नेपालगन्जमा एक कलेजका विद्यार्थीहरुले साथीको ज्यान बचाउन यतिबेला बजार बजारमा सबै संग सहयोग मागिरहेका छन् । नेपालगगन्ज कलेज अफ इन्जीनेरिगं एण्ड म्यानेजमेन्ट दोस्रो बर्ष चौथौ सेमस्टरमा अध्यनरत नेपालगन्ज गणेशपुर घर भएका कबिराज गैरेको ज्यान बचाउन उनका साथि चन्दा संकलन गरिरहेका हुन् । गैरैको दुवइवटै किड्नी फेल, छ, भारतमा उपचार गराउदा २२ देखि २५ लाख लाग्ने भएपछि विद्यार्थीहरुको साथीको ज्यान बचाउन अभियान चलाएका हुन् । आर्थिक संकलन गरिरहेका मनु रोकायाले भने, साथी भनेको दुखमा काम लाग्नुपर्छ, अरु एका बिहानै कलेज जान्छन, तर हामी बजार बजार साथीको ज्यान बचाउन हार गुहार गरिरहेका छौ् । उनका अनुसार अहिले सम्म १ लाख बढि रकम उठेको छ, अझै धेरै आवश्यकता छ, सबैले सहयोग गर्नुपर्दछ । प्रभु बैंक खाता न ः ००७०१०००९१९९०४०००००१ मा सहयोग गरि साथीको ज्यान बचाउन उनीहरुले आग्रह गरेका छन् ।
नेपालगन्जको कारागार भित्रै कए कैदीले आत्महत्या गरेको घटना रहस्यमय बन्दै गएको छ ।नेपालगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका एक कैदीले कारागार मै झुण्डिएर आत्महत्या गरेका छन् ।
जबर्जस्ती जस्ती करणी मुद्दामा थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन कि कसैले सुनियोजित तरिकाले गराएको हो, त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता तथा मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले बिहीबार सवा पाँच बजेतिर प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको र प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।





































