शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Thursday, August 25, 2016

नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्य सहित केन्द्रीय नेताहरु कोहलपुरमा


हेमन्त चौधरी,
कोहलपुर, भाद्र १०,
थारुवान राज्यको राज्य स्तरिय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरण लगायत आधा दर्जन केन्द्रीय नेताहरु कोहलपुर आइपुगेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज बाट हुने प्रशिक्षणमा अध्यक्ष वैद्य संगै उपाध्यक्ष सिपी गजुरेल, पार्टी प्रवक्ता हरिभक्त कंडेल, थारुवान राज्य समिति संयोजक हर्क शाही लगायतका आधा दर्जन नेताहरु कोहलपुर आइपुगेका हुन् ।  नेकपा माओवादी क्रान्तिकारी निकट मानिने पत्रकार लोकराज जैसीका अनुसार  पार्टीलाई गाउँ —गाउँ तह सम्म कसरी बलियो बनाउने, पार्टी केन्द्रको अबको नीति लगायतका बिषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइने भएको हो । पत्रकार जैसीले थारुवान राज्यका २ सय ५० बढि नेता कार्यकर्ताको सहभागिता रहने प्रशिक्षणमा अध्यक्ष वैद्य र उपाध्यक्ष गजुरेलले प्रशिक्षण दिने जनाए । राष्ट्रिय भेला पछि पारित भएको ऐजेण्डालाई थप मजवुद गराएर पुर्वी कमाण्ड, पश्चिम कमाण्डमा प्रशिक्षण सक्काएको नेकपा माओवादी क्रान्तिकारीले आज थारुवान राज्यको राज्य स्तरिय प्रशिक्षण कोहलपुरमा गर्न लागेको हो । बिहान ११ बजेदेखि हुने प्रशिक्षण कार्यक्रममा सहभागिताका लागि आयोजकले आग्रह समेत गरेको छ ।

कंडेलद्वारा प्रचार—प्रुसार जारी

कोहलपुर÷भाद्र ९,आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र सदस्य पदका उम्मेदवार तेज नारायण कंडेल बिहीबार पनि आफ्नो प्रचार प्रसारलाई जारी राखेका छन् ।   उनले दीभरी जसो नेपालगन्जका विभिन्न स्थानका व्यापारीहरु संग भेटघाट गरेर १४ नम्बरमा भोट हाल्न भन्दै  प्रचार प्रसारलाई जारी राखेका हुन् । उनले धम्बोझी, बसपार्क र खजुरा क्षेत्रका व्यापारीहरु संग भेटघाट गरेका छन् । भेटको क्रममा  व्यवसायीहरुले भरपुर साथ दिने प्रतिकृया दिएको उनले उल्लेख गरे ।  बउनले सम्पुर्ण व्यापारीहरुले सकारात्मक र जोसिला प्रतिकृया दिएको भन्दै उनले जित सुनिश्चित हुँदै गएको दावी गरेका हुन् । निर्वाचन समितिले तयार पारेको क्रम संख्या अनुसार  १४ नम्बरमा आफुलाई भोट हाल्न आग्रह गर्दै हिडेका कंडेललाई साथ दिन विभिन्न समुदायका व्यापारीहरुले भरपुर साथ दिने प्रतिकृया दिएका छन् । व्यापारीहरु संगको भेटघाटको क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र विचार धाराबाट नेतृत्व पंक्तिमा जान खोज्नु सकारात्मक कार्य रहेको भन्दै व्यापारीहरुले उत्साहा जनक हौसला प्रदान गर्ने गरेको उम्मेदवार कंडेलले जनाए । 

Wednesday, August 24, 2016

धर्म गरेर कंडेलको चुनावी प्रचार

आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र सदस्य पदका उम्मेदवार तेज नारायण कंडेल आज सामाजिक कार्य गरेका छन् । नेपालगन्जको वागेश्वरी मन्दीर परिसरमा रहेको बृद्ध बृद्धालाई दर खुवाएर प्रचार प्रसारलाई जारी राखेका हुन् । त्यस संगै आज बसपार्कका व्यापारीहरु संग भेटघाट गरेका छन् । सदस्य पदका उम्मेदवार कंडेलले होटल अर्गनाइजेशन बाँकेका उपाध्यक्ष प्रेम बहादुर खत्री संग भेटघाट गरेका छन् । भेटको क्रममा होटल व्यवसायीहरुले भरपुर साथ दिने प्रतिकृया दिएको उनले उल्लेख गरे ।  यस अघि  मारवाडी समुदायका व्यापारीहरु संग भेघाट गरेका छन् ।  उनले सम्पुर्ण व्यापारीहरुले सकारात्मक र जोसिला प्रतिकृया दिएको भन्दै उनले जित सुनिश्चित हुँदै गएको दावी गरेका हुन् । निर्वाचन समितिले तयार पारेको क्रम संख्या अनुसार  १४ नम्बरमा आफुलाई भोट हाल्न आग्रह गर्दै हिडेका कंडेललाई साथ दिन विभिन्न समुदायका व्यापारीहरुले भरपुर साथ दिने प्रतिकृया दिएका छन् । व्यापारीहरु संगको भेटघाटको क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र विचार धाराबाट नेतृत्व पंक्तिमा जान खोज्नु सकारात्मक कार्य रहेको भन्दै व्यापारीहरुले उत्साहा जनक हौसला प्रदान गर्ने गरेको उम्मेदवार कंडेलले जनाए । निर्वाचन समितिका  अनुसार ४२ वटा सदस्यको उम्मेदवारहरुबाट सबै भन्दा कम उम्मेरका उम्मेदवार कंडेल रहेका छन् । -

Monday, August 22, 2016

धर्म गरेर महिला संगठनले तीज भित्र्याउदै



कोहलपुर, भाद्र ६ ,
पछिल्लो केहि बर्ष यता होटलहरुमा नाचगान गरेर, आफ्नो कला संस्कृतीलाई पाखा लगाउँदै पश्चिमेली संस्कृतिको अनुसारण गर्ने क्रम बढेको छ । फैलदै गएको विकृतिलाई मध्य नजरगर्दै राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले तीज फरक ढंगले मनाउने भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेकि अध्यक्ष विन्दु चर्तिमगरका अनुसार गरिव असाह्य, तथा बृद्ध बृद्धालाई दर खुवाएर तीज भत्रियाउने कार्यक्रम रहेको छ । महिला संगठनकि अध्यक्ष चर्तिमगरले यहि भाद्र ८ गते बिहान ९ बजे वागेश्वरी मन्दीरमा रहेका गरिव असाह्य तथा भेरी बृद्धा आश्रमका बृद्ध बृद्धा गरि १ सय ५० जनालाई दर खुवाएर तीजलाई स्वागत गर्ने कार्यक्रम रहेको जनाइन् । पछिल्लो समयमा बिकृती फैलीएको भन्दै धर्म गरेर तीज मनाउने निर्णय अनुसार दर खुवाउने कार्यक्रम गर्न लागेको समेत अध्यक्ष चर्तिमगरले जनाइन् । अध्यक्ष चर्तिमगरका अनुसार सचिव तारा वली, सह सचिव राधा महतरा, कोषाध्यक्ष उर्मिला शाह, सदस्य पुष्पा श्रेष्ठ लगायतका सक्रिय महिलाहरुले कार्यक्रम सफल पार्न लागि परेका छन् । दर खुवाउने कार्यक्रममा सबैलाई उपस्थितिको लागि समेत आग्रह गरिएको छ ।

Sunday, August 21, 2016

सबैभन्दा सानो उमेरका उम्मेदवार ः कंडेल


भाद्र ५ गते
आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सबैभन्दा कम उमेरका स्वतन्त्र सदस्य पदका उम्मेदवार तेज नारायण कंडेल देखिएका छन् । निर्वाचन समितिका  अनुसार ४२ वटा सदस्यको उम्मेदवारहरुबाट सबै भन्दा कम उम्मेरका उम्मेदवार कंडेल रहेका छन् । पाकाहरुको बाहुल्यता हुने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघमा सबैभन्दा कम उमेरका स्वतन्त्र बाट सदस्य पदका उम्मेदवार कंडेल ३१ बर्षको रहेको निर्वाचन समितिले जनाएको हो । निर्वाचन अधिकृत भोला हमालले निर्वाचनको सम्पुर्ण तयारीहरु  तिव्र गतिमा भइरहेको भन्दै कंडेल कम उमेरको भएपनि कानुन अनुसार उम्मेदवार बन्न योग्य रहेको जनाए । घरदैलो अभियान जारी राखेका स्वतन्त्र सदस्य पदका उम्मेदवार कंडेलले सानो उमेरको भएपनि युवामा काम गर्ने जोंस जाँगर हुने भएको हुँदा एक पटक जिताउन आग्रह गरे । आइतबार नेपालगन्जको खजुरा रोडका व्यापारीहरुमाझ भेट घाट गरेका कंडेलले जित्ने आधारहरु थपिदै गएको दावी गरेका छन् । खजुरा रोडमा भएका १ सय ५० बढि व्यापारीहरु कहाँ भेट घाट गरेपछि सम्पुर्ण व्यापारीहरुले सकारात्मक र जोसिला प्रतिकृया दिएको भन्दै उनले जित सुनिश्चित हुँदै गएको दावी गरेका हुन् । निर्वाचन समितिले तयार पारेको क्रम संख्या अनुसार  १४ नम्बरमा आफुलाई भोट हाल्न आग्रह गर्दै हिडेका कंडेललाई साथ दिन विभिन्न समुदायका व्यापारीहरुले भरपुर साथ दिने प्रतिकृया दिएका छन् । व्यापारीहरु संगको भेटघाटको क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र विचार धाराबाट नेतृत्व पंक्तिमा जान खोज्नु सकारात्मक कार्य रहेको भन्दै व्यापारीहरुले उत्साहा जनक हौसला प्रदान गर्ने गरेको उम्मेदवार कंडेलले जनाए । आइतबार खजुरा रोडका व्यापारीहरु संग भेटघाट गरेका कंडेल सोमबार राँझा क्षेत्रका व्यापारीहरु संग भेटघाट गर्ने भएका छन् ।

Saturday, August 20, 2016

कंडेललाई जिताउन १४ नम्बरमा भोट हल्नुस्

कोहलपुर÷भाद्र ४,
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन समितिले तेज नारायण कंडेललाई भोट हाल्न १४ नम्बरमा हाल्न भनि सुचना प्रकाशित गरेको छ । स्वतन्त्र सदस्य पदका उम्मेदवार कंडेललाई जिताउन अब व्यवसायीहरुले सदस्य पदमा भोट दिदा १४ नम्मबरमा दिनु पर्ने छ । कंडेलले आफुलाई जिताउन सम्पुर्ण व्यवसायीहरुलाई १४ नम्बरमा भोट हालेर सहयोग गर्न आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र बाट सदस्य पदका उम्मेदवार तेज नारायण कंडेलले शनिबार पनि घरदैलो अभियान सुरु गरेका छन् । शनिबार घरदैलो अभियान गरेका कंडेलको समुहलाई स्वतन्त्र बाट व्यापार संघमा आउन खोज्नु राम्रो कार्य भएको भन्दै विभिन्न समुदायका व्यापारीहरुले साथ दिने जनाएका छन् । कंडेलका अनुसार नेपालगन्जको सदरलाईन, त्रिवेणी मोड क्षेत्रका व्यापारीहरुले साथ दिने बताएका हुन् । स्वतन्त्र विचार धाराबाट व्यापारीकहाँ जाँदा छुट्टै प्रभाव पर्ने भएकोले जित्ने आधारहरु हुँदै गएको उम्मेदवार कंडेलले बताए । घर दैलो अभियानका क्रममा आफुले व्यापारीमाझ प्रस्तुत गरेको प्रतिज्ञा पत्र प्रति व्यापारीहरु उत्साहित भएको भन्दै प्रतिज्ञा गरेको अनुसार आगामी दिनमा काम गर्न सुझाव समेत दिएको उनले जनाए । आज आइतबार पनि खजुरा क्षेत्रका व्यापारीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

Wednesday, August 17, 2016

कंडेलको पनि उम्मेदवारी दर्ता


नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र बाट सदस्य पदका उम्मेदवार तेज नारायण कंडेलले उम्मेदवारी दर्ता गराएका छन् । कंडेलका संमर्थक सुरवीर पडेरा र प्रस्तावक मदन लाल जैसी रहेका छन् । बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपालगन्जको धम्वोझीबाट बाजा गाजा सहितको र्याली निकालेर स्वतन्त्र बाट सदस्य पदका उम्मेदवार कंडेलले उम्मेदवारी दर्ता गराएका हुन् । आज बिहीबार बाट सम्पुर्ण व्यापारीहरुकहा घरदैलो अभियान थाल्ने उम्मेदवार कंडेलले जानकारी दिए । 



Tuesday, August 16, 2016

अव्यवस्थित पार्किङ्ग हटाउन बजारभरि ट्राफिक प्रहरी


भाद्र १, के तपाई सार्वजनिक स्थान, तथा सडक ओगटेर सवारी साधन पार्किङ्ग तथा व्यापार व्यवसायी गर्ने उद्देश्यले केहि सर समान राख्नु भएको छ ? यदि राख्नु भएको छ भने, अब होसियार हुनुस, नत्र ट्राफिक प्रहरीको फन्दामा पर्नुहोला नि  । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले तीन महिने अभियाननै चलाएर यस्तो अभियान थालेको हो । ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङ्ग हटाउने, अव्यवस्थित होर्डिङ्ग बोर्ड, अव्यवस्थित व्यापार व्यवसाय, छाडा पशु चौपाय हटाउने अभियान  थालेको हो ।
अव्यवस्थित पार्किङ्ग हटाउने अभियान थालेको छ । क्षेत्रिय ट्राफिक कार्यायले जनशक्ति परिचालन गरि अव्यवस्थित पार्किङ्ग हटाउने अभियान थालेको हो । बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरीले कोहलपुर बजारमा अव्यवस्थित पार्किङ्ग हटाउने अभियान चलाएको जनाएको छ ।
ट्राफिक प्रहरीले मंगलबार कोहलपुरको चौराह देखी मुख्य सडक वरीपरि पार्किङ्ग गरिएको सवारी साधन, तथा व्यापार व्यवसायी गर्नका लागि राखिएको अस्थायी टहरा, हटाएको हो । बजार भरि ट्राफिक प्रहरी परिचालन गरि अव्यवस्थित रुपमा राखिएको सवारी साधन तथा अन्य सर समानलाई हटाएको हो ।
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल प्रसाद खरेलले बजार भित्रको अव्यवस्थित बस्तुलाई हटाउनुका साथै सवारी साधन चेक जाँचमा तिव्रती दिएको जनाए ।
प्रहरी प्रमुख खरेलले भने—तीन महिना सम्म विशेष अभियान चलाएर पुर्ण रुपमा अव्यस्थित व्यापार व्ययसाय, होडिङ्ग र्बोर्ड, छाडा पशुचौपाए नियन्त्रण संगै लामो दुरीको सवारी साधनमा चालक कतिवटा छन्, क्षमता अनुसार कति यात्रु छन्, महिला अपाङ्गलाई कसरी राखेको छ, लगायत ट्राफिक नियम पालना
गराउन सक्रिय रहने छौं ।

सुविधायुक्त प्राविधिक शिक्षाका लागि अब कोहलपुरनै



साउन ३२
समय परिवर्तन भएसंगै नेपालमा उच्च शिक्षा हाँसिल भन्दा पनि प्राविधिक शिक्षा लिएर केहि सिप सिकेर छिटो आफ्नो पेशा व्यवसायमा लाग्ने विद्यार्थीहरुको संख्यामा बृद्धि हुदै गएको पाइन्छ । प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरुको संख्या बढे संगै धमाधम प्राविधिक शिक्षालयहरु खुल्ने क्रम पनि बढेको छ । पश्चिम नेपालको केन्द्र विकास उन्मूख शहर कोहलपुरमा पहिलो पटक प्राविधिक शिक्षा यस बर्ष देखि संचालनमा आएको छ । मध्य र सुदुर पश्चिमका विद्यार्थीहरुको उपयुक्त केन्द्र कोहलपुरमा सिटिईभिटी बाट मान्यता प्राप्त शिवालय टेक्नीकल कलेज सन्चालनमा आएको हो । टेक्नीकल कलेज सन्चालमा आएपछि यस क्षेत्रका विद्याथीहरु सहुलियतको महसुस गरेका छन् । शिवालय टेक्नीकल कलेजका प्रवन्ध निर्देशक दिपेन्द्र बहादुर कठायतले यस बर्ष देखि सन्चालनमा आएको प्राविधिक कलेजमा उल्लेख्य विद्यार्थीहरुको उपस्थिति रहेको जनाए । कोहलपुर बजारमा पहिलो पटक प्राविधिक कलेज सन्चालनमा ल्याएपछि एक बर्षमा मात्रै १ सय ५० बढि विद्यार्थीहरु भर्ना भएको समेत प्रवन्ध निर्देशक कठायतले उल्लेख गरे । कोहलपुरको गोलपार्क नजिकै सुविधा सम्पन्न भवनमा सन्चालनमा आएको शिवालय टेक्नीकल कलेजमा प्राविधिक तर्फकै ६वटा विषयमा कक्षा सन्चालन गरिएको छ । निर्देशक कठायतका अनुसार होटल असिस्टेन, होटल म्यानेजम्यान्ट, कमिनिटी यग्रिकल्चर असिस्टेन, कमिनिटी लाइफ स्टक, इन्टर प्राइजेज डिप्लोपमेन्ट फ्यासलिटर, विलडिङ्ग इलेक्ट्रीसिएन र कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डिप्लोपर बिषयमा पढाई हुने गरेको हो । व्यवहारीक शिक्षालाई बिषेश जोड दिएर सन्चालन गरेको कलेजमा सम्पुर्ण बिषयमा प्रयाक्टीकललाई विशेष प्राथमिकता दिने गरेको समेत निर्देशक कठायतको भनाई छ । उनका भनाई अनुसार आफुले दिएको शिक्षा बाट रोजगारी गर्ने मात्रै नभइकन आफैले स सना व्यवसाय गरेर जिउने आधार सहितको शिक्षा प्रदान गर्न थालिएको हो । विद्यार्थीहरुको क्षमतालाई मध्यनजर गरेर वर्गीकरणको  आधारमा कक्षामा पढाई गराई प्रयाक्टीकलका लागि बाहिर देशमा जान चाहने विद्यार्थीहरुका लागि पनि व्यवस्था रहेको निर्देशक कठायतले दावी गरे । विशेष गरि होटल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीहरुले नेपालमा रहेका राम्रा होटल तथा नेपाल वाहिरका होटलहरुमा प्रयाक्टीकलको लागि पठाउने सुविधा पनि रहेको जानकारी दिए । प्राविधिक कलेज सन्चालन गरेर पैसा कमाउने भन्दा विद्यार्थी भाइ बहिनीहरुको उज्वल भबिष्य प्रति चिन्ता रहेको बताउदै निर्देशक कठायतले अब कलेज संग संगै कम्प्युटर इन्सीच्युट पनि  सन्चालनमा ल्याएको जनाए । जीवन जिउने आधार सहितको प्राविधिक शिक्षा संचालनमा ल्याएको दावी गर्दै निर्देशक कठायतले कुनै पनि शंका नमानिकन आ आफ्ना छोरा छोरीलाई भर्ना गर्न आग्रह गरे । आगामी दिनमा विद्यार्थीहरुको माग अनुसार सेवा सुविधालाई थप गर्दै लग्ने बताउदै अहिले सम्म कम्प्युटर ल्याव, जेनेटर, रेष्टुरेन्ट, विभिन्न बिषयको प्रयाक्टीकल तथा फ्रि वाइफाईको ससुविधा समेत रहेको जानकारी दिए ।

Monday, August 15, 2016

स्वतन्त्रबाट सदस्य पदमा कंडेलको उम्मेदवारी घोषणा


साउन ३१

नेपालगन्ज  उद्योग वाणिज्य संघको नेतृत्व पंत्तिमा आउन  अब स्वच्छ विचार धाराका व्यक्तिहरुको चासो देखिएको छ । सोमबार बाँकेको नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निवार्चनमा स्वतन्त्र बाट नेतृत्वमा जाने प्रष्ट देखा परेको हो । 

लामो समय देखि व्यापार व्यवसाय गर्दै आएका तेज नारायण कंडेलले पत्रकार सम्मेलन गर्दै स्वतन्त्र बाट संघको सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वच्छ विचार धाराबाट व्यवसायीहरुको पक्षमा सक्रिय भएर लाग्ने प्रतिवद्धता सहित पत्रकार सम्मेलन गरेर उम्मेदवारीको घोषणा गरेका हुन् । स्वतन्त्र बाट सदस्य उम्मेदवारी दिएका कंडेलको प्रस्तावक निरन्जन लामिछाने रहने छन् भने, समर्थक मदन प्रसाद पोखरेल रहने भएका छन् । सदस्य पदका उम्मेदवार कडेलले गुट उपगुटको राजनीतिले व्यापारीहरुको समस्या समाधान गर्न नसकिरहेको बेला स्वच्छ विचार धाराबाट व्यवसायीहरुमा रहेको विभिन्न समस्यालाई निराकरण गर्ने बताउदै सबैले सहयोग गर्न आग्रह गरेका थिए । उम्मेदवार कंडेलले व्यापारीहरुलाई उनिहरुको स्तर अनुसार वर्गिकरण नगरिदा कोहीलाई काखा कोहीलाई पाखा भइरहेको बेला आफु निर्वाचित भएपछि मुख्य एजेण्डा बनाएर अगाडी बढ्ने जनाए । कंडेलका प्रस्तावक निरन्जन लामिछानेले स्वतन्त्र विचार धाराबाट  संघमा निर्वाचित गराएर सहयोग गर्न अपिल गरे । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका क्षेत्रिय संयोजक झलक गैरे, पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल औषधी व्यवसायी संघका भेरी अंचल संयोजक तथा संघको सदस्य पदको उम्मेदवार अभय बस्नेत, होटल अर्गनाइजेशन बाँकेका अध्यक्ष निम बहादुर थापा, शन्ति समिति बाँकेका संयोजक तेज विक्रम शाह, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसी, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष चिन्तन शाह, लगायत पत्रकार व्यवसायीहरुको बाक्ले उपस्थिति रहेको थियो ।  स्वतन्त्र बाट सदस्य पदका उम्मेदवार कंडेल २०६०  साल बाट सक्रिय व्यवसायी गर्दै आएका छन् । 


Sunday, July 24, 2016

मेलाको आर्थिक गन्जागोलमा कोहलपुर ब्यापार संघ

कोहलपुर उद्योग ब्यापार संघले गत बर्ष लगाएको मेलाको आर्थिक प्रादर्शिता नहु“दा विवाद चुलिदै गएको छ । मेला सकिएको लामो समय विति सक्दा पनि आयब्याय सार्वजनिक नगरिदा“ आर्थिक बह्रमलुट भएको छ, भन्नेहरुको संख्या पनि बढ्दै गएको छ । मेलामा आफुखुशि लाखौको पास वितरण गर्नु, बनाइएका उप समिति संयोजकहरुले किर्तेविल बनाएर बढि खर्च देखाउनु जस्ता चलखेलले घटना विवरण सार्वजनिक गर्नमा समस्या भइरहेको जानकारहरुको भनाई छ । श्रोतका अनुसार आर्थिक कुरा नमिलेकै कारण केहि दिन अघि व्यापार संघको साधारण सभा अनिश्चित कालको लागि सारिएको छ । श्रोतले दिएको जानकारी अनुसार फाइदा भएको रकमको बास्तविक खाता नदेखाइकन अर्को नया“ खाता खोलेर कम कर तिर्ने पक्षमा ब्यापार संघ रहेकाले पनि केहि ढिलाई भएको हो । जसका कारण मेला संचालनको जिम्मेवारी लिएर उत्कृष्ट काम गरेकाहरु यस बिषयमा रुष्ट ह“ूदै गएका छन् । असन्तुष्ट बनेका ब्यापार संघका कोषाध्यक्ष देवानन्द अर्याल को राजीनामा दिने हल्ला देखि चुलिएको विवाद सुर्वण खनाल संयोजक रहेको मन्च व्यवस्थापन टोलीले चार जोडि परेवा र चार झुप्पा केराको  ७ हजार  माथिको बिल पेश गर्न खोज्नु तथा कमल पछाई संयोजक रहेको शैक्षिक प्रदर्शनी सम्म लामो समय सम्म विवाद कायमै रह्यो । शैक्षिक प्रर्दशनीर्,  े नगर सजावट समिति तथा चिन्तामणी धिताल संयोजक रहेको सांस्कृति समितिले अनावश्यक खर्च भएको  भन्ने बिषयमा लामो समय सम्म व्यापार संघ भित्र विवाद रह्यो । 

मेलामा जिम्मेवारी पाएका संयोजक तथा पदाधिकारीहरुले आफु खशि राजनीतिक आस्थाका आधारमा पास दिदा १ लाख बराबरको अनावश्यक खर्च आएको देखिएको छ ।  स्टल बुकिङ्ग ब्यानर समिति संयोजक चक्र अधिकारीले कुनै खर्च विवरण नदेखाइकन इमान्दरिताका साथ ३१ लाख रुपैयाू व्यापार संघलाई बुझाएको जनाए । व्यपार संघका उपाध्यक्ष समेत रहेका अधिकारी संस्थाको लागि आफुले दिनरात लागेपनि अन्य समितिले देखाएको स्वार्थले पार्दशीतामा ढिलाई भएको प्रष्ट पारे । कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले प्राविधिक समस्याका कारण मेलाको आय व्याय सार्वजनिक हुनमा ढिलाई भएको बताए । मेला बाट करिव ३५ लाख रुपैयाू फाइदा रहेको दावी गर्दै अध्यक्ष शर्माले मेलाको आम्दनी अनुसारको कर तिरेर छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाए ।

Saturday, July 23, 2016

१३ जना एकल महिलालाई बाख्रा वितरण


कोहलपुर नगरपालिका भित्र रहेका निम्न आय स्तरका १३ जना एकल महिलालाई बाख्रा पैचो उपाहार दिइएको छ । एकल महिला समुह कोहलपुरले एक कार्यक्रमको आयोजना गरि बाख्र पैचो कार्यक्रम अन्तरगत १३ जना एकल महिलालाई बाख्रा उपाहार दिएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर नगरको १३ वटै वडाका निम्न आयस्तरका महिलाहरुलाई बाख्रा उपाहार दिइएको हो । बाख्रा पैचो उपाहार कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाको कार्यकारी अधिकृत माधव प्रसाद शर्माले सानो सहयोगले महिलाहरुले ठुलो बाख्रा पालन व्यवसाय बनाउने अभियान थाल्नु पर्ने धारणा राखे । फ्रिमा पाइएको बाख्रालाई स्याहार सुसार नगर्ने गरियो भने, उपलब्धी केहि पनि नहुने भन्दै आगामी दिनमा कोहलपुर नगरपालिकाले झनै प्रभावकारी कार्यक्रम ल्याउने जनाए । कार्यक्रममा बोल्दै मिडिया नेपाल बाँकेका अध्यक्ष हेमन्त चौधरीले अहिले पनि समाजमा एकल महिलालाई थुप्रै खालका चुनौती रहेको बताउदै राज्यले फरक नीति ल्याउनु पर्ने धरणा राखे । एकल स सानो सहयोगले एक महिलालाई बाच्ने राहात मिल्ने भन्दै एकल महिलाको आर्थिक सबलीकरणका लागि राज्यले कोष बढाउनु पर्ने धारणा राखे ।  कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मन्चको संयोजकहरुले पनि आ (आफ्नो धारणा राखेका थिए । 

उद्योग वाणिज्य संघमा सदस्यता विवाद कायमै



 सदस्यता विवादलेनेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अन्योल देखिएको छ । आगामी भदौ ११ गते निश्चित गरिएका उद्योग वाणिज्य संघमा गुट उपगुटको राजनीति हावी हुँदा समस्या उत्पन्न भएको हो । पछिल्लो पटक संघका २ सय बढी सदस्यहरुलाई कार्यसमितिको बहुमतले निलम्वित गरेपछि आक्रोशित सदस्यहरुले सहज निर्वाचन हुन नदिने संकेत देखिएको छ । संघ अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उक्त निर्णय बदर गर्दै सदस्यता कायम रहेको बताएपछि निर्वाचनको तिथि टुंगो लाग्दा पनि सदस्यता विवाद भने कायमै देखिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लिएर सुरु भएको सदस्यता सम्बन्धी बखेडाले संघर्षको रुप लिने भएको छ । संघको एउटा पक्षले कोहलपुर नगरपालिका क्षेत्रका २ सय बढी सदस्यलाई हठात् निलम्वनको निर्णय गरेपछि आफुलाई अन्याय पूर्ण कारवाही गरिएको भन्दै उनीहरु आन्दोलित हुने भएका हुन् ।
आन्दोलित सदस्यहरुलाई नेपाल राष्ट्रिय वाणिज्य संघले नेतृत्व दिने भएपछि निर्वाचननै अन्योलपूर्ण देखिएको छ । संघले आगामी भदौ ११ गते निर्वाचनको घोषणा गरिसकेको छ । त्यसका लागि निर्वाचन समिति समेत गठन गरी प्रक्रिया अगाडी बढिरह“दासम्म सदस्यता सम्बन्धी विवाद निर्णयको टुंगो नलाग्दा निर्वाचन अन्योल देखिएको हो ।
हाम्रै मतले पदमा पुग्ने र हामीलाई नै गलत प्रक्रियाबाट हटाउने ?, निलम्वनमा परेका भनिएका दुई सय बढी सदस्यहरुको नेतृत्व गर्दै संघर्ष समितिका संयोजक नम प्रसाद शर्माले बिहीबार पत्रकार सम्मेलनमा भने, बहुमतका दम्भमा गरिएको उक्त निर्णय पूर्वाग्रही, अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ । उनले त्यो निर्णय आफैमा त्रुटिपूर्ण भएको भन्दै त्यसविरुद्ध हदैसम्मको संघर्षमा उत्रिन सदस्यहरु तयार रहेको जनाउदिए । शर्माले केही व्यक्तिको राजनीतिक स्वार्थपूर्तिका लागि २ सय बढी सदस्यहरुको भविष्यमाथि फोहोरी खेल खेलिएको टिप्पणी गर्दै भने, हाम्रो अपराध के हो र निलम्वित हुनुपर्यो ? यसको वैधानिक निरुपण विना हुने निर्वाचनले वैधानिकता नपाउने शर्माको भनाइ थियो ।
अर्का सदस्य गोपाल गिरीले नेपालगन्ज उद्योग वाणिज्य संघमा झण्डै २० बर्षदेखि सदस्य रहेका आफुहरुलाई अध्यक्ष समेतको असहमतिमा निलम्वन गरिएको भन्नु आफैमा लज्जास्पद र
अराजक विषय भएको टिप्पणी गरे । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र उपमहासचिव लगायत कतिपय सदस्यहरु समेतको असहमतिमा कसले यो निर्णय गर्ने अधिकार पायो ।
विवादित निर्णय विरुद्ध असन्तुष्ट सदस्यहरुको आन्दोलन लाई नेपाल राष्ट्रिय वाणिज्य संघले नेतृत्व दिने भएको छ । बिहीबार संघले पत्रकार सम्मेलन गरी सदस्यताको विषयलाई टुंगो नलागे सम्म हुने निर्वाचनले वैधानिकता नपाउने आधिकारिक प्रतिक्रिया जनाएको छ ।
२ सय बढी सदस्यहरुको मताधिकार वञ्चित गराएर हुने निर्वाचनले कसरी वैधानिकता पाउला ?, नेपाल राष्ट्रिय वाणिज्य संघका जिल्ला अध्यक्ष भाष्कर काफ्लेले पत्रकारहरुस“ग भने, हामी चाहन्छौ्र प्रक्रियागत रुपमै समस्याको समाधान होस् होइन भने हामी आन्दोलनदेखि अदालत सम्म पुग्न तयार छौं । उनले तर, न्यायपूर्ण अवस्थाका लागि संघर्षको त्यो चरण पुग्नु नपरोस् भन्नेमा संघ सचेत रहेको बताए । यही बहानामा निर्वाचनबाट भाग्नेहरुलाई हामी मौका दिन चाहन्नौं, अध्यक्ष काफ्लेले तोकिएको समयमै निर्वाचनका लागि प्रक्रियागत रुपमै सदस्यताको विषय टुंगो लगाउन संघलाई ध्यानाकर्षण गराइएको जानकारी दिंदै भने ।
राष्ट्रिय वाणिज्य संघका कानुनी सल्लाहकार अधिवक्ता वसन्त गौतमले सदस्यता सम्बन्धी निर्णय प्रक्रियागत रुपमै त्रुटिपूर्ण देखिएको बताए । संघको विधानले दोहोरो सदस्यतालाई निषेध गरेको देखिंदैन, अधिवक्ता गौतमले भने, तर, यहा“ त निलम्वन गरिएका भनिएका सदस्यहरु अन्य संघमा रहेनरहेको छानविनका कुनै पनि प्रक्रियाबाट निर्णयमा पुगिएको छैन । संघका प्रवक्ता भीम सुवेदीले कुनैपनि सदस्यलाई अन्यायमा राखेर बहुमत पक्षका नाममा भएको विवेकहीन निर्णय विरुद्ध आफुहरुले संघर्षका कार्यक्रम तय गर्न लागिएको जानकारी दिए ।

दोहोरो नागरिकता लिनेहरुमाथि बिवेश निगरानी

कोहलपुर/श्रावण ७
दोहोरो नागरिकता लिनेहरुमाथि बिवेश निगरानी राखीरहेको बाँके प्रशासनले पछिल्लो समय ढिलासुस्ती गरेको पाइएको छ । ढिलाई गरेको सिकार प्रमाण पुर्याइ नागरिकता खारेजीका लागि दिएको उजुरीकर्ता भएका 
छन् । 
दुई बर्षअघि नेपालगन्ज-६ बच्चुपूर्वा निवासी फारुक चिकवा, श्रीमति जैवला भन्ने जन्नतुल र उनका चार भाई छोराले विभिन्न ठेगाना र झुठा विवरणका  आधारमा नागरिकता लिएको दाबी सहित मोहर अलीले उजुरी दिएका हुन् । नेपालगन्ज—१० निवासी अलीको उजुरीमाथि दुई बर्षसम्म ठोस कारवाही नहु“दा आफु घरै छोड्ने स्थितिमा पुगेको निवेदकको दाबी छ । ‘भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर भनेर प्रशासनलाई उजुरी दिंदा म एउटा नेपाली नागरिक घर छोड्दै लुक्दै, भाग्दै हिड्नु परेको छ’न्युज नमस्ते संग अलीले निराश ह“ूदै भने,  ‘भारतीय नागरिक ठा“टसंग नेपाली नागरिकता बोकेर म र मेरो परिवारलाई धम्क्याउ“दै, कुट्दै पिट्दै हिडिरहेका छन् ।’ अलीले आफ्नो उजुरीमा चिकवा परिवारको भारतमा रहेको पारिवारिक रजिष्टार, भारतीय रासन कार्ड, इलाहाबाद बैंकबाट भारतीय नागरिकका रुपमा लिएको ऋण, मतदाता प्रमाणपत्र र निर्वाचन आयोगको सूचि समेत प्रमाणका रुपमा लगाएका छन् । ‘त्यतिमात्र होइन यो निवेदन र प्रमाणहरु झुा ठहरे कानुन बमोजिम सजाय भोग्न, जेल जान तयार छु भनेर बा“के जिल्ला प्रशासनमा कागज समेत गरेको छु’, अलीले स्थानीय प्रशासनको कामकारवाही प्रीत प्रश्न उठाउ“दै भने, ‘उनीहरुलाई कारवाही गर्नका लागि अनुसन्धानका लागि सम्म पक्राउ गरिएको छैन ।

 एक पटक बोलाएर तारेखमा पठाइएको भनिएपनि त्यसपछि फर्केर नगएको दाबी उनको छ । २०६३ सालको नागरिकता टोलीस“ग अब्दुल करिम चिकवाका छोरा फारुखले जन्मका आधारमा नेपालगन्ज८लाई स्थायी ठेगाना देखाएर नागरिकता लिएका छन् । ‘उनीहरुको रैथाने बास नेपालगन्ज—६ बच्चुपूर्वा हो’, अलीले भने, ‘एउटा  छोरा नफिसले त्यहा“बाट लिएपनि अरुको ठेगाना अन्यत्र देखाइएको छ ।’ फारुखका छोरा नफिस, सुयेद भन्ने सुयफा, इमरान र आशिकले भने वंशज नागरिकता प्राप्त गरेका छन् । नफिसले २०६६ र बा“की ३ भाइले २०७० जेठ ३ गते स्थानीय प्रशासनबाट नागरिकता लिएका छन् ।    निवेदक अली फारुखका सहोदर छोरी ज्वाई हुन् । ‘भन्नेले जे भनुन् म एउटा नेपाली नागरिकको हैसियतले भारतीयले नागरिकता पाएकोमा पीडाबोध भएर  उजुरी हालेको हु“, अलीले भने, ‘गलत व्यक्तिले नागरिकता पाउ“दा नेपालीकै अधिकार हनन हुने भएकाले प्रमाणहरु खोजेर उजुरी दिएको ह“ु ।’ उनले स्थानीय प्रशासनसूग भने, ‘अरु के प्रमाण चाहियो ? म दिन तयार छु ।

अलीले भारतीय राष्ट्रपति समक्ष समेत तिम्रा नागरिकले गलत विवरण दिएर भारतीय राष्ट्रियता त्याग नगर्दै नेपालबाट नागरिकता लिएको प्रमाण सहित उजुरी दिएका छन् । फारुखकी जेठी छोरी विवाह गरेका अलीले नागरिकता विरुद्ध उजुरी दिएपछि आफुलाई उनीहरुले ज्यान मार्नेसम्मका धम्की दिंदै आएको दाबी गर्छन् । ‘मेरा सन्तान समेतलाई असुरक्षा छ’, अलीले बिहीबार मात्रै स्थानीय प्रशासनमा पुगेर आफ्नो निवेदन उपरको कारवाही बारे बुझ्दा ज्यूूका त्यूू रहेको पाएको बताए । त्यसबारे प्रमुख जिल्ला अधिकारी  रविलाल पन्थले तत्काल बुझेर आवश्यक प्रतिक्रिया दिने कदम चाल्ने बताए ।

समाचार लेखेको बिषयमा पत्रकार हेमन्त चौधरीलाई एमालेका नेता खिल प्रसाद भुसालद्वारा धम्की

साउन, २ नेपालगन्ज ।समाचार लेखेको बिषयमा न्युज नमस्ते राष्ट्रिय दैनिकमा आवद्ध पत्रकार हेमन्त चौधरीलाई धम्की आएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश प्रसाद काफ्लेको नाम भजाएर एक समुहले यार्चागुम्वा व्यपारी बाट २ लाख ५० हजार कमिसन लिएको भन्ने समाचारको बिषयलाई लिएर नेकपा एमालेका कोहलपुर नगर प्रतिनिधि खिल प्रसाद भुसालले पत्रकार चौधरीलाई धम्की दिएका हुन् ।

शनिबार इलाका प्रहरीका कार्यालयको अगाडी पत्रकार चौधरीलाई आक्रामक हुँदै धम्की दिएका हुन् । नेता भुसालले नेकपा एमालेको विरुद्ध न्युज नमस्ते दैनिकले होइन् हेमन्त चौधरी लाग्यो, अब त्यसै छोड्दैनौ भने ।
सबैका माझ पत्रकार चौधरीलाई यसरी,उसरी समाचार लेख्नुपर्छ भनेर सिकाउँदै यस्तालाई ठिक गर्न युवा संघलाई जिम्मा दिइसकेको नेता भुसालले भने ।
हाम्रा पनि थुप्रै पत्रकार रहेको भन्दै आगामी दिनमा सोंची सम्झी लेख्न धक्की दिए । चौधरीबारे पहिले नेपालगन्ज हुँदा र अहिले कोहलपुर हुँदा कसको हैसियत कति सबै थाहा भएको भन्दै थिए । पत्रकार चौधरीलाई धम्की दिएको र आज पनि कार्यकर्ता छुटाउन आएको भनेर समाचार लेख्नु भनेर दवाव दिदै थिए ।
नेता भुसालले पत्रकारलाई दिएको धम्कीको बिषयमा नेपाल पत्रकर महासंघलाई जानकारी गराइएको छ । प्रहरीले डिएसपीको नाममा कमिसन लिदा प्रयोग गरिएको भे ५ प ४१३ नम्बरको पल्सर मोटरसाईकल धनि शम्शेरगन्ज गाविस, हवल्दारपुरका ज्ञान बहादुर थापालाई पक्राउ गरिएको र थापालाई छुटाउन एमाले नेताहरुको भिड—भाड थियो, भनेर समाचार प्रकाशित भएको थियो ।
यसैबिच इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख  डिएसपी पत्रकार चौधरीलाई सुरक्षा दिन आफुहरु प्रतिबद्व रहेको बताउनुभयो ।