शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Friday, June 16, 2017

वडा नं. १०मा बरिष्ठ पत्रकार उदयको प्रतिस्पर्धामा कोही छैन – मतदाता


नेपालगन्ज, २ असार – असार १४ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र नेपाल लोकतान्त्रिक फोरमको साझा वडा अध्यक्षका उम्मेदवार एवम् बरिष्ठ पत्रकार उदय सिंह श्रेष्ठ लगायतको प्यानल अहिलेसम्म कैं नम्बर एकमा देखा परेका छन् ।
३४ वर्षदेखि जनताको लागि आवाज उठाउँदै आएका
बरिष्ठ पत्रकार उदयले वडा नं. १० मा मात्र नभई बाँके जिल्लामैं राम्रो छबी बनाएको कारण अहिले वडा बासिन्दाहरुको लागि चहिते
उम्मेदवारको रुपमा अगाडि आएको मतदाताहरुले बताएका छन् ।
वडा नं. १० को विभिन्न टोलहरुमा वडा अध्यक्ष पदका उम्मेदवार बरिष्ठ पत्रकार उदयको बासिन्दाहरुसँग आत्मिय सम्बन्ध तथा अत्यधिक संख्यामा नाता पर्ने भएको हुनाले उनलाई धेरै मतदाताहरुले रुचाएको पनि बताइएको छ ।
वडा नं. १० को शीतलनगर र सुर्खेतरोड दुई स्थानमा घर भएको कारण पनि वडा अध्यक्ष एवम् वरिष्ठ पत्रकार उदयलाई यी दुबै टोलका बासिन्दाहरुले समेत उनलाई साथ दिएको बुझिएको छ ।
गरिब देखि सामान्य र सामान्य देखि धनी मतदाताहरुबीच राम्रो सम्बन्ध भएको कारण विगतका दिनहरुमा पत्रकारिता गर्दाको बेलामा सबैको समस्यालाई आफ्नै सम्झेर लागी परी काम गराउने नाममा परिचित वडा अध्यक्ष एवम् बरिष्ठ पत्रकार उदयको अगाडि अन्य कोही उम्मेदवारले राम्रो मत ल्याउन नसक्ने खालका मतदाताहरुको भनाई रहेको पाइएको छ ।
उनले निर्वाचन जितीसके पनि आफ्नो प्रतिबद्धता अनुसार जनताको लागि काम गर्नुको साथै भ्रष्टाचार मुक्त वडा निर्माण तथा नेपालगन्ज उपमहानगरपालिकाको नमुना वडाको रुपमा विकास गर्ने बताएका छन् ।
उनले भने–‘वडा नं. १० मेरो हो । जित र हार आफ्नो ठाउँमा हो । म हिजोको दिनमा लागे, भोली पनि वडा बनाउनको लागि लागी पर्नेछु । वडाको सबै टोलहरुमा इमान्दारिताका साथ विकासको
कामलाई अघि बढाउने छु ।’

Wednesday, June 14, 2017

कारागारमा कैदीले आत्महत्या गरेको घटना रहस्यमय बन्दै



नेपालगन्जको कारागार भित्रै कए कैदीले आत्महत्या गरेको घटना रहस्यमय बन्दै गएको छ ।नेपालगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका एक कैदीले कारागार मै झुण्डिएर आत्महत्या गरेका छन् ।
 जबर्जस्ती जस्ती करणी मुद्दामा थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले  कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन कि कसैले सुनियोजित तरिकाले गराएको हो, त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता तथा मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले बिहीबार सवा पाँच बजेतिर प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको र प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।

फोरम लोकतान्त्रिक बाट वडा न ः २ मा साहु चुनावी मैदानमा



नेपाल लोकतान्त्रिक फोरमले नेपालगन्ज उपमहानगर पालिका वडा न ः २ मा नरेश साहुलाई वडा अध्यक्षमा उम्मेदवार बनाएको छ । कुशल समाज सेवी तथा युवा नेताको रुपमा परिचित साहु आफुले टोलको विकास गर्ने प्रतिवद्धता जनाएका छन् । वडाका विभिन्न स्थानमा घरदैलो गरिरहेका साहुले सबैको साथ सहयोग रहेकोले आफुले निर्वाचन जित्ने दावी गरेका छन् । साहु संगै सदस्यमा  राजकुमार लोध, माया बाल्मिकि, रामअनारी कोरी र शविर अलि शेषलाई सदस्यमा उभ्याएको छ ।

प्रतिवद्धता
१, वडाका मुख्य र सहायक सडकलाई फराकिलो गरिनुका साथै डुबान मुक्त बनाउन पुर्ण ढल निकासको व्यवस्था गरिने छ । 
२,  नमुना वडा निर्माणका लागि फोहर व्यवस्थापन गरिनुका साथैघर घरमा खानेपानीको व्यवस्था शुलभ शौचालय निर्माणको व्यवस्था गरिने छ ।
३, बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै  चोक चोकमा चिसो खानेपानीको धारा र सार्वजिनक शौचालय निर्माण गरिने छ । 
४, वडामा हुन सक्ने अपराध र असुरक्षालाई मध्यनजर गर्दै प्रत्येक पोलमा सौर्य वत्ती जडान गरि विभिन्न स्थानमा सिसि क्यामरा राखिनुका साथै पायक पर्ने स्थानमा प्रहरी विटको समेत व्यवस्था गरिने छ । 
५, वडामा भएका विद्यालय मदरसाको स्तर वृद्धिगरि व्यवसायिक शिक्षा लागु गरिने छ ।
६, पश्चिम नेपालको मुख्य धार्मिक स्थल वागेश्वरी मन्दीरको स्तर बृद्धि गरि पर्यटकिय क्षेत्र बनाउन पहल गर्ने  छौ ।
७, स्वास्थ्यमा सुलभ पहुँचका लागि एम्वुलेन्स सहितको प्राथमिक स्थास्थ्य चौकी स्थापना गरि समय समयमा विशेज्ञ सहितको फ्रि स्वास्थ्य शिविर गरिने छ ।
८, वडामा रहेका दैलेखी बङ्गालाको स्तरबृद्धि गरि मासु र सब्जीमण्डीलाई व्यवस्थित गरिने छ ।
९, अपाङ्ग, दलित, मुस्लिम, महिला, जनजाती, पीछडाबर्ग,  एकल महिला, सबैको लागि सुलभ शिक्षा सहितको रोजगारको समेत व्यवस्था गरिने छ ।

निर्बाचित वार्ड अध्यक्ष प्रहरी खोरमा

भर्खर सम्पन्न स्थानिय तहको निर्बाचनमा नेपालि काङ्ग्रेस को तर्फ बाट शारदा नगरपालिका वार्ड न १२ बाट निर्बाचित वार्ड अध्यक्ष दिपक हमाल लाई जनताले प्रहरी खोरमा पुर्याएका छ्न ! हिजो बेलुकी उनकै गाउँ रेशमज्युला बाट जनताले घर घेरेर प्रहरिलाइ बुझाएका हुन ! हिजो बेलुकी मदिरा सेबन गरि स्थानीय जनताको घरमा तोडफोडमा उत्रिए पछि यो अबस्था आएको हो ! उनिले स्थानिय बिनोद चलाउनेको घरको ढोका फोर्नु को साथै डिस टिभी को छाता निकालेर फालिदिएका थिए ! रक्सि को मातमा उक्त कार्य गरेर गर पुगेका उनिलाइ गाउले हरु जम्मा भै घर घेरेर उनिलाइ प्रहरी बोलायर चौकीमा पुर्याइएको हो ! उनिलाइ अहिलेसम्म श्रीनगर स्थित प्रहरी ले नियन्त्रणमा राखिरहेकोछ !

Tuesday, June 13, 2017

थारु पत्रकार संघको आयोजनामा २६ जनाले रक्तदान गरे


जेठ ३१
नेपालगन्ज,
थारु जातीमा लाग्ने रोग सिकलसेल एनिमिया पीडित विरामीहरुलाई हुने रगत अभावलाई मध्यनजर गर्दै थारु पत्रकार संघ बाँकेले आज बृहत रक्तदान गरेको छ । १४ औं विश्व रक्तदाता दिवसको दिन आज सिकलसेल एनिमियाका विरामीहरुका लागि क्षेत्रिय रक्त सन्चार केन्द्र नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम गरेको हो । थारु पत्रकार संघकि अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । थारु पत्रकार संघले पहिलो पटक गरेको रक्तदान कार्यक्रममा  अहिले सम्म २६ जनाले रक्तदान गरेको संघका सचिव भगतराम थारुले जानकारी दिए । थारु पत्रकार संघकि अध्यक्ष बिमला थारु, नेपाल पत्रकार महासंघका सचिव तिलक गाउँले, मिडिया नेपालका जिल्ला अध्यक्ष हेमन्त चौधरी, संघका सचिव भगतराम थारु, लगायत अहिले सम्म २५ जनाले रक्तदान दिएका थिए ।

सिकलसेल एनिमिया रोग लागेका बिरामीका लागि रक्तदान



जेठ ३१
नेपालगन्ज,
थारु जातीमा लाग्ने रोग सिकलसेल एनिमिया पीडित विरामीहरुलाई हुने रगत अभावलाई मध्यनजर गर्दै थारु पत्रकार संघ बाँकेले आज बृहत रक्तदान गरिरहेको छ । १४ औं विश्व रक्तदाता दिवसको दिन आज सिकलसेल एनिमियाका विरामीहरुका लागि क्षेत्रिय रक्त सन्चार केन्द्र नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम भइरहेको हो । थारु पत्रकार संघकि अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । थारु पत्रकार संघले पहिलो पटक गरेको रक्तदान कार्यक्रममा  अहिले सम्म २५ जनाले रक्तदान गरि सकेको संघका सचिव भगतराम थारुले जानकारी दिए । थारु पत्रकार संघकि अध्यक्ष बिमला थारु, नेपाल पत्रकार महासंघका सचिव तिलक गाउँले, मिडिया नेपालका जिल्ला अध्यक्ष हेमन्त चौधरी, संघका सचिव भगतराम थारु, लगायत अहिले सम्म २५ जनाले रक्तदान दिइसकेका छन् ।

एराप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीबीच गठबन्धन


चुनाव चिन्ह घर

नेपालगन्ज, ३० जेठ – एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रवादी र राष्ट्रिय जनमुक्ति पार्टीबीच २०७४ सालको दोस्रो
चरणको निर्वाचनलाई मध्यनगर गर्दैनेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनको लागि गठबन्धन भएको छ ।
एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी बाँकेका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद खरेल र राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष बलबहादुर रानाले सामुहिक हस्ताक्षर गरि निर्वाचनका लागि तालमेल भएको सार्बजनिक गरेका हुन् । आज एकीकृत राप्रपा पार्टी राष्ट्रवादीको  कार्यालयमा भएको एक कार्यक्रममा तालमेल संगै मेयर पदमा  सर्वसम्मतीका साथ खरेललाई नै उम्मेदवार बनाउने निर्णय समेत गरिएको छ । ए राप्रपा राष्ट्रवादीका केन्द्रिय सदस्य तेज नारायण कंडलले चुनावी तालमेल अनुसार चुनवा चिन्ह घर भए अनुसार अब सबै सक्रिय पुर्वक निर्वाचनमा लाग्न आग्रह गरेका छन् ।
साथै राष्ट्रिय जनमुक्ति पाटीको चुनाव चिन्ह ‘घर’लाई दुबै पार्टीले प्रयोग गर्नुका साथै आपसी समझदारीमा निर्वाचनमा अगाडि बढ्ने निर्णय गरिएको छ ।
एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र मधेशी जनअधिकार फोरमबीच सहमतीमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० को लागि गठबन्धन गरी वडा अध्यक्षमा बरिष्ठ पत्रकार उदय सिंह श्रेष्ठलाई दुई हात जोडेको नमस्कार चुनाव चिन्ह प्रयोग गर्ने गरी उम्मेदवारी दिने निर्णय गराइएको थियो ।
एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र मधेशी जनअधिकार फोरमबीच भएको बन्धनमा गरिएको निर्णय अनुसार वडा नं. १० मा वडा अध्यक्ष बरिष्ठ पत्रकार श्रेष्ठले अत्यधिक मतले विजयी हुने प्रशस्त आधारहरु देखिएकोले दुबै पार्टीहरु ढुक्क समेत भएको बताइएको
छ ।

Monday, June 12, 2017

कोहलपुरमा फुलाराम अग्र स्थानमा




स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै गर्दा कोहलपुरमा चुनावी माहोल तात्एिको छ । उम्मेदवारहरुले घरदैलो अभियान कोणसभा लगायतका कार्यक्रमहरुलाई तिव्र पारेका छन् । प्रमुख तीन दलका उम्मेदवार भन्दा फोरम लोकतान्त्रिकका तर्फ बाट कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार फुलाराम थारु अगाडी देखिएका छन् ।  कोहलपुर क्षेत्रमा चर्चित समाज सेवी युवा नेता भनेर चिनिने फुलाराम थारु अरु उम्मेदवार भन्दा अगाडी देखिएका हुन् । भ्रष्टाचार मुक्त नगर , हरित नगर अनि नमुना नगर बनाउने अभियान लिएर चुनावी महोलमा उत्रिएका फुलाराम थारु यतिबेलाको अंक गणितमा सबैभन्दा अगाडी देखिएका हुन् । मेयर पदका उम्मेदवार थारुले जीतको नजिक नजिक पुग्दै गएकोले एक पटक दुइ हात जोडेको नमस्कारमा भोट हालेर जिताउन आग्रह गरेका छन् ।

वडा न ः ४ का अध्यक्ष पदका उम्मेदवार जयसवालको प्रतिवद्धता

डिगम्बर जयसवाल
वडा न ः ४ का अध्यक्ष पदका उम्मेदवार
नेपाल लोकतान्त्रिक फोरम 
प्रतिवद्धता पत्र 
१, वडा भित्र पर्ने नेपालगन्ज बसर्पाकलाई देशकै नमुना बसपार्क बनाउनुको साथै मुख्य सडकमा पार्किङको समेत व्यवस्था गर्ने छु  ।
२, वडाका मुख्य र साहयक बाटोहरुलाई पुर्ण ढल निकास सहितको सरफाई युक्त कालोपत्रे गर्ने छु ।
३, वडाका मुख्य र सहायक सडक वरिपरि विभिन्न उन्नत जातका रुखका बिरुवा लगाई ग्रिन नमुना वडा बनाउने छु ।
४, वडामा हुन सक्ने असुरक्षा र अपराध नियन्त्रणका लागि पोल पोलमा वत्ति जडान गरि, मुख्य, मुख्य स्थानमा सिसि क्यामरा राखिनुका साथै प्रहरी विटको स्थापना समेत गरिने छ ।
५, वडामा रहेका गरिव, असाहय, महिला, दलित, जेष्ठ नागरिक, एकल महिला, द्धण्द्ध पीडित, जनजाति,मुस्लिम, पिछडावर्ग, अपाङ्ग, युवा, नेत्रहिनलाई पुर्ण अधिकार सहितको स्वरोजगार बनाउने छु ।
६, वडामा रहेका विद्यालय, मदरसाहरुलाई पुर्ण पुर्वाधार सहितको व्यवसायिक शिक्षा लागु गर्ने छु ।
७, घर घरमा स शुल्क पिउने पानीको व्यवस्था गर्ने छु ।
८, वडाका सबै नागरिकहरुको भैपरि आउने समस्यालाई मध्यनजर गर्दै जीवन विमा र स्वास्थ्य विमा गराई समय समयमा विशेज्ञ डा. सहितको फ्रि स्वास्थ्य शिविर गराउने छु ।
९, वडालाई भ्रष्टाचार मुक्त बनाउन विकासका हरेक कृयाकलाप सबैको माझमा प्रादर्शि रुपमा सार्वजनिक गर्ने छु ।
१०,  बर्षौ देखि जोतभोग गर्दै आएका सुकुम्वासीहरुलाई जग्गा धनि लालपुर्जाको व्यवस्था मिलाउने छु ।
११,  वडामा रहेका  मठ मन्दिर, मस्जिद, पार्टी पौवा, चर्चलाई स्तर बृद्धि गरि व्यवस्थित गरिनुका साथै धर्मशालको निर्माण गर्ने छु ।
धन्यवाद
सम्पर्क नः ९८५११५७६१०

Friday, June 9, 2017

आजपनि सरसफाईको महाअभियान



नेपालगन्ज ÷जेठ २७ गते
सफा नेपालगन्ज र हरियाली नेपालगन्ज भन्ने नारा दिएर थालिएको महाअभियान अन्तरगत ४३ औं पटक सरसmाई गरिएको छ । हरेक हप्ताको शनिबार नेपालगन्जको विभिन्न स्थानमा सरसफाइ गर्दै आएका अभियानताहरुले आज शनिबार पनि सल्यानीवागको कब्रिस्थान सहाबा मस्जिद परिसरमा सरसफाई  गरेका हुन् । विभिन्न राजनीतिक दल अधिकारकर्मि, व्यापारी, प्रहरी प्रशासन, पत्रकार लगायत सबैको उपस्थितिमा सरसफाई गरिएको हो । डाक्टर विनोद कर्ण संयोजक रहेको महा अभियानमा सहभागि हुँदै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय सदस्य तेज नारायण कंडेलले अभियान निकै सराहनीय रहेको जनाउँदै अभियानको अन्तिम सम्म पार्टीको भरपुर सहयोग रहने प्रतिवद्धता जनाए । सरसफाई कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेकपा माओवादी केन्द्र बाट नेपालगन्जको मेयर पदका उम्मेदवार दामोदर आचार्य,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका उम्मेदवार कृष्ण प्रसाद खरेल, जलवायु सरक्षण बाँकेका संयोजक हेमन्तराज काफ्ले, पिन नेपालगन्जका अध्यक्ष सामाजिक अभियानता ओम नारायण शर्मा,अधिवक्ता विश्वजित तिवारी, नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य मोहम्मद हारुन, युवा नेता विनोद जंग शाह लगायत धेरैको उपस्थिति रहेको थियो । 

मानव धर्मको शिक्षा अभियान




 नेपालगन्ज, २६ जेठ – धर्मको नाममा खोलिएको संस्था भन्दा पनि विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रमले शिक्षा अभियानलाई तिब्रता दिएको छ । समितिले अहिलेसम्म स्वास्थ्य, पर्यावरण, धर्मान्तरण रोक्ने कार्य लगायत अहिले गरिब तथा आसाय विद्यार्थीहरुको लागि निःशुल्क रुपमा किताब कापी र कलम दिने कार्यलाई अगाडि बढाएको छ । यसैक्रममा समितिले शुक्रबार समावेशी इंगलिश बोर्डिङ्ग स्कुलमा एक कार्यक्रमको आयोजना गरी शिक्षा अभियान अन्तरगत विद्यालयमा दान पेटिका (डोनेशन बक्स) राखिएको समितिका अञ्चल सदस्य तेजनायारण कँडेलले बताउनु भयो । उक्त विद्यालयमा राखिएको दान पेटिकामा आएका सहयोग अर्को विद्यालयका गरिब तथा आसाय विद्यार्थीहरुलाई सहयोग गर्ने कँडेलले बताउनु भयो । शुक्रबार समितिले राखेको दान पेटिकामा उत्तः विद्यालयका प्रिन्सीपल हेमन्त राज काफ्ले र तेजनायारण कँडेलले दान पेटिकामा कलम र कापी सहयोग गरेर शिक्षा अभियानको शुरुवात गर्नु भएको छ । शिक्षा अभियान अन्त्रगत समितिले बाँकेको अन्य २० विद्यालयहरुमा दान पेटिका राख्ने समितिका भेरी अञ्चल सदस्य कँडेलले बताउनु भयो । समितिले आयोजना गरेको शिक्षा अभियानमा समितिका मंगल जिएम, विवेक खड्का, आशिष जिएम, दिपक केसी, सुमिरन राईको उपस्थिती रहेको थियो । समितिको यो शिक्षा अभियानलाई विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरुले सहानिय कार्यको शुरुवात भएको बताएका छन् ।

Thursday, June 8, 2017

अभिनयको यात्रा यसरी सुरु भयो, सुनिताको

म्युजिक भिडियोमै करियर बन्दै


करिब दुई बर्ष अगाडीको कुरा हो, जतिबेला कोहलपुरमा बसेर कक्षा १० अध्यनरत थिइन् उमेरले सानो देखिने तर कलाकारिताको क्षेत्रमा असाध्यै रुचि थियो उनको ।
गाउँ घर, विद्यालय, संघ संस्थाका कार्यक्रममा भाग लिएर उनी आफ्नो नृत्य देखाउन पछि पर्दै नथिइन् । सानो कामको शिलशिलामा मैले भेट्दा सुनिता क्यामरा फेश राम्रो देखिने, रुचि पनि भएको तर उमेर बच्चै लाग्ने सुनितालाई एउटा म्युजिक भिडियोमा अवसर दिने कुरा भयो । उनको बाबा संग पनि कुरा राख्दा सुनिताका बुबा गणेश दहित कला क्षेत्रमा झनै रुचि रहेछ । स्कुले विद्यार्थी जीवनमा एसएलसी नजीकिदै गर्दा सुनिताको औपचारिक कलाको यात्रा सुरु भो, दाङ र बर्दियाको विभिन्न स्थाानमा म्वार र मैया भुला देलोना भन्ने बोलको गीतबाट औपचारिक कलाकारको जीवन सुरुवात भयो । पहिलो गीतमै अब्बल क्षमता देखाएकि सुनिताको प्रशंसा गर्ने, दर्शकको संख्या बढ्दै गयो ।  मेरो सल्लाह सुझाव र बाबाका हौसला सधै पाइरहिन सुनिता । मैले जहिले नि भन्ने गर्थे यो, सुरुवातमा बाटो मात्रै देखाइदिएको पछि सबै आफैले गर्नुपर्छ । तर समाजमा पच्ने थारु समुदायको कला संस्कृति उत्थान गर्ने दिशामा लाग्नु पर्छ भनेर उनको आफन्ती बुबा आमा , अनि म सधै भनि रहन्थ्यो ।  सायद त्यसैले होला कलियुग कि मोडेल भएपनि थारु पहिरण थारु भेष भुषा उनको बराबर कसैले प्रयोग गर्दैनन् होला । उनको रुपको चर्चा त गरेर सकिदैन त्यतिमात्रै होइन उनमा हुनुपर्ने सबै भएरै होला अहिले थारु गीत संगितको हरेक जसो पर्दामा सुनिता दहितलाई हेर्न पाइन्छ । जस्तो सुकै गीतमा अब्बल अभिनय दिनसक्ने सुनितालाई अब उनका बुबा, अनि म जस्ताले सुटिङ्गका लागि गीत खोजि रहन पर्दैन् । र अहिले देश विदेशमा बस्ने लाखौं दर्शकलाई सुनिताको बारेमा परिचय दिइ रहन पर्दैन । अहिले हरेकका मोइल युटुवमा सुनिताकै चर्चा देखेर उनी यस क्षेत्रमा अगाडी जाउन भन्ने चाहना राख्नेहरु हर्षित भएका छौ । २ दर्जन बढि गीतमा अभिनय गरि सकेकि सुनिता यतिबेला पनि सुदुरपश्चिमको धनगढी सुटिङमै गएकि छिन् । अहिले म्युजिक भिडियो खेलेर उनी पैसा कमाउन पनि थालेकि छिन् ।
पछिल्लो समयमा कलाकारितालाई फेसनको रुपमा लिइरहेको बेला सुनिता दहित भने कर्म लगनशिलता र शिपमा विश्वास गर्छिन् । आफ्नो कलाकारितालाई औपचारिक रुपमा अगाडी लग्दै गरेकि सुनिता कलाकारितामा  आफुले धेरै गर्न बाँकी रहेको बताउछिन् ।  २१ औं सताब्दीमा पनि विशेष गरि आदिवासीको रुपमा चिनिने थारु सामुदाय बाट कलाकारितामा कमै प्रतिनिधित्व  हुने गरेको छ । उनी भिन्छन् थारु सामुदाय भित्र कलाकारिता गर्न शिप कला हुदा हुदै पनि अवसर र समाजको परिवन्धका कारण बाहिर आउन नसेको हो ।  त्यसैले थारु समुदायलाई सुसुचित गर्ने खालको सन्देश दिने माध्यम सन्चार जगतको एउटा अंग कलाकारिता पनि भएकोले मैले  हात हाल्ने प्रयत्न गर्दै छुँ । ै कलाकारितालाई अगाडी बढाउने साेंच बनाएकि सुनिता दहित थारु सामुदायको कला संस्कृति पहिचान बचाउ अभियानमा आफ्नो सदैभ कदम रहने वताउछिन् ।  उनी कलाकारितामा घरको सदस्यले भरपुर्ण रुपमा सहयोग गरिरहेको बताउछिन् । अहिले पनि पुर्ण रुपमा थारु कला संस्कृति झल्कने थारु फिल्म बन्न नसकिरहेको बेला सम्पुर्ण थारु अगुवा बुद्धिजिवीहरुले कला संस्कृति र आफ् पहिचान जोगनु पर्ने आवश्यक  रहेको बताउछिन् । त्यसैले होला सुनिता भन्छिन् औपचारिक कार्याक्रममा जाँदा मेरो थारु पहिरण देखेर मानिसहरु अचम्मित हुने गर्दछन् । अभिनय जीवनले सफलता पाओस शुभकामना सुनितालाई ।

नागरिकका सारथी बन्दै गाउँ–गाउँमा सेना

निर्वाचनमा पुर्ण शान्ति सुरक्षास्थानीय निकायको निर्वाचनको मिति नजिकिदै गर्दा शान्ति सुरक्षा कायम गर्न गाउँ –गाउँमा सेना परिचालन गरिएको छ । बाँकेका अधिकाँस विकट क्षेत्र भारत को खुल्ला सिमाना संग जोडिएको कारण निर्वाचनमा हुन सक्ने असुरक्षालाई मध्यनजर गर्दै सेना परिचालन गरिएको हो । बाँकेको पुर्वी कसुम देखि बैजापुर, बघौडा, पश्चिम क्षेत्रमा पनि ठाउँ ठाउँमा अस्थायी क्याम्प खडा गरेर सेना परिचालन गरिएको हो । राप्ती सोनारी गाउँपालिकाको वडा न ४ मा पनि उप सेनानी विपिन नगरकोटीको कामण्डमा टोली परिचालन गरि नियमित गस्ती खुल्ला सिमानाका कारण हुन सक्ने चुनौती बारे अध्ययन गरिरहेको छ । भने द्धण्द्धकाल भन्दा समय धेरै फरक भएकोले स्थानीय बासिन्दाले पनि आफुलाई सुरक्षित महसुस गरेका छन् । द्धण्द्धकालमा गाउँमा सेना जो वित्तिकै स्थानीय त्रसित हुन्थे, अचेल भावना साट्छन् सेना गाउँमा गएकोमा खुशि छन् । सेना परिचालन  संगै म्यदी प्रहरी सशस्त्र प्रहरी, नेपाल प्रहरीले पनि गस्ती बढाएका छन् ।
 

राजपको चक्काजामका कारण यातायात ठप्प, जनजीवन प्रभावित



राष्ट्रिय जनता पार्टी बाँके लगायत देशभर आज ३ बजे सम्म चक्काजाम गरेका छन । नेपालगन्जमा राजपाका नेता कार्यकर्ताहरु जम्मा भएर चक्का जाम गरेका थिए । संविधान संसोधन हुनु पर्ने लगायतका माग राख्दै स्थानीय निर्वाचनमा पनि सहभागि नहुने राजपाले आज केहि घन्टा चक्काजाम गरेको हो । विचोकमा जम्मा भएर नाराबाजी सहित चक्काजाम गरेका थिए ।
 राजपाका सह महामन्त्री पशुपति दयाल मिश्रले निर्वाचनमा जाने नजाने भन्दा पनि समग्र मधेशी समुदायको अधिकार प्राप्तीको लडाइ रहेको प्रष्ट पारे ।

Wednesday, June 7, 2017

भन्सार तिर्ने टाट पल्टिंदै, भन्सार छली गर्ने मालामाल बन्दै

नेपालगन्ज, २४ जेठ –
भारतसँगको खुला सिमानाका
कारण नेपालगन्ज लगायतका आसपासका क्षेत्रमा भन्सार छलेर व्यापार व्यवसाय गर्ने दैनिक रुपमा मालामाल हुँदै गएको एक तथ्यांकले जनाएको छ ।
बाँके जिल्लामा ई–रिक्सा कत्तिको संख्यामा संचालनमा छन् भन्ने विषयमा अहिलेसम्म कुनै पनि सरकारी निकायका कार्यालयलाई जानकारी नभएपनि करिब ९
हजारको हाराहारीमा ई–रिक्सा संचालनमा आएका छन् ।
कडा प्रतिस्पर्धाको कारण ई–रिक्साको मूल्य दिनप्रति दिन घट्दो रहेको भएपनि नेपालगन्जमा
ई–रिक्सा निर्माण गर्ने केही उद्योगले भने भन्सार छलेर ई–रिक्साको किट भित्र्याई सस्तो दररेटमा बिक्री
वितरण गर्ने गरिएको पाइएको
छ ।
नेपालगन्जमा चिनबाट सिधा सम्पर्क राखी बैंकबाट टिटि मार्फत रकम पठाई भन्सार बुझाई ल्याउने केही कम्पनीहरु स्थानिय स्तरमा निर्माण हुने कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेको छ । जबकी नेपालगन्जमा निर्माण हुने रिक्साका  अधिकांश पाटर्सहरु चिनमा निर्मित भएपनि भारतबाट भन्सार छलेर ल्याउने गरेको भेटिएको छ ।
बाँके जिल्लामा रहेका
करिब ९ हजार हाराहारीको रिक्सामा लाग्ने गरेको ब्याट्री र अन्य पाटर्सहरु भारतबाट भन्सार छलेर ल्याउने
गरेकोले पनि चिनबाट मगाई भन्सार गरेर ल्याउने कम्पनीहरुलाई दैनिकी घाटा ब्यहोर्नु परेको बताइएको छ ।
ई–रिक्सामा प्रयोग हुने प्राय ब्याट्रीहरुको भन्सार तिरेको हुँदैन तर पनि नेपालगन्जमा खुलेआम बिक्री वितरण भइरहेको छ । केही ई–
रिक्सा बिक्री गर्ने कम्पनीहरुले भारतबाट भन्सार तिरेर ल्याएको ब्याट्री महँगो हुने भएकोले बिक्री नहुने
गरेको गुनासो गरेका छन् ।
बाँके जिल्लामा ई–रिक्सा मर्मत हुने अधिकांश पसलहरुमा भन्सार छलेर ल्याइएको ई–रिक्सा ब्याट्री तथा पाटर्स हुने गरेको पाइएको छ । तर यस विषयमा आन्तरिक
राजस्व कार्यालयले भने अहिलेसम्म यस्ता भन्सार छल्ने पसलमा अनुगमन समेत गरेको छैन ।
ई–रिक्सा बिक्री गर्ने एक कम्पनीले भने–‘ई–रिक्सामा प्रयोग हुने ब्याट्रीको विषयमा छानबिन गरियो भने स्वतः प्रमाणित हुन्छ । तर अनुगमनमा जाने तथा चेकजाँच गर्ने अधिकारी इमान्दार हुन जरुरी छ ।’
यस विषयमा भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरिक्षक चित्राङ्ग दहाल भन्छन्–‘रुपैडिहाबाट आउने गरेको ब्याट्रीको विषयमा हामीले चेकजाँच गर्ने क्रममा केही बरामद गरिएको छ । तर केही ब्याट्रीको भ्याट विल समेत देखाउने गरेको पाइएको छ । त्यस्तो भ्याट विल भएको विषयमा सुक्ष्म अनुसन्धान गरिने हो भने त्यस्ता पसलले भारतबाट नेपाल भित्र्याउने क्रममा भन्सारको प्रज्ञापन पत्र समेत चेकजाँच गर्दा स्पष्टका साथ थाह हुने विषय हो । यो सबै चेकजाँच गर्ने निकायले अनुगमन ग¥यो भने भन्सार छलेर ल्याउने कार्य बन्द हुने थियो की ?’
भारतको दिल्लीबाट ल्याई आफु खुशी बिक्री वितरण गर्दा आम ई–रिक्सा मालिकहरु घाटामा पर्ने
गरिएको गुनासो पनि रहेको पाइएको छ । भारतको दिल्लीमा १००० वाटको मोटरलाई भारु ३ हजार पर्छ भने भन्सार छलेर नेपालगन्ज भित्र्याइएको त्यो मोटर रु. ९
हजारमा बिक्री गरिने गरेको पाइएको छ । त्यस्तै ब्याट्री चार्जरको भारु २ देखि दुई हजार पाँच सय पर्नेलाई नेपालगन्जमा रु. ६ देखि ६ हजार पाँचसयमा बिक्री गर्ने गरिएको पाइएको छ ।

Monday, June 5, 2017

महिला र मुस्लिम एक्ला एक्लै मेयर–उपमयेर पदका उम्मेदवारका योजना

ऋतु सिंह शाही
मेयर पदका उम्मेदवार
नेपालगन्ज उपमहानगरपालिका
फोरम लोकतान्त्रिक
पश्चिम क्षेत्रको मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा एक्ली महिला भिड्ने भएकि छिन् । प्रमुख दल देखि साना दल सम्मले मेयरमा पुरुषलाई प्रतिस्पर्धा गराई रहेको बेला फोरम लोकतान्त्रिक बाट ऋतु शाही मेयर पदमा भिड्ने भएकि हुन् । विगत एक महिना देखि घरदैलो गर्दै आएकि  मेयर पदका उम्मेदवार शाहीले आफु जितेर देखाउने विश्वास व्यक्त गरिन् । यस क्षेत्र बाट थुप्रै मन्त्री भए प्रधानमन्त्री भए, तर महिलालाई जहिले नि पछि पारिने काम भयो त्यसलाई चिरफार गर्न मेयरमा उम्मेदवारी दिने उनको भनाई छ । संयौ पुरुषहरुको भिडमा म एक्लि महिला भएपनि आम नगरबासी आफ्नो साथमा रहेको बताउदै एक पटक जिताएर काम गर्ने अवसर दिनुपने उनको धारणा छ । पुरुष भन्दा महिला इमान्दार हुन्छन्, नेपालगन्जको विकासलाई गति दिने मसंग पुरै योजना छ त्यस अर्थमा एक पटक जिताउन उनले आग्रह गरिन । २०५८ सालतिर बाँके युनिस्को क्लव बाट गाउँ गाउँमा शिक्षाको ज्योति फैलाउने काम गरेकि  ऋतु नेपाल टेलिभिजन बाट प्रशारण हुने यथार्थ टेलिश्रृखलामा अभिनय गर्नुका साथै उनी विभिन्न संचार माध्यम संग पनि धेरै बर्ष जोडिइन । २०६६ सालमा फोरम  फुटेर विजय गच्छेदारले खोलेको फोरम लोकतान्त्रिकमा विद्यार्थी इन्चार्ज, तीन जिल्लाको, जिल्लाको महिला अध्यक्ष, जिल्लाको सदस्य, सचिव हुँदै हाल पार्टीको बरिष्ठ उपाध्यक्ष समेत छिन ।

भावि योजना

मेयर भएपछि उम्मेदवार ऋतुले नगर व्यवस्थित, सरसफाई, पर्यटकिय क्षेत्र, महिलाको लागि आत्म निर्भर हुने रोजगार, सिममा सुरक्षा सतर्कता बढाउने, आयात निर्यातमा विभिन्न खालको समस्या हटाएर व्यवसायीहरुको हितको काम गर्ने जस्ता विकासे योजना रहेको समेत उनले बताइन् । नेपालगन्ज सम्म प्रत्यक्ष सम्वन्ध जोड्नका लागि पहल गर्ने, धर्मशाला मठ मन्दिरहरुलाई आधुनिकि करण गर्ने मदरसा, स्कुलहरुमा गुणस्तरिय शिक्षा लागु गर्ने, फोहर व्यवस्थापन, ढल निकास, रिङरोड बनाउने, राँझा विमान स्थललाई अन्तरराष्ट्रिय विमान स्थल बनाउने, महिलाहरुको स्वास्थ्य सम्वन्धी परामर्श सेवा छुट्टै व्यवस्था गर्ने लगायतका कार्य गर्ने  उनको योजना रहेको छ ।

मिसबाहुल हक अन्सारी
उप मेयर पदका उम्मेदवार
नेपालगन्ज उपमहानगरपालिका
फोरम लोकतान्त्रिक

नेपालगन्ज उपमहानगर पालिकाको उप मेयरमा मुस्लिम समुदाय बाट एक्ला उम्मेदवार भिड्ने भएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको  नेपालगन्जमा उप मेयरमा फोरम लोकतान्त्रिक  बाट मिसबाहुल हक अन्सारी लड्ने भएका हुन् । २०५७ सालमा पहिलो पटक नेपालगन्जमा मिनिरल वाटर पानि भित्राएर चर्चा कमाएका उप मेयर पदका उम्मेदवारी अन्सारी पद अनुसार जिम्मेवारी निभाउन जहिले पनि संक्षम रहने हुँदा मुस्लि समुदायले मात्रै नभइकन सबैले भोट दिनु पर्ने धारणा राखे ।  लामो समय देखि नेपालगन्जमा पानीको व्यापार गर्दै आएका अन्सारी नेपालगन्ज उद्योग वाणिज्य संघको सल्लाहाकार समेत भइसकेका छन् । नेपालगन्जको पुरानो बासिन्दा र सक्षम व्यक्ति भएकोले सबै सहयोग गर्नेमा आफु आशावादी रहेको समेत अन्सारीले जानकारी दिए ।

भावि योजना

आफु मेयर भएपछि प्रत्येक वडा वडामा फ्रि वाईफाई बाँड्ने, निशुल्क स्वास्थ्य जाँचका लागि स्मार्ट कार्ड वितरण गर्ने, पर्यटकिय क्षेत्र विकासको लागि गौतम बुद्ध जन्मेको लुम्वीनी देखि नेपालगन्ज सम्म प्रत्यक्ष सम्वन्ध जोड्नका लागि पहल गर्ने, धर्मशाला मठ मन्दिरहरुलाई आधुनिकि करण गर्ने मदरसा, स्कुलहरुमा गुणस्तरिय शिक्षा लागु गर्ने, फोहर व्यवस्थापन, ढल निकास, रिङरोड बनाउने, राँझा विमान स्थललाई अन्तरराष्ट्रिय विमान स्थल बनाउने, महिलाहरुको स्वास्थ्य सम्वन्धी परामर्श सेवा छुट्टै व्यवस्था गर्ने लगायतका कार्य गर्ने  उनको योजना रहेको छ । रोजगार, सिममा सुरक्षा सतर्कता बढाउने, आयात निर्यातमा विभिन्न खालको समस्या हटाएर व्यवसायीहरुको हितको काम गर्ने जस्ता उनको योजना रहेको छ । 

Sunday, June 4, 2017

जुन महिना लागेसँगै काठमाडौंमा गर्मी

जुन महिना लागेसँगै काठमाडौंमा गर्मी बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार पछिल्लो दुई दिनमा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको छ । साथै वायुमण्डलमा ‘हृयूमिडिटी’ बढेका कारण रातमा पनि गर्मी महसुस हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार र आइतबार काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन छ । यो काठमाडौंमा वर्षकै उच्च तापक्रम भएको मौसमविद प्रधानाङ्गगले बताए । अघिल्लो महिनामा काठमाडौंको तापक्रम ३१.६ डिग्री सेल्सियससम्म पुगेको थियो ।
पश्चिम तराईमा पनि गर्मी बढेको छ । धनगढीको तापक्रम ४१.४ डिग्री सेल्सियम मापन भएको छ ।
मौसम विभाग विभागका अनुसार पछिल्लो चार दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको छ । जबकी अघिल्लो महिना धनगढीको तापक्रम जम्मा ५ दिनमात्र ४० डिग्री सेल्सियम कटेको थियो ।
नेपालगञ्जमा भने मेमा ४२ सम्म पुगेको तापक्रम जुन महिनामा ४०.६ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँ अघिल्लो महिना ८ दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको देखिएको छ ।

नगरको सुन्दरता बढाउन आश्रमले रोप्यो फुलका बिरुवा



मानव धर्मका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाल मानव धर्म सेवा समितिले आज नेपालगन्जको कारकाँदोमा विभिन्न जातका फुलको विरुवा रोपेको छ । नेपाल मानव धर्म सेवा समाज भेरी अन्चल आश्रमले विश्व वातावरण दिवसको अवसरमा विभिन्न जातका फुलका बिरुवा रोपेको नेपाल मानव धर्म सेवा समाज बाँकेका सचिव तेज नारायण कंडेलले जानकारी दिए ।  भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष उपस्थितिमा फुलका बिरुवा रोप्ने काम भएको हो । हरियो बन नेपालको धन भन्ने मुल नाराका साथ मनाउन लागिएको विश्व वातावरण दिवसको अवसरमा फुल लगाएर शहरको सुन्दरता बढाउन खोजिएको समेत सचिव कंडेलले जानकारी दिए । यस अघि आश्रमले रक्तदान, फलफुल वितरण, सरसफाई लगायतका समाजिक हितमा विभिन्न कार्य गर्दै आएको छ ।

Friday, June 2, 2017

चर्चित युवा ‘चिन्टु बर्मा फोरम लोकतान्त्रिकामा प्रवेश, वडा न. २०मा उम्मेदवार पनि


नेपालगन्ज, १९ जेठ – मनिकापुर राँझा क्षेत्रका समाज सेवी जुझारु युवा जयप्रकाश बर्मा
‘चिन्टु’ नेपाल लाकतान्त्रिक फोरम पार्टीमा प्रवेश गरेसँगै बृहत ¥यालीका साथ चुनाव चिन्ह नमस्ते पोल्टामा वडा नं. २० परेको स्थानियले बताएका छन् ।
शुक्रबार राँझा स्थित गायत्री मन्दिरमा भब्य एक
समारोहका बिचबाट युवा नेता बर्मा नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका हुन् ।
यस भन्दा अघि समाजसेवी व्यवसायी तथा आदर्श माविको अध्यक्ष समेत रहेका बर्मा पार्टीमा प्रवेश गरेसँगै वडा नं. २० मा अहिले फोरम अर्थात चुनाव चिन्ह नमस्तेमय बन्न पुगेको छ ।
नेपाल लोकतान्त्रिक फोरमले स्थानिय निर्वाचनमा मधेशी, मुस्लिम, पहाडी तथा महिलाहरुलाई अग्रिणी भूमिकामा अगाडि सारेपछि अहिले सबैको साझा पार्टी बन्न पुगेको छ ।
नेपाल लोकतान्त्रिक फोरमले आयोजना गरेको पार्टी प्रवेशमा मधेशी तर्फबाट नेता हिरालाल लोनिया, थारु समुदाय तथा पार्टी जिल्ला अध्यक्षबाट फुलाराम थारु, पहाडी समुदायबाट पार्टीै केन्द्रिय सदस्य सिद्धी महर्जन लगायत मुस्लिम समुदाय तथा उपमेयरका उम्मेदवार मिसवाहुल हक अन्सारीले वडा नं. २० का उम्मेदवार चयन भएका वर्मालाई खादा लगाई स्वागत
गरेका थिए ।

Wednesday, May 31, 2017

राप्ती सोनारी गाउँपालिकामा प्रमुख तीन दलका उम्मेदवारहरुको यस्तो छ, योजना,

अध्यक्षको उम्मेदवार
लाहुराम थारु,
राप्ती सोनारी गाउँपालिका
नेपाली काँग्रेस
राप्ती सोनारी गाउँ पालिकाको क्षेत्रमा सदियो देखि बस्दै आएका ५० बर्षिय  लाहुराम थारु करिव ३ दशक देखि  सक्रिय राजनीति गर्दै आएका छन् । २०४६ सालबाट नेपाली काँग्रेस पार्टीमा आवद्ध भई गाउँ इकाई कमिटी सभापति भएर २४ बर्ष सक्रिय राजनीति गरे । क्रमश राजनीतिमा आफ्नौ पाईलालाई बढाउदै लगेका इकाइ सभापति थारु ३ अवधी सम्म जिल्ला कार्य समिति सदस्य भए । नेपाली काँग्रेसको जिल्ला हुँदै क्षेत्र र केन्द्रको राजनीति संग सक्रिय रहेका सभापति थारु नेपाली काँग्रेसको बाँके जिल्ला उपसभापति  हुँदै एक कार्यकाल कार्यवाहक जिल्ला सभापति पनि भए । सभापति भए संगै २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपति संसदको उम्मेदवार पनि भए । राप्ती  सोनारी गाउँ पालिकाको  समाज सेवी भनेर परिचित व्याकवार्ड सोसाईटी एजुकेशन बेसमा २३ बर्षदेखि नेतृत्व गरिरहेका छन् । कोषाअध्यक्ष बाट बेसमा छिरेका नेता थारु १८ बर्ष सम्म बेस बाँकेको १८ बर्ष सम्म जिल्ला अध्यक्ष भएर शिक्षा ज्योती फैलाउन ठुलो सहयोग गरे । राप्ती सोनारीको गाउँ गाउँमा प्रौढ शिक्षा संचालन गरेर सबैलाई विद्यालय जानुपर्छ भन्ने जनचेतना फैलाउने काम समेत नेता थारुले गरे । विभिन्न विद्यालयमा भौतीक संरचना निर्माण, गरिव असाहय बालबालिकालाई सहयोग लगायत शिक्षा क्षेत्रमा धेरै लगानी गरेर संस्था मार्फत सघाएका छन् । नेपाल सरकारको अभियान भन्दा पहिलेनै खुल्ला दिसामुक्त अभियान चलाएर वातावरण स्वच्छ राख्न सहयोग गरेका थिए । जो राप्ती सोनारी गाउँपालिकाको बैजापुर र बिनौना क्षेत्रमा सिचाई पुर्याउने अभियान्ताको रुपमा पनि नेता थारुलाई चिन्दछन् । ६ पटक सम्म राजकुलोको निर्वाचित अध्यक्ष भएर खेतीयोग्य जमिनमा सिचाई पुगाउन सहयोग गरेका थिए ।
थारुको योजना
आफु राप्ती सोनारी गाउँपालिकाको अध्यक्ष जितेपछि नेपालमा भएको राजनीति विकास मात्रै होइन् अव जनताको विकास हुने बताउछन् । बर्षौदेखि जोतभोग गर्दै आएका किसान जो सुकुम्वासी छन् उनीहरुलाई जग्गाधनि बनाउने उनको अभियान छ । त्यतिमात्रै होर, शिक्षा स्वास्थ्य रोजगार, बाटोघाटो निर्माण, अपाङ्ग असाहयका लागि उनको विशेष जोड रहने छ ।  नेता थारु आफु जितेपछि रापती सोनारीमा जसरीनि बिजुली ल्याउने प्रतिवद्धता जनाउछन् ।

तुलसीराम थारु
अध्यक्ष पदका उम्मेदवार
राप्ती सोनारी गाउँपालिका 
नेकपा एमाले 

 २०४६ सालमा बहुदल आएपछि तुलसी थारुले राजनीतिको सुरुवात गरेका हुन् । २०४८ साल सम्म पार्टीको हरेक गतिविधिमा संलग्न हुँदै सक्रिय रुपमा राजनीति गर्दै आए ।  २०४९ सालको स्थानीय निकायको निर्वाचन, तथा २०५१ सालको मध्यावधी चुनावमा समेत सक्रिय भएर राजनीति गरे । क्रमश २०४९ सालमा स्थानीय निकायको निार्वचनमा वडा न ः २ को वडा अध्यक्ष भएर बाटोघाटो पुल पुलेसा निर्माणको काम गरेर जनताको मन जितेको थिए ।  १५ बर्ष सम्म गाउँ कमिटी  सचिव भएर राजनीति गरिरहदा २०६४ सालको निर्वाचन तथा २०७० सालको निर्वाचनमा आफ्नो क्षेत्रबाट देवराज भारलाई जिताउन ठुलो सहयोग गरेको थिए ।
गरेका कामहरु
आफु राजनीतिमा लागेदेखि विभिन्न स्थानमा ग्राबेल हाल्ने, कल्भर्ट निर्माण,बरगड्डी डाँडामा पुल, सिसवामा पुल निर्माण अगैया देखि बैजापुर सम्म पिच तथा विभिन्न स्थानमा तटबन्ध निर्माणको काम गरे ।
भावी योजना
शिक्षा आधुनिक कृषि, रिङरोड बनाउने, उद्योग कलकारखाना खोल्ने, विद्युत निर्माण,अस्पताल निर्माण, यातायातमा सबैको पहुँच पुल, कल्भर्ट निर्माण, ठुला क्याम्पस प्राविधिक शिक्षा निर्माण, सुकुम्वासी समस्या समाधान,सामुदायिक बनलाई पुर्ण अधिकार सहितको बनाउने, पर्यटकिय स्थल निर्माण गर्ने योजना छ ।

पट्टु थारु 
अध्यक्ष पदका उम्मेदवार
राप्ती सोनारी गाउँ पालिका
नेकपा माओवादी केन्द्र
२०५२ साल देखि विद्यार्थी जिवनमा नेकपा एमाले पार्टी बाट सक्रिय राजनीति सुरु गरेका पट्टु थारु, २०५४ साल सम्म गाउँ ईकाई कमिटी सचिव र ३ न ः इलाकाको सदस्य भएर कुशल राजनीति गर्दै आए । क्रमश सर्वाहारा बर्गको उत्थानको लागि माओवादीले सुरु गरेको शसस्त्र युद्धमा सक्रिय भएर राजनीति सुरु गरे । माओवादीमा पनि उनको लगनशिलता अनुसार थारुवान राज्य समितिको सदस्य,  क्रमश एरिया सक्रिय सेक्ेरटरी त्यसपछि क्रमश इन्चार्ज हुँदै थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला अध्यक्ष समेत नेता पट्टु भए । द्धण्द्धकालमै  नेपाल किसान संघको जिल्ला अध्यक्ष, तथा बघौडा क्षेत्रको जन सक्ता प्रमुख समेत भए । क्रमश पदिय जिम्मेवारी थपिदै जाँदा थारुवान मुक्ति मोर्चाको केन्द्रिय सदस्य समेत भए । २०६२÷६३ को जन आन्दोलनमा बघौडा क्षेत्रको इन्चार्ज भएर जनतालाई अधिकारका लागि आवज उठाउन आन्दोलनमा जना प्रेरित गरेका थिए । नेपालमा शन्ति स्थापना पछि २०६४ सालको संविधान सभाको निर्वाचन पछि समानुपातिक बाट ४ बर्ष सभाषद भए ।
नेता पट्टुले गरेका काम
सभाषद भएपछि पहिलो प्राथमिकता अगैया देखि बैजापुर  सम्म बाटो फराकिलो र पिच गर्ने भनि सडक विभाग अन्तरगत रातो किताबमा लेखिने काम पनि मेरै पालामा भयो । ८१ लाख बजेटमा विभिन्न स्थानमा पीच कल्भर्ट निर्माण गर्ने काम पनि भयो । नारायणपुरमा रहेको पुलको सुरुवात पनि मै ले गरे । बैजापुर देखि बिनौना फत्तेपुर, तथा कचनापुर कुसुमका भित्री बाटोमा कल्भर्ट बनाउन पहल गरे ।  त्यतिबेला सबैभन्दा ठुलो समस्याको रुपमा फोन सेवाको थियो । मैले आफ्नै पहलमा फोनको टावर निर्माण गर्न लगाए र आज धेरै सुविधा भएको छ । जिल्ला शिक्षा कार्यालय बाट मेरो पहलमा २४ लाखको भवन निर्माण गर्न लगाए । म सभाषद हुँदा राप्तीसोनारी गाउँ पालिकाको सबैजसो विद्यालय संसद विकास कोष बाट पैसा सहयोग गरेको थिए ।
भावी योजना ?
अस्पताल निर्माण, यातायातमा सबैको पहुँच पुल, कल्भर्ट निर्माण,विद्युत निर्माण,
ठुला क्याम्पस प्राविधिक शिक्षा निर्माण, सुकुम्वासी समस्या समाधान,सामुदायिक बनलाई पुर्ण अधिकार सहितको बनाउने, पर्यटकिय स्थल निर्माण, र भ्युटावर निर्माण गर्ने योजना छ ।

Sunday, May 28, 2017

वडा अध्यक्षमा ः जयसवाल


विजय गच्छेदार अध्यक्ष रहेको मधेशी जन अधिकार फोरम लोकतान्त्रिकको नेपालगन्ज उपमहानगर पालिकाको वडा न ः ४ मा उम्मेदवार तय गरेको छ । जिल्ला कार्य समितिले डिगम्बर जयसवाललाई अध्यक्षमा उठाउने भएको हो । पार्टीको तर्फबाट अध्यक्षको उम्मेदवार जयसवाल संगै सदस्यमा इमरान नाउँ, रामचन्द्र कलवार, नन्दा घिमिरे र मुन्नी कोरी रहेका छन् । अध्यक्षका उम्मेदवार जयसवालले आफ्नो जीत संगै समग्र वडा बासीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

Friday, May 26, 2017

राप्रपा छोड्ने क्रम बढ्दो, एराप्रपा राष्ट्रवादी पार्टीमा दैनिकि प्र्रवेश

स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मिति निजिकिदै गर्दा राप्रपा बाँकेका जयसपुरको सक्रिय कार्यकर्ता मेराज अन्सारी एकीकृत राप्रपा राष्ट्रवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पार्टीका जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेलले टिका लगाएर स्वागत गरेका थिए । केन्द्रिय सदस्य तेज नारायण कंडेलले आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलिरहेको बताउदै स्थानीय निकायको निर्वाचनमा धेरै ठाउँ जित्ने आधारहरु बन्दै गएको जनाए ।
बिहीबार मात्रै राप्रपा पार्टीका कोषाध्यक्ष भेषराज चौलागाई सहित गाउँ ईकाई कमिटी पुर्व उपाध्यक्ष जाविर अन्सारी, गाउँ इकाई कमिटि सदस्य नुर मोहम्मद लगायत पार्टीका विभिन्न पदमा रहेका ७५ जनाको हुलले सामुहिक पार्टी परित्याग गरेको थियो ।

औषधी आयातमा रोक लगाएको विरोधमा र्याली र ज्ञापन पत्र


३५ प्रकारका औषधि आयातमा रोक लगाउने स्वास्थ्यमन्त्रालयको निर्णयको विरोधमा आज बाँकेमा र्याली तथा ज्ञापन पत्र बुझाउने काम भएको छ । नेपाल औषधी तथा विक्रि प्रतिनिधि संघको अगुवाईमा नगरको विभिन्न स्थानमा विरोध स्वरुप र्याली निकालिएको र औषधी व्यवस्था विभागको कार्यालय नेपालगन्जमा ज्ञापन पत्र बुझाइएको फ्यान क्यान नेपाल बाँकेको कोषाध्यक्ष रामदिन साहुले जानकारी दिए । उनका अनुसार  प्रतिस्पर्धात्मक व्यवसायको सम्मान गर, भ्रमाक प्रचारवाजी बन्दगर भन्ने प्लेकार्ड बोकेर विरोध र्याली गरेका थिए । कोषाध्यक्ष साहुले सरकारले रोक लगायको औषधीबारे सहजता नल्याए जिल्ला देखि केन्द्र सम्म दैनिक विरोधको कार्यक्रम गर्दै जाने बताए  । यस अघि विभिन्न संघ संगठनले
छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै  जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यावश्यक औषधिको आयात ठप्प गर्ने,  स्वदेशी औषधि कम्पनीले उत्पादन गर्ने औषधिको बिक्री मूल्य र लागत मूल्यको फरक सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।

Thursday, May 25, 2017

एराप्रपा र फोरमको संयुक्त उम्मेदवार श्रेष्ठ


नेपालगन्ज, ११ जेठ –एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रवादी र मधेशी जनअधिकार

फोरम (लोकतान्त्रिक) बीच गठबन्धन भई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० मा वडा अध्यक्षमा एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रिय सदस्य उदय बहादुर सिंह श्रेष्ठलाई संयुक्त उम्मेदवार बनाउनेमा सहमती भएको छ ।
एकीकृत एराप्रपा  राष्ट्रवादीका बाँके जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेल र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाँकेका जिल्ला अध्यक्ष फुलाराम चौधरीले सहमती पत्रमा संयुक्त हस्ताक्षर गरी वडा नं. १० मा वडा अध्यक्ष उम्मेदवार श्रेष्ठलाई जिताउनको लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका
छन् ।
२ हजार ६ सय ८८ मतदाता रहेको वडा नं. १० मा मधेश समुदायहरुको बाक्लो उपस्थिती रहनुका साथै जनजाति समुदायको समेत बाक्लो उपस्थिती रहेको छ ।
वडा नं. १० अर्थात पुरानो वडा नं. १३ का रैथाने एवम् ३४ वर्षदेखि पत्रकारितामा संलग्न वडा अध्यक्ष श्रेष्ठलाई सबै समुदायबाट विशेष सहयोग प्राप्त हुने देखिएको छ ।
बिहिबार एक औपचारिक कार्यक्रम गरी दुबै पार्टीका अध्यक्षद्वयले वडा अध्यक्षका उम्मेदवार बनाएसँगै श्रेष्ठ आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् ।
संयुक्त गठबन्धनबाट दुई हात जोडेको नमस्कार चुनाव चिन्ह पाएका श्रेष्ठ निर्वाचन जितेपछि समग्र वडा नं. १० का वडाबासीहरुको हकहितमा कार्य गर्ने बताएका
छन् ।

राप्रपाको जिल्ला कोषाध्यक्ष चौलागाई सहित ७५ जना पार्टी परित्याग


स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मिति निजिकिदै गर्दा राप्रपा बाँकेका कोषाध्यक्ष भेषराज चौलागाई ( राजन) सहित ७५ जनाले सामुहिक पार्टी परित्य गरेका छन । उनीहरुले बिहीबार विभिन्न गुनसो सहित सामुहिक रुपमा पार्टी परित्यग गरेको घोषणा गरेका हुन् । कोषाध्यक्ष चौलागाई सहित गाउँ ईकाई कमिटी पुर्व उपाध्यक्ष जाविर अन्सारी, गाउँ इकाई कमिटि सदस्य नुर मोहम्मद लगायत पार्टीका विभिन्न पदमा रहेका ७५ जनाको हुलले सामुहिक पार्टी परित्याग गरेको हो


 । कोषध्यक्ष चौलागाई २०४९ साल बाट राप्रपामा लागेर गाउँ इकाई कमिटीको ३ कार्यकाल अध्यक्ष, क्षेत्र नः २ को क्षेत्रिय सचिव, २ कार्यकाल जिल्लाको सहसचिव र अहिले पार्टीको जिल्ला कोषाध्यक्ष रहेर राप्रपामा कुशल राजनीति गर्दै आएका थिए । राप्रपामा पुरानालाई पाखा लगाउने, स्वार्थ  लुट्ने, अहिले स्थानीय निकायको निर्वाचनको लागि टिकट दिदा राम्रा उम्मेदवार भन्दा  महामन्त्री डा. राणाले व्यक्तिगत रुपमा १० हजार देखि ५ लाख सम्म पैसा लिएर टिकट दिने जस्ता थुप्रै खालको असमान व्यवाहारका कारण पार्टी परित्यग गरेको नेता चौलगाईले जानकारी दिएका छन् ।  कोषाध्यक्ष चौलागई सहितको ७५ जनाले गरेको पार्टी परित्याग बाट स्थानीय निकायको निर्वाचनमा डा. धवल शम्शेर राणालाई ठुलो घाटा हुने देखिन्छ । नेता चौलागाईको अनुसार नगरको २३ वटै वडाबाट पार्टी परित्याग गर्ने क्रम प्रतिदिन बढ्दो छ ।

Wednesday, May 24, 2017

मेयर पदमा खरेललको उम्मेदवारी घोषणा, यस्ता छन् नगरको विकासे योजना

दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा पश्चिम नेपालको गौरव मानिने नेपालगन्ज उपमहानगर पालिकाको माहोल तात्दिै गएको बेला एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको  तर्फबाट कृष्ण प्रसाद खरेल मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत १ महिना देखि अनौपचारिक रुपमा चुनावी अभियानमा होमिएका खरेल नेपालगन्ज उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । गाई चिन्ह बोकेको राप्रपालाई देशभरीको परिणाम बाट कन्त विजोग भइरहेको बेला जित्ने आधार प्रशष्ट रहेको समेत खरेलले उल्लेख गरे । एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष रहेका खरेलले एक पटक नगरको विकासका निमित्त सबैको साथ सहयोगको अपेक्षा रहेको धारणा राखेका छन् ।
नगरका विभिन्न वडाहरुमा विभिन्न साना दलहरु संग गठवन्धन गरेर निर्वाचनमा जाने तयारी भइरहेको समेत खरेलले जानकारी दिए । गाउँ, बजारमा पकड राम्रो छ, अन्य साना केहि दलले पनि सहयोग गर्ने भनेका छन, त्यसैले जित्ने आधार धेरै छ, मेयरको उम्मेदवार खरेलले भने । मेयर पदमा जितेपछि ग्रिन सिटी बनाउने, सबैजसो स्थानमा रिङ्गरोड बनाउने, भर्खर गाभिएका नयाँ गाविस र बजारको राजश्व प्रकृति अनुसार एकरुपता ल्याउने, वेरोजगार युवायुवतीहरुलाई रोजगारको व्यवस्था गर्ने, नगर भित्र रहेको विद्यालयहरुमा व्यवसायीक शिक्षा लागु गर्ने र एडिवी लगायत अन्य ठुला दातृ निकाय संग सहयोग मागेर नगरको ढल निकास, फोहर व्यवस्थापन, खानेपानीको सुविधा लगायत ठुला विकासको योजना सफल पार्ने लक्ष्य रहेको समेत खरेलले जनाए ।

Tuesday, May 23, 2017

बाँकेमा पनि राप्रपा हार्ने आधार प्रष्ट छन ः एराप्रपा के.स कंडेल



वैशाख ३१ गते भएको स्थानीय निकायको निर्वाचनमा लजास्पद हार व्यहोरेको राष्ट्रीय प्रजातन्त्र पार्टी बाँकेको पनि उज्यालो भविष्य नभएको एकीकृत राप्रपा राष्ट्रवादी पार्टीका केन्द्रिय सदस्य तेज नारायण कंडेलको बुझाई छ । के.स कंडेल भन्छन् वुदागत रुपमै राप्रपा बाँकेको पनि भविष्य उज्यालो छैन । देशभरी लजास्पद हार व्यहोरेपनि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले सबैभन्दा राम्रो भनेपनि जित्ने आधार सकिएको उनको बुझाई हो । वुदगत रुपमै पार्टी फुट्यो, डा. प्रकाश चन्द्र लोहनी, केशर बहादुर विष्ट जस्ता विद्धवान व्यक्तिलाई समेत्न नसक्नु, हिन्दु राष्ट्र र राजसंस्था बारे अडान नहुनु, पटक, पटक विना कारण अवसर लुट्न सरकारमा सहभागि हुनु, मधेश मुद्दामा स्पष्ट धारणा राख्न नसक्नु , पुराना कार्यकर्तालाई सदुपयोग गर्न नसक्नु, जस्ता करणले देश भरि राप्रपाको हाल बिहाल भयो, बाँकेमा पनि त्यहि हुन्छ ।  पुर्व मेयर भएर चर्चा  कमाएपनि आहिले सम्रग पार्टी र आफ्नै कारणले पनि यस पटकमा मेयरमा हार्ने देखिन्छ ।  कंडेल भन्छन् कुनैदिन धवल शम्शेर राणाको नजिकको इमानदार कार्यकर्ता थिए । तर पार्टी भित्र फरक मत राख्दा अन्त्यमा म मात्रै होइन मजस्ता धेरै कार्यकर्तालाई पाखा लगाउने महामन्त्रीको बानी भइसक्यो  । त्यसैमा मधेशी मुस्लिम जस्ता ठुलो संख्याका समुदायलाई पनि समेत्न सकेका छैनन् ।  राप्रपा बाट फुटेको डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको सबैभन्दा बलियो जिल्ला बाँके मानिन्छ । यसमा खरेल संगै नेपालगन्जमा राम्रा् छवि बनाएका उदय सिंह श्रेष्ठ, तेज नारायण कंडेल जस्ता धेरै व्यक्ति सयिक्र छन् ।  २७ बर्षदेखि लामो समय सम्म राजनीतिमा सक्रिय रहेका एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको तर्फबाट कृष्ण प्रसाद खरेल मेयर पदमा उम्मेदवारी दिने भएका छन् । जस्को कारण धवल शम्शेरलाई ठुलो घाटा हुने देखिन्छ ।  कंडेल भन्छन् जनताले नयाँ अनुहार खोजिरहेका छन्, अन्य मेयर पदका उम्मेदवार भन्दा खरेल कम छैनन, पछि विस्तार भएको गाउँ गाउँमा पनि खरेलको राम्रो छ, त्यस अर्थमा हाम्रो जित सुनिश्चित छ । सम्पुर्ण जिल्ला बासीहरुले दिएको माया सल्लाह सुझावलाई आत्मसाथ गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा तथा भ्रष्टाचार मुक्त मुलुक बनाउने हाम्रो पाईला सधै लम्किरहन्छ । जय राष्ट्र जय जनता, नेपाल आमाकि जय ।

Monday, May 22, 2017

३५ प्रकारका औषधि आयातमा रोक लगाउने स्वास्थ्यमन्त्रालयको निर्णयको विरोधमा बाँकेका व्यवसायी पनि

सरकारले ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयको विरोधमा आन्दोलनरत नेपाल औषधि आयातकर्ता संघ मियानलाई बाँकेका औषधी व्यवसायीहरुले पनि सहयोग गर्ने भएका छन् । विभिन्न औषधीको मुल्य महंगो भएको बहाना गर्दै स्वास्थ्य मन्त्रालयले ३५ प्रकारका औषधी आयातमा रोक लगाएको भन्दै फ्यान क्यान नेपाल बाँकेले पनि आन्दोलनमा सहमति जनाएको  कोषाध्यक्षले फ्यान क्यान नेपाल बाँकेका कोषाध्यक्ष रामदिन साहुले जानकारी दिए ।

औषधि विक्रीबितरणका क्षेत्रमा क्रियाशिल नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन र नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल्स तथा कस्मेस्विटिक  समाजले शनिबार छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मियानको आन्दोलनमा आफूहरुको पूर्ण समर्थन र सहकार्य रहने जनाउदै जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यावश्यक औषधिको आयात ठप्प गर्ने र विलिङ बन्द गर्ने घोषित कार्यक्रम तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन् । मियानले स्वदेशी औषधि कम्पनीले उत्पादन गर्ने औषधिको बिक्री मूल्य र लागत मूल्यको फरक सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।

राप्ती सोनारी गाउँपालिकामा एमालेको घरदैलो अभियान


 दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा सबैजसो पार्टीहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । बाँकेको विभिन्न नगर, गाउँपालिका संगै राप्ती सोनारी गाउँपालिकामा चुनावी अभियानले तिव्रता पाएको हो । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी राप्रपा लगायत अन्य दलले निर्वाचन जित्नका लागि जनताका घरघरमा पुगि रहेका छन । राप्ती सोनारी गाउँपालिकमा सबैभन्दा सक्रिय एमाले देखिएको छ । एमालेले राप्ती सोनारी गाउँपालिकाको ६वटै गाविसमा अभियान चलाई रहेको छ । सोमबार करिव २ सय ५० जनाको संख्यामा एमालेले घरदैलो अभियान गरेको गाउँ ईकाइ कमिटि  सचिव ओपेन्द्र रावतले जानकारी दिए । घरदैलो कार्यक्रममा गाउँ पालिकाका सभापति पदका उम्मेदवार तुलसी थारु लगायत सबै उम्मेदवार घरदैलो कार्यक्रममा सहभागि भएको समेत सचिव रावतले जनाए । उनका अनुसार घरदैलो अभियानबाट जनतामा एमाले प्रति उत्साह र आशा देखिएको छ ।

Wednesday, May 10, 2017

दुखमाःसुखको अनुभिती खोज्दै म्यादी आमाछोरी


यतिबेला विभिन्न संचार माध्ययम तथा प्रहरी प्रशासन क्षेत्रमा उमेर दिदि बहिनी लाग्ने म्यादी प्रहरी आमा छोरीको निकै चर्चा परिचर्चा छ । छोरी रितु परियार संगै म्यादी प्रहरीको तालिम, डियुटी अनि थुप्रै जमात विचको बसाई धनसरी परियारका लागि सबैभन्दा खुशिको पल आएको जस्तो लाग्छ । १४ बर्ष अघि  भारतको सिम्ला कमाउन गाएका श्रीमान अर्कै श्रीमती लिएर घर नफर्किदाको पीडा, बालबच्चा हुर्काउने पढाउने,अनि गरिविको विचबाट यहाँ सम्म आएकि धनसरा यो डेढ महिने जागेर बाट खुशि र हर्षित छिन् ।  ३५ बर्षिय धनसरा १९ बर्षिय छोरी रितु अहिले ईलाका प्रहरी कार्यालय बैजापुरमा म्यादी प्रहरी भएर बसिरहेका छन् । धनसरा भन्छीन छोरीलाई एसएलसीमा बिषय लागेको छ, म कक्षा आठ पास मात्रै गरेकि छुँ, आर्थिक अभाव थियो, भाग्यले आमाछोरी म्यादी भयौँ, जति दुख गर्नपरेपनि गर्छौ, यहि दुखमा हाम्रो खुशि लुकेको छ । म्यादी तालिम गस्ती अनि डियुटीमा पनि संगै सफलता पुर्वक काम गरिरहेका छन । त्यहि अनुसारको प्रहरीहरुले पनि संगै काम गर्ने वातावरण मिलाई दिएकोमा आफु झनै हर्षित भएको धनसरा बताउछिन् । श्रीमानले अर्कै विहे गरेपछि बाल बालिकाहरुलाई पढाउने काम गरेकि समेत उनि सम्झनछिन् । म्यादी जागीर बाट आएको पैसाले कान्छी छोरीलाई पढाउने र संगै म्यादी प्रहरी भएकि छोरी रितालाई प्रहरी बनाउने उनको सपना छ ।

Tuesday, May 9, 2017

बुटिक कडाईबाट आत्मनिर्भर बन्दै विनौनाका महिलाहरु



विनौनाका महिलाहरु बुटिक कडाई तालिम सिकेर आत्मनिर्भर बन्दै गएका छन् । समाज सुधार नेपाल नामक संस्थाले एक महिने बुटिक कडाई तालिम सिकेर आफुहरु आत्मनिर्भर बन्दै गएको बताएका हुन् । चैत्र १५ देखि वैशाख १५ गते सम्म चलेको एक महिने तालिम बाट उनीहरु व्यवसाय गर्न सक्ने भएका हुन् । द्धण्दको समयमा प्रभावित भएको २३ जना महिलाहरुलाई कडाई तालिम दिइएको हो । सभासद अन्जना चौधरीको सहयोगमा बाँके क्षेत्र न १का विभिन्न स्थानमा च्याउखेती, सिलाई कटाई, बुटिक कडाई लगायतको सिप मुलक तालिम चलाएको उक्त संस्थाका शंकर न्यौपानेले जानकारी दिए ।

बैजापुरका म्यादी प्रहरी सरसफाई अभियानमा



निर्वाचनका  लागि भर्ना भएका म्यादी प्रहरी फुर्सदको समयमा गाउँ घर सरसफाई अभियानमा लागेका छन् । ईलाका प्रहरी कार्यालय बैजापुरमा रहेका १ सय १२ जना म्यादी प्रहरी फुर्सदको समयमा सरसफाई अभियानमा सक्रिय हुन्छन् । ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरिक्षक देवीलाल घर्तिमगरका अनुसार अहिले सम्म विभिन्न विद्यालय, बाटो, सार्वजनिक संस्था गरि धेरै ठाउँमा सरसफाई भएको हो । गाउँघरमा म्यादी प्रहरी र नागरिक विचको सम्वन्ध सुधार तथा वातावरण स्वच्छ राख्ने उद्देश्यले सरसफाई अभियान चलाएको उक्त ईलाकामा कार्यरत प्रहरी सहायक निरिक्षक प्रेम शर्माले जानकारी दिए । नियमीत गस्ती संगसंगै सरसफाई अभियानमा स्थानीय बासिन्दाले पनि साथ दिएका छन् ।

Thursday, April 20, 2017

निर्वाचनबारे एराप्रपा केन्द्रको निर्देशन कुर्दै

एकीकृत राप्रपा राष्ट्रवादी पार्टी बाँकेले स्थानीय निकायको निर्वाचनमा कसरी जाने भन्ने बिषयमा केन्द्रको निर्देशन प्रखिने भएको छ । बाँके जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद खरेलको अध्यक्षतामा आज बसेको नियमीत बैठकमा जिल्लामा पार्टी निर्वाचनको लागि कसरी अगाडी बढ्ने उम्मेदवारी छनौट कुन प्रक्रियाले गर्ने भन्ने बिषयमा टुङ्गो लगाउनेबारे केन्द्र्रको निर्देशन आएपछि मात्रै हुने छलफल भएको हो । पार्टीका केन्द्रिय सदस्य तेज नारायण कंडेलले आन्तरिक रुपमा जागरुप भएर आ आफ्नो स्थानबाट लाग्न सबैलाई आग्रह गरे । केहि समय पछि भ्रष्ट्रचार विरुद्धको महा अभियान समेत बाँके बाट पार्टीले सुरु गर्न लागेको जानकारी दिए ।
नियमीत बैठकमा बोल्दै पार्टीका केन्द्रीय सदस्य उदय सिंह श्रेष्ठले यहि ९ र १० गते हुने केन्द्रिय सदस्यहरुको भेला पछि जिल्ला, जिल्लामा चुनावी रणनीति लागु गर्ने जनाए ।  साथै नियमीत बैठकमा केन्द्रीय सदस्य श्रेष्ठले पार्टीलाई १० ओटा कुर्सी सहयोग गर्ने घोषणा गरेका छन् ।

Sunday, April 9, 2017

शिव सेना नेपालको नयाँ कार्यसमिति


शिव सेना नेपाल बाँकेको जिल्ला कार्यसमिति पुन गठन गरिएको छ । आज भएको एक भेलाले निलम गुरुङको अध्यक्षतामा ११ सदस्यीय गठन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा मदन राज शर्मा, सचिवमा राजकुमार लोध, सह सचिवमा राजु गोडिया, कोषाध्यक्षमा रामदिन साहु रहेका छन् यस्तै सदस्यहरुमा अजुर्न चौहान, सहदेव चौहान,राजेश कनौजिया,शिव कुमार यादव लगायत ११ कार्य समिति तयार गरिएको हो । शिव सेना नेपालको केन्द्रिय सदस्य राजकुमार रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ कार्य समिति गठन गरिएको कोषाध्यक्ष साहुले बताए ।

सुविधा सम्पन्न भवन अध्यारै, अध्यारो, शान्ति सुरक्षामा चुनौती


                                                  तत्काल उपलब्ध गराउँछु ः एसपी राई
स्थानीय राजनीतिक दलपनि सक्रिय
ईलाका प्रहरी कार्यालय बैजापुर बाँकेको सुविधा सम्पन्न भवन विद्युत नहुँदा अध्यारै अध्यारो भएको छ । राप्तीपारिका गाउँमा विद्युत त गएको छैन् नै तर सामान्य सोलार पनि जडान गर्न नसक्दा प्रहरीलाई शान्ति सुुरक्षा स्थापना गर्नमा चुनौती थपिएको छ । द्धण्द्धकालमा भत्काइएको भवन शान्ति तथा पुनर निर्माण मन्त्रालयले डेढ करोडको लगानीमा  १३ कोठे सुविधा सम्पन्न भवन बनाइदिएपनि विद्युत नहुँदा प्रहरीलाई चुनौती थपिएको हो । यस अघि विद्युत नहुँदा रातीको समयमा हिरासत बाटअभियुक्त परार भएर प्रहरीलाई कारवाही भएको थियो । ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक देवीलाल घर्तिमगरले विद्युत नहुँदा कहिलो कसो सन्चारबाट पनि विच्छेड हुने आवस्था आउने गरेको जनाए । सामान्य सोलार बाट पनि विजुली बाल्न नसकिरहेको बेला झै झगडा, कुनै पनि अपराधमा अभियुक्तलाई रातीको समयमा हिरासतमा राख्दा समस्या हुने गरेको जनए ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक प्रसाद राईले अहिलेको पहिलो आवश्यकता त्यहाको उज्यालो रहेकोले आफुले जति सक्दो तत्काल व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यालयमा बजेट नभएपनि कुनै ठुलो रकम होइन् निर्वाचनको समयमा त झन विद्युत आवश्यक हो, जसरी पनि उपलब्ध गराउछु प्रहरी प्रमुख राईले भने । पत्रकार हेमन्त चौधरी संग कुराकानी गर्दै एसपी राईले १ सय जना म्यादी प्रहरी पनि उक्त ईलाकामा तालिमको लागि पठाउन थालिएको जनाकारी दिए ।
उक्त क्षेत्रका नेता तथा नेपाली काँग्रेस बाँकेका पुर्व कार्यवाहक सभापति लाहुराम थारुले प्रविधिको युगमा पनि २४ घन्टा जनताको सेवमा खटिने प्रहरी अध्याँरोमा बस्नु दुखदायी भएको जनाउँदै तत्काल उपलब्ध गराउनु पर्ने धारणा राखे । पुर्व सासंद तथा माओवादी नेता पट्टु थारुले राजनीतिक दलको पहलमा तत्काल सोलार उपलब्ध गराउनु पर्ने जनाए । २०२३ सालमा बैजापुरमा प्रहरी चौकीको रुपमा स्थापना हुँदै२०४५ सालमा ख श्रेणीको ईलाका भएको थियो ।

Thursday, April 6, 2017

वातावरणको सरसफाई आफैबाट सुरुवात गरौं ः कंडेल


एकीकृत राप्रपाका केन्द्रिय सदस्य तेजनारायण कंडलले वातवरण सरसफाई गरि स्वच्छ राख्नका लागि आफ्नै घर बाट सरसफाईको सुरुवात गर्नुपर्ने बताएका छन् । आज नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरमा आज भएको नाली तथा बाटो सरसफाई अभियान  कार्यक्रममा गर्दै स्वच्छ वातावरणको पहिलो कडी आफ्नै घरबाट सुरुवात गर्नुपर्ने प्रष्ट पार्दै सबैले सरसफाईमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरेका हुन् । बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने, उद्योग कलकारखाना बाट निस्कने फोहर व्यवस्थापन जस्तो महत्वपुर्ण कार्यमा सरकार अग्रसर हुनुपर्ने भन्दै नेपाली नागरिक निरोगी बन्नु
आफ्नो पार्टीको सफलता हुने दावी समेत गरे । नेपालगन्ज उपमहानगरपालिकाले लक्षित बर्गका लागि गर्दै आएको नियमीत कार्यक्रम अन्तरगत बिहीबार जयसपुरमा चेतना परिवारको सहजीकरणमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।