शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Wednesday, April 11, 2018

१० औं राष्ट्रपति रनिङ शिल्डको आज समापन गरिदै, आजको फारइनल खेलमा घमासान प्रतिस्पर्धा हुने

चौथो दिनको खे१० औं राष्ट्रपति रनिङ शिल्डको चोथो   दिन पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । सरस्वती मा.वि भवनियापुरमा भइरहेको खेलमा  आज छात्र,छात्रा १ सय मिटर दौड, ट्रिपल जम्प,४ इन्टु ४ सय रिले दौड,१ सय इन्टु १ यस मिटर दौड र ज्याबलिङ थ्रोका फइनल खेल भएका छन् । १ सय मिटर दौडमा छात्र तर्फ त्रीभुवन मा.विका भिम बहादुर सुनार प्रथम, गेरखा युनाइटेडका हार्दिक राना दृतिय र ज्ञानज्योतीका सुशिल कुमाल तृतिय भएका छन् । छात्रा तर्फ गोरखा युनाइटेडका निलिमा मल्ल प्रथम, जयकिशान मा.विकि सामना चौधरी दृतिय र कृष्ण माविकि सुशिला थारु तृतिय भएकि छिन् । त्रिप्रल जम्पमा नेपालगन्ज मोडेल एकेडेमीका दिपक शाही प्रथम, होलिल्याण्ड का विमल राना क्षेत्री दृतिय र कृण माविका गणेश बैगार तृतिय भएका छन् ।  छात्रा तर्फ गोरखा युनाइटेडकि सुस्मिता आचार्य प्रथम, ज्ञानज्योतीकि सामना चौधरी दृतिय र त्रीभुवन माविकि पुचा चौधरी तृतिय भएकि छिन् । यसैगरि ४ सय इन्टु ४ सय मा छात्रतर्फ जनज्योती पब्लीक कोहलपुर प्रथम, ज्ञानज्योती चप्परगौडी दृतिय र सरस्वती मा.वि भवनियापुर तृतिय भएको छ । यस्तै छात्रा तर्फ सरस्वती मा.वि प्रथम, गोरखा युनाइटेड दृतिय र सिद्धेश्वर मावि तृतिय भएको छ । ज्याबलिङ थ्रो छात्र तर्फ भुपु सैनिकका लक्ष्मण थापा प्रथम, ब्रइटलाइटका प्रभाकर भट्टराई दृतिय र जनज्योती पब्लिकका दिनेश बताला तृतिय भएका छन् । यस्तै गरि छात्रा तर्फ भुवर भवानी माविकि सिता थारु प्रथम, ज्ञानज्योतीकि समिना चौधरी दृतिय र जनज्योती पब्लिक स्कुलकि बाल कुमारी सिंह ठकुरी तृतिय भएकि छिन् ।

मध्यान्ह १२ बजे सम्म सबै खेल सम्पन्न हुने र औपचारिक समापन पनि गरिने छ ।

Sunday, March 4, 2018

चैत्र २५ देखि भवनियापुरमा खेलकुद महोत्सव हुँदै



राप्ती सोनारी समाचारदाता यस बर्ष हुने १० औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सफल बनाउन जिल्ला भरिका प्रःअ हरु सक्रिय भएका छन् । आगामी चैत्र २५ गते देखि सरस्वती मा.वि भवनियापुरमा हुन गईरहेको रनिङ्ग शिल्ड प्रतियोगीता भब्य बनाउनका लागि प्र.अहरु सक्रिय भएका हुन् । जिल्ला खेलकुद विकास समिति बा“केको आयोजना तथा सरस्वती मा.वि भवनियापुरको संचालन र ब्यवस्थापनमा हुन लागेको प्रतियोगीतामा जिल्ला भरिका सामुदायिक तथा निजि विद्यालयले एक जुट भएर सहयोग गर्ने सामुहिक प्रतिवद्धता समेत जनाएका छन् । उनीहरुले सबै विद्यालयको अनिवार्य उपस्थिति तथा सहयोग भनेका छन, त्यसै अनुसारको तिब्र तयारी गर्न विद्यालयलाई पनि निर्देशन भएको छ, प्र.अ भेलामा सहभागि गणेश आधारभूत विद्यालय खैरहनीका प्र.अ लहानु थारुले भने ।  प्र.अ थारुका अनुसार  दुर्गम ठाउ“मा हुन गईरहेको  प्रतियोगीतालाई खेलकुद महोत्सवकै रुपमा मनाउन तयारी थालिएको छ । प्रतियोगीतालाई सफल बनाउनका लागि जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदपनि निकै सक्रिय भएका छन् । जिशिअ साउदले जिल्ला शिक्षा कार्यालयले गर्ने सबै सहयोगहरु खुल्ला रहेको बताउदै खेलकुद महोत्सव सफल पार्न सबै जागरुप हुन आग्रह गरे । यस बर्ष क्षेत्र अनुसारको प्रतियोगीता नभएर जिल्ला स्तरिय हुने र आधारभूत विद्यालय देखि कक्षा १२ सम्मका विद्यालय सहभागि हुन पाउने भएको हु“दा  जिशिअ साउदले सफल पार्ने दायित्व खेल सन्चालक विद्यालयको नभएर सबैको दायित्व भएको प्रष्ट पारे । प्रतियोगीतामा भलिबल छात्र, छात्रा, कबड्डी छात्र,छात्रा, हाइजम्प, दौड,लङजम्प,त्रिपलजम्प,  ज्याभलिङ, सितेरिया करांते,तेक्वान्दो,उसु लगायतका खेल रहने छन् । खेल सन्चालन गर्ने विद्यालयले जिल्ला खेलकुद विकास समितिले २ लाख र सहभागि भएका विद्यालयलाई १० हजारको दरले उपलब्ध
गराउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । यस बर्ष ४ हजारको दरले विद्यालयलाई दर्ताशुल्क लाग्ने निर्णय समेत गरिएको छ । प्रतियोगीता सफल पार्नका लागि फिल्ड मार्सल जयद अहमद खा“ र सहायक फिल्ड मार्सलमा केशर बहादुर आलेलाई राखिएको छ । आंतक बस्नेतको अध्यक्षतामा आपतकालिन समिति निर्माण गरिएको छ । यो समितिले खेल संचालनको क्रमम आइपर्ने समस्या समाधान गर्न मुख्य भूमिका खेल्ने छ । अभिलेख समितिमा दुर्गा प्रसाद बास्तोलालाई राखिएको छ ।

Saturday, November 4, 2017

एराप्रपा बाट प्रदेश सदस्यका लागि उम्मेदवार बनेका चौधरीको प्रतिवद्धता



राम चरण चौधरी
 प्रदेश सभाको सदस्यका लागि प्रत्यक्ष उम्मेदवार
बाँके क्षेत्र न ः १ को (क) बाट
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी

प्रतिवद्धता पत्र
१, अहिले सम्म विद्युत नपुगेको ठाउँमा विद्युत पुर्याइ उज्यालो बनाउने छुँ ।
२, नेपालगन्ज देखि बघौडा सम्म जोड्ने हुलाकी राजमार्गको कामलाई छिटो सम्पन्न गर्नका लागि भारत संग समन्वय गर्दै विशेष पहल गर्ने ।
३, खुल्ला सिमानाका कारण बढ्दो अपराध नियन्त्रणका लागि विशेष सुरक्षा योजना ल्याउने ।
४, आफ्नो कार्यकालमा बाँके क्षेत्र न ः १ को (क) अन्तरगत पर्ने मुख्य तथा सहायक सडकहरु चौडाई गरि कालोपत्रे गरिनुका साथै खोला नाला, नदीहरुमा पुल, झुलुङ्गेपुल, कल्भर्ट निर्माण गर्ने ।
५, सबै जातजातिको धर्म संस्कृतिलाई संरक्षण गर्दै मस्जीद, चर्च, गुम्बा, मठ मन्दिर, धर्मशाला निर्माण गर्ने ।
६, दुर्गम क्षेत्रमा सहज सेवा दिने गरि ठुला अस्पताल क्याम्पस निर्माण गरि सहज सेवा संगै दक्ष जनशक्ति उत्पादन गर्ने ।
७, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्दै उद्योग कलकारखाना विस्तारगरि वेरोजगारी कम गर्ने ।
८, कृषकहरुलाई व्यवसायिक कृषिमा आवद्ध गराई, किसानका लागि विशेष योजना ल्याउनुको साथै हरेक किसानका खेतमा सिचाईका लागि नहर निर्माणका लागि पहल गर्ने ।
९, यस क्षेत्रमा सम्भावना बोकेका स्थानहरुलाई पर्यटकिय क्षेत्र घोषणा गरि भौतिक संरचना निर्माण गर्ने ।
१०, खेलाडी राष्ट्रका गहना हुन भनि विभिन्न खेलका लागि विशेष योजना ल्याएर राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने ।
११, भूमिहिन रहेका किसानलाई जग्गा उपलब्ध गराई सुकुम्वासी समस्या समाधान गर्ने ।
१२, बर्षौ देखिको ठुलो समस्या कटान, पटान, डुबानलाई नियन्त्रण गर्न ठुला, बाँध, टटबन्ध निर्माण गर्ने ।
१३, खानेपानीलाई सहज रुपमा उपलब्ध गराउनका लागि पानी ट्याङ्कीको निर्माण गर्ने ।
१४, भ्रष्टाचार नियन्त्रण गरि सम्मुनत समाज निर्माण गर्ने ।
१५, पछाडी परेका वर्ग, महिला, दलित, खुनाहा, चिडिमार, जनजाति, कम्लहरीहरुलाई अधिकार सम्पन्न बनाई सिप मुलक रोजगार मूखि योजना ल्याउने ।
१६,हरियो बन बनाई राख्नका लागि सामुदायिक बनहरुको स्तरबृद्धि गरि सम्पादा जोगाउने योजना ल्याउने ।
१७, जातिय सद्धभावलाई कायम राखि राख्नका लागि धर्मगुरु, सबै समुदयाका लागि विशेष योजना ल्याउने ।

धन्यवाद
राम चरण चौधरी
प्रत्यक्ष उम्मेदवार
सम्पर्क न ः ९८४४८२३६५३,९८५८०३४५४२

Sunday, September 17, 2017

कुसुममा हत्या गरिएका युवकको नाम ठेगाना खुल्यो, केहिबेरमा आफन्त पुग्दै


धारिलो हतियार प्रयोग गरि हत्या गरिएका युवकको ठेगाना खुलेको छ । रुकुमको महत गाउँपालिका २ घर भएका ३२ बर्षिय सन्त बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । उनी हाल घोराही उपमहानगर पालिका बसपार्क बस्दै आएका थिए । उनी साथीहरु संग नेपालगन्ज घुम्न आएको बेला हत्या भएको हो । उनको आफन्तहरु केहिबेरमा बाँके पुग्दैछन् । गएराती राप्ती सोनारी गाउँपालिका १ दोघरे टोलमा एक युवकको हत्या गरिएको थियो । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई पदम ओलीका अनुसार भवनियापुरको दोघरे गाउँको राप्ती नदि नजिकै युवकको हत्या गरिएको अवस्थामा शब फेला परेको हो । प्रहरी इन्चार्ज ओलीले भने टाउँकोमा धारिलो हतियार प्रयोग गरिएकोले गहिरो घाउ छ, युवक संगै नजिकैको झाडीमा रा १ प ४९२५ नम्बरको पहिलो कलरको अपाचे मोटरसाईकल पनि फेला परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

कुसुममा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या



असोज १,
गएराती राप्ती सोनारी गाउँपालिका १ दोघरे टोलमा एक युवकको हत्या गरिएको छ । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई पदम ओलीका अनुसार भवनियापुरको दोघरे गाउँको राप्ती नदि नजिकै युवकको हत्या गरिएको अवस्थामा शब फेला परेको हो । प्रहरी इन्चार्ज ओलीले भने टाउँकोमा धारिलो हतियार प्रयोग गरिएकोले गहिरो घाउ छ, युवक संगै नजिकैको झाडीमा रा १ प ४९२५ नम्बरको पहिलो कलरको अपाचे मोटरसाईकल पनि फेला परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

Saturday, September 16, 2017

पुर्व कम्लहरीका लागि नास्ता पसलको तालिम



कम्लहरी जीवन बाट उद्दार गरिएका ४० जना पुर्व कम्लहरीहरुलाई आत्मनिर्भर बनाने २० दिने तालिम दिइएको छ । नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोग र मुक्त कम्लहरी विकास मन्चको साझेदारीमा ४० जना पुर्व कम्लहरीहरुलाई नास्ता पसल गर्ने उद्देश्यले तालिम दिइएको मुक्त कम्लहरी विकास मन्चकि अध्यक्ष सिता थारुले जानकारी दिइन् । अध्यक्ष थारुका अनुसार उनीहरुले गाउँमा गएर आत्म निर्भर भएर काम गर्नेछन् ।

Thursday, August 31, 2017

कमिलाल भन्छन् घरबनेपछि मात्र छोरीहरुको अन्तिम संस्कार



गत २७ गतेको बाढिका कारण घर भत्केर तीन छोरी गुमाएका कमिलाल थारु यतिबेला सबैको सहयोगमा घर बनाउन सुरु गरेका छन् । घर बनेपछि मात्रै कमिलाल छोरीहरुको अन्तिम संस्कार गर्नेछन् ।  थारु प्रचलन अनुसार स्थायी घर नहुँदा सम्म अन्तिम संस्कार गर्न मिल्दैन । कमिलालले राप्ती सोनारी साप्ताहिक पत्रिका संग कुराकानी गर्दै भने गाउँभरिका सबैलाई सहयोगमा बोलाएको छुँ, घर बनेपछि मात्रै छोरीहरुको अन्तिम संस्कार गर्छु । कमिलालको ३ वटा छोरीहरु च्यापिएर मृत्यु भएपछि अहिले सन्तान बिहिन भएका छन् ।

 कमिलालका घर बनाउन यतिबेला गाउँभरिका मानिसहरु लागेका छन् । कमिलालको घर बनाउन सहयोग गरिरहेका खुशिराम थारु भन्छन् नदिले बगाएको काठ ल्याएर घर बनाइदिदै छौं, उनी गत  भाद्र १५ गते भने आज चार दिन भयो ।  खुशिरामले भने गाउँभरि समस्या त छ, तर कमिलालको झन ठुलो समस्या छ । यता लालपुरकौ सबै स्थानमा नेपाली सेनाले अस्थायी त्रिपालको घर बनाइदिएको छ ।

Sunday, August 6, 2017

सहकारीद्धारा जनप्रनिधिलाई बधाई तथा सम्मान




समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड भवनियापुरले राप्ती सोनारी गाउँ पालिकाको नव निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा सम्मान दिएको छ । आज बिहान एक कार्यक्रममको आयोजना गरेर नव निर्वाचित प्रतिनिधिलाई बधाई तथा सम्मान सम्मान दिएको सहकारीका कार्यकारी प्रमुख सन्तोष थारुले जानकारी दिए । सम्मान कार्यक्रममा बोल्ने जन प्रतिनिधिहरुले सुगम जिल्लाको दुर्गम क्षेत्र राप्ती सोनारीमा बैंकको पहुँच नभएको अवस्थामा स्थानीयलाई सहकारीले सजिलै वित्तिय कारोबारमा सहयोग गरेकोमा प्रंशसा गरे । कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सहकारीले खेलेको भूमिका सराहनिय रहेको भन्दै आगामी दिनमा नागरिकलाई सहज ढंगबाट रकम जम्मा, ऋण उपलब्ध लगायत सेवाका लागि सहकारीलाई सक्दो सहयोग गर्ने जनाए । 

Wednesday, August 2, 2017

मानवता हाराएको छैन् ः साथीको ज्यान बचाउन पढाई छाडि चन्दा संकलनमा


नेपालगन्जमा एक कलेजका विद्यार्थीहरुले साथीको ज्यान बचाउन यतिबेला बजार बजारमा सबै संग सहयोग मागिरहेका छन् । नेपालगगन्ज कलेज अफ इन्जीनेरिगं एण्ड म्यानेजमेन्ट  दोस्रो बर्ष चौथौ सेमस्टरमा अध्यनरत नेपालगन्ज गणेशपुर घर भएका कबिराज गैरेको ज्यान बचाउन उनका साथि चन्दा संकलन गरिरहेका हुन् । गैरैको दुवइवटै किड्नी फेल, छ, भारतमा उपचार गराउदा २२ देखि २५ लाख लाग्ने भएपछि विद्यार्थीहरुको साथीको ज्यान बचाउन अभियान चलाएका हुन् । आर्थिक संकलन गरिरहेका मनु रोकायाले भने, साथी भनेको दुखमा काम लाग्नुपर्छ, अरु एका बिहानै कलेज जान्छन, तर हामी बजार बजार साथीको ज्यान बचाउन हार गुहार गरिरहेका छौ् । उनका अनुसार अहिले सम्म १ लाख बढि रकम उठेको छ, अझै धेरै आवश्यकता छ, सबैले सहयोग गर्नुपर्दछ । प्रभु बैंक खाता न  ः ००७०१०००९१९९०४०००००१ मा सहयोग गरि साथीको ज्यान बचाउन उनीहरुले आग्रह गरेका छन् ।

मानव धर्म सेवा समितिको स्मारिका सबैका लागि मार्गदर्शन


नेपाल मानव धर्म सेवा समितिले ५० औँ बर्षगाँठको अवसरमा निकालेको स्मारिकाले धार्मिक र समाजिक क्षेत्रमा निकै टेवा पुग्ने बताइएको छ । मानव धर्म समितिले  प्रकाशित गरेको स्वर्ण स्मारिकामा सबै जातजातिको धर्म संस्कृतिलाई सम्मान गर्ने, सद्भाव एकता कायम गर्ने तथा समाजिक क्षेत्रमा मानव जातिलाई प्रेरित गर्ने खालको लेखहरु समावेश गरिएको छ । नेपाल मानव धर्म सेवा समिति भेरी अंचल सदस्य तेज नारायण कंडेलबाट नेपालगन्ज मेडिकल कलेजका प्रमुख डा. सुरेश कनोडियाले स्मारिक ग्रहरण गर्दै सबैको मार्गदर्शनको रुपमा यो स्मारिका रहेको प्रतिकृया दिए । ५० बर्षमा देशभरी ६५ वटा शाखा विस्तार गरेको नेपाल मानव धर्म सेवा समितिका केन्द्रिय अध्यक्ष ठाकुर प्रसाद पौडेल, केन्द्रिय प्रभारी चमेली वाइजी, भेरी अंचाल प्रभारी नन्दनी बाइजी भेरी अंचल अध्यक्ष इन्द्रलाल कंडेललको यस संस्थालाई अगाडी बढाउन ठुलो हात रहेको छ । रक्तदान, सरसफाई, शिक्षा अभियान, लगायतका समाजमा थुप्रै कार्य यस संस्थाले गर्दै आएको छ ।

Saturday, July 29, 2017

सहकारीद्धारा बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई सेवा



गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले आठौं बार्षिक उत्सवको अवसरमा बृद्ध बृद्धाहरुलाई समाग्री वितरण तथा सामुहिक भोजन खुवाएको छ । सहकारी क्षेत्रबाट समय, समयमा समाजिक कार्य गर्दै आएको सहकारीले आफ्नौ आठौं बार्षिक उत्सवको अवसरमा  बृद्ध बृद्धाहरुलाई समाग्री वितरण तथा सामुहिक भोजन खुवाएको हो । सहकारीका म्यानेजर टिकाराम थारुका अनुसार निल सागर बृद्धआश्रम फुलटेक्रमा रहेका बृद्ध बृद्धाहरुलाई समाग्रि वितरण संगै सामुहिक भोजन गराइएको हो । नेपालगन्जमा रहेका सहकारीहरु भन्दा राम्रो कार्य गरिरहेको सहकारीले जनताको मन जित्न विभिन्न अफरहरु ल्याएको समेत म्यानेजर थारुले जनाए ।

Saturday, July 22, 2017

बाख्रा पालनका लागि घाँस रोपाई


व्यवसायिक रुपमा बाख्रा पालनलाई बढवा दिनको लागि महिलाहरुले सामुहिक रुपमा घाँस रोप्ने काम गरेका छन् । हेफरको आर्थिक सहयोग, जिल्ला सहकारी संस्थाको समन्वयमा शनिबार बाँकेका विभिन्न समुहमा आवद्ध महिलाहरुले खालि जग्गाहरुमा बाख्रा पालनलाई सहायता पुग्ने भन्दै सामुहिक रुपमा विभिन्न उन्नत जातका घाँस रोपिएको हो । हेफरको आर्थिक सहयोग, जिल्ला सहकारी संस्थाको समन्वयमा घाँस खेति प्रवद्धन गर्ने उद्देश्यले घाँस लगाउने, उपाहार दिने तथा रुखको बिरुवा रोप्ने कार्य गरिएको जिल्ला सहकारी संघका व्यवसाय प्रवन्धक कृष्ण केसीले जानकारी दिए । प्रवन्धक केसीका अनुसार बर्षमा १० अर्ब रुपैयाँ बराबरको ६लाख खशि बाख्रा भारत बाट भित्रिने भएकोले नेपालमै कृषकहरुलाई व्यवसायीक रुपमा आत्मनिर्भर बनाएर ३३ प्रतिशत आयात घटाउने अभियान थालिएको जनाए । हेफरले जिल्लाका विभिन्न गाउँ गाउँमा सन्चालन गरेकोमा हाल सम्म ११ हजार ५ सय कृषकले व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । प्रबन्धक केसीले भने महिला दिदि बहिनीहरुलाई वित्तिय कारोबारमा गाह्रो छ, विभिन्न वैंक संग कारोबार गर्दा महंगो ब्याज पर्ने भएकोले सहज बातावरणका लागि सबैले पहल गर्नुपर्ने जनाए । त्यस संगै जिल्लाका विभिन्न महिला समुहहरुमा सचेतिकरण अभियान, बृक्षारोपन लगायतका विभिन्न विकास मुलक कार्यक्रम गर्दै आएका छ

Wednesday, July 12, 2017

सुन्दरताको लागि इलाका प्रहरी कार्यालय द्धरा बृक्षारोपन




विभिन्न समयमा समाजिक कार्यमा हात हाल्दै आएको इलाका प्रहरी कार्यालय धामपुरले फेरी अर्को समाजिक कार्य गरेको छ ।
इलाका प्रहरी कार्यालय धामपुरको सुन्दरता बढाउन त्यहाँको प्रहरीले बृक्षारोपन गरेको हो । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले धामपुर बाँकेमा सुविधा सम्पन्न भवन  बनाइदिएपछि त्यसको थप सुन्दरता बढाउन त्यहाँका प्रहरीले बृक्षारोपन गरेका हुन् । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक देवीलाल घर्तिमगरको नेतृत्वमा १ सय ५ जातको उन्नत जातका रुखका बिरुवा रोपिएको हो । सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने राप्ती सोनारी ४ धामपुरमा रहेको सुविधा सम्पन्न इलाका प्रहरी कार्यालयको भवन वरिपरि त्यहाँको बन कार्यालयको सहयोगमा बोकाइनो, अमला सार्जन,लगायत ५ जातका गरि १ सय ५ जातका रुखका बिरुवा रोपिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी सहायक निरिक्षक आत्माराम शर्माले जानकारी दिए । 

Saturday, July 8, 2017

गुरुको महत्वबारे मानव धर्म सेवा समितिले कार्यक्रम गर्दै



गुरु पुर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले गुरुको महत्वबारे भव्य कार्यक्रम गर्ने भएको छ । नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल सदस्य तेजनारायण कंडेलका अनुसार नेपालगन्ज लगायत देशभरी विभिन्न कार्यक्रम गरि मनाइने भएको हो । सदस्य कंडेलले आज दिउसो १ बजेबाट हुने कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नव निर्वाचित मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल रेडक्र सोसाइटीका उपेन्द्र रेग्मी, वडा न ः १८का निर्वाचित अध्यक्ष दिपक बर्मा लगायको उपस्थिति रहने छ । कार्यक्रममा भजन कृतन, नाचगान लगायत गुरुको महत्व झल्कने विभिन्न कार्यक्रम गरि गुरु पुर्णिमा मनाउने कार्यक्रम रहेको समेत कंडेलले जनाए । उनले कार्यक्रममा पत्रकारहरुलाई पनि उपस्थितिका लागि अनुरोध गरेका छन् । कार्यक्रममा भेरी अन्चल प्रभारी महात्मा नन्दनी बाइजी भेरी अंचल अध्यक्ष इन्द्रलाल कंडेलले कार्यक्रममा विशेष भूमिका खेल्ने भएका छन् ।

नव निर्वाचित अध्यक्षले थारुले भने अब बाढीबाट धनजनको क्षति हुदैन्



राप्ती सोनारी गाउँपालिकाको नव निर्वाचित अध्यक्ष लाहुराम थारुले बाढीका धनजनको क्षति हुन नदिन अभियान थाल्ने भएका छन् । बर्षौदेखि राप्ती नदीमा आउने बाढीका कारण राप्ती सोनारी गाउँपालिकाका विभिन्न वडाहरुमा ठुलो धनजनको क्षति हुने गरेको छ । निर्वाचित भएपछि पदवहाली गरेसंगै पहिलो बैठकबाट अबदेखि बाढीबाट कोहीपनि विस्थापित हुन नपर्ने अभियान थाल्ने जनाएका छन् । स्थानीय प्रहरी प्रशासन तथा ठाउँ ठाउँमा बनेको उद्दार टोली संग छलफल गरेर बाढिबाट हुन सक्ने जोखिम अन्त्यका लागि तत्काल पहल थाल्ने भएका हुन् । साविकको फत्तेपुर गाविसलाई लक्षित गरि तयारी थाल्ने जनाए । 

Saturday, June 24, 2017

खरेलको मतले धवल सम्शेर राणालाई धक्का पुग्छ

नेपालगन्ज उपमहानगरपालिकामा दुई पार्टीका साझा उम्मेदवार कृष्ण प्रसाद खरेल अटो रिक्सा चढेर जनताका घरदैलोमा पुगेर भोट माग्ने कार्य जारी राखेका छन् । चुनाव आउन अबब केहिदिन मात्रै बाँकी रहदा उनले घरदैलो लाई तिव्रता दिएका हुन् ।
 एकीकृत राप्रपा पार्टी राष्ट्वादी र राष्ट्यि जनमुक्ति पार्टीको संयुक्तरुपमा चुनाव चिन्ह घर लिएर उम्मेदवार भएका खरेल दलबल सहित जनताका घरघरमा पुगेर नेपालगन्जको विकासक अभियानमा आफुलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । पार्टीका केन्द्रिय सदस्य तेज नारायण कंडेल सहित समर्थक नेता कार्यकर्ताको हुल लिएर खरेल नगरको हरेक वडामा पुगिरहेका छन् । २७ बर्षदेखि नेपालगन्जमा राजनितीबाट जनताको सेवा गर्दै आएका मेयर पदका उम्मेदवार खरेलको बजार क्षेत्र भन्दा गाउँतिर राम्रो भएको केन्द्रिय सदस्य कंडेलको दावी छ । गाउँ गाउँमा जहाँ बाटोको समस्या छ, ढल निकास छैन् त्यहाँ खरेल राजनीति गरिरहदा जनताको सेवा गरेकोले गाउँ गाउँका मानिसहरुका विश्वासिलो पात्र बनेको कंडेलको विश्वास छ । पछिल्लो समय कमल थापाको पार्टीले हिन्दु धर्म, संवैधानिक राजतन्त्रको माग लगायतका एजेण्डा छोड्दै गएकोले आफुहरु डा. लोहनीको नेतृत्वमा जिल्लामा संघर्ष गरिरहेको समेत कंडेलले जनाए । आफुहरुको मेयर पदमा जीत नभएपनि राप्रपाका धवल सम्शेर राणालाई हराउनका लागि मद्दत पुग्ने सम्मान जनक मत ल्याउने कंडेलको बुझाई  छ । नयाँ पार्टी दर्ता भएकोले अरुको चुनाव चिन्ह लिएर मैदानमा उत्रिनु पर्ने बाध्यता रहेको जनाउदै केन्द्रीय सदस्य कंडेलले भने हरेक नेपाली जनता अहिले हलो चिन्ह खोजिरहेको छ ।
यो देशमा जनताको पुर्ण अधिकार सहितको हिन्दु राष्ट् र संवैधानिक राजतन्त्र स्थापना गरेर छाड्ने विश्वास व्यक्त गरे । दोस्रो चरणको निर्वाचनबाट पनि राप्रपाको कन्त विजोग हुन्छ, त्यसपछि सबै हाम्रो पार्टीमा प्रवेश गर्छन, त्यो दिन अब धेरै छैन्, कंडेलले भने ।






Friday, June 23, 2017

मेरो जीत समृद्धि र विकासको लागि ः चौलागाई

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को वडा अध्यक्षको उम्मेद्वार पदका साझा उम्मेद्वार भेषराज चौलागाई (राजन)ले उम्मेद्वारी दिनुभएको छ । 

वडा नं. १८ का स्थानियवासी चौलागाई आज घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएको छ । चुनाव चिन्ह घर रहेको चौलागाईको वडा नं. १८ लाई विकास गर्न १९ बुंदे प्रतिवद्धता पत्र जायर गर्नुभएको छ । वडा नं. १८ कारकादोमा घरदैलो कार्यक्रम गर्दै जनता सामु चौलागाईले अध्यक्षमा जिते विभिन्न विकास निर्माणका कामलाई बढावा दिने बताउनुभयो । वडा नं. १८ लाई भ्रष्टाचारमुक्त बनाउन मन, बचन र कर्मले लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा समेत जनसहभागितामा जोड दिने उहाँले बताउनुभयो । जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षाका लागि दिर्घकालिन नितिनिर्माणको लागि सक्दो पहल गर्ने उहाँले बताउनुभयो । कारकादोको चोकमा स्थानिय पैदल यात्रुलाई आवतजावतमा समस्या भएको हुनाले आकाशे पुल निर्माणमा पहल गर्ने अध्यक्षका उम्मेद्वार चौलागाईले बताउनुभयो ।


वडा नं. १८ का भित्री सडकहरुलाई क्रमिक रुपमा बजेट व्यवस्थापन गरि कालोपत्रे गर्ने गराउने कार्यमा नगरसंग सम्मन्वय गर्ने र स्थानिय जनसहभागितालाई प्रोत्साहन गर्ने चौलागाईले बताउनुभयो । स्कुलको भौतिक विकास र स्तरोन्नती गर्ने कार्यका लागि स्थानिय तहमा सम्मन्वय र सम्पर्क गर्ने प्रतिवद्धता गर्नुभयो । घरदैलोमा आफ्नो पकड रहेको बताउदै स्थानियले साथ दिनु आश रहेको बताउनुभयो । वडा नं. १८ का विकास निर्माणका लागि वडा नं. १८का वासिन्दाले मलाई भरपुर साथ सहयोग दिने चौलागाईले बताउनुभयो । चौलागाईले घर चिन्हमा मतदान गरि अध्याधिक बहुमतले जिताउन आग्रह समेत गर्नुभयो । 



Thursday, June 22, 2017

अटोवाला मेयर ः खरेल,



निर्वाचनमा भन्दा जनताको विकासमा खर्च गर्ने भनाई






नेपालगन्ज उपमहानगरपालिकामा  धनाद्य मेयरहरुको लडाई चलिरहेको बेला दुई पार्टीका साझा उम्मेदवार कृष्ण प्रसाद खरेल अटो रिक्सा चढेर जनताका घरदैलोमा पुगिरहेका छन् । हरेक पार्टीका मेयरका उम्मेदवारहरु लाखौं रुपैयाँ खर्च गरेर दर्जनौ गाडीको लस्कर लगाएर जनताको घरदैलोमा पुगिरहेका बेला खरेल अटोमा पुग्ने गरेका हुन् । एकीकृत राप्रपा पार्टी राष्ट्वादी र राष्ट्यि जनमुक्ति पार्टीको संयुक्तरुपमा चुनाव चिन्ह घर लिएर उम्मेदवार भएका खरेल अनावश्यक खर्च, गरेर जनताको मन लोभ्याउने पक्षमा छैनन् । अटोमा भोट माग्न जनताको घरघरमा पुग्दा उनका समर्थक कार्यकर्ताहरुको पनि संख्या उत्तिकै हुने गरेको छ । बिहीबार  जैसपुरमा घरदैलो गर्दै पुगेका  खरेलले भने चुनावमा भन्दा जनताको विकासमा खर्च गर्ने राम्रो नेता चुनेर पठाउनुस् । निर्वाचन भरि कमै खर्च गरेर भोट आफ्नो पक्षमा पार्ने पक्षमा खरेलल छन् ।  खरेलले जयसपुर संगै नगरको मनिकापुर,  कारकाँदो , पिप्रहवा लगायतका स्थानमा पनि बिहीबार घरदैलो सम्पन्न गरेका हुन् ।
ए राप्रपा पार्टी राष्ट्वादीका केन्द्रिय सदस्य तेज नारायण कंडेलका अनुसार पछिल्लो समय खरेलको पक्षमा राम्रो माहोल बन्दै गएको छ ।

Wednesday, June 21, 2017

खरेलको घरदैलो उत्साह जनक

सबैका साझा उम्मेदवार कृष्ण प्रसाद खरेलले चुनावी अभियानलाई तिव्रता दिएका छन् । चुनाव चिन्ह घर लिएर नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा उठेका खरेलले घर दैलो कोणसभा जस्ता चुनावी कार्यक्रमलाई तिव्रता दिएका हुन् । ए राप्रपा पार्टी राष्ट्वादीका केन्द्रिय सदस्य तेज नारायण कंडेलका अनुसार दलबल सहित खरेलले आज नगरको वडा न ः ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । घरदैलो गर्दा सबैले सहयोग गर्ने र जनतामा आफु प्रति आशा भरोसा रहेको मेयर पदका उम्मेदवार खरेलले बताए ।




नेपालगञ्जमा पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको आयोजना




नेपालगञ्ज, असार ७ गते ,

 कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुको पढाई शिप विकासका साथै उनिहरुलाई पढाईतर्फ आकर्षित गराउने उदेश्यले नेपालगञ्जमा पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयको समन्वयमा मंगल प्रसाद श्रोत केन्द्रको आयोजनामा बुधवार संचालन गरिएको सो पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय बाँकेका बिद्यालय निरिक्षक उद्धव श्रेष्ठले कक्षा १ देखि ५ सम्मका बालबालिकाको पढाई शिप बढाउनका लागि यस्ता उत्सवहरु निकै फलदायी हुने बताउनु भयो ।
उहाँले बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले बनाएका शैक्षिक सामाग्रीको प्रदर्शनीले अन्य बिद्यालयका बिद्यार्थीहरुको पठन शिपमा टेवा पुर्याउने बताउनु भयो ।
सो अवसरमा बोल्दै प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय संयोजक बखत भण्डारीले कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई शिप निकै कमजोर भएकै कारण नेपाल सरकारले प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरेको जनाउँदै सो कार्यक्रमबाट पढाई शिपमा सुधार हुने बिश्वास ब्यक्त गर्नु भयो ।
पढाईको जग बलियो बनाउन शुरु कक्षामै बढी मिहिनेत र परिश्रम गर्नु पर्नेमा समेत जोड दिंदै उहाँले यस्ता शैक्षिक प्रदर्शनीले बिद्यार्थि र शिक्षक दुबैमा उत्साह थप्ने बताउनु भयो ।
आधारभूत बिद्यालय सल्यानी बागका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेणु शेरचनको सभापतित्वमा भएको पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान सभापति रुद्र सुवेदी, मंगल प्रसाद श्रोतकेन्द्रका श्रोत ब्यक्ति केशव पौडेल लगायतले बालबालिकाको पढाई शिप बढाउन बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।
सो श्रोत केन्द्र अन्तर्गतका १९ र प्रारम्भिक कक्षा पढाई कार्यक्रमका ४ गरी २३ वटा बिद्यालयले सहभागिता जनाएको सो मेलामा बालबालिकाले बनाएका बिभिन्न शैक्षिक सामाग्रीहरु राखिएका थिए ।
सो प्रदर्शनीमा तिर्खा प्रावि राधापुरले प्रथम स्थान प्राप्त गरेको थियो भने आधारभूत बिद्यालय घरबारी टोलले दोस्रो तथा आधारभूत बिद्यालय सल्यानी बागले तेस्रो स्थान प्राप्त गरेको थियो ।
सोही अवसरमा शब्द लेखन र चित्रकला प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।
उक्त उत्सव तथा शैक्षिक प्रदर्शनी अवलोकनबाट बिद्यार्थीहरु निकै उत्साहित भएको र उनिहरुको पढाई प्रति रुचि समेत बृद्धि भएको पाईएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत आशिष बर्माले बताउनु भयो ।
सो उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाको आयोजनामा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्बल तथा एसडीएफ बाँकेले सहयोग गरेका थिए ।
पmोटो क्याप्सन
पढाई उत्सव तथा शैक्षिक प्रदर्शनी मेलाका तस्विरहरु