राप्ती सोनारी २ अगैया बजारमा एक युवक माथि सांघातिक हमला भएको छ । राप्ती सोनारी ४ लटनिया निवासी २५ बर्षिय देवेन्द्र बुढामगर माथि अगैया बजारमा सांघातिक हमला भएको हो । घरबाट काठमाण्डौ विदेशका लागि हिडेका मगर माथि छुरा, खुकुरी प्रहार भएको छ । शनिबार साँझ खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको विभिन्न भागमा गहिरो घाउँ भएको हो । ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीका अनुसार घटनामा संलग्न ओपेन्द्र केसी, ओपेन्द्र बुढा र भुपेन्द्र थापा मगरलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । घटनामा संलग्न मुख्य दोषी मदन भण्डारी,निमकान्त भण्डारी,फेमश खड्का र गगन फरार रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । घाइते मगरको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।
Saturday, February 2, 2019
अगैया बजारमा युवक माथि सांघातिक हमला
राप्ती सोनारी २ अगैया बजारमा एक युवक माथि सांघातिक हमला भएको छ । राप्ती सोनारी ४ लटनिया निवासी २५ बर्षिय देवेन्द्र बुढामगर माथि अगैया बजारमा सांघातिक हमला भएको हो । घरबाट काठमाण्डौ विदेशका लागि हिडेका मगर माथि छुरा, खुकुरी प्रहार भएको छ । शनिबार साँझ खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको विभिन्न भागमा गहिरो घाउँ भएको हो । ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीका अनुसार घटनामा संलग्न ओपेन्द्र केसी, ओपेन्द्र बुढा र भुपेन्द्र थापा मगरलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । घटनामा संलग्न मुख्य दोषी मदन भण्डारी,निमकान्त भण्डारी,फेमश खड्का र गगन फरार रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । घाइते मगरको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।
Thursday, January 31, 2019
वडा कार्यालयमा प्रहरी र आन्दोलनकारी बीच झडप, स्थति तनावग्रस्त
राप्ती सोनारी वडा न. ३ को कार्यालयमा ताला लगाउँन खोज्दा आन्दोलनकारी र प्रहरीविच झडप भएको छ । आज बिहान १० बजे आफुखुशि एकलौटी ढंगले निर्णय गरेको विरोधमा नेकपा आस्थाका नेता कार्यकर्ताले वडा कार्यालयमा ताला लगाउन खोज्दा झडप भएको हो । इलाका प्रहरी कार्यालय धामपुर बाट र प्रहरी चौकी अगैया बाट खटिएको प्रहरी टोलीले ताला लगाउन नदिएपछि झडप भएको हो । महिला प्रहरी नभएको यस क्षेत्रमा आन्दोलन कारीहरुले महिला अगाडी सारेर ताला लगाउन खोज्दा प्रहरीलाई अप्ठ्यारो श्रृजना भएको छ । स्थानीय नेकपाका नेता तुलसीराम थारु नेतृत्वको १ सय बढि नेता कार्यकर्ताहरुले वडा कार्यालयको निर्णय तत्काल खारेज नगर्दा सम्म तालाबन्दी जारी राख्ने बताएका छन् । प्रहरीले मास कन्टेल गर्न नसकेपछि महिला प्रहरी सहितको थप जनशक्ति कोहलपुर बाट मगाएको छ । वडा कार्यालयले १० लाखको हेमपाइप हाल्ने उपभोक्ता समिति गठन गर्दा आफ्नै कार्यकर्ताहरुलाई मात्रै एकलौटी ढंगले जिम्मा लगाएको आरोप लगाएका छन् । यस बिषयमा सबैलाई सर्वपक्षिय रुपमा बोलाएर उपभोक्ता समिति गठन गरिएकोले निर्णय सच्याउन नसक्ने वडा अध्यक्ष गंगाराम थारुले बताएका छन् ।
Thursday, January 24, 2019
नयाँ बस्तीमा नयाँ बाटो
राप्ती सोनारी ४ नयाँ बस्तीमा १० मिटरको चाक्लो बाटो निर्माण कार्य सुरु भएको छ । स्थानीय नेता मिनराज खड्का (सन्तोष)को पहल तथा डिल्ली वलीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि १० मिटर चौडाइ भएको बाटो निर्माण कार्य सुरु भएको हो । स्थानीय सबै जागरुक भएपछि आफ्नै पहलमा बाटो निर्माण कार्य सुरु गरेको नेता खड्काले जानकारी दिए ।उनका अनुसार स्थानीय, प्रदेश र संघ गरि कुनै तहबाट बजेट विनियोजन नभएको अवस्थामा आफ्नो कामआफै गनुपर्छ भन्ने उद्देश्यले स्थानीय सबैको पहलमा बाटो निर्माण कार्य थालेकाहौं, यसले जनताका प्रतिनिधिहरुलाई गतिलो सन्देश जाने ठोकुवा गरे । बैजापुर लटनिया देखि नयाँ बस्तीको मोरङ्गाखोला सम्मको बाटो वरीपरि पटान गरेर १० मिटर चाक्लो बनाउने प्रयास थालिएको हो ।सिक्टाको पुर्वी नहर निर्माण गर्ने जिम्मा पाएको कालिकाकुमार जेभीको सहयोगमा १० लाख लागत बराबरको बाटो निमार्ण कार्य थालेकाहुन् । यसले गर्दा राप्ती सोनारी ४का विभिन्न गाउँबाट आवतजावत गर्ने सवारी साधन र मानिसहरुलाई निकै सहजहुने छ । आफ्नो जग्गा वरिपरि भएका संरचना हटाएर सामुहिक रुपमा बाटो चक्ल्याउने अभियानमा साथदिएका स्थानीयले जनताका प्रतिनिधिहरुले आफुहरुले गरेको कामको मुल्याङ्कन हुनु पर्ने माग समेत राखेका छन् । बाटो निर्माण कार्यमा गौरी सामुदायिक बनको पनि निकै सहयोग रहेको छ ।
Wednesday, January 23, 2019
१० लाखको योजनामा एकल निर्णय
राप्ती सोनारी वडा न. ३ का अध्यक्ष गंगाराम थारुले गुपचुपमै १० लाखको हेमपाइप हाल्ने जिम्माकार्यकर्तालाई आरोप लागेको छ । गतपौष २६गते सर्वदलिय बैठक बोलाएको वडा कार्यालयले त्यस दिन सहमतिहुन नसकेपछि आर्को मितिमा सबैलाई बोलाउने गरि स्थगित गरेको थियो । आजबुधबार वडा कार्यालयले कुनै सुचना, टेलिफोन नगरिकन गोप्य रुपमाआफु निकटका आफ्ना कार्यकर्ता हरुलाई अध्यक्ष थारुले १० लाखको जिम्मा लगाएको बिषयमा विवाद बढेको हो । आज भएको उपभोक्ता समिति गठनमा जम्मा २६ जनाको उपस्थिति रहेको छ । त्यो संख्यात्मक हिसावमा अपुगहो । गणपुरक संख्या नपुर्याइकन नीतिनियमलाई घाममा सुकाएर एकल निर्णय गर्नु घोर आपत्तीभएको बताउँदै सहमतिजनताहरुलाई साथमालिएर अगाडी बढ्ने नेकपा राप्ती सोनारी अध्यक्ष चामबहादुर घर्ति (निर्मल) ले बताएका छन् । उनले सहमती सहकार्य गरेर अगाडी बढ्न पनि वडा कार्यालय लाई सुझाव समेत गरेका छन् ।
यस बिषयमा पत्रकारले जिज्ञासा राख्दाआफुले सुचना निकाल्ने, टेलिफोन गर्ने कुनै आवश्यकता नठानेको जनाए । अध्यक्ष थारुले पटक पटकभएको विवादमा वडा कार्यालयले एकल निर्णय गर्न सक्ने दावी गरेकाहुन । वडा कार्यालयको १० लाखको बजेटमा राप्ती सोनारी ३ का ३५ बढि स्थानमा हेमपाइपहाल्ने योजना रहेको समेत वडा कार्यालयले बताएको छ । यस बिषयमा नेकपाका नेताकार्यकर्ताहरुले कडा प्रतिवाद गरेका छन् । आजभएको छलफल पछि बनेको समितितत्कालखारेज गरि सबैको सहमतिमा नयाँउपभोक्ता समिति गठन गर्नुपर्ने आवाज उठाएका छन् । गठन गरिएको समितिमा अर्जुन चौधरी अध्यक्ष, जमुना कुमारी थारु सचिव, धर्मदाश थारु कोषाध्यक्ष, राजमोती, बुझावन, धनिराम र अतिरामथारु सदस्य रहेका छन् । नेकपाका नेताकार्यकर्ताहरुले माथि उल्लेखीत समिति सबै काँग्रेस निकटको भएको दावी गरेका छन् । नेकपा राप्ती सोनारी सचिव मनोज केसीले सरासर गलतभएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।
Friday, January 18, 2019
भलिबलको उपाधी रोयल ढकेरीलाई
राप्ती सोनारी स्तरिय भलिबल प्रतियोगीताको उपाधी रोयल स्पोर्ट क्लव ढकेरीले हात पारेको छ । प्रगतीशिल युवा क्लव सिधनुवालाई सोझो ३÷० सेटमा पछि पार्दै रोयल ढकेरीले उपाधी हात पारेको हो । राप्ती सोनारी भित्रका खेलाडी उत्पादनमा सहयोग गर्ने उद्देश्यले राप्ती सोनारी भित्रका मिडिया हाउस द्धारा सन्चालित भलिबल प्रतियोगीताको १० हजार पुरस्कार राषी र प्रमाण पत्र सहितको उपाधी हात पारेको हो । क्लवका संयोजक रतिरामथारुले उपाधी जित्नलाई धेरै मेहनत गरेको र यस उपाधीले खेल जगतमा केहि गर्ने उर्जा दिने प्रतिकृया दिए । यसैगरी प्रगतिशिलयुवा स्पोर्ट क्लव सिधनुवा दृतिय स्थानहासिलगरि नगद ५ हजार र प्रमाण पत्रप्राप्त गरेको छ । यसैगरी ललही युवा क्लवलाई पछि पार्दै सुशासन युवा क्लव फत्तेपुरले तृतिय स्थान सहितनगद ३ हजार र प्रमाणपत्र हासिल गरेको छ । भुवर भवानी माघी मेला परिसरमा ४ दिन सम्म संचालन भएको भलिबल प्रतियोगीतामा १७क्लव सहभागीभएको कार्यक्रम संयोजक पत्रकार हेमन्त चौधरीले जानकारी दिए । गाउँपालिकाको आर्थिक सहयोग मागरिएको भलिबल प्रतियोगीता माहाइवे पोष्ट दैनिकका प्रकाशक खड्क खत्री, युवा नेता सन्तोष चौधरीले भलिबल खेल्ल सम्पन्नका लागि निकै उल्लेख्य भूमिका निर्वाह गरेकाथिए । भलिबल प्रतियोगीता भरि रेफ्रिको भूमिकानिर्वाह गरेर सहयोग गर्ने प्रतापचौधरी र मनोज चौधरीलाई आयोजक टिमले धन्यवाद ज्ञापन गरेको छ । आगामीबर्ष मेलाको अवसर पारेर ठुलो धन राषीको भलिबल प्रतियोगीता गराउने आयोजकले प्रतिवद्धता समेत गरेको छ ।
Sunday, January 13, 2019
वडा कार्यालय द्धारा बडघरलाई सम्मान
बडघरहरुले समाजमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै वडा कार्यालयले सम्मान गरेको छ । माघी मिलन तथा बडघरहरुलाई राप्ती सोनारी वडा न. ४ को कार्यालयले सम्मान गरेको हो । बडघरहरुले गाउँ समाजमा पिएन देखि न्याधिशको कामगर्ने गरेको प्रशंसा गर्दै वडा कार्यालयले पहिलो प्रयास गरेको हो । बडघरहरुले चलाउँने भुइहार, न्यायलयलगायतका संरचना बनाउन संस्थागत रुपमालागि पर्ने वडा न. ४ का वडा अध्यक्ष कान्छा थारुले जानकारी दिएका छन् । उनले सबै बडघरहरुलाई समावेश गर्नेगरि संजाल बनाएर अगाडी बढ्नुपर्ने उल्लेख गरे । राप्ती सोनारी ३ का वडा अध्यक्ष गंगाराम थारुले पहिले पहिलेकापुर्खाहरुको रिती संस्कृतिहरुलाई विस्तारै परिमार्जन गरि आत्मसाथगनुपर्ने धारणा राखे । उनले माघी पर्वको अवसरमाशुभकामनादिदै गीतपनिगाएर सुनाएकाथिए । कार्यक्रममाबोल्दै १ का वडा अध्यक्षचन्द्र बहादुर वलीले बडघरहरुले गरेको कार्य प्रतिप्रशंसा गर्दै आफ्नो वडा कार्यालयले बडघरको लागिगर्न सक्ने सहयोग गर्न तयार रहेको उल्लेख गरे । समाज सेवीतुलसीरामथारुले यो सम्मानले थपन्यायलयमाउर्जा दिने जिकिर गर्दै माघी पर्वलाई थारु जातीले नयाँबर्षको रुपमामनाउनुको कारण बारे प्रष्ट पारेकाथिए । बडघरहरुको तर्फबाट लालपुरका बडघर जुठे थारुले सम्मानले उर्जा दिने बताउदै आगामीदिनमा वडा संग सहकार्य गरेर अगाडी बढ्ने बताए । कार्यक्रममापत्रकार हेमन्तचौधरी, समाजसेवीहुमाशंकर वली, लक्ष्मीचौधरी लगायतले बोलेकाथिए ।
Friday, January 11, 2019
Tuesday, January 8, 2019
बाख्रापालन र करार खेतीको लागि राप्ती सोनारी उपयुक्तः मन्त्री पौडेल
कृषी क्षेत्र अन्तरगत राप्ती सोनारीमा प्रभावकारी कार्याक्रम ल्याउन लागिएको भूमि व्यवस्था तथा कृषीमन्त्री आरती पौडेलले बताएकि छिन् । बुधबार राप्ती सोनारी ४ बैजापुरका क्यान्सर रोगबाट ग्रसित अगुवा नेता नोखिराम खड्काको स्वास्थ्य अवस्था बारे जानकारी लिएर फर्किने क्रममा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै मन्त्री पौडेलले सो कुरा बताएकि हुन् । राप्ती सोनारीमा उन्नत जातका बाख्रा पालन व्यवसाय, तरकारी हाट बजार संकलन केन्द्र, करार खेती र प्रधानमन्त्री कृषी परियोजनको थुप्रै कार्यक्रम प्रदेश सरकारले केन्द्रित गरेको बताइन । खेतीयोग्य जमिन बाँझो नहोस भन्ने उद्देश्यले ५ विगाहमा खेती गर्ने युवाहरुको लागि विशेष योजना ल्याएको बताइन् । राप्ती सोनारीमा यो कार्यक्रम निकै फलदायी हुने बताउँदै ठेक्कामा लिएको जग्गाको रकम पनि प्रदेश सरकारले उपलब्ध गराउने मन्त्री पौडेलको भनाई छ । समुहमा मिलेर खेती गर्नका लागि सुरुमा ३ लाख रुपैयाँ पनि उपलब्ध गराउँने र राम्रो गर्दै गएमा ट्याक्टर लगायतका यान्त्रीकरण उपलब्ध गराउने मन्त्री पौडेलले जनाइन् । भेटघाट कार्यक्रममा नेकपाका राप्ती सोनारी संयोजक चाम बहादुर घर्ती, तुलसी थारु, नेकपा नेता मिनराज खड्का ( सन्तोष) नरहरी भण्डारी, दयाराम थारु ल्गायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
Monday, January 7, 2019
शिक्षक नियुक्तिमा विवाद

राप्ती सोनारी ४ बैजापुरमा रहेको जनशक्तिमाविले शिक्षक नियुक्तगर्दा भ्याकेन्सी नखोलेरै गरेको बिषयमा विवाद सृजना भएको छ । गाउँपालिकाले दिएको अनुदान रकम बाट २ जनामावितह र १ जना निमावी तहमा शिक्षक नियुक्ति गर्दा गोप्य रुपमा रुपमा गरेको प्रति विवाद उत्पन्नभएको हो ।विव्यसले मो. नफिलअहमद, केशुरामथारु र दिलिपकुमार यादवलाई नियुक्तगर्न गाउँपालिकालाई सिफारिस गरेको छ ।
विद्यालयव्यवस्थापन समितिले सुचना न निकालेर नियुक्तगर्न गाउँपालिकालाई सिफारिस पत्र पठाएको भन्दै व्यवस्थापन समितिका सदस्य दयाराम थारुले फाइलकब्जा समेत गरेका छन् । विद्यालयले भ्याकेन्सी खोलेर प्रक्रियाअनुसार प्रतिस्पर्धा गराएर उमेरको हदबन्दीलाई समेत ख्याल गरेर नियुक्तीगर्नुपर्ने सदस्य थारुको माग छ । स्थानीययुवा नेता सन्तोष खड्काले सरासर गलतभएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् । उनले भने उमेरलाई ख्यालै नगरि भित्रभित्रै नियुक्तगर्नुले गुणस्तरिय शिक्षाको आशा के गर्ने ?अर्का नेता डिल्ली वलीले गोप्य रुपमा नियुक्तीगर्नु गलतभएको जनाए । पुर्व विद्यालयव्यवस्थापन समितिका अध्यक्ष नरहरी भण्डारीले प्रतिस्पर्धा अनुसार क्षमतावान शिक्षक राख्नुपर्ने बताए । यस बिषयमा कुनै पनिविधी प्रक्रिय उलंघन नगरेको विद्यालयव्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर वलीले दावी गरेका छन् । उनले शिक्षक नियुक्तगर्दा नीजिश्रोतमा रहेका शिक्षकहरुलाई ग्राहयतादिने गाउँपालिकाको परिपत्रको आधारमा विव्यसले निर्णय गरेको दावी गरे ।उनले यस अघि सिफारिस गरिएका शिक्षकहरुलाई प्रक्रियापुगाएर नियुक्तीगरिएको जनाए । वडा अध्यक्ष कान्छा थारुले वली जस्तै नीजिश्रोतमा रहेका शिक्षकहरुलाई नै ग्राहयतादिने भन्ने छलफल भएको र उमेर हदबन्दीको बिषयमापुन छलफल गर्न सकिने उल्लेख गरे ।
Sunday, January 6, 2019
विकासका लागि राप्ती सोनारीमा संघर्ष समिति गठन
राप्ती सोनारीको विकासको लागि संघर्ष समिति गठन गरिएको छ । सबै राजनीतिक
दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको संयुक्त रुपमा संघर्ष समिति गठन गरिएको हो ।
आइतबार राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा बसेको बैठकले नेकपाका राप्ती सोनारी
संयोजक चिम बहादुर घर्तीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको बैठकमा
सहभागि राप्ती सोनारी ४ का समाजसेवी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार राप्ती सोनारी ६ का स्थानीय अगुवा
तथा काँग्रेसका युवा नेता लवराज खरेललाई सदस्य सचिव राखिएको छ । सदस्यहरुमा राप्ती
सोनारी ३ का वडा अध्यक्ष गंगाराम थारु, ३ कै नेकपा नेता तुलसीराम थारु, ४ का वडा अध्यक्ष
कान्छा थारु, ५ का वडा अध्यक्ष झगरु थारु, नेकपा नेता जीत बहादुर डाँगी र ६ का वडा
अध्यक्ष जनक बहादुर थारु र नेकपा नेता चन्द्र प्रकाश शर्मा (अंकित) सदस्य रहेका
छन् । उक्त संघर्ष समितिले राप्ती सोनारीको वडा नं ४ देखि बैजापुर नेपालगन्ज
जोड्ने सडकको राप्ती सोनारी ६ फत्तेपुरको नर्सरी सम्मको बाटोको स्तर उन्नतीका
लागि विशेष गरि तीन तहको सरकारमा संघर्ष
गर्ने जनाएको छ । बैठक पछि बनेको संघर्ष
समिति संग कुराकानी गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले
विकासमा यो या त्यो नभनिकन सबै मिलेर आजै बाट गर्ने प्रण गर्दै बनेको संघर्ष
समितिको मागलाई उच्च प्राथमिकतामा राख्ने
जनाएका छन् । अध्यक्ष थारुले प्रदेश र केन्द्रिय सरकारले बजेट उपलब्ध गराए, गाउँपालिकाको तर्फबाट
कति कसरी बजेट उपलब्ध गराउनु पर्ने तयार रहेको प्रतिवद्धता जनाए । संघर्ष समितिका
संयोजक चिम बहादुर घर्तिले मुख्य सडकको रुपमा रहेको नेपालगन्ज बैजापुर सडकको स्तर
उन्नतीको लागि प्रदेश र केन्द्रिय सरकार संग डेलिगेशन गएर १० करोड भन्दा माथिको
बजेट ल्याउने लक्ष्य रहेको दावी गरे ।
Tuesday, January 1, 2019
बैजापुर स्वास्थ्य चौकीलाई अस्पताल बनाउने पहल
सुविधा सम्पन्नभवनअनुसारको सेवानहुँदा सेवाग्राहीमार्कामा परेको जनगुनासो बढेपछि स्तर बृद्धिका लागिपहलथालिएको छ । राप्ती सोनारी ४ मा रहेको स्वास्थ्यचौकीको स्तरबृद्धि गरि डक्टर सहतिको टोलीले सेवादिने गरि अस्पताल बनाउनकालागिपहलथालिएको हो । सुगमजिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने सोनारीमापहिलो पटक शहरी विकास मन्त्रालयमार्फत ३ करोड बराबरको लागतमानिर्माण भएको सुविधा सम्पन्न स्वास्थ्यचौकीलाई अस्पतालमा परिणत गर्न चौतर्फी पहलभएको हो । अस्पतालको लागि स्वास्थ्यचौकी, वडा कार्यालय, गाउँपालिकाले आवश्यकपक्रियापुगाएर प्रदेश सरकारलाई पठाई सकेको छ । प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले स्वास्थ्य चौकीको स्तर बृद्धि गर्न उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारमा पहल कदमी सुरु गरिएको जानकारी दिइन् । प्रदेश सभा सदस्य केसीले आउने हिउँदको बजेटमा उच्च प्राथमिकताका साथ अस्पताल निर्माणका लागि बजेट छुट्याउने दावी गर्दै राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको सुविधा सम्पन्न अस्पताल बन्ने उल्लेख गरिन ।
स्वास्थ्यचौकी सन्चालक समितितथा वडा न. ४ का वडा अध्यक्ष कान्छा थारुले सहज रुपमा गुणस्तरिय स्वास्थ्य सेवाजनताले पाउँनभन्ने उद्देश्यले पहलथालिएको उल्लेख गरे । स्थानीयअगुवाहुमाशंकर वलीले अस्पताल भएपछि विशेज्ञ सहितको टोलीले विरामीको चेकजाँचगर्ने, विभिन्न रोगको परिक्षण पनियहिहुँने विरामीभर्ना गर्ने जस्ता थुप्रै खालको सेवा सुविधा उपलब्ध हुने हुँदा तत्काल अस्पतालको रुपमा विकास गर्नुपर्ने जनाए । उनले स्थानीय स्तरबाट अस्पताल बनाउनका लागि गर्नपर्ने श्रमदान, साथ सहयोग सबै र सधै तयार रहेको समेत उल्लेख गरे । स्थानीय अगुवा तथा गौरी सामुदायिक बनका अध्यक्ष नरहरी भण्डारीले अस्पताल बृद्धि भए गरिव गुरुवा सबैलाई सम्वन्धीत विशेषज्ञ द्धारा चेकजाँच गरिने, एक्सरे, अल्टसाउन्ड, सबै सेवा गाउँमै भएपछि सहज हुने जनाए । उनले अस्पताल बृद्धिको क्रममा आवश्यक सामाग्री खरिदको लागि सामुदायिक बन आर्थिक सहयोग गर्न तयार रहेको उद्घोष समेत उद्घोष गरेका छन् । स्वास्थ्यचौकीकाइन्चार्ज रामचन्द्र वलीले विरामीजाँच, औषधी भण्डारण, वितरण, ड्रेसिङ्ग, वैठक हल, प्रशासन, परामर्श र दुईवटा कर्मचारीको लागिकोठा गरेर १० वटा कोठा प्रयोगमाआएको जनाए ।
Friday, December 14, 2018
वडा अध्यक्ष कान्छा थारुले गरे विहेमा जाँड रक्सी निषेध
थारु समुदायको पाहुनालाई सत्कार गर्ने मुख्य सगुन भनेकै जाँड र रक्सी हो । साना, साना चाडपर्व देखि भोज भटेरमा थारु समुदायको मुख्य सगुन जाँड रक्सी हुन्छ । ठुला चाडपर्व तथा विवाह भोज आउँन अगावै महिनौ दिनदेखि जाँड रक्सीको जोह गर्ने र त्यहि अनुरुप त्यसदिन सबैलाई फालाफाल हुनेगरि खानपान गराउँने प्रचलन छ । त्यसो गरेको खण्डमा सबैको प्रशंसाको पात्र बनिन्छ । बिहीबार राप्ती सोनारी ४ पसरामपुरमा वडा न. ४ का वडा अध्यक्ष कान्छा थारुको छोराको विहेमा आगन्तुकहरुको दिनभरि जसो भरिभराउँ थियो । आएका पाहुनाहरुलाई व्यवस्थित ढंगले टेण्ट भित्र सानदार खानपानको व्यवस्था पनि गरिएको थियो । वडा अध्यक्ष थारु आफै पाहुनाहरुको स्वागत सत्कारमा व्यस्त देखिन्थे । निकै व्यवस्थित देखिने विवाहमा मादक पदार्थ जाँड र रक्सी निषेध गरिएको थियो । अधिकाँस पाहुनाले मनमनै र प्रत्यक्ष रुपमा गुनासो नगरेका पनि होइनन् । तर अध्यक्ष थारुले खासै वास्ता नगरेझै गरेर जाँड, रक्सी रहित विवाह सम्पन्न गरेर प्रशंसनिय काम गरेका छन् । बढ्दै गएको कुसस्कार, कुरिती जस्ता परम्परालाई आजैबाट र आफैबाट सुरुवात गर्नुपर्छ , भन्ने सोचाईले यसो गरेको अध्यक्ष थारुको भनाई छ । सबै पाहुनालाई जाँड रक्सी दिदा एउटै पाहुनले धेरै समय खाने र त्यसो हुँदा सबैलाई व्यवस्थित गर्न नसकिने भएकोले पनि जाँड रक्सी निषेध गरिएको अध्यक्ष थारुले उल्लेख गरे । आफ्नो क्षमता अनुसारको बिवाह, भोज सबैले गर्नुपर्ने भन्दै गलत परम्परा सबैले त्याग्न आवश्यक रहेको धारणा राखे । विवाह, पार्टीहरुमा मात्रै जाँड रक्सी हटाउन सके धेरै हिंसा, अपराध कम हुने उनको विश्वास छ । २०५६ सालमा एसएलसी पास गरेर शिक्षण पेशामा आवद्ध रहेका वडा अध्यक्ष थारु वडा अध्यक्ष निर्वाचित भएका थिए । राम्रो र नमुना वडा बनाउँनका लागि सबैको पहल आवश्यक रहेको जनाउँदै सबै संग सहकार्य एकता गरेर जाने प्रतिवद्धता समेत जनाए ।
Monday, October 22, 2018
अध्याँरो मूनि सुत्केरी सेवा
सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती पारिका बैजापुर, बिनौना, लगायतका ठाउँमा अहिले पनि नागरिकले पाउँने अधिकारबाट बन्चित छन् । हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिने राज्यले योजना ल्याएपनि यस स्थानमा त्यो लागु हुन सकेको छैन् । ठुला अस्पताल त छैनन् नै तर स्वास्थ्य चौकी बाट पनि यहाँका नागरिकले भनेको जस्तो सबै सुविधा गाउँमै पाउँन सकेका छैनन् । पीडित मध्ये सबैभन्दा ठुला समस्या सुत्केरी महिलाले भोगि रहेका छन् । सुत्केरी हुन आउँने महिलाहरुलाई जाडो सिजनमा हिटर बाट ताप दिनका लागि र पुरै उज्यालो पार्ने विद्युत छैन, आफ्नै स्वास्थ्य चौकीमा एम्वुलेन्स छैन, यो प्रशंग हो बैजापुर स्वास्थ्य चौकीको । राज्यले प्रयाप्त जनशक्ति दिन नसक्दा सुत्केरी हुन आउँने महिला मात्रै होइन, सुत्केरी गराउने स्वास्थ्यकर्मि पनि पीडित छन् । बैजापुर स्वास्थ्य चौकीमा कार्यरत अनमि एलीजा जिएम भन्छिन् सुत्केरी गराउँदा बिजुली त छैन तर अपतकालिन सुत्केरीलाई सदरमुकाम पठाउदा एम्वुलेन्स नपाउँदाको पीडा निकै छ । आमा सुरक्षा कार्यक्रम अन्तरगत आफु र मनिशा कुमारी थारु मात्रै रहेकोले विदा पनि बस्न नपाइने र रातीको समयमा निकै ग्राहो र एक्लो महसुस हुने गरेको उनको अनुभव छ । डेढ बर्षदेखि कार्यरत रहेको जनाउँदै एलिजाले रातीको समयमा सुत्केरी आएपछि अरुको सहारा लिएर स्वास्थ्य चौकी सम्म पुग्नुपर्ने बाध्यता रहेको जनाइन् । उनका अनुसार मनिसा त झनै स्वास्थ्य चौकी नजिकै कोठा लिएर सेवा दिइरहेकि छिन् । स्वास्थ्यकर्मि हिरामणी गुरौं थारुका अनुसार गत आर्थिक बर्षमा १ सय ९६ सुत्केरी भएको र जस मध्ये १ सय ५ छोरी र ९१ छोरा जन्मिएको समेत स्वास्थ्यकर्मि थारुले जनाए । उनका अनुसार सानो उमेरमा विवाह गरेर बच्चा जन्माउनेहरुमा केहि समस्या देखा परेपनि नियमित रुपमा ४ पटक सम्म जाँच गराउने महिलाहरु पनि धेरै रहेका छन् ।
Tuesday, October 9, 2018
२७ गते बैजापुरमा सांस्कृतिक उत्सव
अधिकार,संस्कार, संस्कृती र पहिचान जोगाउन यहि २७ गते बैजापुरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । भिजन युवा संजालले आयोजना गर्न लागेको कार्यक्रममा ५० बढि समुहको नृत्य र राष्ट्यि स्तरको कलाकारहरुको बेजोड प्रस्तुती पनि रहने छ । सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने बैजापुर लगायत आसपासका गाउँहरुमा कला संस्कृति जर्गेना गर्न यस कार्यक्रमले मुख्य कडीको रुपमा भूमिका खेल्ने संजालका संयोजक हरि प्रसाद थारुले जानकारी दिए । उनका अनुसार राजनीतिक आस्था विचार बाट कहि कतै मेलमिलाप गर्ने भनइकन स्वतन्त्र रुपमा सबै जात जातीहरुको पुराना संस्कृतीको उजागर गर्ने उदेश्यमा सबैको उत्साह जनक सहभागिताको आवश्यकता छ । कार्यक्रममा प्रथम हुनेलाई ८ हजार, दृतिय हुनेलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार तथा सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको समेत संयोजक थारुले जनाए । संजालकि कोषाध्यक्ष लक्ष्मी चौधरीले प्रमुख अतिथि यस क्षेत्रका चौधरीया विष्णु थारु, विशेष अतिथि देशबन्ध्या र अरु सबै अतिथि रहने जनाइन् । अफ्नै सक्रियता स्थानीय व्यापारी बुद्धिजिवीहरुको सक्रियताले कार्यक्रम गर्न लागिएको समेत उनले जनाइन् । आगामी बर्षहरुमा झनै बृहत गर्दै लैजाने आयोजकको दावी छ , कार्यक्रममा चर्चित गायक विश्वसागर परियार, खेम भगोरिया र चर्चित मोडेल सुनिता दहितको पनि बेजोड प्रस्तुती रहने छ ।
सिंगो मन्त्रालय कुसुममा / पाँच बर्ष भित्र, नेपाल अध्याँरो मुक्त ः मन्त्री पुन
असोज २३
उर्जा जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले बाँकेको सबै दुर्गम ठाउँ लगायत देशैभरी पाँच बर्ष भित्रमा विुद्युत सेवा अनिवार्य रुपमा विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् । आज बाँकेको राप्ती सोनारी १ कुसुममा ११ के.भि को विद्युत शुभारम्भ कार्यक्रममा बोल्दै पाँच बर्ष भित्रमा कोहीपनि नेपाली अध्याँरोमा बस्न नपर्नेगरि विद्युत विस्तार गर्न लागिएको जनाए । मन्त्री पुनले लोकतान्त्रिक व्यवस्थामा सार्भम अधिकार आम जनतामा रहेको भन्दै अहिलेको सरकार उत्तरदायि र जवाफ देहि भएकोले कसैले पनि कुनै शंकोस नराखिकन विद्युत घरघरमा पुग्ने कुरामा विश्वस्त रहन आग्रह गरे । तार बाट विद्युत विस्तार गर्ने स्थानामा तारबाट र सम्भव नभएको स्थानामा बैकल्पीक उर्जा जडान गरेर भएपनि उज्यालो बनाउने अभियान रहेको प्रष्ट पारेका हुन् । अब कुनै पनि योजना विना कारण रोक्ने, समयमा सम्पन्न गर्न नसक्ने निर्माण कम्पनी माथि निगरानी रहेको उल्लेख गर्दै मन्त्री पुनले कुसुममा बाँकी रहेका क्षेत्रमा तथा राप्ती सोनारीको ३, ४, ५ लगायतको वडामा चाडो विद्युत विस्तार गर्न निर्देशन दिएको जिकिर गरे । १ सय मेगावटको विद्युत लिएर सिधै कुसुम क्षेत्रमा खोल्न सकिने पावरफुल लाईन कुसुममा रहेको जनाउँदै सबैको साथ सहयोेग पनि जरुरी रहेको मन्त्री पुनको कठन छ । अहिले पनि राप्ती नदीका विभिन्न स्थानमा निकै दयनिय अवस्थामा रहेको जनाउँदै जनताको तटबन्ध, जलउत्पन्न लगायतका कार्यालयलाई तत्काल दिर्घकालिन योजना ल्याउन निर्देशन दिएको मन्त्रीले जानकारी गराए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंले सिंगो उर्जामन्त्रालय बाँकेको दुर्गम जिल्लामा विद्युत विस्तारका लागि परेको जनाए । कार्यक्रममा संसदद्धय महेश्वर गहतराज अथक र प्रदेश सभासदस्य कृष्णा केसी नमुनाले विद्युत विस्तारको लागि गरेको पहलको प्रशंसा गरिएको थियो ।
Thursday, October 4, 2018
राजदुत कोडीको दुर्गम गाउँमा सवारी
युरोपियन युनियनका राजदुत महामहिम भेरोनिका कोडी बाँकेको दुर्गम गाउँको स्थलगत अनुगमन गरेका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती सोनारीको वडा न. ३, ४ र ५ को बिहीबार स्थलगत अनुगमन गरेका हुन् । गत बर्ष बाढीबाट प्राभावित भएका राप्ती सोनारी बासीलाई विभिन्न तहमा सहयोग गरिएको स्थान तथा सेल्टर भवनहरुको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा राजदुत कोडीले पीछडिएको क्षेत्र भएपनि यहाँका मानिसहरुको जीवन यापन, रहन सहन ब्यवहार शैली निकै सरल रहेको प्रशंसा गर्दै अझै विभिन्न विद्यामा सहयोग गर्न सकिने प्रतिवद्धता जनाएका छन् । युरोपियन युनियन, सेभ द चिल्ड्ेन, बेस बाँके तथा राप्ती सोनारी गाउाँपालिकाको संयुक्त सहयोगमा राप्ती सोनारीका ३ स्थानमा प्रति ८१ लाख बढि पर्ने सेल्टर भवन निर्माण गरि आज हस्तान्तरण गरिएको हो । कार्यक्रममा पलाष्टीक डुंगा तथा विभिन्न सामाग्री पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोगी संस्था प्रति धन्यवाद दिदै आगामी दिनमा साथ सहयोग र सहकार्यको अपेक्षा समेत गरे । गाउँपालिका अध्यक्षका स्वकीय सचिव सन्तोष चौधरीले गाउँपालिकाले आगामी दिनमा विपद बाट जोगिनका लागि उपलब्ध गराइने सेवा सुविधा बारे प्रतिवेदन पेश गरेका थिए ।
Tuesday, August 21, 2018
चिलहरियाका भण्डारीका शव २ महिना सम्म साउदीमा अलपत्र
परिवार शोकमा, श्रीमती र दुइ सन्तानको विचल्ली
राप्ती सोनारी ५ चिलहरिया घर भएका ३२ बर्षिय दल बहादुर भण्डारी जाँदा खेरि छिट्टै फर्केर आउँछु, हामी त केहि गर्न सकेनै छोरा छोरीलाई त ठुलो मान्छे बनाउँनु पर्छ भन्दै साउँदी अरव गएका उहाँ कहिलै न फर्किनु हुने भो भन्दै भाव विहोल बनिन उनको श्रीमती गिता भन्डारी । डेढ बर्ष अघि साउदी अरवको झिजान स्थित काफिर कम्पनीमा काम गर्न गएका दल बहादुर भण्डारीको गत अषाढ ४ गते मुस्लिमहरुको महान पर्व रमजानको विदाको दिन कोठामा एक्कासी मृत फेला परेका थिए । मृतक भण्डारीका श्रीमती गिताले साँस त रहेन लास पनि आइनपुगेको २ महिना भन्दा धेरै भएको दुखेसो पोखिन उनको घरमा घटना बारे बुझ्न गएका पत्रका हेमन्त चौधरी संग मिडिया मार्फत हुन्छ कि कसरी हुन्छ, तत्काल श्रीमानको लास ल्याउन पहल गरिदिन आग्रह गरिन । आर्थिक अवस्था कमजोर रहेको गिताका २ सन्तान स,साना छन् । यस बिषयमा पहल थालिएपछि परराष्ट् मन्त्रालयले शव झिकाइदिन र उचित क्षतिपुर्तिको लागि नेपाली राजदुता वास रियादमा पत्राचार गरेको छ । मन्त्रालयले जानकारी दिए अनुसार १, २ दिन भित्रमा शव नेपाल आइपुग्ने छ ।Monday, August 20, 2018
काँग्रेस राजनीतिमा नर्सरी कक्षामै गुट उपगुट हावी
अर्जुन महतारा, महा समिति सदस्य,
नेपाली काँग्रेस,
अध्ययनको शिलशिलामा हुम्ला बाट काठमाण्डौ आइसकेपछि सानो ठिमी क्याम्पस भक्तपुर बाट २०५८ सालमा नेविसंघ बाट राजनीति सुरु गरेको अर्जुन महतारा २०६० सालमा स्वतन्त्र विद्यर्थी युनियनको सह सचिवको उम्मेदवार बने संगै २०६१ सालमा हुम्ला काठमाण्डौ नेविसंघको सम्पर्क समिति सभापति,२०६२ सालमा नेविसंघ हुम्लाको जिल्ला अध्यक्ष, त्यसपछि ११ औं महाधिवेशन प्रतिनिधि, २०६८ सालमा नेविसंघको केन्द्रिय सदस्य हुँदै १२ औं महाधिवेशन पछि पार्टीको महा समिति सदस्य समेत भएका थिए ।
नेपालको राजनीतिमा नेपाली काँग्रेसको ऐजेण्डा मन पराएर पटक पटक देशकै पहिलो पार्टीको रुपमा नेपाली जनताले नबनाएका होइनन् । देश हाँक्न सक्ने अब्बल नेता र नेतृत्वकर्ता पनि नभएका होइनन् । तर अहिलेको अवस्थामा आएर माथिबाट सिधै तल पुछारमा काँग्रेस झरेको छ । निर्वाचनको परिणाम निकै कमजोर देखिएपछि पार्टीका नेतृत्वकर्ता देखि गुटगटको पोल खोलाखोल गर्ने, एक अर्कालाई आरोप प्रत्यारोप लगाउने मात्रै होइन, अन्तरघात गर्ने ६ सय बढिको उजुरी नै पर्यो । हामी जस्तो पार्टीको एजेण्डा लिएर देश र जनताको लागि केहि गर्नसक्ने सोँच लिएर हिडेका युवाहरुमा चुनावको परिणामले केहि खुम्चिएको जस्तो भान भएको थियो । तर पछिल्लो समयमा आएर नेपाली काँग्रेस राजनीतिमा पहिलो नर्सरी कक्षाको रुपमा रहेको नेविसंघको महाधिवेशन र पार्टीको महाधिवेशनलाई लिएर यतिबेला फेरी गुट उपगुटको राजनीतिले चरम सिमा नाघेको सबैमा जगजाहेर छ । अहिले पनि मैले त विश्वासै लिएको छैन, कि नेविसंघको महाधिवेशन हुन्छ भनेर । किनकि यसका थुप्रै उदाहरण हामी माझ ताजै छन् । अहिले सम्म जिल्ला जिल्लामा अधिवेशन हुन सकेको छैन, पहिले देखि विवाद सुल्झीन नसकेको १२ जिल्लाको समस्या जस्ताको त्यस्तै छ, त्यसैमाथी नेताहरुले आ, आफ्नो स्वार्थका लागि एउटै क्याम्पसमा ३,४ वटा सम्म पनि सभापति नियुक्त गराउने, बहसमा उमेरको हदबन्दी लगायतका तमाम समस्याको समाधान नहुँदै कसरी महाधिवेशन सम्भव छ । म हुम्ला बाट नेपालको राजधानी काठमाण्डौ सम्म आएर विद्यार्थी देखि , पार्टीको राजनीतिमा भिज्न गुट उपगुटले कति गाह्रो भएको होला, मजस्ता धेरै साथीहरुको हाल यस्तै छ । पार्टीको नेतृत्वपंक्तीलाई स्मरण हुनु पर्छ, अहिलेका पार्टी सभापति शेर बहादुर देउवा, गगन थापा, विमलेन्द्र निधि, प्रकाश शरण महत लगायतका नेताहरु नेविसंघकै राजनीति बाट आएका हुन ।
तर के गर्ने अहिले पनि पार्टीमा पुरातनवादी सोँच हावी छ । यि समस्याहरुको विचबाट क्षमता भएका युवाहरुमा अहिले पनि पार्टी भित्र विभिन्न संघ संगठन भित्र ठाउँ खाली छ । हरेक बर्ष महासमिति सदस्यहरुको भेला गराएर पार्टी भित्र रहेका रिक्त पदमा नेताहरुलाई नियुक्त गरेर पार्टीलाई तलैबाट सवल बनाउन लाग्न पर्ने ठाउँमा २ बर्ष देखि महासमिति सदस्यहरुको भेला गराउन नसक्नुले नेतृत्व कमजोर भएको महसुस हुन्छ । अबको विकल्प भनेको तत्काल सबै तह तप्काको अधिवेशन,महाधिवेशन गराएर रिक्त रहेको पदपुर्ती गर्दै गुट उपगुटको राजनीतिलाई त्याग्दै एकै सुर एकै तालमा अगाडी बढ्ने हो भने अहिले पनि काँग्रेस देशको पहिलो पार्टी हुन बाट कुनै शक्तिले रोक्न सक्दैन । सबैलाई चेतनाभया । जय नेपाल, अर्जुन महतारा, महा समिति सदस्य
नेपाली काँग्रेस
Tuesday, August 14, 2018
राप्ती सोनारी क्षेत्रमा ८५ हजार रुखविरुवा वृक्षारोपन
राप्ती सोनारी क्षेत्रमा ८५ हजार रुखविरुवा वृक्षारोपन
राप्ती सोनारी क्षेत्रमा यस बर्ष ८५ हजार बढि विभिन्न प्रजातिका रुख विरुवा रोपिएको छ । सामुदायिक बन, गैर सरकारी संघ संस्था देखि व्यक्ति, व्यक्तिले सम्म विभिन्न प्रजातिका ८५ हजार बढि विरुवा रोपेका हुन । ईलाका बन कार्यालय धामपुर बैशाका अनुसार ८५ हजार ७ सय विरुवा उत्पादन भएकोमा अहिले सम्म विभिन्न सामुदियक बनहरु, संघ संस्थाको पहलमा महिला समुहहरु, र किसानहरुले निशुल्क रुपमा खाली जग्गामा रुख विरुवा लगाएको ईलाका बन कार्यालय वैशााका इन्चार्ज रेन्जर मानबहादुर थापाले जानकारी दिए । रेन्जर थापाले सिमल, सिसउँ, बोकाइनो, मसाला लगायत दजर्न बढि जातका ७४ हजार रुखका विरुवा राप्ती सोनारी गाउँपालिकाको बजेट र ११ हजार बढि विरुवा आफ्नै कार्यालयको पहलमा उत्पादन गरिएको समेत उल्लेख गरे । इलाका बन कार्यालय वैशाको कार्य क्षेत्रमा पर्ने रामकुट्टी सामुदायिक बनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत १७ हजार विरुवा वृक्षारोपन गरिएको बनका कर्मचारी तोरनदेव गिरीले जानकारी दिए । वृक्षारोपन कार्यक्रममा सहभागि भएका जिल्ला बन अधिकृत पुष्पराज बर्तौलाले बन जंगल जोगाउन सकेमात्रै मानव जिवन स्वस्थ हुने उल्लेख गरे । यसैगरि भुवर भवानी सामुदायिक बनले ५ हजार, हरियालीले ५ हजार , जागृतिले ३ हजार, लामी डाडालेँ १० हजार तथा विभिन्न संघ संस्था व्यक्तिहरुले गरि ८५ हजार बढि रुख विरुवा लगाएका हुन् ।
Thursday, July 26, 2018
ब्यवसायिक बाख्रापालनमा सहयात्री जननी सहकारी
साउन, ११ गते,
घरको चुलो चौकोमा मात्रै सिमित रहने राप्ती सोनारी २ का महिलाहरुलाई जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले व्यवसायिक रुपमा उन्नत जातको बाख्रा पालन व्यवसाय तर्फ आर्कषित गरेको छ । सहकारीले उन्नत जातको बाख्रा किन्ने ऋण उपलब्ध गराउँनुका साथै घाँस उत्पादन तथा औषधीहरु निशुल्क उपलब्ध गराउन थालेपछि महिलाहरु व्यवसायिक रुपमा उन्नत जातका बाख्रा पालन गरिरहेका हुन । जस्का कारण महिलाहरु आर्थिक रुपमा सवल बन्दै गएका छन् । उक्त सहकारीको सहयोग पाएर बाख्रापालन गरिरहेका महिलाहरुले एक बर्षमा १३ हजार ५६ किलो खशि बेच्न सफल भएको सामाजिक उद्यमी जिल्ला सहकारी संस्थाका जिल्ला अध्यक्ष कृष्ण केसीले जानकारी दिए । त्यस अनुसार बिहीबार र शुक्रबार उक्त सहकारीले ३२ समुहका गरि ५ सय ८२ कृषकलाई आन्तरिक परजिवी नियन्त्रत्रणका लागि बाख्राको औषधी समेत वितरण गरेको छ । जिल्ला अध्यक्ष केसीका अनुसार महिलाहरुलाई सहयोग गरेपछि उनीहरुले उत्पादन गर्ने, खशी बोका ३० किलो भन्दा माथिको हुने गरेको उल्लेख गर्दै, बिचौलिया ब्यापारीहरुको कारण केहि समस्या उत्पन्न भएको समेत जनाकारी दिए । २०७२ सालमा स्थापना भएर सहकारीले बाख्राको गुणस्तरिय उत्पादन तथा खशिको बजारीकरणमा जोड दिएको छ ।
Subscribe to:
Posts (Atom)
























