शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Sunday, February 5, 2017

खरेललाई कंडेलको साथ,
राप्रपाको राजनीतिमा सच्चा पौडेल पक्षधर मानिने जिल्ला कोषाध्यक्ष तेजनारायण कंडेल खुलेर खरेलको पक्षमा लागि परेका छन् । आफ्नो  बलियो खम्बा मान्ने पौडेल पक्ष कंडेल एकाएक खरेल तिर उभिएपछि उनीहरु चकित परेका छन् ।  विगत दुई साता देखि फेसवुक देखि, मनत्वय सम्ममा खरेलको पक्षमा प्रचार प्रसारलाई भाईरल बनाएका छन् ।
जहिले पनि उनीहरुकै पक्षमा बोल्ने कंडेल राप्रपाको जिल्लाको राजनीतिमा सक्षम मानिन्छन् । जिल्लाको सदस्य हुँदै कोषाध्यक्ष सम्म कुशल जिम्मेवारी निर्वाह गरेका  कंडेलले २७ बर्ष देखि निरन्तर राजनीति गरिरहेका खरेल जितेपछि पार्टीलाई धेरै सहयोग पुग्ने भन्दै खुलेर सहयोग गर्न थालेको जनाए ।

राप्रपाको राजनीतिमा पौडेल भन्दा खरेल सक्षम


विगत १ महिना देखि देशैभरी राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउ देखि क्षेत्र सम्म अधिवेशन, निर्वाचन चलिरहेको छ । दुई राप्रपा एक भएपछि अहिले देशैभरी गर्मागर्मी चलिरहेको बेला बाँकेमा झनै माहोल तातिएको छ । यहि २५ गते हुने बाँके जिल्लाको अधिवेशनमा दुई पक्ष विच घमाशान युद्ध हुने देखिएको छ । लामो समय देखि कुशल राजनीति गर्दै आएका कृष्ण प्रसाद खरेल र राजनीतिमा खाशै नदेखिएका नरेन्द्र पौडेल बिच प्रतिस्पर्धा हुने देखिएको छ । यि दुई खेमा विच हुने लडाईमा पार्टीगत स्वार्थ भन्दा व्यक्तिगत, नातागत, स्वार्थगत चलखेल सुरु भएको छ । दुई÷दुई पटक पार्टीको जिल्ला अध्यक्ष भएर कुशल भूमिका निर्वाह गरिसकेका खरेललाई हराउन केन्द्रिय नेता देखि आफुलाई जिल्लाका ठुला भनाउदा नेताहरु लागि परेका छन् । पौडेल भन्दा खरेल जित्ने निश्चित  हुँदै गएपछि यतिबेला चलखेल सुरु भएको हो । जम्मा १ सय ५७ मत मध्ये खरेलले १ सय बढि मत ल्याउने पक्का भइसकेको छ ।

Thursday, January 12, 2017

बैजापुरमा अंजिगर भेटिनेक्रम बढ्यो


दिपक चौधरी÷बैजापुरमा अंजिगर भेटिने क्रम बढेको छ । ईलाका बन कार्यालय धामपुर र बाँके राष्ट्रिय निकुन्जले दिएको सुचना अनुसार पछिल्लो २  महिनामा ६ वटा बढि अजिंगर सर्प भेटिएका हुन् । ईलाका बन कार्यालय धामपुरमा कार्यरत कर्मचारी यम रावतको अनुसार आज बिहान बैजापुर ६ खैरहनीमा अंजिगर सर्प भेटिएको हो । जाडोले कठ्याङ्ग्रीएको अवस्थामा फेला परेको र सकुशल उद्दार गरिएको जानकारी समेत रावतले दिए । यस अघि बैजापुरमै ठुला अजिंगर सर्प भेटिएका थिए ।

Monday, January 2, 2017

राप्रपाको र्याली एतिहासिक भएको दावी




राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष  २० गते  नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभाको पुर्व सन्ध्यामा एतिहासिक र्याली निकालेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेको अगुवाईमा कोहलपुर बाट नेपालगन्जसम्म एतिहासिक र्याली निकालिएको हो ।  युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसीका अनुसार राप्रपाका ३ दर्जन बढि नेताहरुलाई स्कटिङ्गका लागि निकालिएको र्यालीमा १ हजार मोटरसाईकल र १ सय ५० बढि साना गाडी सहभागि थिए । युवक संगठनका अध्यक्ष केसीले भने – दुई राप्रपा एक भएपछि पहिलो पटक भएको एतिहासिक र्यालीले बाँके जिल्ला राप्रपामय भएको छ, यस्ले बाँके जिल्लाको सबै निर्वाचन जित्न कुनै समस्या छैन् । युवक संगठनका बाँकेका सचिव अरुण शर्माले गाउँ गाउँबाट युवाहरुलाई उल्ख्येमात्रामा सहभागिता गराएको जनाए । र्यालीमा सोँचेको भन्दा बढि युवाहरुको सहभागिता भएको जनाउदै सचिव शर्माले राष्ट्रवादी विचार बोकेर र्याली सफल पार्न सहयोग गरेकोमा पार्टीका सबै भातृ संगठनका युवाहरु सबैमा धन्यवाद ज्ञापन गरे  । हिन्दु राष्ट्रको ऐजेण्डा बोेकेको एक मात्र पार्टी राप्रपा भएकोले आमसभामा मध्यपश्चिमका सबैजिल्लाका गरि ५० हजार जनता आउने दावी गरिएको छ । आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा। धवल शम्शेर राणा,  बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ  ।

आमसभामा महिला संगठनको सक्रियता

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष २० गते  नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभामा महिलाहरुले सक्रियता देखाएका छन । राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन बाँकेकि अध्यक्ष विन्दु चर्तिमगरको अध्यक्षतामा बैठक बसि विभिन्न तयारीलाई तिव्रता दिएको हो । स्वगत सत्कारको जिम्मा पाएको महिला संगठन सोमबार नेपालगन्ज नगरको विभिन्न भागमा पोष्टर वितरण गर्ने लगायतका घरदैलो कार्यक्रम गरिएको जिल्ला नगर सचिव विष्णु सिंह ठकुरीले जानकारी दिइन्  । आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा। धवल शम्शेर राणा,  बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । आम सभाको अघिल्लो दिन भोली १९ गते  कोहलपुर बाट मोटरसाईकल र्याली समेत निकालिने भएको राप्रपा बाँकेले जनाएको छ । भोली १९ गते नै होटल वाटिकामा मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको भेला समेत हुने कोषाध्यक्ष तेज नारायण कंडेलले उल्लेख गरे ।

आमसभाको तयारी पुरा भएको राप्रपा द्धारा जानकारी

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले पुष २० गते  नेपालगन्जको त्रीभुवन चोकमा गर्ने एकताको आमसभाको तयारी पुरा भएको जनाएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि क्षेत्रिय स्तरको एकताको आमसभाको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका महामन्त्री डाः धवल शम्शेर राणाले आम सभा एतिहासिक हुने जनाउदै सम्पुर्ण तयारी पुरा भएको जनाएका हुन् । हिन्दु राष्ट्रको ऐजेण्डा बोेकेको एक मात्र पार्टी राप्रपा भएकोले आमसभामा मध्यपश्चिमका सबैजिल्लाका गरि ५० हजार जनता आउने दावी समेत महामन्त्री राणाले गरे । पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले प्रचार, प्रसार, गाउँ गाउँ बाट बस परिचालन गर्ने लगायतका सम्पुर्ण तयारी पुरा भएको उल्लेख गरे ।  आम सभालाई सम्वोधन गर्न राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ अध्यक्ष प्रकाश चन्द्र लोहनी, महामन्त्री डा. धवल शम्शेर राणा,  बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । आम सभाको अघिल्लो दिन भोली १९ गते  कोहलपुर बाट मोटरसाईकल र्याली समेत निकालिने भएको राप्रपा बाँकेले जनाएको छ । भोली १९ गते नै होटल वाटिकामा मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको भेला समेत हुने कोषाध्यक्ष तेज नारायण कंडेलले उल्लेख गरे ।


Sunday, January 1, 2017

मृतक मौलाना कि पत्नीलाई थर्ड एलायन्सद्धारा आर्थिक सहयोग

नेपालगंज,१६ पुष । मोहम्मद डे मनाउने क्रममा दुई समूह बिच भएको झडपमा परी घाईते भई उपचार का क्रममा पुस ४ गते मृत्यु भएका लक्ष्मणपुर निवासी ४५ वर्षीय मौलना वजहुल कमर खाँको परिवारलाई तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले एक कार्यक्रमका बिच शनिबार आर्थिक सहयोग गरेको छ । थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले मटेहिया घटनाका विषय पहिलो चरणको अध्ययन पुरा गरी सकेको बताउदै अन्तीम चरणको अध्ययन जारी रहेको बताउनु भयो । उहाँले अध्ययन पुरा भए पश्चात प्रतिबेदन सार्वजानिक गर्ने तयारी गरेको बताए । यस्तै उहाँले मृतक मौलाना वजहुल कमर खाँ कि पत्नी निजामुल निशाको बच्चाहरुको अध्ययनका लागि १० हजार रुपिया हस्तान्ञण गरेको बताउनु भयो । रकम हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कि स्वकीय सचिव कृष्णा केसी (नमूना)ले मौलानालाई उपचारका क्रममा बचाउन मोओबादी केन्द्र र नेपाल सरकारले अथक प्रयास गरे पनि भौतिक शरीर बचाउन नसकेको प्रति चिन्तीत भएको बताउदै मृतक मौलाना वजहुल कमर खाँ र मुनिजर खाँको परिवारलाई एक साता भित्र उचित रहात दिलाउने र एक जनालाई सरकारी जागिरको व्यवस्था गर्न सरकार लागी परेको बताउनु भयो । यस्तै माअ‍ोबादी केन्द्रका पोलिट व्युरो सदस्य अतर हुसेन फारुकीले थर्ड एलायन्सले मृतक परिवार प्रति देखाएको सहनभूति प्रति माओबादी केन्द्र सम्मान प्रकट गर्दछ । उहाँले अन्य मृतक र घाईतेहरुलाई समेत सहयोग गर्न सुझाव दिनु भएको थियो । जामा मस्जिदका निर्वातमान अध्यक्ष अब्दुल रहमान मियाँले सरकारले तत्काल पिडितहरुलाई रहात दिनु पर्ने बताउदै दोषीहरुलाई कानुनी दयारामा ल्याउन माग गर्नु भयो । यस्तै कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहम्मद हारुनले थर्ड एलायन्सले जुन सहयोगी भावना देखाएको छ त्यो अग्रेणी भूमिका भएको बताउदै मटेहिया घटना पश्चात केही तत्वहरु बाँकेमा अप्रिय घटना गराउन चलखेल गरे पनि मुस्लिम समूदाय र केही हिन्दु समूदायको सक्रियाताका कारण सम्प्रदायिक दंगाहुन बाट नेपालगंज जोगिएको बताए । उहाँले घटनामा संलग्न केही व्यक्तिहरुलार्ई प्रह्रीले नियन्त्रणमा लिई कानुनी दायरामा ल्याई सकेको र थप केही व्यक्तिहरुलाई छिट्टै प्रशासनले नियन्त्रणमा लिने कार्य गरी रहेको बताउनु भयो । रकम हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथि मोहम्मद हारुन,प्रधान मन्त्री कि स्वकीय सचिव कृष्णा केसी,अतहर हुसेन फारुकी, रहमान मियाँले संयुक्त रुपमा मृतक मौलाना बजहुल कमर खाँ कि श्रीमति निजामुल निशा खाँलाई बच्चाहरुको शिक्षामा अवरोध नपुगोस भन्नका लागि १० हजार रुपिया नगद हस्तान्त्रण गर्नु भएको थियो । रकम लिदै मृतक मौलाना कि पत्नी निशाले दोषीहरुलाई कारवाही गर्नका लागि पहल गर्न थर्ड एलायन्स संग आग्रह गर्नु भयो । उहाँले मेरो बच्चाहरुको शिक्षामा अवरोध नओस भन्नका लागि थर्ड एलायन्सले जुन कार्य गरेको छ त्यसको म श्रहना गर्न चाहन्छु । यता उपचारका क्रममा पनि थर्ड एलायन्सले काठमाडौ समेत उपचार खर्च बापत पनि रकम हस्तन्त्रण गरेको थियो । थर्ड एलायन्सको उप क्षेत्रीय कार्यालय नेपालगंजमा रकम हस्तान्त्रण गरिएको थियो ।

Saturday, December 31, 2016

आमसभामा मिडिया नेपालको सक्रियता

राप्रपाको यहि २० गते नेपालगन्जमा हुने आमसभा सफल पार्न मिडिया नेपाल लागि परेको छ । मिडिया नेपाल क्षत्रिय कार्यालय नेपालगन्जले विशेष रुपमा आमसभा  सफल पार्र्न प्रचार प्रसार सुरु गरेको हो ।  मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष उदय सिंह श्रेष्ठका अनुसार आमसभाको १४ हजार बढि पोष्टर छापेर बजारमा टाँस्ने कार्यक्रमहरु भइरहेको जनाए । २० गते राप्रपामय जिल्ला बनाउनका लागि महिला संगठन पनि सक्रिय रहेको नगर सचिव विष्णु सिंह ठकुरीले जानकारी दिइन् । उनका अनुसार आमसभामा महिलाहरुको सक्रियता बढाउन तयारी थालिएको जनाए । मिडिया नेपालको प्रचार प्रसारमा बिशेष सहयोग गरेका राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय सदस्य कपिल शाहले आमसभा सफल पार्न लागि परेको जनाए


Thursday, December 29, 2016

आमसभामा महिला, विद्यार्थी र युवाको सक्रियता


यहि पुष २० गते नेपालगन्जको त्रिभुवन हुने राप्रपाको आमसभामा युवा महिला तथा विद्यार्थी सक्रिय देखिएको छ । पार्टीका नगर सचिव विष्णु सिंह ठकुरीको अनुसार महिलाहरुले आमसभा सफल पार्न आन्तरिक तयारीमा जुटेका छन् । राप्रपाका युवक संगठनका जिल्ला अध्यक्ष हुकुम केसीको अनुसार १९ गते राप्रपामय जिल्ला बनाउन युवाहरुको संगठनले मोटरसाइकल र्याली गर्न लागेको छ । विद्यार्थी संगठनले पनि प्रचार प्रसारको जिम्मा लिएको छ । राप्रपा नेपाल र राप्रपा बिचको एकीकरण पछि पहिलो पटक गर्न लागिएको एकताको क्षेत्रिय आमसभा सफल पार्न तयारी व्यापक पारिएको हो । आमसभा सफल पार्नका लागि गाउँ गाउँमा प्रचार प्रसार, पोष्टर पम्पलेट छपाई जिल्ला स्तरको नेता कार्यक्रताको आमसभा बारे बैठक समेत गरिएको राप्रपाका युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए । नेता देवकोटाका अनुसार त्रिभुनचोकमा हुने राप्रपाको आमसभामा केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर रााणा, बरिष्ठ नेता प्रकाश चन्द्र लोहनी महामन्त्री डा. धवल शम्शेर रााणा लगायत दर्जन बढि नेताहरु सम्वोधनको लागि आउने कार्यक्रम रहेको छ । राप्रपा बाँकेका अध्यक्ष कृष्ण प्रसाद खरेलले आम सभा सफल पार्न गाउँ गाउँ बाट जनतालाई नेपालगन्ज ल्याइने जनाए । आमसभाको व्यापक तयारी

आमसभाको व्यापक तयारी

यहि पुष २० गते नेपालगन्जको त्रिभुवन हुने राप्रपाको आमसभाको व्यापक तयारी गरिएको छ । राप्रपा नेपाल र राप्रपा बिचको एकीकरण पछि पहिलो पटक गर्न लागिएको एकताको क्षेत्रिय आमसभा सफल पार्न तयारी व्यापक पारिएको हो । आमसभा सफल पार्नका लागि गाउँ गाउँमा प्रचार प्रसार, पोष्टर पम्पलेट छपाई जिल्ला स्तरको नेता कार्यक्रताको आमसभा बारे बैठक समेत गरिएको राप्रपाका युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए । नेता देवकोटाका अनुसार त्रिभुनचोकमा हुने राप्रपाको आमसभामा केन्द्रिय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर रााणा, बरिष्ठ नेता प्रकाश चन्द्र लोहनी महामन्त्री डा. धवल शम्शेर रााणा लगायत दर्जन बढि नेताहरु सम्वोधनको लागि आउने कार्यक्रम रहेको छ । राप्रपा बाँकेका अध्यक्ष कृष्ण प्रसाद खरेलले आम सभा सफल पार्न गाउँ गाउँ बाट जनतालाई नेपालगन्ज ल्याइने जनाए ।

Saturday, December 24, 2016

माघीमेला भब्य बनाउँछु संयोजक ः हरि चौधरी

थारुहरुको महान पर्वको रुपमा मनाईदै आएको माघे संक्रान्ति पर्वको अवसर पारेर लाग्ने बैजापुरको भूवर भवानी मेला सर्बसहमती बाट हुने भएको हो । गाविस स्तरिय समितिले सर्बदलिय छलफल बाट सबैको सहमती अनुसार समिति मार्फत मेला सन्चालन गर्ने भएको हो । गाविस स्तरिय मुल समितिले मेला सन्चालनका लागि स्थानीय हरि चौधरीलाई जिम्मा दिएको छ । व्यापारी तथा युवा नेता समेत रहेका संयोजक हरि चौधरी संयोजक रहने गरि ११ जना सदस्य रहने गरि सचिवालय समिति गठन गरिएको छ । सर्बपक्षिय समिति बाट हुने माघी मेला विगतका बर्षहरु भन्दा फरक र उल्लासमय हुने संयोजक चौधरीले दावी गरेका छन् । मेला बारे जानकारी दिंदै संयोजक चौधरीले तयारी स्वरुप स्टल दर्ता, मन्दिर रंगरोबन , फिल्ड सरसफाई टेन्ट बुकिङ्ग लगायतका कार्यभइरहेको जनाए । मेलाको अवधीभर स्थानीय कला संस्कृति झल्कने ५० बढि झाँकी नाँच, राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।  पुषको २९ गते देखि ४ गते सम्म लाग्ने मेलामा विगत बर्ष भन्दा सुरक्षा व्यवस्था पनि कडा पारिएको समेत संयोजक हरिले जानकारी दिए । कार्यक्रम उद्घाटनको दिन ५ हजार बढिको र्याली समेत निकालिने जानकारी दिए । र्यालीमा स्थानीय महिला समुह, सामुदायिक बन उपभोक्ता समुह, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थिति रहने छ ।

कोहलपुरमा ६९ जनाले रक्तदान गरे

बाँकेमा रगतको अभाव देखिएपछि नेपाल मानव धर्मसेवा समिति भेरी अंचल आश्रम नेपालगन्जले गरेको आकाश्मिक रक्तदान कार्यक्रमममा ६९ जनाले रक्तदान गरेका छन् । गर्पाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार ब्लड बैंकले रगत अभाव भएको सुचना दिएपछि बाँकेको कोहलपुरमा गरिएको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन् । कोहलपुरको दर्पण कम्प्युटर रहेको प्राङ्गनमा भएको रक्तदान  कार्यक्रममा मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा भेरी अंचल प्रभारी महात्मा नन्दनी बाइजीको समेत उपस्थिति रहेको सचिव कंडेलले जानकारी गराए ।  मानव धर्ममा क्रियाशिल रहेको नेपाल मानव धर्म सेवा समितिले विगत ५ बर्ष देखि रक्तदान लगायतका समाज सेवामा सर्मपित विभिन्न कार्यक्रम गर्दै आएको छ । गत असोज ५ गते गरेको रक्तदान कार्यक्रममा अहिले सम्मकै धेरै १ सय ७२ जनाले रक्तदान गरेको समेत सचिव कंडेलले उल्लेख गरे । नेपालगन्जको कारकाँदोमा कार्यालय स्थापना गरेर समितिले मानव सेवा दिइरहेको छ ।


Thursday, December 22, 2016

बाँकेमा रगत अभाव देखिएपछि अकस्मात रक्तदान गरिदै

बाँकेमा रगतको अभाव देखिएपछि नेपाल मानव धर्मसेवा समिति भेरी अंचल आश्रम नेपालगन्जले आकाश्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ  । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार ब्लड बैंकले रगत अभाव भएको सुचना दिएपछि बाँकेको कोहलपुरमा रक्तदान गर्न लागिएको हो । सचिव कंडेलले कोहलपुरको दर्पण कम्प्युटर रहेको प्राङ्गनमा भोली शनिबार हुने रक्तदान  कार्यक्रममा सबैलाई सहयोग गर्न समेत अपिल गरेका छन् । बिहान ९ बजेदेखि हुने रक्तदान कार्यक्रममा भेरी अंचल प्रभारी महात्मा नन्दनी बाइजीको समेत उपस्थिति रहने सचिव कंडेलले जानकारी गराए ।  मानव धर्ममा क्रियाशिल रहेको नेपाल मानव धर्म सेवा समितिले विगत ५ बर्ष देखि रक्तदान लगायतका समाज सेवामा सर्मपित विभिन्न कार्यक्रम गर्दै आएको छ । गत असोज ५ गते गरेको रक्तदान कार्यक्रममा अहिले सम्मकै धेरै १ सय ७२ जनाले रक्तदान गरेको समेत सचिव कंडेलले उल्लेख गरे । नेपालगन्जको कारकाँदोमा कार्यालय स्थापना गरेर समितिले मानव सेवा दिइरहेको छ । 

यस बर्षको माघीमेला सर्ब सहमतिमा


 थारुहरुको महान पर्वको रुपमा मनाईदै आएको माघे संक्रान्ति पर्वको अवसर पारेर लाग्ने बैजापुरको भूवर भवानी मेला सर्बसहमती बाट हुने भएको हो । गाविस स्तरिय समितिले सर्बदलिय छलफल बाट सबैको सहमती अनुसार समिति मार्फत मेला सन्चालन गर्ने भएको हो । गाविस स्तरिय मुल समितिले मेला सन्चालनका लागि स्थानीय हरि चौधरीलाई जिम्मा दिएको छ । व्यापारी तथा युवा नेता समेत रहेका संयोजक हरि चौधरी संयोजक रहने गरि ११ जना सदस्य रहने गरि सचिवालय समिति गठन गरिएको छ । सर्बपक्षिय समिति बाट हुने माघी मेला विगतका बर्षहरु भन्दा फरक र उल्लासमय हुने संयोजक चौधरीले दावी गरेका छन् । मेला बारे जानकारी दिंदै संयोजक चौधरीले तयारी स्वरुप स्टल दर्ता, मन्दिर रंगरोबन , फिल्ड सरसफाई टेन्ट बुकिङ्ग लगायतका कार्यभइरहेको जनाए । मेलाको अवधीभर स्थानीय कला संस्कृति झल्कने ५० बढि झाँकी नाँच, राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।  पुषको २९ गते देखि ४ गते सम्म लाग्ने मेलामा विगत बर्ष भन्दा सुरक्षा व्यवस्था पनि कडा पारिएको समेत संयोजक हरिले जानकारी दिए । कार्यक्रम उद्घाटनको दिन ५ हजार बढिको र्याली समेत निकालिने जानकारी दिए । र्यालीमा स्थानीय महिला समुह, सामुदायिक बन उपभोक्ता समुह, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थिति रहने छ ।

Tuesday, December 20, 2016

राप्रपाको क्षेत्र न ः ३ को एकता भेला सम्पन्न

दुई राप्रपा एक भएपछि बाँकेका विभिन्न क्षेत्रहरुको एकता  भेलाहुने क्रम जारी छ । गत ४ गते क्षेत्र न १ को एकता भेला सकिएपछि  आज क्षेत्र न ३ को एकता भेला गरिएको छ । राप्रपा नेपाल र राप्रपाका क्षेत्रिय समिति र नेपालगन्ज उपमहानगर पालिकाको समितिलाई तथा नेता कार्यक्रर्ताहरु बोलाएर एकता भेला गरिएको हो । राप्रपाका महामन्त्री डा. धवल शम्शेर रााणाको निर्वाचन क्षेत्र भएको ३ मा राप्रपाको बलियो पकड मानिन्छ । एकता भेला कार्यक्रममा बोल्ने केन्द्रीय नेताहरुले एकता भन्दा मनको एकता भएर लाग्न जरुरी रहेको उल्लेख गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपाका महामन्त्री राणाले यस क्षेत्रको सबै वडा वडा गाउँ तहमा संगठन विस्तार गर्न सबै नेता कार्यक्रर्तालाई आग्रहगरे । चुनव जित्न सजिलो छैन् जनतालाई पार्टीका एजेण्डा बारे बुझाउनु छ, त्यसैले सबै एकजुट हुन आवश्यक छ । कार्यक्रममा पुर्वमन्त्री द्धय प्रेम बहादुर भण्डारी र फत्तेसिंह थारुले पनि पार्टी बलियो बनाउन कडा मेहनत गर्न आग्रह गरेका थिए । एकता भेला बाट क्षेत्रिय अध्यक्षमा कुन्जिलाल बर्मा र नगर अध्यक्षमा अभय कुमार बस्नेत चयन भएका छन् ।


Monday, December 19, 2016

आमसभा सफल पार्न जिम्मेवारी बाँडफाँड

आगामी पुष २० गते राप्रपा बाँकेले बृहत आमसभा सफल पार्न कामको बाडफाँड गरेको छ ।
राप्रपाका केन्द्रिय महामन्त्री डा. धवल सम्शेर राणाको उपस्थितीमा बसेको कार्य सम्पादन समितिको बैठकले बृहत आमसभालाई भब्य र सब्य बनाउन जिम्मेवारी १२ वटा समिति बनाई बाँडफाँड गरेको हो ।
पार्टीका नगर सचिव बिष्णु सिंह ठकुरीका अनुसार प्रचारप्रसारमा विद्यार्थी संगठन, ¥याली व्यवस्थापनमा युवक संगठन, अतिथि सत्कार तथा स्वगतमा महिला संगठन, यातायातमा पुर्व सचिव रबिन थापा, जनपरिचालनमा चार वटै क्षेत्रीय अध्यक्ष, अनुगमनमा सम्पूर्ण केन्द्रिय सदस्यहरु लगायत प्रचारप्रचार भब्य रुपमा सफल बनाउनको लागि मिडिया नेपाललाई जिम्मेवारी दिइएको छ । आर्थिक संकलनमा जिल्ला कोषाध्यक्ष तेज नारायण कँडेललाई मूख्य जिम्मेवारी दिइएको छ ।
बृहत आमसभालाई सफल बनाउनको लागि मिडिया नेपाल सक्रिय रुपमा अगाडि बढेको पार्टीका प्रवक्ता श्रीधर सुवेदीले जानकारी दिए ।

बाँके जिल्ला राप्रपाको किल्ला बनाउने नेताहरुको उदघोष

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले बाँके जिल्ला राप्रपाको किल्ला बनाएरै छाड्ने उद्घोष गरेका छन् । आज बाँकेको क्षेत्र न १ को एकीकरण भेलामा बोल्ने नेताहरुले बाँके जिल्ला पार्टीको उर्जादिने जिल्लाको रुपमा बनाएरै छाड्ने बताएका हुन् । २०५१ सालको निर्वाचनमा ३ वटै क्षेत्र जितेर राप्रपाको किल्ला बनाएको भन्दै राप्रपाका नेताहरुले जिल्लामा निर्वाचन जित्ने प्रशष्ट आधारहरु रहेको बताए । राप्रपा पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाले जनताको चाहना र आवश्यकता भनेको राप्रपा पार्टी रहेको बताउदै पहिलो पार्टी बनाउन एक भएर लाग्नु पर्ने बताए । महामन्त्री राणाले भने अब यो त्यो भन्ने बेला छैन् जनताको भावना अनुसार हिन्दुराष्ट्र स्थापनाका लागि सबै नेता कार्यक्रता सक्रिय भएर लाग्न जरुरी छ । पुर्व मन्त्री प्रेम बहादुर भण्डारीेले अरु पार्टीहरुले जनतालाई अनिर्णयको बन्दीमा पारेको आरोप लगाउदै अबको निकास दिन सक्ने पार्टी राप्रपा रहेको बताए । क्षेत्र न १ बाट निर्वाचन जितेर मन्त्री हुँदा उपलब्धी मूलक काम गरेको बताउँदै अहिले सम्म जनताको सेवामा लागि परेको जनाए । पुर्व मन्त्री फत्तेसिंह थारुले काँग्रेस एमाले र माओवादी पनि विचलनमा रहेको बताउदै आजको आवश्यकता भनेको जनताको माग सम्वोधन गर्नु रहेको प्रष्ट पारे । विपीको सिद्धान्तको कुरा गर्ने काँग्रेस अहिले अलमलमा रहेको जनाउँदै पार्टी पहिलो बनाउन एक भएर संघर्ष गर्नु पर्ने जनाए । पार्टीका केन्द्रिय सदस्य तथा क्षे न १ का नेता हिक्मत ढकालले आफ्नो क्षेत्र पार्टी मजवुद रहेको बताउदै सबै एक भएर लागे निर्वाचन जितेरै छाड्ने ठोकुवा गरे ।  कार्यक्रममा केन्द्रीय सदस्य ओम प्रकाश आजाद, सलाउद्दिन जसगढ, रमेश अर्याल लगायतका नेताहरुले बाँके जिल्लाको सबै निर्वाचन जिताउनका लागि सबै सक्रिय भएर लाग्न अनुरोध गरेका थिए ।


Saturday, December 17, 2016

बन्दमा बालबालिकाको प्रयोग

प्र्रदेश टुक्राएको विरोधमा नेकपा एमालेले गरेको बन्दमा बालबालिकाको प्रयोग संगै दुव्र्यबहार भएको भन्दै सम्वन्धीत निकायले ध्यानकार्षण गराएको छ । बाँकेको कोहलपुर र नेपालगन्जमा बालबालिकाहरुलाई आन्दोलनमा सहभागि गराएको र नेपालगन्जको बसपार्क रोडमा भएको एक बालकमाथिको दुव्र्यबहार प्रति गम्भिर ध्यानआकर्षण भएको नगर स्तरिय बाल क्लव संजाल कोहलपुरका अध्यक्ष प्रदिप प्रसाद आचार्यले बताए । राजनीतिक दलहरुले आफ्नो स्वार्थ पुर्तिका लागि बालबालिकाको प्रयोग गर्नु दुर्भाग्य भएको भन्दै बाल अधिकारलाई ख्याल गर्न समेत अध्यक्ष आचार्यले आग्रह गरेका छन । आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष आचार्यले आगामी दिनमा कुनैपनि बन्द हड्तालमा बालबालिकालाई प्रयोग नगर्न समेत आग्रह गरेका छन् ।

पुष २० गते नेपालगन्जमा राप्रपाको आमसभा हुँदै

पार्टी एकतापाछि राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले आगामी पुष २० गते एकताको आमसभा गर्ने भएको छ । पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाको उपस्थितिमा आज भएको जिल्ला स्थित नेताहरुको बैठकले मध्यपश्चिम क्षेत्र स्तरिय एकताको आमसभा गर्ने भएको हो । पार्टीका जिल्ला कोषाध्यक्ष तेज नारायण कंडेलका अनुसार आगामी पुष २० गते एतिहाँसिक आम सभाका लागि तयारी अगाडी बढेको छ । आम सभालाई सम्वोधन गर्न राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, केन्द्रिय अध्यक्ष कमल थापा, महामन्त्री डा. धवल शम्शेर राणा,  बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । नेपालगन्जको त्रिभुवन चोकमा हुने आमसभालाई सफल पार्न पुष ४ गते कोहलपुरमा तयारी बैठक बस्ने समेत कोषाध्यक्ष कंडेलले जनाए । जिल्ला नगर सचिव बिष्णु सिंह ठकुरीले आम सभालाई सफल पार्नका लाग गाउँ गाउँ बाट कार्यकर्ता नेपालगन्जमा ल्याइने जनाइन् । उनले महिलाहरुको उपस्थिति बढाउनका लागि तयारीहरु सुरु भइसकेको जानकारी दिइन् । आमसभामा १० हजार मानिसहरुको उपस्थिति रहने राप्रपाले जनाएको छ । आम सभाको अघिल्लो दिन १९ गते मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको बैठक हुने समेत कोषाध्यक्ष कंडेलले उल्लेख गरे ।

Thursday, December 15, 2016

क्षेत्र न ः २ को अध्यक्षमा खाँ मनोनित

दुई राप्रपाको बाँकेमा एकीकरण भएपछि क्षेत्रिय एकीकरण गर्ने तयारी भइरहेको बेला क्षेत्र न २ मा सर्वसम्मत रुपमा राप्रपा नेपाल बाट मोहम्मद सगीर खाँ चयन भएका छन् । लामो समय देखि राजनीतिमा सक्रिय रहेका खाँ यस अघि राप्रपा नेपाल बाट क्षेत्र न २ को अध्यक्ष थिए । राप्रपा बाट क्षेत्र न २मा अध्यक्ष नभएपछि खाँलाई सर्ब सम्मत क्षेत्रिय अध्यक्षमा मनोनित गरिएको हो । सर्व सम्मत रुपमा अध्यक्ष भएका खाँ आफुले संगठन विस्तार गर्दै निर्वाचन जित्ने पार्टीको रुपमा विकास गर्ने जनाए ।