थारु समुदायको पाहुनालाई सत्कार गर्ने मुख्य सगुन भनेकै जाँड र रक्सी हो । साना, साना चाडपर्व देखि भोज भटेरमा थारु समुदायको मुख्य सगुन जाँड रक्सी हुन्छ । ठुला चाडपर्व तथा विवाह भोज आउँन अगावै महिनौ दिनदेखि जाँड रक्सीको जोह गर्ने र त्यहि अनुरुप त्यसदिन सबैलाई फालाफाल हुनेगरि खानपान गराउँने प्रचलन छ । त्यसो गरेको खण्डमा सबैको प्रशंसाको पात्र बनिन्छ । बिहीबार राप्ती सोनारी ४ पसरामपुरमा वडा न. ४ का वडा अध्यक्ष कान्छा थारुको छोराको विहेमा आगन्तुकहरुको दिनभरि जसो भरिभराउँ थियो । आएका पाहुनाहरुलाई व्यवस्थित ढंगले टेण्ट भित्र सानदार खानपानको व्यवस्था पनि गरिएको थियो । वडा अध्यक्ष थारु आफै पाहुनाहरुको स्वागत सत्कारमा व्यस्त देखिन्थे । निकै व्यवस्थित देखिने विवाहमा मादक पदार्थ जाँड र रक्सी निषेध गरिएको थियो । अधिकाँस पाहुनाले मनमनै र प्रत्यक्ष रुपमा गुनासो नगरेका पनि होइनन् । तर अध्यक्ष थारुले खासै वास्ता नगरेझै गरेर जाँड, रक्सी रहित विवाह सम्पन्न गरेर प्रशंसनिय काम गरेका छन् । बढ्दै गएको कुसस्कार, कुरिती जस्ता परम्परालाई आजैबाट र आफैबाट सुरुवात गर्नुपर्छ , भन्ने सोचाईले यसो गरेको अध्यक्ष थारुको भनाई छ । सबै पाहुनालाई जाँड रक्सी दिदा एउटै पाहुनले धेरै समय खाने र त्यसो हुँदा सबैलाई व्यवस्थित गर्न नसकिने भएकोले पनि जाँड रक्सी निषेध गरिएको अध्यक्ष थारुले उल्लेख गरे । आफ्नो क्षमता अनुसारको बिवाह, भोज सबैले गर्नुपर्ने भन्दै गलत परम्परा सबैले त्याग्न आवश्यक रहेको धारणा राखे । विवाह, पार्टीहरुमा मात्रै जाँड रक्सी हटाउन सके धेरै हिंसा, अपराध कम हुने उनको विश्वास छ । २०५६ सालमा एसएलसी पास गरेर शिक्षण पेशामा आवद्ध रहेका वडा अध्यक्ष थारु वडा अध्यक्ष निर्वाचित भएका थिए । राम्रो र नमुना वडा बनाउँनका लागि सबैको पहल आवश्यक रहेको जनाउँदै सबै संग सहकार्य एकता गरेर जाने प्रतिवद्धता समेत जनाए ।
Friday, December 14, 2018
वडा अध्यक्ष कान्छा थारुले गरे विहेमा जाँड रक्सी निषेध
थारु समुदायको पाहुनालाई सत्कार गर्ने मुख्य सगुन भनेकै जाँड र रक्सी हो । साना, साना चाडपर्व देखि भोज भटेरमा थारु समुदायको मुख्य सगुन जाँड रक्सी हुन्छ । ठुला चाडपर्व तथा विवाह भोज आउँन अगावै महिनौ दिनदेखि जाँड रक्सीको जोह गर्ने र त्यहि अनुरुप त्यसदिन सबैलाई फालाफाल हुनेगरि खानपान गराउँने प्रचलन छ । त्यसो गरेको खण्डमा सबैको प्रशंसाको पात्र बनिन्छ । बिहीबार राप्ती सोनारी ४ पसरामपुरमा वडा न. ४ का वडा अध्यक्ष कान्छा थारुको छोराको विहेमा आगन्तुकहरुको दिनभरि जसो भरिभराउँ थियो । आएका पाहुनाहरुलाई व्यवस्थित ढंगले टेण्ट भित्र सानदार खानपानको व्यवस्था पनि गरिएको थियो । वडा अध्यक्ष थारु आफै पाहुनाहरुको स्वागत सत्कारमा व्यस्त देखिन्थे । निकै व्यवस्थित देखिने विवाहमा मादक पदार्थ जाँड र रक्सी निषेध गरिएको थियो । अधिकाँस पाहुनाले मनमनै र प्रत्यक्ष रुपमा गुनासो नगरेका पनि होइनन् । तर अध्यक्ष थारुले खासै वास्ता नगरेझै गरेर जाँड, रक्सी रहित विवाह सम्पन्न गरेर प्रशंसनिय काम गरेका छन् । बढ्दै गएको कुसस्कार, कुरिती जस्ता परम्परालाई आजैबाट र आफैबाट सुरुवात गर्नुपर्छ , भन्ने सोचाईले यसो गरेको अध्यक्ष थारुको भनाई छ । सबै पाहुनालाई जाँड रक्सी दिदा एउटै पाहुनले धेरै समय खाने र त्यसो हुँदा सबैलाई व्यवस्थित गर्न नसकिने भएकोले पनि जाँड रक्सी निषेध गरिएको अध्यक्ष थारुले उल्लेख गरे । आफ्नो क्षमता अनुसारको बिवाह, भोज सबैले गर्नुपर्ने भन्दै गलत परम्परा सबैले त्याग्न आवश्यक रहेको धारणा राखे । विवाह, पार्टीहरुमा मात्रै जाँड रक्सी हटाउन सके धेरै हिंसा, अपराध कम हुने उनको विश्वास छ । २०५६ सालमा एसएलसी पास गरेर शिक्षण पेशामा आवद्ध रहेका वडा अध्यक्ष थारु वडा अध्यक्ष निर्वाचित भएका थिए । राम्रो र नमुना वडा बनाउँनका लागि सबैको पहल आवश्यक रहेको जनाउँदै सबै संग सहकार्य एकता गरेर जाने प्रतिवद्धता समेत जनाए ।
Monday, October 22, 2018
अध्याँरो मूनि सुत्केरी सेवा
सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती पारिका बैजापुर, बिनौना, लगायतका ठाउँमा अहिले पनि नागरिकले पाउँने अधिकारबाट बन्चित छन् । हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिने राज्यले योजना ल्याएपनि यस स्थानमा त्यो लागु हुन सकेको छैन् । ठुला अस्पताल त छैनन् नै तर स्वास्थ्य चौकी बाट पनि यहाँका नागरिकले भनेको जस्तो सबै सुविधा गाउँमै पाउँन सकेका छैनन् । पीडित मध्ये सबैभन्दा ठुला समस्या सुत्केरी महिलाले भोगि रहेका छन् । सुत्केरी हुन आउँने महिलाहरुलाई जाडो सिजनमा हिटर बाट ताप दिनका लागि र पुरै उज्यालो पार्ने विद्युत छैन, आफ्नै स्वास्थ्य चौकीमा एम्वुलेन्स छैन, यो प्रशंग हो बैजापुर स्वास्थ्य चौकीको । राज्यले प्रयाप्त जनशक्ति दिन नसक्दा सुत्केरी हुन आउँने महिला मात्रै होइन, सुत्केरी गराउने स्वास्थ्यकर्मि पनि पीडित छन् । बैजापुर स्वास्थ्य चौकीमा कार्यरत अनमि एलीजा जिएम भन्छिन् सुत्केरी गराउँदा बिजुली त छैन तर अपतकालिन सुत्केरीलाई सदरमुकाम पठाउदा एम्वुलेन्स नपाउँदाको पीडा निकै छ । आमा सुरक्षा कार्यक्रम अन्तरगत आफु र मनिशा कुमारी थारु मात्रै रहेकोले विदा पनि बस्न नपाइने र रातीको समयमा निकै ग्राहो र एक्लो महसुस हुने गरेको उनको अनुभव छ । डेढ बर्षदेखि कार्यरत रहेको जनाउँदै एलिजाले रातीको समयमा सुत्केरी आएपछि अरुको सहारा लिएर स्वास्थ्य चौकी सम्म पुग्नुपर्ने बाध्यता रहेको जनाइन् । उनका अनुसार मनिसा त झनै स्वास्थ्य चौकी नजिकै कोठा लिएर सेवा दिइरहेकि छिन् । स्वास्थ्यकर्मि हिरामणी गुरौं थारुका अनुसार गत आर्थिक बर्षमा १ सय ९६ सुत्केरी भएको र जस मध्ये १ सय ५ छोरी र ९१ छोरा जन्मिएको समेत स्वास्थ्यकर्मि थारुले जनाए । उनका अनुसार सानो उमेरमा विवाह गरेर बच्चा जन्माउनेहरुमा केहि समस्या देखा परेपनि नियमित रुपमा ४ पटक सम्म जाँच गराउने महिलाहरु पनि धेरै रहेका छन् ।
Tuesday, October 9, 2018
२७ गते बैजापुरमा सांस्कृतिक उत्सव
अधिकार,संस्कार, संस्कृती र पहिचान जोगाउन यहि २७ गते बैजापुरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । भिजन युवा संजालले आयोजना गर्न लागेको कार्यक्रममा ५० बढि समुहको नृत्य र राष्ट्यि स्तरको कलाकारहरुको बेजोड प्रस्तुती पनि रहने छ । सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने बैजापुर लगायत आसपासका गाउँहरुमा कला संस्कृति जर्गेना गर्न यस कार्यक्रमले मुख्य कडीको रुपमा भूमिका खेल्ने संजालका संयोजक हरि प्रसाद थारुले जानकारी दिए । उनका अनुसार राजनीतिक आस्था विचार बाट कहि कतै मेलमिलाप गर्ने भनइकन स्वतन्त्र रुपमा सबै जात जातीहरुको पुराना संस्कृतीको उजागर गर्ने उदेश्यमा सबैको उत्साह जनक सहभागिताको आवश्यकता छ । कार्यक्रममा प्रथम हुनेलाई ८ हजार, दृतिय हुनेलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार तथा सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको समेत संयोजक थारुले जनाए । संजालकि कोषाध्यक्ष लक्ष्मी चौधरीले प्रमुख अतिथि यस क्षेत्रका चौधरीया विष्णु थारु, विशेष अतिथि देशबन्ध्या र अरु सबै अतिथि रहने जनाइन् । अफ्नै सक्रियता स्थानीय व्यापारी बुद्धिजिवीहरुको सक्रियताले कार्यक्रम गर्न लागिएको समेत उनले जनाइन् । आगामी बर्षहरुमा झनै बृहत गर्दै लैजाने आयोजकको दावी छ , कार्यक्रममा चर्चित गायक विश्वसागर परियार, खेम भगोरिया र चर्चित मोडेल सुनिता दहितको पनि बेजोड प्रस्तुती रहने छ ।
सिंगो मन्त्रालय कुसुममा / पाँच बर्ष भित्र, नेपाल अध्याँरो मुक्त ः मन्त्री पुन
असोज २३
उर्जा जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले बाँकेको सबै दुर्गम ठाउँ लगायत देशैभरी पाँच बर्ष भित्रमा विुद्युत सेवा अनिवार्य रुपमा विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् । आज बाँकेको राप्ती सोनारी १ कुसुममा ११ के.भि को विद्युत शुभारम्भ कार्यक्रममा बोल्दै पाँच बर्ष भित्रमा कोहीपनि नेपाली अध्याँरोमा बस्न नपर्नेगरि विद्युत विस्तार गर्न लागिएको जनाए । मन्त्री पुनले लोकतान्त्रिक व्यवस्थामा सार्भम अधिकार आम जनतामा रहेको भन्दै अहिलेको सरकार उत्तरदायि र जवाफ देहि भएकोले कसैले पनि कुनै शंकोस नराखिकन विद्युत घरघरमा पुग्ने कुरामा विश्वस्त रहन आग्रह गरे । तार बाट विद्युत विस्तार गर्ने स्थानामा तारबाट र सम्भव नभएको स्थानामा बैकल्पीक उर्जा जडान गरेर भएपनि उज्यालो बनाउने अभियान रहेको प्रष्ट पारेका हुन् । अब कुनै पनि योजना विना कारण रोक्ने, समयमा सम्पन्न गर्न नसक्ने निर्माण कम्पनी माथि निगरानी रहेको उल्लेख गर्दै मन्त्री पुनले कुसुममा बाँकी रहेका क्षेत्रमा तथा राप्ती सोनारीको ३, ४, ५ लगायतको वडामा चाडो विद्युत विस्तार गर्न निर्देशन दिएको जिकिर गरे । १ सय मेगावटको विद्युत लिएर सिधै कुसुम क्षेत्रमा खोल्न सकिने पावरफुल लाईन कुसुममा रहेको जनाउँदै सबैको साथ सहयोेग पनि जरुरी रहेको मन्त्री पुनको कठन छ । अहिले पनि राप्ती नदीका विभिन्न स्थानमा निकै दयनिय अवस्थामा रहेको जनाउँदै जनताको तटबन्ध, जलउत्पन्न लगायतका कार्यालयलाई तत्काल दिर्घकालिन योजना ल्याउन निर्देशन दिएको मन्त्रीले जानकारी गराए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंले सिंगो उर्जामन्त्रालय बाँकेको दुर्गम जिल्लामा विद्युत विस्तारका लागि परेको जनाए । कार्यक्रममा संसदद्धय महेश्वर गहतराज अथक र प्रदेश सभासदस्य कृष्णा केसी नमुनाले विद्युत विस्तारको लागि गरेको पहलको प्रशंसा गरिएको थियो ।
Thursday, October 4, 2018
राजदुत कोडीको दुर्गम गाउँमा सवारी
युरोपियन युनियनका राजदुत महामहिम भेरोनिका कोडी बाँकेको दुर्गम गाउँको स्थलगत अनुगमन गरेका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती सोनारीको वडा न. ३, ४ र ५ को बिहीबार स्थलगत अनुगमन गरेका हुन् । गत बर्ष बाढीबाट प्राभावित भएका राप्ती सोनारी बासीलाई विभिन्न तहमा सहयोग गरिएको स्थान तथा सेल्टर भवनहरुको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा राजदुत कोडीले पीछडिएको क्षेत्र भएपनि यहाँका मानिसहरुको जीवन यापन, रहन सहन ब्यवहार शैली निकै सरल रहेको प्रशंसा गर्दै अझै विभिन्न विद्यामा सहयोग गर्न सकिने प्रतिवद्धता जनाएका छन् । युरोपियन युनियन, सेभ द चिल्ड्ेन, बेस बाँके तथा राप्ती सोनारी गाउाँपालिकाको संयुक्त सहयोगमा राप्ती सोनारीका ३ स्थानमा प्रति ८१ लाख बढि पर्ने सेल्टर भवन निर्माण गरि आज हस्तान्तरण गरिएको हो । कार्यक्रममा पलाष्टीक डुंगा तथा विभिन्न सामाग्री पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोगी संस्था प्रति धन्यवाद दिदै आगामी दिनमा साथ सहयोग र सहकार्यको अपेक्षा समेत गरे । गाउँपालिका अध्यक्षका स्वकीय सचिव सन्तोष चौधरीले गाउँपालिकाले आगामी दिनमा विपद बाट जोगिनका लागि उपलब्ध गराइने सेवा सुविधा बारे प्रतिवेदन पेश गरेका थिए ।
Tuesday, August 21, 2018
चिलहरियाका भण्डारीका शव २ महिना सम्म साउदीमा अलपत्र
परिवार शोकमा, श्रीमती र दुइ सन्तानको विचल्ली
राप्ती सोनारी ५ चिलहरिया घर भएका ३२ बर्षिय दल बहादुर भण्डारी जाँदा खेरि छिट्टै फर्केर आउँछु, हामी त केहि गर्न सकेनै छोरा छोरीलाई त ठुलो मान्छे बनाउँनु पर्छ भन्दै साउँदी अरव गएका उहाँ कहिलै न फर्किनु हुने भो भन्दै भाव विहोल बनिन उनको श्रीमती गिता भन्डारी । डेढ बर्ष अघि साउदी अरवको झिजान स्थित काफिर कम्पनीमा काम गर्न गएका दल बहादुर भण्डारीको गत अषाढ ४ गते मुस्लिमहरुको महान पर्व रमजानको विदाको दिन कोठामा एक्कासी मृत फेला परेका थिए । मृतक भण्डारीका श्रीमती गिताले साँस त रहेन लास पनि आइनपुगेको २ महिना भन्दा धेरै भएको दुखेसो पोखिन उनको घरमा घटना बारे बुझ्न गएका पत्रका हेमन्त चौधरी संग मिडिया मार्फत हुन्छ कि कसरी हुन्छ, तत्काल श्रीमानको लास ल्याउन पहल गरिदिन आग्रह गरिन । आर्थिक अवस्था कमजोर रहेको गिताका २ सन्तान स,साना छन् । यस बिषयमा पहल थालिएपछि परराष्ट् मन्त्रालयले शव झिकाइदिन र उचित क्षतिपुर्तिको लागि नेपाली राजदुता वास रियादमा पत्राचार गरेको छ । मन्त्रालयले जानकारी दिए अनुसार १, २ दिन भित्रमा शव नेपाल आइपुग्ने छ ।Monday, August 20, 2018
काँग्रेस राजनीतिमा नर्सरी कक्षामै गुट उपगुट हावी
अर्जुन महतारा, महा समिति सदस्य,
नेपाली काँग्रेस,
अध्ययनको शिलशिलामा हुम्ला बाट काठमाण्डौ आइसकेपछि सानो ठिमी क्याम्पस भक्तपुर बाट २०५८ सालमा नेविसंघ बाट राजनीति सुरु गरेको अर्जुन महतारा २०६० सालमा स्वतन्त्र विद्यर्थी युनियनको सह सचिवको उम्मेदवार बने संगै २०६१ सालमा हुम्ला काठमाण्डौ नेविसंघको सम्पर्क समिति सभापति,२०६२ सालमा नेविसंघ हुम्लाको जिल्ला अध्यक्ष, त्यसपछि ११ औं महाधिवेशन प्रतिनिधि, २०६८ सालमा नेविसंघको केन्द्रिय सदस्य हुँदै १२ औं महाधिवेशन पछि पार्टीको महा समिति सदस्य समेत भएका थिए ।
नेपालको राजनीतिमा नेपाली काँग्रेसको ऐजेण्डा मन पराएर पटक पटक देशकै पहिलो पार्टीको रुपमा नेपाली जनताले नबनाएका होइनन् । देश हाँक्न सक्ने अब्बल नेता र नेतृत्वकर्ता पनि नभएका होइनन् । तर अहिलेको अवस्थामा आएर माथिबाट सिधै तल पुछारमा काँग्रेस झरेको छ । निर्वाचनको परिणाम निकै कमजोर देखिएपछि पार्टीका नेतृत्वकर्ता देखि गुटगटको पोल खोलाखोल गर्ने, एक अर्कालाई आरोप प्रत्यारोप लगाउने मात्रै होइन, अन्तरघात गर्ने ६ सय बढिको उजुरी नै पर्यो । हामी जस्तो पार्टीको एजेण्डा लिएर देश र जनताको लागि केहि गर्नसक्ने सोँच लिएर हिडेका युवाहरुमा चुनावको परिणामले केहि खुम्चिएको जस्तो भान भएको थियो । तर पछिल्लो समयमा आएर नेपाली काँग्रेस राजनीतिमा पहिलो नर्सरी कक्षाको रुपमा रहेको नेविसंघको महाधिवेशन र पार्टीको महाधिवेशनलाई लिएर यतिबेला फेरी गुट उपगुटको राजनीतिले चरम सिमा नाघेको सबैमा जगजाहेर छ । अहिले पनि मैले त विश्वासै लिएको छैन, कि नेविसंघको महाधिवेशन हुन्छ भनेर । किनकि यसका थुप्रै उदाहरण हामी माझ ताजै छन् । अहिले सम्म जिल्ला जिल्लामा अधिवेशन हुन सकेको छैन, पहिले देखि विवाद सुल्झीन नसकेको १२ जिल्लाको समस्या जस्ताको त्यस्तै छ, त्यसैमाथी नेताहरुले आ, आफ्नो स्वार्थका लागि एउटै क्याम्पसमा ३,४ वटा सम्म पनि सभापति नियुक्त गराउने, बहसमा उमेरको हदबन्दी लगायतका तमाम समस्याको समाधान नहुँदै कसरी महाधिवेशन सम्भव छ । म हुम्ला बाट नेपालको राजधानी काठमाण्डौ सम्म आएर विद्यार्थी देखि , पार्टीको राजनीतिमा भिज्न गुट उपगुटले कति गाह्रो भएको होला, मजस्ता धेरै साथीहरुको हाल यस्तै छ । पार्टीको नेतृत्वपंक्तीलाई स्मरण हुनु पर्छ, अहिलेका पार्टी सभापति शेर बहादुर देउवा, गगन थापा, विमलेन्द्र निधि, प्रकाश शरण महत लगायतका नेताहरु नेविसंघकै राजनीति बाट आएका हुन ।
तर के गर्ने अहिले पनि पार्टीमा पुरातनवादी सोँच हावी छ । यि समस्याहरुको विचबाट क्षमता भएका युवाहरुमा अहिले पनि पार्टी भित्र विभिन्न संघ संगठन भित्र ठाउँ खाली छ । हरेक बर्ष महासमिति सदस्यहरुको भेला गराएर पार्टी भित्र रहेका रिक्त पदमा नेताहरुलाई नियुक्त गरेर पार्टीलाई तलैबाट सवल बनाउन लाग्न पर्ने ठाउँमा २ बर्ष देखि महासमिति सदस्यहरुको भेला गराउन नसक्नुले नेतृत्व कमजोर भएको महसुस हुन्छ । अबको विकल्प भनेको तत्काल सबै तह तप्काको अधिवेशन,महाधिवेशन गराएर रिक्त रहेको पदपुर्ती गर्दै गुट उपगुटको राजनीतिलाई त्याग्दै एकै सुर एकै तालमा अगाडी बढ्ने हो भने अहिले पनि काँग्रेस देशको पहिलो पार्टी हुन बाट कुनै शक्तिले रोक्न सक्दैन । सबैलाई चेतनाभया । जय नेपाल, अर्जुन महतारा, महा समिति सदस्य
नेपाली काँग्रेस
Tuesday, August 14, 2018
राप्ती सोनारी क्षेत्रमा ८५ हजार रुखविरुवा वृक्षारोपन
राप्ती सोनारी क्षेत्रमा ८५ हजार रुखविरुवा वृक्षारोपन
राप्ती सोनारी क्षेत्रमा यस बर्ष ८५ हजार बढि विभिन्न प्रजातिका रुख विरुवा रोपिएको छ । सामुदायिक बन, गैर सरकारी संघ संस्था देखि व्यक्ति, व्यक्तिले सम्म विभिन्न प्रजातिका ८५ हजार बढि विरुवा रोपेका हुन । ईलाका बन कार्यालय धामपुर बैशाका अनुसार ८५ हजार ७ सय विरुवा उत्पादन भएकोमा अहिले सम्म विभिन्न सामुदियक बनहरु, संघ संस्थाको पहलमा महिला समुहहरु, र किसानहरुले निशुल्क रुपमा खाली जग्गामा रुख विरुवा लगाएको ईलाका बन कार्यालय वैशााका इन्चार्ज रेन्जर मानबहादुर थापाले जानकारी दिए । रेन्जर थापाले सिमल, सिसउँ, बोकाइनो, मसाला लगायत दजर्न बढि जातका ७४ हजार रुखका विरुवा राप्ती सोनारी गाउँपालिकाको बजेट र ११ हजार बढि विरुवा आफ्नै कार्यालयको पहलमा उत्पादन गरिएको समेत उल्लेख गरे । इलाका बन कार्यालय वैशाको कार्य क्षेत्रमा पर्ने रामकुट्टी सामुदायिक बनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत १७ हजार विरुवा वृक्षारोपन गरिएको बनका कर्मचारी तोरनदेव गिरीले जानकारी दिए । वृक्षारोपन कार्यक्रममा सहभागि भएका जिल्ला बन अधिकृत पुष्पराज बर्तौलाले बन जंगल जोगाउन सकेमात्रै मानव जिवन स्वस्थ हुने उल्लेख गरे । यसैगरि भुवर भवानी सामुदायिक बनले ५ हजार, हरियालीले ५ हजार , जागृतिले ३ हजार, लामी डाडालेँ १० हजार तथा विभिन्न संघ संस्था व्यक्तिहरुले गरि ८५ हजार बढि रुख विरुवा लगाएका हुन् ।
Thursday, July 26, 2018
ब्यवसायिक बाख्रापालनमा सहयात्री जननी सहकारी
साउन, ११ गते,
घरको चुलो चौकोमा मात्रै सिमित रहने राप्ती सोनारी २ का महिलाहरुलाई जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले व्यवसायिक रुपमा उन्नत जातको बाख्रा पालन व्यवसाय तर्फ आर्कषित गरेको छ । सहकारीले उन्नत जातको बाख्रा किन्ने ऋण उपलब्ध गराउँनुका साथै घाँस उत्पादन तथा औषधीहरु निशुल्क उपलब्ध गराउन थालेपछि महिलाहरु व्यवसायिक रुपमा उन्नत जातका बाख्रा पालन गरिरहेका हुन । जस्का कारण महिलाहरु आर्थिक रुपमा सवल बन्दै गएका छन् । उक्त सहकारीको सहयोग पाएर बाख्रापालन गरिरहेका महिलाहरुले एक बर्षमा १३ हजार ५६ किलो खशि बेच्न सफल भएको सामाजिक उद्यमी जिल्ला सहकारी संस्थाका जिल्ला अध्यक्ष कृष्ण केसीले जानकारी दिए । त्यस अनुसार बिहीबार र शुक्रबार उक्त सहकारीले ३२ समुहका गरि ५ सय ८२ कृषकलाई आन्तरिक परजिवी नियन्त्रत्रणका लागि बाख्राको औषधी समेत वितरण गरेको छ । जिल्ला अध्यक्ष केसीका अनुसार महिलाहरुलाई सहयोग गरेपछि उनीहरुले उत्पादन गर्ने, खशी बोका ३० किलो भन्दा माथिको हुने गरेको उल्लेख गर्दै, बिचौलिया ब्यापारीहरुको कारण केहि समस्या उत्पन्न भएको समेत जनाकारी दिए । २०७२ सालमा स्थापना भएर सहकारीले बाख्राको गुणस्तरिय उत्पादन तथा खशिको बजारीकरणमा जोड दिएको छ ।
Friday, July 6, 2018
वडा न. ४ को झण्डै आधा बजेट गाउँपालिका फिर्ता हुँदै ,
राप्ती सोनारी वडा न. ४ को एक बर्षको झण्डै आधा बजेट ५९ लाख रुपैयाँ धामपुरमा रहेको गोजरह्वा नालामा पुल बनाउनका लागि छुट्याइएको थियो । तर एक बर्ष वित्दा समेत कामको कुनै सुरसार नभएपछि अहिले लालपुर देखि भित्रको सहायक बाटोमा पीचको पुर्वतयारी स्वरुप त्यहि बजेट कन्भर्ट गर्ने तयारी विथोलिएको छ । प्राविधिकले पुरानो मितिमा सम्झौता गर्न नमानेपछि अहिले वडाको ५९ लाख गाउँपालिका फिर्ता हुने भएको छ । वडा अध्यक्ष कान्छा थारुका अनुसार काम गर्न नसकिएपछि उक्त रकम गाउँपालिकाको संचय खातामा फिर्ता हुने जानकारी दिए । अध्यक्ष थारुले भने क्रमश गोजरह्वामा पुल निर्माणका लागि बजेट निकासा गरेका हौँ तर सफल भएन, पिचमा लगाउँ भन्दा पनि मिल्दो रहेनछ, गाउँपालिका फिर्ता हुने भयो । उनका अनुसार तर त्यो बजेट सुरक्षित रहने छ ।
Monday, June 25, 2018
तेकवान्दो विद्या बिनौनामा
खेलकुद क्षेत्रमा तेकवान्दो पनि आनिवार्यता हो, भन्ने शिक्षा दिनका लागि राप्ती सोनारी ५ भुवर भवानी माविमा कार्यक्रम गरिएको छ । जिल्ला तेकवान्दो संघ बाँकेको आयोजना तथा कोच गेज बहादुर वलीको पहलमा उक्त कार्यक्रम गरिएको हो । राप्ती सोनारी गाउँपालिका कि उपाध्यक्ष धनि कुमारी खत्रीले स्वास्थ्यको लागि र राष्ट्रको लागि खेलकुद नारा साच्चीकै सबैका लागि भएको भन्दै विद्यार्थी भाई बहीनीहरुले अनुसरण गर्नुपर्ने बताइन । कार्यक्रममा ब्याम्बो पनि प्रस्तुत गरिएको थियो ।
Wednesday, April 11, 2018
१० औं राष्ट्रपति रनिङ शिल्डको आज समापन गरिदै, आजको फारइनल खेलमा घमासान प्रतिस्पर्धा हुने
चौथो दिनको खे१० औं राष्ट्रपति रनिङ शिल्डको चोथो दिन पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । सरस्वती मा.वि भवनियापुरमा भइरहेको खेलमा आज छात्र,छात्रा १ सय मिटर दौड, ट्रिपल जम्प,४ इन्टु ४ सय रिले दौड,१ सय इन्टु १ यस मिटर दौड र ज्याबलिङ थ्रोका फइनल खेल भएका छन् । १ सय मिटर दौडमा छात्र तर्फ त्रीभुवन मा.विका भिम बहादुर सुनार प्रथम, गेरखा युनाइटेडका हार्दिक राना दृतिय र ज्ञानज्योतीका सुशिल कुमाल तृतिय भएका छन् । छात्रा तर्फ गोरखा युनाइटेडका निलिमा मल्ल प्रथम, जयकिशान मा.विकि सामना चौधरी दृतिय र कृष्ण माविकि सुशिला थारु तृतिय भएकि छिन् । त्रिप्रल जम्पमा नेपालगन्ज मोडेल एकेडेमीका दिपक शाही प्रथम, होलिल्याण्ड का विमल राना क्षेत्री दृतिय र कृण माविका गणेश बैगार तृतिय भएका छन् । छात्रा तर्फ गोरखा युनाइटेडकि सुस्मिता आचार्य प्रथम, ज्ञानज्योतीकि सामना चौधरी दृतिय र त्रीभुवन माविकि पुचा चौधरी तृतिय भएकि छिन् । यसैगरि ४ सय इन्टु ४ सय मा छात्रतर्फ जनज्योती पब्लीक कोहलपुर प्रथम, ज्ञानज्योती चप्परगौडी दृतिय र सरस्वती मा.वि भवनियापुर तृतिय भएको छ । यस्तै छात्रा तर्फ सरस्वती मा.वि प्रथम, गोरखा युनाइटेड दृतिय र सिद्धेश्वर मावि तृतिय भएको छ । ज्याबलिङ थ्रो छात्र तर्फ भुपु सैनिकका लक्ष्मण थापा प्रथम, ब्रइटलाइटका प्रभाकर भट्टराई दृतिय र जनज्योती पब्लिकका दिनेश बताला तृतिय भएका छन् । यस्तै गरि छात्रा तर्फ भुवर भवानी माविकि सिता थारु प्रथम, ज्ञानज्योतीकि समिना चौधरी दृतिय र जनज्योती पब्लिक स्कुलकि बाल कुमारी सिंह ठकुरी तृतिय भएकि छिन् ।
मध्यान्ह १२ बजे सम्म सबै खेल सम्पन्न हुने र औपचारिक समापन पनि गरिने छ ।
मध्यान्ह १२ बजे सम्म सबै खेल सम्पन्न हुने र औपचारिक समापन पनि गरिने छ ।
Sunday, March 4, 2018
चैत्र २५ देखि भवनियापुरमा खेलकुद महोत्सव हुँदै

राप्ती सोनारी समाचारदाता यस बर्ष हुने १० औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सफल बनाउन जिल्ला भरिका प्रःअ हरु सक्रिय भएका छन् । आगामी चैत्र २५ गते देखि सरस्वती मा.वि भवनियापुरमा हुन गईरहेको रनिङ्ग शिल्ड प्रतियोगीता भब्य बनाउनका लागि प्र.अहरु सक्रिय भएका हुन् । जिल्ला खेलकुद विकास समिति बा“केको आयोजना तथा सरस्वती मा.वि भवनियापुरको संचालन र ब्यवस्थापनमा हुन लागेको प्रतियोगीतामा जिल्ला भरिका सामुदायिक तथा निजि विद्यालयले एक जुट भएर सहयोग गर्ने सामुहिक प्रतिवद्धता समेत जनाएका छन् । उनीहरुले सबै विद्यालयको अनिवार्य उपस्थिति तथा सहयोग भनेका छन, त्यसै अनुसारको तिब्र तयारी गर्न विद्यालयलाई पनि निर्देशन भएको छ, प्र.अ भेलामा सहभागि गणेश आधारभूत विद्यालय खैरहनीका प्र.अ लहानु थारुले भने । प्र.अ थारुका अनुसार दुर्गम ठाउ“मा हुन गईरहेको प्रतियोगीतालाई खेलकुद महोत्सवकै रुपमा मनाउन तयारी थालिएको छ । प्रतियोगीतालाई सफल बनाउनका लागि जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदपनि निकै सक्रिय भएका छन् । जिशिअ साउदले जिल्ला शिक्षा कार्यालयले गर्ने सबै सहयोगहरु खुल्ला रहेको बताउदै खेलकुद महोत्सव सफल पार्न सबै जागरुप हुन आग्रह गरे । यस बर्ष क्षेत्र अनुसारको प्रतियोगीता नभएर जिल्ला स्तरिय हुने र आधारभूत विद्यालय देखि कक्षा १२ सम्मका विद्यालय सहभागि हुन पाउने भएको हु“दा जिशिअ साउदले सफल पार्ने दायित्व खेल सन्चालक विद्यालयको नभएर सबैको दायित्व भएको प्रष्ट पारे । प्रतियोगीतामा भलिबल छात्र, छात्रा, कबड्डी छात्र,छात्रा, हाइजम्प, दौड,लङजम्प,त्रिपलजम्प, ज्याभलिङ, सितेरिया करांते,तेक्वान्दो,उसु लगायतका खेल रहने छन् । खेल सन्चालन गर्ने विद्यालयले जिल्ला खेलकुद विकास समितिले २ लाख र सहभागि भएका विद्यालयलाई १० हजारको दरले उपलब्ध
गराउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । यस बर्ष ४ हजारको दरले विद्यालयलाई दर्ताशुल्क लाग्ने निर्णय समेत गरिएको छ । प्रतियोगीता सफल पार्नका लागि फिल्ड मार्सल जयद अहमद खा“ र सहायक फिल्ड मार्सलमा केशर बहादुर आलेलाई राखिएको छ । आंतक बस्नेतको अध्यक्षतामा आपतकालिन समिति निर्माण गरिएको छ । यो समितिले खेल संचालनको क्रमम आइपर्ने समस्या समाधान गर्न मुख्य भूमिका खेल्ने छ । अभिलेख समितिमा दुर्गा प्रसाद बास्तोलालाई राखिएको छ ।
Saturday, November 4, 2017
एराप्रपा बाट प्रदेश सदस्यका लागि उम्मेदवार बनेका चौधरीको प्रतिवद्धता
राम चरण चौधरी
प्रदेश सभाको सदस्यका लागि प्रत्यक्ष उम्मेदवार
बाँके क्षेत्र न ः १ को (क) बाट
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी
प्रतिवद्धता पत्र
१, अहिले सम्म विद्युत नपुगेको ठाउँमा विद्युत पुर्याइ उज्यालो बनाउने छुँ ।
२, नेपालगन्ज देखि बघौडा सम्म जोड्ने हुलाकी राजमार्गको कामलाई छिटो सम्पन्न गर्नका लागि भारत संग समन्वय गर्दै विशेष पहल गर्ने ।
३, खुल्ला सिमानाका कारण बढ्दो अपराध नियन्त्रणका लागि विशेष सुरक्षा योजना ल्याउने ।
४, आफ्नो कार्यकालमा बाँके क्षेत्र न ः १ को (क) अन्तरगत पर्ने मुख्य तथा सहायक सडकहरु चौडाई गरि कालोपत्रे गरिनुका साथै खोला नाला, नदीहरुमा पुल, झुलुङ्गेपुल, कल्भर्ट निर्माण गर्ने ।
५, सबै जातजातिको धर्म संस्कृतिलाई संरक्षण गर्दै मस्जीद, चर्च, गुम्बा, मठ मन्दिर, धर्मशाला निर्माण गर्ने ।
६, दुर्गम क्षेत्रमा सहज सेवा दिने गरि ठुला अस्पताल क्याम्पस निर्माण गरि सहज सेवा संगै दक्ष जनशक्ति उत्पादन गर्ने ।
७, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्दै उद्योग कलकारखाना विस्तारगरि वेरोजगारी कम गर्ने ।
८, कृषकहरुलाई व्यवसायिक कृषिमा आवद्ध गराई, किसानका लागि विशेष योजना ल्याउनुको साथै हरेक किसानका खेतमा सिचाईका लागि नहर निर्माणका लागि पहल गर्ने ।
९, यस क्षेत्रमा सम्भावना बोकेका स्थानहरुलाई पर्यटकिय क्षेत्र घोषणा गरि भौतिक संरचना निर्माण गर्ने ।
१०, खेलाडी राष्ट्रका गहना हुन भनि विभिन्न खेलका लागि विशेष योजना ल्याएर राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने ।
११, भूमिहिन रहेका किसानलाई जग्गा उपलब्ध गराई सुकुम्वासी समस्या समाधान गर्ने ।
१२, बर्षौ देखिको ठुलो समस्या कटान, पटान, डुबानलाई नियन्त्रण गर्न ठुला, बाँध, टटबन्ध निर्माण गर्ने ।
१३, खानेपानीलाई सहज रुपमा उपलब्ध गराउनका लागि पानी ट्याङ्कीको निर्माण गर्ने ।
१४, भ्रष्टाचार नियन्त्रण गरि सम्मुनत समाज निर्माण गर्ने ।
१५, पछाडी परेका वर्ग, महिला, दलित, खुनाहा, चिडिमार, जनजाति, कम्लहरीहरुलाई अधिकार सम्पन्न बनाई सिप मुलक रोजगार मूखि योजना ल्याउने ।
१६,हरियो बन बनाई राख्नका लागि सामुदायिक बनहरुको स्तरबृद्धि गरि सम्पादा जोगाउने योजना ल्याउने ।
१७, जातिय सद्धभावलाई कायम राखि राख्नका लागि धर्मगुरु, सबै समुदयाका लागि विशेष योजना ल्याउने ।
धन्यवाद
राम चरण चौधरी
प्रत्यक्ष उम्मेदवार
सम्पर्क न ः ९८४४८२३६५३,९८५८०३४५४२
Sunday, September 17, 2017
कुसुममा हत्या गरिएका युवकको नाम ठेगाना खुल्यो, केहिबेरमा आफन्त पुग्दै
धारिलो हतियार प्रयोग गरि हत्या गरिएका युवकको ठेगाना खुलेको छ । रुकुमको महत गाउँपालिका २ घर भएका ३२ बर्षिय सन्त बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । उनी हाल घोराही उपमहानगर पालिका बसपार्क बस्दै आएका थिए । उनी साथीहरु संग नेपालगन्ज घुम्न आएको बेला हत्या भएको हो । उनको आफन्तहरु केहिबेरमा बाँके पुग्दैछन् । गएराती राप्ती सोनारी गाउँपालिका १ दोघरे टोलमा एक युवकको हत्या गरिएको थियो । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई पदम ओलीका अनुसार भवनियापुरको दोघरे गाउँको राप्ती नदि नजिकै युवकको हत्या गरिएको अवस्थामा शब फेला परेको हो । प्रहरी इन्चार्ज ओलीले भने टाउँकोमा धारिलो हतियार प्रयोग गरिएकोले गहिरो घाउ छ, युवक संगै नजिकैको झाडीमा रा १ प ४९२५ नम्बरको पहिलो कलरको अपाचे मोटरसाईकल पनि फेला परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।कुसुममा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या
असोज १,
गएराती राप्ती सोनारी गाउँपालिका १ दोघरे टोलमा एक युवकको हत्या गरिएको छ । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज सई पदम ओलीका अनुसार भवनियापुरको दोघरे गाउँको राप्ती नदि नजिकै युवकको हत्या गरिएको अवस्थामा शब फेला परेको हो । प्रहरी इन्चार्ज ओलीले भने टाउँकोमा धारिलो हतियार प्रयोग गरिएकोले गहिरो घाउ छ, युवक संगै नजिकैको झाडीमा रा १ प ४९२५ नम्बरको पहिलो कलरको अपाचे मोटरसाईकल पनि फेला परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।Saturday, September 16, 2017
पुर्व कम्लहरीका लागि नास्ता पसलको तालिम
कम्लहरी जीवन बाट उद्दार गरिएका ४० जना पुर्व कम्लहरीहरुलाई आत्मनिर्भर बनाने २० दिने तालिम दिइएको छ । नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोग र मुक्त कम्लहरी विकास मन्चको साझेदारीमा ४० जना पुर्व कम्लहरीहरुलाई नास्ता पसल गर्ने उद्देश्यले तालिम दिइएको मुक्त कम्लहरी विकास मन्चकि अध्यक्ष सिता थारुले जानकारी दिइन् । अध्यक्ष थारुका अनुसार उनीहरुले गाउँमा गएर आत्म निर्भर भएर काम गर्नेछन् ।Thursday, August 31, 2017
कमिलाल भन्छन् घरबनेपछि मात्र छोरीहरुको अन्तिम संस्कार
Sunday, August 6, 2017
सहकारीद्धारा जनप्रनिधिलाई बधाई तथा सम्मान
समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड भवनियापुरले राप्ती सोनारी गाउँ पालिकाको नव निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा सम्मान दिएको छ । आज बिहान एक कार्यक्रममको आयोजना गरेर नव निर्वाचित प्रतिनिधिलाई बधाई तथा सम्मान सम्मान दिएको सहकारीका कार्यकारी प्रमुख सन्तोष थारुले जानकारी दिए । सम्मान कार्यक्रममा बोल्ने जन प्रतिनिधिहरुले सुगम जिल्लाको दुर्गम क्षेत्र राप्ती सोनारीमा बैंकको पहुँच नभएको अवस्थामा स्थानीयलाई सहकारीले सजिलै वित्तिय कारोबारमा सहयोग गरेकोमा प्रंशसा गरे । कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सहकारीले खेलेको भूमिका सराहनिय रहेको भन्दै आगामी दिनमा नागरिकलाई सहज ढंगबाट रकम जम्मा, ऋण उपलब्ध लगायत सेवाका लागि सहकारीलाई सक्दो सहयोग गर्ने जनाए ।
Subscribe to:
Posts (Atom)

























