ संस्था जसरी  जुन तरिकाले सहयोग गर्न सक्नु हुन्छ, सहयोग गरेर श्रीमानको ज्यान बचाई दिन सबैमा अनुरोध गरेकि छिन् ।
 गत २०७५  साल बैशाख महिनामा भारतको विकास नगरको एक अस्पतालमा चेकजाँच गराउने क्रममा डाक्टरले दुबै मृगौला फेल भएको भने पछि त्यस यता सन्चो हुने आशामा निरन्तर विभिन्न अस्पतालहरुमा उपचार गराउँदै आएको सिता विकले बताइन् ।  श्रीमनलाई सन्चो  गाराउने निरन्तर प्रयासमा उनी दैनि मजदुरी गरिरहेकि छिन् । तर उनको दैनिक मजदुरीबाट  आएको रकमले उपचार गराउन भने सम्भव छैन ्।

अहिले पनि हरेक हप्ताको २ पटक नेपालगन्ज मेडिकल कलेज कोहलपुर दश विगाहमा डाइलाशिस गराउने गरेको सिता विकले सुनाइन् ।  उनले कसैले सहयोग गर्न चाहेमा  ९८६६४१२८०२,९८६६४१२८०१ मा सम्पर्क गर्न सकिने जनाइन् । पीडित कामीका ससुरा  बल बहादुर कामीले ज्वाईको उपचारका लागि सबै सरकारी निकाय संग हारगुहार गर्दा कसैले सहयोग नगरेको गुनासो गरे ।
 राप्ती सोनारी गाउँपालिका वडा न. ४ को कार्यालय मार्फत गाउाँपालिकामा २०७५ साल ४ महिना ३० गतेको दिन आर्थिक सहयोग गर्ने निवेदन दर्ता भएपनि अहिले सम्म सहयोग नभएको उनको गुनासो छ । पटक पटक ताकेता गर्दापनि गाउँपालिकाले बेवास्ता गरेको उनको भनाई छ ।  यस भन्दा अगाडी मृगौला पीडित कामी भारतका विभिन्न स्थानमा श्रम गर्ने गरेका थिए ।

Friday, April 5, 2019

बैशाख २१ बाट बिनौनामा रनिगंशिल्ड हुने, टी्पलजम्प र कवड्डी हटाइयो,


आगामी २०७६ साल बैशाख २१ बाट राप्ती सोनारी गाउँपालिका स्तरीय प्रथम रनिगंशिल्ड हुने भएको छ । राप्ती सोनारी भरिका विद्यालयका प्र.अ हरुको भेलाले वैशाख २१ गते बाट राप्ती सोनारी ५ बिनौनामा गर्ने निर्णय गरेको हो ।
भेलामा सहभागी सरस्वती मा.वि भवनियापुरका शिक्षक ललित चौधरीका अनुसार आधारभुत र माध्यामिक तथा निजी विद्यालयको सहभागितामा पहिलो पटक गाउँपालिका स्तरीय प्रतियोगीता हुन लागेको हो । शिक्षक चौधरीले भुवर भवानी मा.वि बिनौनाले सन्चालन गर्ने रनिगंशिल्डमा एथ्लेटिक्स तर्फ १ सय , २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार दौड हुने र फिल्ड अन्तरगत लगंजम्प, हाइजम्प, ज्यावलिगं थ्रो, सटपट थ्रो,  जनाए । सामुहिक खेल अन्तरगत १०० इन्टु ४ रिले, ४०० इन्टु ४ रिले, भलिवलको प्रतिस्पर्धा हुने छ । राप्ती सोनारी गाउँपालिकाको कार्यालयले आर्थिक सहयोग २ लाख रकम उपलब्ध गर्ने भएको सन्चालक विद्यालयले जनाएको छ । हरेक विद्यालयले सहभागिता  वापत ३ हजारका दरले प्रवेश शुल्क तिर्ने निर्णय समेत भएको शिक्षक चौधरीको भनाई छ । खेलको मिति तय भएपछि आयोजक विद्यालयले तयारी सुरु गरेको छ । 

Tuesday, April 2, 2019

व्यवस्थापन समिति अध्यक्ष वलीको प्रयास, विद्यालयमा पुर्ण निशुल्क शिक्षा


राप्ती सोनारी ४ मा रहेको जनशक्ति मा.वि बैजापुरले नर्सरी कक्षा देखि १० सम्मका विद्यार्थीहरुलाई पुर्ण रुपमा निशुल्क शिक्षा प्रदान ग
 हुमाशं कर वली अध्यक्ष रहेको व्यवस्थापन समितिले निर्णय गर्दै नयाँ शैक्षिक सत्र बाट पुर्ण रुपमा निशुल्क गर्ने घोषणा गरेको हो ।  बाँके जिल्लामा सामुदायिक विद्यालयको दृष्टिकोणले सबैभन्दा धेरै विद्यार्थी १ हजार १ सय बढि रहेको विद्यालय व्यवस्थापन समितिले गरेको पुर्ण निशुल्क गर्ने निर्णयको अभिभावकहरुले स्वागत योग्य भनेका छन् ।
 शिक्षामा सबैको सक्रिय पुहँच संगै गुणस्तरिय शिक्षा प्रदानको लागि गरेको निर्णयले गरिव असाहय,  दलित , जनजाति विद्यार्थीलाई झनै  राहात हुने अपेक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले भने आर्थिक अभावका कारण कुनैपनी बालबालिका शिक्षा बाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले पुर्ण निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरिएको हो । आफु विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा आइसकेपछि  शिक्षामा सुधार आएको बताउदै  गत बर्षको एसईई परिक्षामा पनि राप्ती सोनारीमै पहिलो भएको र हाजिरी जवाफमा पनि पहिलो भएको  अध्यक्ष वलीले दावी गरे  । २००२ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा फड्को मारेको अभिभावकहरुको भनाई छ ।

र्ने घोषणा गरेको छ ।

व्यवस्थापन समिति अध्यक्ष वलीको प्रयास, विद्यालयमा पुर्ण निशुल्क शिक्षा


राप्ती सोनारी ४ मा रहेको जनशक्ति मा.वि बैजापुरले नर्सरी कक्षा देखि १० सम्मका विद्यार्थीहरुलाई पुर्ण रुपमा निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।
 हुमाशं कर वली अध्यक्ष रहेको व्यवस्थापन समितिले निर्णय गर्दै नयाँ शैक्षिक सत्र बाट पुर्ण रुपमा निशुल्क गर्ने घोषणा गरेको हो ।  बाँके जिल्लामा सामुदायिक विद्यालयको दृष्टिकोणले सबैभन्दा धेरै विद्यार्थी १ हजार १ सय बढि रहेको विद्यालय व्यवस्थापन समितिले गरेको पुर्ण निशुल्क गर्ने निर्णयको अभिभावकहरुले स्वागत योग्य भनेका छन् ।
 शिक्षामा सबैको सक्रिय पुहँच संगै गुणस्तरिय शिक्षा प्रदानको लागि गरेको निर्णयले गरिव असाहय,  दलित , जनजाति विद्यार्थीलाई झनै  राहात हुने अपेक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले भने आर्थिक अभावका कारण कुनैपनी बालबालिका शिक्षा बाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले पुर्ण निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरिएको हो । आफु विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा आइसकेपछि  शिक्षामा सुधार आएको बताउदै  गत बर्षको एसईई परिक्षामा पनि राप्ती सोनारीमै पहिलो भएको र हाजिरी जवाफमा पनि पहिलो भएको  अध्यक्ष वलीले दावी गरे  । २००२ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा फड्को मारेको अभिभावकहरुको भनाई छ ।

Sunday, March 24, 2019

३५ दिन भित्र अवैध हतियार वुझाउन प्रहरीको अल्टिमेटम, अटेरी गरे कडा कारवाही



बढ्दो असुरक्षालाई मध्यनजर गर्दै राप्ती सोनारी लगायत देशैभरी अवैध हात हतियार संकलन गर्न थालिएको छ । गृहमन्त्रालयले परिपत्र गरेपछि अवैध हातहतियार संकलन गर्न अभियान थालिएको हो ।
सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती सोनारीमा रहेको इलाका प्रहरी कार्यालय र चौकीले अवैध हतियार बुझाउन सबैमा अपिल गरिरहेको छ । राप्ती सोनारी ४ मा रहेको इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय कुसुम, प्रहरी चौकी अगैया, प्रहरी चौकी कचनापुर, प्रहरी चौकी ढकेरी र फत्तेपुरमा रहेका २ वटा प्रहरी चौकीले सार्वजनिक सुचना टाँस गरेका हुन् ।
आइतबार इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज  प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीले अवैध हतियार वुझाउने बारेको सुचना टाँस गर्दै थिए ।
  पत्रकार संगको प्रतिकृयामा प्रहरी इन्चार्ज थापाले आम नागरिक संग भएको अवैध हात हतियार सहि सलामत कार्यालयलमा बुझाउन आग्रह गरिरहेका छौं । उनका अनुसार प्रहरीको सुचना अनुसार कुनैपनि नागरिकले हात हतियार बुझाएमा कुनै खालको कानुन नलाग्ने भएको हुँदा पनि सबैलाई सजिलो भएको
छ ।
  प्रहरी इन्चार्ज थापाले   कानुन बमोजिम  लिनुपर्ने इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई र इजाजत प्राप्त व्यक्तीको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई  अथवा अन्य जुनसुकै तरिकाले नेपाल राज्य भित्र कोही कसैले हात हतियार खरखजाना राखेको भए ३५ दिन भित्रमा सकुशल बुझाउन सवैमा आग्रह समेत गरेका छन् ।

 प्रहरीको सुचना पाएर पनि हतियार नवुझाउनेलाई कानुन अनुसार कडाभन्दा कडा कारवाही गरिने समेत उद्घोष गरेका छन् ।

Saturday, March 23, 2019

आवासिय भवनको सांसद नमुना द्धारा शिलान्यास




राप्ती सोनारी ३ मा रहेको सरस्वती माविमा आवासिय भवनको शिलान्यास गरिएको छ । शनिबार प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)ले विधिवत रुपमा शिलान्यास गरेकि हुन । सांसद नमुनाकै पहलमा ४० लाखको ४ कोठे आवसिय भवनको शिलान्यास  गरिएको हो ।
 विद्यालयका शिक्षक ललित चौधरीका अनुसार विद्यार्थीहरुको बढ्दो चापलाई मध्य नजर गर्दै प्रदेश सरकारले आवशिय भवनको लागि ४० लाख रकम उपलब्ध गराएको जनाए । शिक्षक चौधरीले यस बर्ष ४० लाख मात्रै भएपनि हरेक बर्ष स्तरबृद्धिको लागि क्रमागत रुपमा बजेट उपलब्ध गराउने सांसद नमुना बाट आश्वासन पाएको उल्लेख गरे ।
यसैगरी उक्त विद्यालयमा राप्ती सोनारी गाउँपालिकाको १५ लाख लागतमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । गाउँपलिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बिच भवनको उद्घाटन गरेका हुन् ।

राप्ती सोनारीमा एसईईको तयारी पुरा २० जना पुर्व कम्लहरीले परिक्षा दिदै


भोली आइतबार बाट सुरु हुने एसइई परिक्षाको तयारी राप्ती सोनारीमा पुरा भएको छ । राप्ती सोनारीका ४ वटा परिक्षा केन्द्रमा सबै तयारी पुरा गरिएको राप्ती सोनारी शिक्षा शाखाले जनाएको छ । राप्ती सोनारी ५ मा रहेको भुवर भवानी मावि परिक्षा केन्द्रमा सबै तयारी पुरा भएकोेले शान्ति पुर्वक विद्यार्थीहरुले परिक्षा दिन पाउने व्यवस्था गरिएको केन्द्राध्यक्ष चेत बहादुर विष्टले जानकारी दिए । शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिने भएका छन् । यसैगरी बाँकेबाट २० जना मुक्त कम्लहरीहरुले परिक्षा दिने भएका छन् । मुक्त कम्लहरी विकास मन्चकि अध्यक्ष सिता कुमारी थारु सहित २० जना मुक्त कम्लहरीहरुले एसइइ दिने भएका हुन् । अध्यक्ष थारुले भनिन पुर्ण तयारीका साथ पुर्व कम्लहरी साथीहरु एसईईमा सहभागी हुँदै छौ पास हुन्छौ । पुन दिने ८ र नयाँ १२ जना गरेर २० जना कम्लहरीले परिक्षा दिने भएका हुन् ।

Wednesday, March 20, 2019

कम्युनिस्ट नेता खड्काको निधन


गएराती राप्ती सोनारी ४ बैजापुरका अगुवा नोखिराम खड्काको निधन भएको छ । लामो समय देखि क्यान्सर रोग बाट ग्रसित खड्काको ५९ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
बहुदल पछिको कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय हुँदै आएका खड्का विभिन्न  सामाजिक कामको पनि अगुवा थिए ।  खड्का बैजापुर खानेपानी संस्थानको अध्यक्ष, गौरी सामुदायिक बनको संस्थापक अध्यक्ष र पुर्व एमालेका गाविस सदस्य, इलाका सदस्य, क्षेत्रिय सदस्य समेत भएका थिए ।
उनको ३ छोरा र १ छोरी छिन् ।  पारिवारिक श्रोतका अनुसार आजै अगैयामा अन्तिम दाहसंस्कार गरिने भएको हो । नेकपाको झण्डाले सम्मान गरि आन्तिम संस्कार गरिने नेकपाका नेताहरुले बताएका छन् ।

Tuesday, March 19, 2019

खसी बोक्ने ट्रक दुर्घटना


सोमबार अवेर राती राप्ती सोनारी २ गोपारपुर नजिक खसी बोक्ने ट्रक दुर्घटनामा परेको छ । अगैया प्रहरी चौकीका इन्चार्ज प्रेम शर्माका अनुसार राप्ती सोनारी ९ ढकेरी बाट काठमाण्डौ जाँदै गरेको ना १ क ५७२८ नम्बरको ट्रक दुर्घटना ग्रस्त भएको हो ।
 प्रहरी इन्चार्ज शर्माका अनुसार  गाडीमा समस्या उत्पन्न अनियन्त्रीत भई नजिकै रहेको प्रतिक्षालयमा ठोक्किएको जनाए । प्रहरीले ट्रक ठोक्कीदा मानविय क्षति नभएपनि ट्रकमा क्षति पुगेको जनाएको छ ।
राप्ती सोनारी क्षेत्रमा महिला समुहहरुले उत्पादन गरेको खसी संकलन गरेर काठमाण्डौ जाँदै गर्दा  सामाजिक उद्यमी जिल्ला सहकारी संघको ट्रक दुर्घटनामा परेको हो ।
 सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेका प्रवन्धक कृष्ण केसीका अनुसार संघको ट्रक ठोक्कीदा  महिला दिदी बहीनीहरुले उत्पादन गरेको खसी संकलनमा समस्या भएको छ ।
 प्रवन्धक केसीले सामाजिक उद्यमी जिल्ला सहकारी संघबाट सन्चालित १५ वटा सहकारीमा आवद्ध महिला समुहहरुले उत्पादन गरेको खसीलाई बजारीकरण गर्ने गरेको बताए । 

Monday, March 11, 2019

राप्ती सोनारीका सबैलाई स्वास्थ्य विमा गर्न सुझाव, विमा गर्नुको फाइदा..


जिवनमा आइपर्ने स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम बाँके जिल्लाका विभिन्न स्थान सहित राप्ती सोनारीमा पनि लागु गरिएको छ ।
 एक परिवारका ५ जना सदस्यले २ हजार ५ सयको स्वास्थ्य विमा गरेको खण्डमा बर्षभरि उक्त परिवारको जो कोहि सदस्य विरामी भएमा ५० हजार रुपैयाँ सम्मको उपचार पाउने छ ।  परिवारमा ५ जना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति  विमा गर्दा ४ सय थप गर्ने र त्यहि अनुरुप ५० हजारमा १० हजार थप गरेर स्वास्थ्य उपचार सेवा पाउने प्रावधान रहेको छ ।  स्वास्थ्य विमा गराएका परिवारहरुले बाँके जिल्लामा रहेको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, फत्तेबाल आँखा अस्पताल र कोहलपुर दश विगाहमा गएर सेवा लिन पाउने छन् ।
राप्ती सोनारीका स्वास्थ्य इन्चार्ज विष्णु चुडालीका अनुसार सबै स्वास्थ्य संस्था र वडा कार्यालय संगको सहकार्यमा बिमा दर्ता सहयोगी प्रत्येक वडामा राखेर बिमा कार्यक्रम अगाडी बढेको छ । राप्ती सोनारी ३ र ४ मा पनि दर्ता सहयोगी राखेर स्वास्थ्य विमा अभियान सन्चालन गरिएको छ ।
बैजापुर स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र वलीले वडा न. ३ मा सविता थारु र ४ मा हिरा थारुलाई दर्ता सहयोगी राखेर करिव २ हजार बढि परिवारलाई स्वास्थ्य विमा गराउने कार्यक्रम रहेको उल्लेख गरे ।
राप्ती सोनारीमा सरकारी तथ्याकं अनुसार ३४ प्रतिशत परिवार गरिविको रेखा मुनि रहेको र स्वास्थ्य विमा सम्वन्धी प्रयाप्त जानकारी नहुँदा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बनाउन कठिनाई देखिएको छ ।

Saturday, March 9, 2019

बाँके जिल्लाका सल्यानीलाई चुली निम्तो



बाँके जिल्लामा रहेका सल्यानीहरुलाई सल्यानी सेवा समाजले जिल्ला अधिवेशन तथा साधारण सभामा आमन्त्रण गरेको छ । यहि ३० गते  नेपालगन्जमा हुने  ६ औं जिल्ला अधिवेशन तथा १३ औं साधारण सभामा  समाजले सबैलाई निम्ता गरेको हो । सल्यानी सेवा समाज बाँकेका सह सचिव दशरथ चन्दले सल्यान जिल्ला बाट बाँकेमा बसाईसराई गरि बाँकेमा बस्ने सबैलाई निमन्त्रणा गरिएको जनाएका छन् । सह सचिव चन्दले लामो समय देखि सामाजिक काममा अग्रणी भूमिका खेल्दै आएको समाजले यस  अधिवेशन र साधारण सभाबाट झनै सक्रिय हुने विश्वास व्यक्त गरेका छन् । ८ सय बढि आवद्ध रहेको समाजको कार्यक्रममा जिल्ला भरिका सबैलाई सक्रिय सहभागिताको लागि सादर अनुरोध गरिएको समेत सह सचिव चन्दले उल्लेख गरे ।
  नेपालगन्जको होटल ग्यालेक्सी दरबारमा हुने  साधारण सभा र अधिवेशन पछि समाजले नयाँ नेतृत्व चयन समेत गर्ने छ । 


सामुदायिक बनमा नेकपाको प्यानलै बिजय


राप्ती सोनारी ३ मा काँग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपाका पुरै प्यानल भारी मतले बिजय भएको छ ।  भुवर भवानी सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई पछि पार्दै नेकपाको पुरै प्यानल बिजय भएको हो । निर्वाचित भएपछि सभालाई सम्वोधन गर्दै नव निर्वाचित अध्यक्ष टेक बहादुर थारुले सबै संग सहकार्य एकता गरेर उपभोक्ताको हिटमा काम गर्ने प्रतिवद्धता जनएका हुन् ।
उनले सबै मतदाताहरुलाई धन्यवाद दिदै आफ्नो कार्यकाल भरि उल्लेख्य काम गरेर देखाउने दावी समेत गरेका छन् । उपाध्यक्ष निर्वाचित थारु गायक विश्व सागर परियारले गीत संगितमा मात्रै नभइकन गाउँघरको समाज सेवामा पनि आफ्नो भूमिका रहेका जनाउँदै सबैको साझा बनलाई जोगाएर लैजाने उल्लेख गरे ।

क्यान्सर पीडित खड्कालाई आर्थिक सहयोग


बैजापुरका अगुवाको रुपमा चिनिएका क्यान्सर पीडित नोखिराम खड्कालाई आर्थिक सहयोग जुट्न थालेको छ । उपचारमा सहयोगका लागि विभिन्न पक्षबाट आर्थिक सहयोग जुट्न थालेको हो । राप्ती सोनारी गाउँपालिका अन्तरगत नेकपाले सबैले सक्दो सहयोग गर्न सबैमा अपिल गरेको थियो ।
 त्यस क्रममा विभिन्न व्यक्ति, नेता, कार्यकर्ताहरुबाट संकलन भएको ३४ हजार ५ सय २१ रुपैयाँ पीडित खड्का परिवारलाई उपलब्ध गराइएको छ । नेकपा राप्ती सोनारी अध्यक्ष चीम बहादुर घर्ति, नेकपा नेता तुलसी थारु, नरहरी भण्डारी, दयाराम थारु र सन्तोष खड्का लगायतको उपस्थितिमा उक्त रकम उपलब्ध गराइएको छ । अध्यक्ष घर्तीले स्वास्थ्यलाभको कामना गर्दै निरन्तर रुपमा सहयोग गरिने विस्वास दिलाए ।
बाँके जिल्लाका सल्यानीलाई चुली निम्तो
बाँके जिल्लामा रहेका सल्यानीहरुलाई सल्यानी सेवा समाजले जिल्ला अधिवेशन तथा साधारण सभामा आमन्त्रण गरेको छ । यहि ३० गते  नेपालगन्जमा हुने  ६ औं जिल्ला अधिवेशन तथा १३ औं साधारण सभामा  समाजले सबैलाई निम्ता गरेको हो । सल्यानी सेवा समाज बाँकेका सह सचिव दशरथ चन्दले सल्यान जिल्ला बाट बाँकेमा बसाईसराई गरि बाँकेमा बस्ने सबैलाई निमन्त्रणा गरिएको जनाएका छन् । सह सचिव चन्दले लामो समय देखि सामाजिक काममा अग्रणी भूमिका खेल्दै आएको समाजले यस  अधिवेशन र साधारण सभाबाट झनै सक्रिय हुने विश्वास व्यक्त गरेका छन् । ८ सय बढि आवद्ध रहेको समाजको कार्यक्रममा जिल्ला भरिका सबैलाई सक्रिय सहभागिताको लागि सादर अनुरोध गरिएको समेत सह सचिव चन्दले उल्लेख गरे ।
  नेपालगन्जको होटल ग्यालेक्सी दरबारमा हुने  साधारण सभा र अधिवेशन पछि समाजले नयाँ नेतृत्व चयन समेत गर्ने छ ।

Thursday, March 7, 2019

सोनालिका ट्याक्टरको फ्रि सर्भिस क्याम्प


बैजापुर र विनौनामा रहेका सोनालिका ट्याक्टरलाई फ्रि सर्भिस सेवा दिइएको छ । बिहीबार राप्ती सोनारी ३ बैजापुरको खेलकुद मैदानमा १ सय ५० बढि ट्याक्टरलाई कम्पनीले फ्रि सर्भिसको सेवा प्रदान गरेको हो ।
लिला इन्टरनेश्नल कम्पनी नेपालन्जले यस क्षेत्रका ट्याक्टर व्यवसायीहरुको सहुलियतका लागि मोविलमा २० प्रतिशत छुट र अन्य सबै फ्रि सर्भिसको सेवा दिएको कम्पनीमा कार्यरत यस क्षेत्रका मार्केटिगं इन्चार्ज सन्तराम थारुले जानकारी दिए ।
  गत १३ गते बाट बाँके बर्दियाका व्यवसायीहरुले लक्षित गरि २४ गते सम्म विभिन्न स्थानमा फ्रि क्याम्पको सुविधा दिइएको थारुले जानकारी दिए ।  इन्जिनेर सहितको फ्रि सर्भिस क्याम्पले ट्याक्टर व्यवसायीहरुलाई निकै राहात पुगेको छ ।
 

Tuesday, March 5, 2019

सामुदायिक बनमा बाघ र हात्तीको लडाई


राप्ती सोनारी ३ मा रहेको भुवर भवानी सामुदायिक बन उपभोक्ता समुहको २५ गते हुने निर्वाचनमा बाघ र हात्ती प्यानलको प्रतिस्पर्धा हुने देखिएको छ । सहमति जुट्न नसकेपछि निर्वाचनमा बाघ चिन्ह बाट अध्यक्षका लागि टेकबहादुर थारु र हात्ती चिन्ह बाट मनबारु थारु चुनावी मैदानमा छन् ।
  बाघ प्यानल बाट उपाध्यक्षमा विश्वसागर परियार, कोषाध्यक्षमा शान्ति चौधरी, सचिवमा संगिता थारु निर्वाचनमा उत्रेका छन् । यसैगरि सदस्यहरुमा सौनी थारु, निर्मला परियार,त्रीभुवन थारु, प्रदेशनी थारु, साउनी थारु लगायतले उम्मेदवारी दिएका छन् ।
हात्ती प्यानलको उपाध्यक्षमा कृष्ण थारु, कोषाध्यक्षमा सत्यनारायण थारु,सचिवमा सुमिता थारु रहेका छन् ।   यसैगरी सदस्यहरुमा खुशिराम थारु बसन्ती थारु,सम्झना  दमाई लगायतका रहेका छन् ।
बाघ प्यानलबाट उम्मेदवारी दिएका अध्यक्ष थारु लगायत पुरै टिम यतिबेला घरदैलो अभियानमा रहेको छ । आफु निर्वाचति भएपछि उपभोक्ताको हिटमा काम गर्ने टेकबहादुर थारुले जनाएका छन् । काठलाई पुर्ण रुपमा उपभोक्तालाई वितरण गर्ने, खुल्ला टेण्डर गर्ने,अपुरो रहेको भवन पुरा गर्ने, आय आर्जनमा सहयोग गर्ने, आर्थिक पार्दशीता गर्ने, जस्ता  थुप्रै लोकप्रिय कार्यक्रम अगाडी सारेका छन् । हात्ती प्यानलका मनबारु थारु लगायतका सम्पुर्ण टिम पनि चुनावी मैदानमा छ । उनीहरुले पनी उपभोक्ताका हिट हुने एजेण्डा अगाडी सारेका छन् ।

काठ चोरेको अभियोगमा बनकै उपाध्यक्ष थारु कारागार चलान


राप्ती सोनारी ३ मा अगुवाको रुपमा परिचित टिकाराम थारुलाई काठ चोरी गरेको अभियोगमा कारागार चलान गरिएको छ । आज मंगलबार उनलाई ३ महिनाको लागि नेपालगन्ज कारागार चलान गरिएको हो ।
 वागेश्वरी सामुदायिक बन उपभोक्ता समुह क्षेत्र बाट   २०७३ सालमा २६ क्युफिट काठ चोरी गरेको अभियोगमा थारु पक्राउ परि यसअघि ३५ दिन जेल सजाय भोगी सकेका थिए । बन ऐन अनुसार दोषी ठहर भई फैसला भएपछि उनी कारागार चलान भएका हुन् । हाल उक्त सामुदायिक बन उपभोक्ता समुहको थारु उपाध्यक्ष छन् ।
   कानुन अनुसार दोषी ठहर भएका थारुलाई बनकै जिम्मेवारी दिएर समितिले सरासर गलत गरेको देखिन्छ । टिकाराम थारु उपाध्यक्ष संगै भुवर भवानी बहुउद्देश्य सहकारीको कोषाध्यक्ष,भुवर भवानी मन्दीर व्यवस्थापन समितिको सदस्य,  भुवर भवानी तारवार समितिको अध्यक्ष,  सरस्वती मा.वि भवनियापुरका विद्यालय व्यवस्थापन समितिको निर्वाचित सदस्य र काँग्रेसका वडा न. ३ का नेता समेत रहेका छन् ।

Sunday, March 3, 2019

१ करोड लगानीमा विशेषज्ञ सहितको स्वास्थ्य सेवाका लागि स्वेता पोलिकिल्निक सन्चालनमा





फागुन २० गते
राप्ती सोनारी ४ नयाँ बस्तीमा पहिलो पटक विशेषज्ञ सहितको उच्च स्तरिय स्वास्थ्य सेवा प्रदान सुरु गरिएको छ । कम्पनी रजिस्तारको कार्यालयमा दर्ता भई जिल्ला जनस्वास्थ्य कार्यालय बाट मान्यता पाएर दुर्गम क्षेत्रमा पहिलो पटक ५ शंैयाको स्वेता पोलिकिल्निक प्रा.लि सन्चालनमा आएको हो ।
प्रा.लिका सन्चालक स्वास्थ्यकर्मि मिनराज खड्का (सन्तोष)का अनुसार १ करोड बढि लगानीमा विशेषज्ञ सहितको पोलिकिल्नीक सन्चालनमा ल्याएको जनाए ।
  बाँके जिल्लाको दुर्गम मानिने यस क्षेत्रका मानिसहरुलाई उच्च स्तरिय स्वास्थ्य सेवा प्रदानका लागि पोलिकिल्नीक सन्चालनमा ल्याएको स्वास्थ्यकर्मि खड्काले प्रष्ट पारे ।
सुविधा सम्पन्न भवनमा सन्चालन गरिएको पोलिकिल्नीकमा हरेक महिनाको ३ पटक सम्म चिकित्सक द्धारा जाँच, डिजिटल ऐक्सरे, सि.आर ऐक्सरे, भिडियो ऐक्सरे,इ.सि.जी सेवा, सम्पुर्ण ल्याब टेष्ट, एम्वुलेन्स सेवा तथा २४सै घन्टा इमेरजेन्सी सेवा दिदै आएको  सन्चालक खड्काको भनाई छ ।
 यस क्षेत्रका मानिसहरुको लागि निकै खुशिको कुरा सुनाउदै सन्चालक खड्काले हरेक महिनाको पहिलो साताको शनिबार दशविगाहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. निर्मला शर्मा र दोस्रो र तेस्रो साताको शनिबार मेडिकल कलेज नेपालन्जमा कार्यरत डा.मधु अर्यालले पोलिकिल्नीकमै आएर विरामीहरुको स्वास्थ्य जाँच गर्ने गरेको सुचना दिए ।  राप्ती सोनारीको १,२,३,४ र ५ वडालाई लक्षित गरेर विरामीहरुलाई सेवा दिइरहेको जनाउँदै अर्का सन्चालक टिकाराम खड्काले गरिव, असाहय, अपागंलाई १० प्रतिशत छुटको व्यवस्था समेत रहेको उल्लेख गरे ।
 यस भन्दा पहिले  मेडिकल चलाएर त्यस क्षेत्रमा सबैका मन जित्न सफल भएका स्वास्थ्यकर्मि खड्काले भविष्यमा ठुलो अस्पताल खोलेर यस क्षेत्रको जनतालाई उच्च स्तरिय सुलभ सेवा दिने अवधारणा रहेको बताए । अहिले पनी दैनिक ५० बढि विरामीलाई नियमीत उपचार गर्दै आएका छन् ।

जिल्ला स्तरिय हाजिरी जवाफमा जेनिएस स्कुल प्रथम, क्रमश दृतिय ः धुब्रतारा, तृतिय जनशक्ति मावि


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले आयोजना गरेको जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगीतामा जेनिएस स्कुल खजुरा प्रथम भएको छ ।
आइतबार राप्ती सोनारी ४ जनशक्ति मा.वि  बैजापुरमा भएको हाजिरी जवाफ प्रतियोगीतामा उक्त विद्यालय प्रथम भएको हो । १८ वटा विद्यालय सहभागि हाजिरी जवाफ प्रतियोगीतामा  धुब्रतारा बोर्डिगं स्कुल खजुरा दृतिय र जनशिक्त मावि तृतिय भएको हो । नीजी विद्यालयहरुको तुलनामा जनशक्ति मा.विका विद्यार्थीहरुले निकै राम्रो काम गरेको भन्दै सबैले प्रशंसा समेत गरेका थिए ।
 मानविय सेवा संगै स्कुले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगीताको आयोजना गरिएको रेडक्रसले जनाएको छ ।  हाजिरी जवाफ प्रतियोगीतामा बोल्दै रेडक्रस बाँकेका कार्यवाहक मन्त्री तेज बहादुर सुवेदीले नियमीत कार्यक्रम अन्तरगत हाजीरी जवाफ गरिएको भन्दै सबै विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना समेत गरे । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर वलीले रेडक्रसको प्रशसा गर्दै सरोकारवाला र सहभागी सबैलाई आभार प्रकट गरेका थिए ।