शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Monday, August 20, 2018

काँग्रेस राजनीतिमा नर्सरी कक्षामै गुट उपगुट हावी



अर्जुन महतारा, महा समिति सदस्य,
नेपाली काँग्रेस,

अध्ययनको शिलशिलामा हुम्ला बाट काठमाण्डौ आइसकेपछि सानो ठिमी क्याम्पस भक्तपुर बाट २०५८ सालमा नेविसंघ बाट राजनीति सुरु गरेको अर्जुन महतारा २०६० सालमा स्वतन्त्र विद्यर्थी युनियनको सह सचिवको उम्मेदवार बने संगै २०६१ सालमा हुम्ला काठमाण्डौ नेविसंघको सम्पर्क समिति सभापति,२०६२ सालमा नेविसंघ हुम्लाको जिल्ला अध्यक्ष, त्यसपछि ११ औं महाधिवेशन प्रतिनिधि, २०६८ सालमा नेविसंघको केन्द्रिय सदस्य हुँदै  १२ औं महाधिवेशन पछि पार्टीको महा समिति सदस्य समेत भएका थिए ।
नेपालको राजनीतिमा नेपाली काँग्रेसको ऐजेण्डा मन पराएर पटक पटक देशकै पहिलो पार्टीको रुपमा नेपाली जनताले नबनाएका होइनन् । देश हाँक्न सक्ने अब्बल नेता र नेतृत्वकर्ता पनि नभएका होइनन् । तर अहिलेको अवस्थामा आएर माथिबाट सिधै तल पुछारमा  काँग्रेस झरेको छ । निर्वाचनको परिणाम निकै कमजोर देखिएपछि पार्टीका नेतृत्वकर्ता देखि गुटगटको पोल खोलाखोल गर्ने, एक अर्कालाई आरोप प्रत्यारोप लगाउने मात्रै होइन, अन्तरघात गर्ने ६ सय बढिको उजुरी नै पर्यो ।  हामी जस्तो पार्टीको एजेण्डा लिएर देश र जनताको लागि केहि गर्नसक्ने सोँच लिएर हिडेका युवाहरुमा चुनावको परिणामले केहि खुम्चिएको जस्तो भान भएको थियो । तर पछिल्लो समयमा आएर नेपाली काँग्रेस राजनीतिमा पहिलो नर्सरी कक्षाको रुपमा रहेको नेविसंघको महाधिवेशन र पार्टीको महाधिवेशनलाई लिएर यतिबेला फेरी गुट उपगुटको राजनीतिले चरम सिमा नाघेको सबैमा जगजाहेर छ । अहिले पनि मैले त विश्वासै लिएको छैन, कि नेविसंघको महाधिवेशन हुन्छ भनेर । किनकि यसका थुप्रै उदाहरण हामी माझ ताजै छन् । अहिले सम्म जिल्ला जिल्लामा अधिवेशन हुन सकेको छैन, पहिले देखि विवाद सुल्झीन नसकेको १२ जिल्लाको समस्या जस्ताको त्यस्तै छ, त्यसैमाथी नेताहरुले आ, आफ्नो स्वार्थका लागि एउटै क्याम्पसमा ३,४ वटा सम्म पनि सभापति नियुक्त गराउने, बहसमा उमेरको हदबन्दी  लगायतका तमाम समस्याको समाधान नहुँदै कसरी महाधिवेशन सम्भव छ । म हुम्ला बाट नेपालको राजधानी काठमाण्डौ सम्म आएर विद्यार्थी देखि , पार्टीको राजनीतिमा भिज्न गुट उपगुटले कति गाह्रो भएको होला, मजस्ता धेरै साथीहरुको हाल यस्तै छ । पार्टीको नेतृत्वपंक्तीलाई स्मरण हुनु पर्छ, अहिलेका पार्टी सभापति शेर बहादुर देउवा, गगन थापा, विमलेन्द्र निधि,  प्रकाश शरण महत लगायतका नेताहरु नेविसंघकै राजनीति बाट आएका हुन ।
तर के गर्ने अहिले पनि पार्टीमा पुरातनवादी सोँच हावी छ । यि समस्याहरुको विचबाट क्षमता भएका युवाहरुमा अहिले पनि पार्टी भित्र विभिन्न संघ संगठन भित्र ठाउँ खाली छ । हरेक बर्ष महासमिति सदस्यहरुको भेला गराएर पार्टी भित्र रहेका रिक्त पदमा नेताहरुलाई नियुक्त गरेर पार्टीलाई तलैबाट सवल बनाउन लाग्न पर्ने ठाउँमा २ बर्ष देखि महासमिति सदस्यहरुको भेला गराउन नसक्नुले नेतृत्व कमजोर भएको महसुस हुन्छ । अबको विकल्प भनेको तत्काल सबै तह तप्काको अधिवेशन,महाधिवेशन गराएर रिक्त रहेको पदपुर्ती गर्दै गुट उपगुटको राजनीतिलाई त्याग्दै एकै सुर एकै तालमा अगाडी बढ्ने हो भने अहिले पनि काँग्रेस देशको पहिलो पार्टी हुन बाट कुनै शक्तिले रोक्न सक्दैन । सबैलाई चेतनाभया । जय नेपाल, अर्जुन महतारा, महा समिति सदस्य
नेपाली काँग्रेस

Tuesday, August 14, 2018

राप्ती सोनारी क्षेत्रमा ८५ हजार रुखविरुवा वृक्षारोपन


राप्ती सोनारी क्षेत्रमा ८५ हजार रुखविरुवा वृक्षारोपन
राप्ती सोनारी क्षेत्रमा यस बर्ष ८५ हजार बढि विभिन्न प्रजातिका रुख विरुवा रोपिएको छ । सामुदायिक बन, गैर सरकारी संघ संस्था देखि व्यक्ति, व्यक्तिले सम्म विभिन्न प्रजातिका ८५ हजार बढि विरुवा रोपेका हुन । ईलाका बन कार्यालय धामपुर बैशाका अनुसार ८५ हजार ७ सय विरुवा उत्पादन भएकोमा अहिले सम्म विभिन्न सामुदियक बनहरु, संघ संस्थाको पहलमा महिला समुहहरु, र किसानहरुले निशुल्क रुपमा खाली जग्गामा रुख विरुवा लगाएको ईलाका बन कार्यालय वैशााका इन्चार्ज रेन्जर मानबहादुर थापाले जानकारी दिए । रेन्जर थापाले सिमल, सिसउँ, बोकाइनो, मसाला लगायत दजर्न बढि जातका ७४ हजार रुखका विरुवा राप्ती सोनारी गाउँपालिकाको बजेट र ११ हजार बढि विरुवा  आफ्नै कार्यालयको पहलमा उत्पादन गरिएको समेत उल्लेख गरे । इलाका बन कार्यालय वैशाको कार्य क्षेत्रमा पर्ने रामकुट्टी सामुदायिक बनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत १७ हजार विरुवा वृक्षारोपन गरिएको बनका कर्मचारी तोरनदेव गिरीले जानकारी दिए ।  वृक्षारोपन कार्यक्रममा सहभागि भएका जिल्ला बन अधिकृत पुष्पराज बर्तौलाले बन जंगल जोगाउन सकेमात्रै मानव जिवन स्वस्थ हुने उल्लेख गरे ।  यसैगरि भुवर भवानी सामुदायिक बनले ५ हजार, हरियालीले ५ हजार , जागृतिले ३ हजार, लामी डाडालेँ १० हजार तथा विभिन्न संघ संस्था व्यक्तिहरुले गरि ८५ हजार बढि रुख विरुवा लगाएका हुन् ।

Thursday, July 26, 2018

ब्यवसायिक बाख्रापालनमा सहयात्री जननी सहकारी


साउन, ११ गते,
घरको चुलो चौकोमा मात्रै सिमित रहने राप्ती सोनारी २ का महिलाहरुलाई जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले व्यवसायिक रुपमा उन्नत जातको बाख्रा पालन व्यवसाय तर्फ आर्कषित गरेको छ । सहकारीले उन्नत जातको बाख्रा किन्ने ऋण उपलब्ध गराउँनुका साथै घाँस उत्पादन तथा औषधीहरु निशुल्क उपलब्ध गराउन थालेपछि महिलाहरु व्यवसायिक रुपमा उन्नत जातका बाख्रा पालन गरिरहेका हुन । जस्का कारण महिलाहरु आर्थिक रुपमा सवल बन्दै गएका छन् । उक्त सहकारीको सहयोग पाएर बाख्रापालन गरिरहेका महिलाहरुले एक बर्षमा १३ हजार ५६ किलो खशि बेच्न सफल भएको सामाजिक उद्यमी जिल्ला  सहकारी संस्थाका जिल्ला अध्यक्ष कृष्ण केसीले जानकारी दिए । त्यस अनुसार बिहीबार र शुक्रबार उक्त सहकारीले  ३२ समुहका गरि ५ सय ८२ कृषकलाई आन्तरिक परजिवी नियन्त्रत्रणका लागि बाख्राको औषधी समेत वितरण गरेको छ । जिल्ला अध्यक्ष केसीका अनुसार महिलाहरुलाई सहयोग गरेपछि उनीहरुले उत्पादन गर्ने, खशी बोका ३० किलो भन्दा माथिको हुने गरेको उल्लेख गर्दै, बिचौलिया ब्यापारीहरुको कारण केहि समस्या उत्पन्न भएको समेत जनाकारी दिए । २०७२ सालमा स्थापना भएर  सहकारीले बाख्राको गुणस्तरिय उत्पादन तथा खशिको बजारीकरणमा जोड दिएको छ ।

Friday, July 6, 2018

वडा न. ४ को झण्डै आधा बजेट गाउँपालिका फिर्ता हुँदै ,

 राप्ती सोनारी वडा न. ४ को एक बर्षको झण्डै आधा बजेट ५९ लाख रुपैयाँ धामपुरमा रहेको गोजरह्वा नालामा  पुल  बनाउनका लागि छुट्याइएको थियो । तर एक बर्ष वित्दा समेत कामको कुनै सुरसार नभएपछि  अहिले लालपुर देखि भित्रको सहायक बाटोमा पीचको पुर्वतयारी स्वरुप त्यहि बजेट कन्भर्ट गर्ने तयारी विथोलिएको छ । प्राविधिकले पुरानो मितिमा सम्झौता गर्न नमानेपछि अहिले वडाको ५९ लाख गाउँपालिका फिर्ता हुने भएको छ । वडा अध्यक्ष कान्छा थारुका अनुसार काम गर्न नसकिएपछि उक्त रकम गाउँपालिकाको संचय खातामा फिर्ता हुने जानकारी दिए । अध्यक्ष थारुले भने क्रमश गोजरह्वामा पुल निर्माणका लागि बजेट निकासा गरेका हौँ तर सफल भएन, पिचमा लगाउँ भन्दा पनि मिल्दो रहेनछ, गाउँपालिका फिर्ता हुने भयो । उनका अनुसार तर त्यो बजेट सुरक्षित रहने छ ।  

Monday, June 25, 2018

तेकवान्दो विद्या बिनौनामा



खेलकुद क्षेत्रमा तेकवान्दो पनि आनिवार्यता हो, भन्ने शिक्षा दिनका लागि राप्ती सोनारी ५ भुवर भवानी माविमा  कार्यक्रम गरिएको छ । जिल्ला तेकवान्दो संघ बाँकेको आयोजना तथा कोच गेज बहादुर वलीको पहलमा उक्त कार्यक्रम गरिएको हो । राप्ती सोनारी गाउँपालिका कि उपाध्यक्ष धनि कुमारी खत्रीले स्वास्थ्यको लागि र राष्ट्रको लागि खेलकुद नारा साच्चीकै सबैका लागि भएको भन्दै विद्यार्थी भाई बहीनीहरुले अनुसरण गर्नुपर्ने बताइन । कार्यक्रममा ब्याम्बो पनि प्रस्तुत गरिएको थियो ।

दुब्र्यशनी अन्त्य गर्ने अभियानमा अब शसस्त्र प्रहरी


Wednesday, April 11, 2018

१० औं राष्ट्रपति रनिङ शिल्डको आज समापन गरिदै, आजको फारइनल खेलमा घमासान प्रतिस्पर्धा हुने

चौथो दिनको खे१० औं राष्ट्रपति रनिङ शिल्डको चोथो   दिन पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । सरस्वती मा.वि भवनियापुरमा भइरहेको खेलमा  आज छात्र,छात्रा १ सय मिटर दौड, ट्रिपल जम्प,४ इन्टु ४ सय रिले दौड,१ सय इन्टु १ यस मिटर दौड र ज्याबलिङ थ्रोका फइनल खेल भएका छन् । १ सय मिटर दौडमा छात्र तर्फ त्रीभुवन मा.विका भिम बहादुर सुनार प्रथम, गेरखा युनाइटेडका हार्दिक राना दृतिय र ज्ञानज्योतीका सुशिल कुमाल तृतिय भएका छन् । छात्रा तर्फ गोरखा युनाइटेडका निलिमा मल्ल प्रथम, जयकिशान मा.विकि सामना चौधरी दृतिय र कृष्ण माविकि सुशिला थारु तृतिय भएकि छिन् । त्रिप्रल जम्पमा नेपालगन्ज मोडेल एकेडेमीका दिपक शाही प्रथम, होलिल्याण्ड का विमल राना क्षेत्री दृतिय र कृण माविका गणेश बैगार तृतिय भएका छन् ।  छात्रा तर्फ गोरखा युनाइटेडकि सुस्मिता आचार्य प्रथम, ज्ञानज्योतीकि सामना चौधरी दृतिय र त्रीभुवन माविकि पुचा चौधरी तृतिय भएकि छिन् । यसैगरि ४ सय इन्टु ४ सय मा छात्रतर्फ जनज्योती पब्लीक कोहलपुर प्रथम, ज्ञानज्योती चप्परगौडी दृतिय र सरस्वती मा.वि भवनियापुर तृतिय भएको छ । यस्तै छात्रा तर्फ सरस्वती मा.वि प्रथम, गोरखा युनाइटेड दृतिय र सिद्धेश्वर मावि तृतिय भएको छ । ज्याबलिङ थ्रो छात्र तर्फ भुपु सैनिकका लक्ष्मण थापा प्रथम, ब्रइटलाइटका प्रभाकर भट्टराई दृतिय र जनज्योती पब्लिकका दिनेश बताला तृतिय भएका छन् । यस्तै गरि छात्रा तर्फ भुवर भवानी माविकि सिता थारु प्रथम, ज्ञानज्योतीकि समिना चौधरी दृतिय र जनज्योती पब्लिक स्कुलकि बाल कुमारी सिंह ठकुरी तृतिय भएकि छिन् ।

मध्यान्ह १२ बजे सम्म सबै खेल सम्पन्न हुने र औपचारिक समापन पनि गरिने छ ।

Sunday, March 4, 2018

चैत्र २५ देखि भवनियापुरमा खेलकुद महोत्सव हुँदै



राप्ती सोनारी समाचारदाता यस बर्ष हुने १० औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सफल बनाउन जिल्ला भरिका प्रःअ हरु सक्रिय भएका छन् । आगामी चैत्र २५ गते देखि सरस्वती मा.वि भवनियापुरमा हुन गईरहेको रनिङ्ग शिल्ड प्रतियोगीता भब्य बनाउनका लागि प्र.अहरु सक्रिय भएका हुन् । जिल्ला खेलकुद विकास समिति बा“केको आयोजना तथा सरस्वती मा.वि भवनियापुरको संचालन र ब्यवस्थापनमा हुन लागेको प्रतियोगीतामा जिल्ला भरिका सामुदायिक तथा निजि विद्यालयले एक जुट भएर सहयोग गर्ने सामुहिक प्रतिवद्धता समेत जनाएका छन् । उनीहरुले सबै विद्यालयको अनिवार्य उपस्थिति तथा सहयोग भनेका छन, त्यसै अनुसारको तिब्र तयारी गर्न विद्यालयलाई पनि निर्देशन भएको छ, प्र.अ भेलामा सहभागि गणेश आधारभूत विद्यालय खैरहनीका प्र.अ लहानु थारुले भने ।  प्र.अ थारुका अनुसार  दुर्गम ठाउ“मा हुन गईरहेको  प्रतियोगीतालाई खेलकुद महोत्सवकै रुपमा मनाउन तयारी थालिएको छ । प्रतियोगीतालाई सफल बनाउनका लागि जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदपनि निकै सक्रिय भएका छन् । जिशिअ साउदले जिल्ला शिक्षा कार्यालयले गर्ने सबै सहयोगहरु खुल्ला रहेको बताउदै खेलकुद महोत्सव सफल पार्न सबै जागरुप हुन आग्रह गरे । यस बर्ष क्षेत्र अनुसारको प्रतियोगीता नभएर जिल्ला स्तरिय हुने र आधारभूत विद्यालय देखि कक्षा १२ सम्मका विद्यालय सहभागि हुन पाउने भएको हु“दा  जिशिअ साउदले सफल पार्ने दायित्व खेल सन्चालक विद्यालयको नभएर सबैको दायित्व भएको प्रष्ट पारे । प्रतियोगीतामा भलिबल छात्र, छात्रा, कबड्डी छात्र,छात्रा, हाइजम्प, दौड,लङजम्प,त्रिपलजम्प,  ज्याभलिङ, सितेरिया करांते,तेक्वान्दो,उसु लगायतका खेल रहने छन् । खेल सन्चालन गर्ने विद्यालयले जिल्ला खेलकुद विकास समितिले २ लाख र सहभागि भएका विद्यालयलाई १० हजारको दरले उपलब्ध
गराउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । यस बर्ष ४ हजारको दरले विद्यालयलाई दर्ताशुल्क लाग्ने निर्णय समेत गरिएको छ । प्रतियोगीता सफल पार्नका लागि फिल्ड मार्सल जयद अहमद खा“ र सहायक फिल्ड मार्सलमा केशर बहादुर आलेलाई राखिएको छ । आंतक बस्नेतको अध्यक्षतामा आपतकालिन समिति निर्माण गरिएको छ । यो समितिले खेल संचालनको क्रमम आइपर्ने समस्या समाधान गर्न मुख्य भूमिका खेल्ने छ । अभिलेख समितिमा दुर्गा प्रसाद बास्तोलालाई राखिएको छ ।

Saturday, November 4, 2017

एराप्रपा बाट प्रदेश सदस्यका लागि उम्मेदवार बनेका चौधरीको प्रतिवद्धता



राम चरण चौधरी
 प्रदेश सभाको सदस्यका लागि प्रत्यक्ष उम्मेदवार
बाँके क्षेत्र न ः १ को (क) बाट
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी

प्रतिवद्धता पत्र
१, अहिले सम्म विद्युत नपुगेको ठाउँमा विद्युत पुर्याइ उज्यालो बनाउने छुँ ।
२, नेपालगन्ज देखि बघौडा सम्म जोड्ने हुलाकी राजमार्गको कामलाई छिटो सम्पन्न गर्नका लागि भारत संग समन्वय गर्दै विशेष पहल गर्ने ।
३, खुल्ला सिमानाका कारण बढ्दो अपराध नियन्त्रणका लागि विशेष सुरक्षा योजना ल्याउने ।
४, आफ्नो कार्यकालमा बाँके क्षेत्र न ः १ को (क) अन्तरगत पर्ने मुख्य तथा सहायक सडकहरु चौडाई गरि कालोपत्रे गरिनुका साथै खोला नाला, नदीहरुमा पुल, झुलुङ्गेपुल, कल्भर्ट निर्माण गर्ने ।
५, सबै जातजातिको धर्म संस्कृतिलाई संरक्षण गर्दै मस्जीद, चर्च, गुम्बा, मठ मन्दिर, धर्मशाला निर्माण गर्ने ।
६, दुर्गम क्षेत्रमा सहज सेवा दिने गरि ठुला अस्पताल क्याम्पस निर्माण गरि सहज सेवा संगै दक्ष जनशक्ति उत्पादन गर्ने ।
७, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्दै उद्योग कलकारखाना विस्तारगरि वेरोजगारी कम गर्ने ।
८, कृषकहरुलाई व्यवसायिक कृषिमा आवद्ध गराई, किसानका लागि विशेष योजना ल्याउनुको साथै हरेक किसानका खेतमा सिचाईका लागि नहर निर्माणका लागि पहल गर्ने ।
९, यस क्षेत्रमा सम्भावना बोकेका स्थानहरुलाई पर्यटकिय क्षेत्र घोषणा गरि भौतिक संरचना निर्माण गर्ने ।
१०, खेलाडी राष्ट्रका गहना हुन भनि विभिन्न खेलका लागि विशेष योजना ल्याएर राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने ।
११, भूमिहिन रहेका किसानलाई जग्गा उपलब्ध गराई सुकुम्वासी समस्या समाधान गर्ने ।
१२, बर्षौ देखिको ठुलो समस्या कटान, पटान, डुबानलाई नियन्त्रण गर्न ठुला, बाँध, टटबन्ध निर्माण गर्ने ।
१३, खानेपानीलाई सहज रुपमा उपलब्ध गराउनका लागि पानी ट्याङ्कीको निर्माण गर्ने ।
१४, भ्रष्टाचार नियन्त्रण गरि सम्मुनत समाज निर्माण गर्ने ।
१५, पछाडी परेका वर्ग, महिला, दलित, खुनाहा, चिडिमार, जनजाति, कम्लहरीहरुलाई अधिकार सम्पन्न बनाई सिप मुलक रोजगार मूखि योजना ल्याउने ।
१६,हरियो बन बनाई राख्नका लागि सामुदायिक बनहरुको स्तरबृद्धि गरि सम्पादा जोगाउने योजना ल्याउने ।
१७, जातिय सद्धभावलाई कायम राखि राख्नका लागि धर्मगुरु, सबै समुदयाका लागि विशेष योजना ल्याउने ।

धन्यवाद
राम चरण चौधरी
प्रत्यक्ष उम्मेदवार
सम्पर्क न ः ९८४४८२३६५३,९८५८०३४५४२

Sunday, September 17, 2017

कुसुममा हत्या गरिएका युवकको नाम ठेगाना खुल्यो, केहिबेरमा आफन्त पुग्दै


धारिलो हतियार प्रयोग गरि हत्या गरिएका युवकको ठेगाना खुलेको छ । रुकुमको महत गाउँपालिका २ घर भएका ३२ बर्षिय सन्त बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । उनी हाल घोराही उपमहानगर पालिका बसपार्क बस्दै आएका थिए । उनी साथीहरु संग नेपालगन्ज घुम्न आएको बेला हत्या भएको हो । उनको आफन्तहरु केहिबेरमा बाँके पुग्दैछन् । गएराती राप्ती सोनारी गाउँपालिका १ दोघरे टोलमा एक युवकको हत्या गरिएको थियो । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई पदम ओलीका अनुसार भवनियापुरको दोघरे गाउँको राप्ती नदि नजिकै युवकको हत्या गरिएको अवस्थामा शब फेला परेको हो । प्रहरी इन्चार्ज ओलीले भने टाउँकोमा धारिलो हतियार प्रयोग गरिएकोले गहिरो घाउ छ, युवक संगै नजिकैको झाडीमा रा १ प ४९२५ नम्बरको पहिलो कलरको अपाचे मोटरसाईकल पनि फेला परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

कुसुममा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या



असोज १,
गएराती राप्ती सोनारी गाउँपालिका १ दोघरे टोलमा एक युवकको हत्या गरिएको छ । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई पदम ओलीका अनुसार भवनियापुरको दोघरे गाउँको राप्ती नदि नजिकै युवकको हत्या गरिएको अवस्थामा शब फेला परेको हो । प्रहरी इन्चार्ज ओलीले भने टाउँकोमा धारिलो हतियार प्रयोग गरिएकोले गहिरो घाउ छ, युवक संगै नजिकैको झाडीमा रा १ प ४९२५ नम्बरको पहिलो कलरको अपाचे मोटरसाईकल पनि फेला परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

Saturday, September 16, 2017

पुर्व कम्लहरीका लागि नास्ता पसलको तालिम



कम्लहरी जीवन बाट उद्दार गरिएका ४० जना पुर्व कम्लहरीहरुलाई आत्मनिर्भर बनाने २० दिने तालिम दिइएको छ । नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोग र मुक्त कम्लहरी विकास मन्चको साझेदारीमा ४० जना पुर्व कम्लहरीहरुलाई नास्ता पसल गर्ने उद्देश्यले तालिम दिइएको मुक्त कम्लहरी विकास मन्चकि अध्यक्ष सिता थारुले जानकारी दिइन् । अध्यक्ष थारुका अनुसार उनीहरुले गाउँमा गएर आत्म निर्भर भएर काम गर्नेछन् ।

Thursday, August 31, 2017

कमिलाल भन्छन् घरबनेपछि मात्र छोरीहरुको अन्तिम संस्कार



गत २७ गतेको बाढिका कारण घर भत्केर तीन छोरी गुमाएका कमिलाल थारु यतिबेला सबैको सहयोगमा घर बनाउन सुरु गरेका छन् । घर बनेपछि मात्रै कमिलाल छोरीहरुको अन्तिम संस्कार गर्नेछन् ।  थारु प्रचलन अनुसार स्थायी घर नहुँदा सम्म अन्तिम संस्कार गर्न मिल्दैन । कमिलालले राप्ती सोनारी साप्ताहिक पत्रिका संग कुराकानी गर्दै भने गाउँभरिका सबैलाई सहयोगमा बोलाएको छुँ, घर बनेपछि मात्रै छोरीहरुको अन्तिम संस्कार गर्छु । कमिलालको ३ वटा छोरीहरु च्यापिएर मृत्यु भएपछि अहिले सन्तान बिहिन भएका छन् ।

 कमिलालका घर बनाउन यतिबेला गाउँभरिका मानिसहरु लागेका छन् । कमिलालको घर बनाउन सहयोग गरिरहेका खुशिराम थारु भन्छन् नदिले बगाएको काठ ल्याएर घर बनाइदिदै छौं, उनी गत  भाद्र १५ गते भने आज चार दिन भयो ।  खुशिरामले भने गाउँभरि समस्या त छ, तर कमिलालको झन ठुलो समस्या छ । यता लालपुरकौ सबै स्थानमा नेपाली सेनाले अस्थायी त्रिपालको घर बनाइदिएको छ ।

Sunday, August 6, 2017

सहकारीद्धारा जनप्रनिधिलाई बधाई तथा सम्मान




समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड भवनियापुरले राप्ती सोनारी गाउँ पालिकाको नव निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा सम्मान दिएको छ । आज बिहान एक कार्यक्रममको आयोजना गरेर नव निर्वाचित प्रतिनिधिलाई बधाई तथा सम्मान सम्मान दिएको सहकारीका कार्यकारी प्रमुख सन्तोष थारुले जानकारी दिए । सम्मान कार्यक्रममा बोल्ने जन प्रतिनिधिहरुले सुगम जिल्लाको दुर्गम क्षेत्र राप्ती सोनारीमा बैंकको पहुँच नभएको अवस्थामा स्थानीयलाई सहकारीले सजिलै वित्तिय कारोबारमा सहयोग गरेकोमा प्रंशसा गरे । कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सहकारीले खेलेको भूमिका सराहनिय रहेको भन्दै आगामी दिनमा नागरिकलाई सहज ढंगबाट रकम जम्मा, ऋण उपलब्ध लगायत सेवाका लागि सहकारीलाई सक्दो सहयोग गर्ने जनाए । 

Wednesday, August 2, 2017

मानवता हाराएको छैन् ः साथीको ज्यान बचाउन पढाई छाडि चन्दा संकलनमा


नेपालगन्जमा एक कलेजका विद्यार्थीहरुले साथीको ज्यान बचाउन यतिबेला बजार बजारमा सबै संग सहयोग मागिरहेका छन् । नेपालगगन्ज कलेज अफ इन्जीनेरिगं एण्ड म्यानेजमेन्ट  दोस्रो बर्ष चौथौ सेमस्टरमा अध्यनरत नेपालगन्ज गणेशपुर घर भएका कबिराज गैरेको ज्यान बचाउन उनका साथि चन्दा संकलन गरिरहेका हुन् । गैरैको दुवइवटै किड्नी फेल, छ, भारतमा उपचार गराउदा २२ देखि २५ लाख लाग्ने भएपछि विद्यार्थीहरुको साथीको ज्यान बचाउन अभियान चलाएका हुन् । आर्थिक संकलन गरिरहेका मनु रोकायाले भने, साथी भनेको दुखमा काम लाग्नुपर्छ, अरु एका बिहानै कलेज जान्छन, तर हामी बजार बजार साथीको ज्यान बचाउन हार गुहार गरिरहेका छौ् । उनका अनुसार अहिले सम्म १ लाख बढि रकम उठेको छ, अझै धेरै आवश्यकता छ, सबैले सहयोग गर्नुपर्दछ । प्रभु बैंक खाता न  ः ००७०१०००९१९९०४०००००१ मा सहयोग गरि साथीको ज्यान बचाउन उनीहरुले आग्रह गरेका छन् ।

मानव धर्म सेवा समितिको स्मारिका सबैका लागि मार्गदर्शन


नेपाल मानव धर्म सेवा समितिले ५० औँ बर्षगाँठको अवसरमा निकालेको स्मारिकाले धार्मिक र समाजिक क्षेत्रमा निकै टेवा पुग्ने बताइएको छ । मानव धर्म समितिले  प्रकाशित गरेको स्वर्ण स्मारिकामा सबै जातजातिको धर्म संस्कृतिलाई सम्मान गर्ने, सद्भाव एकता कायम गर्ने तथा समाजिक क्षेत्रमा मानव जातिलाई प्रेरित गर्ने खालको लेखहरु समावेश गरिएको छ । नेपाल मानव धर्म सेवा समिति भेरी अंचल सदस्य तेज नारायण कंडेलबाट नेपालगन्ज मेडिकल कलेजका प्रमुख डा. सुरेश कनोडियाले स्मारिक ग्रहरण गर्दै सबैको मार्गदर्शनको रुपमा यो स्मारिका रहेको प्रतिकृया दिए । ५० बर्षमा देशभरी ६५ वटा शाखा विस्तार गरेको नेपाल मानव धर्म सेवा समितिका केन्द्रिय अध्यक्ष ठाकुर प्रसाद पौडेल, केन्द्रिय प्रभारी चमेली वाइजी, भेरी अंचाल प्रभारी नन्दनी बाइजी भेरी अंचल अध्यक्ष इन्द्रलाल कंडेललको यस संस्थालाई अगाडी बढाउन ठुलो हात रहेको छ । रक्तदान, सरसफाई, शिक्षा अभियान, लगायतका समाजमा थुप्रै कार्य यस संस्थाले गर्दै आएको छ ।

Saturday, July 29, 2017

सहकारीद्धारा बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई सेवा



गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले आठौं बार्षिक उत्सवको अवसरमा बृद्ध बृद्धाहरुलाई समाग्री वितरण तथा सामुहिक भोजन खुवाएको छ । सहकारी क्षेत्रबाट समय, समयमा समाजिक कार्य गर्दै आएको सहकारीले आफ्नौ आठौं बार्षिक उत्सवको अवसरमा  बृद्ध बृद्धाहरुलाई समाग्री वितरण तथा सामुहिक भोजन खुवाएको हो । सहकारीका म्यानेजर टिकाराम थारुका अनुसार निल सागर बृद्धआश्रम फुलटेक्रमा रहेका बृद्ध बृद्धाहरुलाई समाग्रि वितरण संगै सामुहिक भोजन गराइएको हो । नेपालगन्जमा रहेका सहकारीहरु भन्दा राम्रो कार्य गरिरहेको सहकारीले जनताको मन जित्न विभिन्न अफरहरु ल्याएको समेत म्यानेजर थारुले जनाए ।

Saturday, July 22, 2017

बाख्रा पालनका लागि घाँस रोपाई


व्यवसायिक रुपमा बाख्रा पालनलाई बढवा दिनको लागि महिलाहरुले सामुहिक रुपमा घाँस रोप्ने काम गरेका छन् । हेफरको आर्थिक सहयोग, जिल्ला सहकारी संस्थाको समन्वयमा शनिबार बाँकेका विभिन्न समुहमा आवद्ध महिलाहरुले खालि जग्गाहरुमा बाख्रा पालनलाई सहायता पुग्ने भन्दै सामुहिक रुपमा विभिन्न उन्नत जातका घाँस रोपिएको हो । हेफरको आर्थिक सहयोग, जिल्ला सहकारी संस्थाको समन्वयमा घाँस खेति प्रवद्धन गर्ने उद्देश्यले घाँस लगाउने, उपाहार दिने तथा रुखको बिरुवा रोप्ने कार्य गरिएको जिल्ला सहकारी संघका व्यवसाय प्रवन्धक कृष्ण केसीले जानकारी दिए । प्रवन्धक केसीका अनुसार बर्षमा १० अर्ब रुपैयाँ बराबरको ६लाख खशि बाख्रा भारत बाट भित्रिने भएकोले नेपालमै कृषकहरुलाई व्यवसायीक रुपमा आत्मनिर्भर बनाएर ३३ प्रतिशत आयात घटाउने अभियान थालिएको जनाए । हेफरले जिल्लाका विभिन्न गाउँ गाउँमा सन्चालन गरेकोमा हाल सम्म ११ हजार ५ सय कृषकले व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । प्रबन्धक केसीले भने महिला दिदि बहिनीहरुलाई वित्तिय कारोबारमा गाह्रो छ, विभिन्न वैंक संग कारोबार गर्दा महंगो ब्याज पर्ने भएकोले सहज बातावरणका लागि सबैले पहल गर्नुपर्ने जनाए । त्यस संगै जिल्लाका विभिन्न महिला समुहहरुमा सचेतिकरण अभियान, बृक्षारोपन लगायतका विभिन्न विकास मुलक कार्यक्रम गर्दै आएका छ

Wednesday, July 12, 2017

सुन्दरताको लागि इलाका प्रहरी कार्यालय द्धरा बृक्षारोपन




विभिन्न समयमा समाजिक कार्यमा हात हाल्दै आएको इलाका प्रहरी कार्यालय धामपुरले फेरी अर्को समाजिक कार्य गरेको छ ।
इलाका प्रहरी कार्यालय धामपुरको सुन्दरता बढाउन त्यहाँको प्रहरीले बृक्षारोपन गरेको हो । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले धामपुर बाँकेमा सुविधा सम्पन्न भवन  बनाइदिएपछि त्यसको थप सुन्दरता बढाउन त्यहाँका प्रहरीले बृक्षारोपन गरेका हुन् । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक देवीलाल घर्तिमगरको नेतृत्वमा १ सय ५ जातको उन्नत जातका रुखका बिरुवा रोपिएको हो । सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने राप्ती सोनारी ४ धामपुरमा रहेको सुविधा सम्पन्न इलाका प्रहरी कार्यालयको भवन वरिपरि त्यहाँको बन कार्यालयको सहयोगमा बोकाइनो, अमला सार्जन,लगायत ५ जातका गरि १ सय ५ जातका रुखका बिरुवा रोपिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी सहायक निरिक्षक आत्माराम शर्माले जानकारी दिए । 

Saturday, July 8, 2017

गुरुको महत्वबारे मानव धर्म सेवा समितिले कार्यक्रम गर्दै



गुरु पुर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले गुरुको महत्वबारे भव्य कार्यक्रम गर्ने भएको छ । नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल सदस्य तेजनारायण कंडेलका अनुसार नेपालगन्ज लगायत देशभरी विभिन्न कार्यक्रम गरि मनाइने भएको हो । सदस्य कंडेलले आज दिउसो १ बजेबाट हुने कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नव निर्वाचित मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल रेडक्र सोसाइटीका उपेन्द्र रेग्मी, वडा न ः १८का निर्वाचित अध्यक्ष दिपक बर्मा लगायको उपस्थिति रहने छ । कार्यक्रममा भजन कृतन, नाचगान लगायत गुरुको महत्व झल्कने विभिन्न कार्यक्रम गरि गुरु पुर्णिमा मनाउने कार्यक्रम रहेको समेत कंडेलले जनाए । उनले कार्यक्रममा पत्रकारहरुलाई पनि उपस्थितिका लागि अनुरोध गरेका छन् । कार्यक्रममा भेरी अन्चल प्रभारी महात्मा नन्दनी बाइजी भेरी अंचल अध्यक्ष इन्द्रलाल कंडेलले कार्यक्रममा विशेष भूमिका खेल्ने भएका छन् ।