पार्टी एकतापाछि राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले आगामी पुष २० गते एकताको आमसभा गर्ने भएको छ । पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाको उपस्थितिमा आज भएको जिल्ला स्थित नेताहरुको बैठकले मध्यपश्चिम क्षेत्र स्तरिय एकताको आमसभा गर्ने भएको हो । पार्टीका जिल्ला कोषाध्यक्ष तेज नारायण कंडेलका अनुसार आगामी पुष २० गते एतिहाँसिक आम सभाका लागि तयारी अगाडी बढेको छ । आम सभालाई सम्वोधन गर्न राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, केन्द्रिय अध्यक्ष कमल थापा, महामन्त्री डा. धवल शम्शेर राणा, बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । नेपालगन्जको त्रिभुवन चोकमा हुने आमसभालाई सफल पार्न पुष ४ गते कोहलपुरमा तयारी बैठक बस्ने समेत कोषाध्यक्ष कंडेलले जनाए । जिल्ला नगर सचिव बिष्णु सिंह ठकुरीले आम सभालाई सफल पार्नका लाग गाउँ गाउँ बाट कार्यकर्ता नेपालगन्जमा ल्याइने जनाइन् । उनले महिलाहरुको उपस्थिति बढाउनका लागि तयारीहरु सुरु भइसकेको जानकारी दिइन् । आमसभामा १० हजार मानिसहरुको उपस्थिति रहने राप्रपाले जनाएको छ । आम सभाको अघिल्लो दिन १९ गते मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको बैठक हुने समेत कोषाध्यक्ष कंडेलले उल्लेख गरे ।
Saturday, December 17, 2016
Thursday, December 15, 2016
क्षेत्र न ः २ को अध्यक्षमा खाँ मनोनित
दुई राप्रपाको बाँकेमा एकीकरण भएपछि क्षेत्रिय एकीकरण गर्ने तयारी भइरहेको बेला क्षेत्र न २ मा सर्वसम्मत रुपमा राप्रपा नेपाल बाट मोहम्मद सगीर खाँ चयन भएका छन् । लामो समय देखि राजनीतिमा सक्रिय रहेका खाँ यस अघि राप्रपा नेपाल बाट क्षेत्र न २ को अध्यक्ष थिए । राप्रपा बाट क्षेत्र न २मा अध्यक्ष नभएपछि खाँलाई सर्ब सम्मत क्षेत्रिय अध्यक्षमा मनोनित गरिएको हो । सर्व सम्मत रुपमा अध्यक्ष भएका खाँ आफुले संगठन विस्तार गर्दै निर्वाचन जित्ने पार्टीको रुपमा विकास गर्ने जनाए ।
राप्रपा बाँकेको पहिलो वैठक
बाँकेमा दुई राप्रपाको एकीकरण पछि पहिलो बैठक आज बसेको छ । जिल्ला विकास समिति बाँकेको सभाहलमा बसेको बैठकले जिल्लाका ४ वटै क्षेत्रिय एकीकरण भेला संगै संगठन विस्तार गर्ने निर्णय गरेको छ । एकीकरण पछि चयन भएका जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पुर्व मन्त्री प्रेम बहादुर भण्डारी र फत्तेसिंह थारुको आतिथ्यमा भएको बैठकले पुष ४ गते देखि ७ गते सम्म चारवटै क्षेत्र र नगरको एकीकरण सम्पन्न गरि पुनर्गठन गरिसक्नु पर्ने निर्णय गरेको हो । संगै निर्वाचन समितिले पनि आफ्नो गतिविधि बढाउने निर्णय भएको छ ।
Tuesday, December 13, 2016
पहिले र अहिले, भट्टी बाट सुरु भएको अपराध साईबर क्राइमसम्म ः प्रहरी प्रमुख अर्याल
नेपाल प्रहरी प्रमुख प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले पहिले भट्टीबाट सुरु भएको अपराध साईबर सम्म फैलिएकोले नियन्त्रण गर्न आवश्यक रहेको बताए । मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयको नव निर्मित भवनको आज बाँकेको कोहलपुरमा उद्घाटन गर्दै १० बर्ष पहिले रक्सीको भट्टीबाट सुरु हुने अपराध प्रवृधिको दुरुपयोग गर्दै व्यापक रुपमा साईबर क्राइम भइरहेकोले त्यसलाई रोक्नका लागि नागरिक र प्रहरी मिलेर अगाडी बढ्नु पर्ने प्रहरी प्रमुख अर्यालको कथन थियो । प्रहरी प्रमुख अर्यालले प्रविधिसंग खेल्ने अपराधको चर्चा गर्ने बेला भन्दा अनुसन्धान गरि नियन्त्रण गर्ने बेला आएको जनाए । अहिले पनि नागरिक र प्रहरीको बिचमा खाडल रहेको बताउदै नागरिक संग हात्तेमालो गर्दै निश्पक्ष र स्वच्छ प्रहरी सेवा दिनुनै आजको प्रमुख आवश्यकता रहेको प्रहरी प्रम’ख अर्यालले जनाए । प्रहरीले सुविधा सम्पन्न भवनमा बसेर सेवा दिनु ठुलो कुरा नरहेको जनाउँदै सेवा प्रभावकारी रुपमा प्रदान गर्नुपर्ने जनाए । प्रमुख अर्यालले देशभरीमा ७२ हजार ७ सय २९ प्रहरीहरु कार्यरत रहेकोले केहि खराब प्रहरी हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेकोले राम्रा प्रहरीहरुलाई रचनात्मक सहयोग गर्न आग्रह गरे । कार्यक्रममा मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक माधव नेपाल लगायत अन्य प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी प्रमुखहरुलगायत सबैको उपस्थिति थियो । द्धण्द्धकालमा ७ सय ६८ प्रहरी भवन क्षति भएको मध्ये ट्राफिक प्रहरी कोहलपुरको भवन पुणर्निमाण भएको हो । १ करोड २२ लाख २७ हजार लागतमा भवन निर्माण भएको हो ।
उत्कृष्ट ट्राफिक,चालक र जेष्ठ नागरिक सम्मानित
मध्यपश्चिम क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । मध्यपश्चिमभरि उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरीहरु प्रहरी नायव निरिक्षक बजिर सिंह विष्ट, प्रहरी हवल्दार टेक बहादुर कुसारी, प्रहरी जवान द्धय भुपेन्द्र सिंह ठगुन्ना र लक्ष्मी बोहरा सम्मानित भएका हुन् । यसैगरि मध्यपश्चिम भरिमा सबैभन्दा जेष्ठ नागरिक बैजापुर १ बसा निवासी १ सय ७ बर्षिय दलजित खड्का, संगै उत्कृष्ट चालक र उत्कृष्ट विद्यालयबाट पनि सम्मान पाएका थिए ।
Tuesday, December 6, 2016
राप्रपा पार्टीको अध्यक्षमा खरेल
राप्रपा नेपाल र राप्रपा पार्टीकेन्द्रमा एक भएपछि बाँकेमा पनि एकीकरण गरिएकोछ । राप्रपा नेपाल र राप्रपा बाँकेको दुई दिनसम्म चलेको एकीकरण कार्यक्रम बाट राप्रपा पार्टी हलो तर्फ बाट संयुक्तराप्रपाका अध्यक्षमा कृष्ण प्रसाद खरेल चयन भएका हुन् । आज मंगलबार सम्पन्न दुई राप्रपा बाँकेको एकीकरण समारोह बाट एक महिने कार्यकालका लागि खरेल अध्यक्ष चयन भएकाहुन् । खरेल पछि राप्रपा नेपालका तर्फबाट जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले राप्रपाकोअध्यक्ष बन्ने छन् । एकीकरण समारोह बाट खरेल आगामी पुष २० गते सम्म र देवकोटा माघ २० गते सम्मजिल्ला अध्यक्ष हुन पाउने भनिएको छ । आगामी फाल्गुणको पहिलो हप्तामा राप्रपा पार्टीकेन्द्रले महाधिवेशन गर्ने भएकोले जिल्ला अधिवेशन नहुँदा सम्म पालैपालो जिल्ला अध्यक्ष हुने भएका हुन् । अध्यक्ष बाहेक अन्य जिल्लाका पदाधिकारीहरुको भने संयु्क्तकार्य समिति बन्ने भनिएको छ । नव निर्वाचित जिल्ला अध्यक्ष खरेलले सबैलाई मिलाएर लैजाने बताउदै सबैले सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा केन्द्रीय कार्यसम्पादन समितिका प्रतिभा राणा, बालाराम घर्तिमगर, डाक्टर धवल शम्शेर राणा, मनोज कुमार प्रधान, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फत्तेसिंह थारु, केन्द्रीय सदस्य हिक्मत ढकाल, ओमप्रकाश आजाद, रमेश अर्याल, सलाउद्दिन जसगढ लगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।
निर्वाचन समितिमा केसी
आगामी माघ २० गते जिल्लाको सम्पुर्ण तहको निर्वाचन सम्पन्न गर्नका लागि राप्रपाले मोहन केसीको नेतृत्वमा १६ सदस्यीय निर्वाचन समिति बनाएको छ । जिल्लाको गाउँ वडा देखि गाविस, क्षेत्र र जिल्लामा आगामी माघ २० गते भित्र निर्वाचन सम्पन्न गर्नका लागि केसीको नेतृत्वमा १६ सदस्यीय निर्वाचन बनाएको हो । निर्वाचन समितिमा राप्रपा नेपाल राप्रपा ८, ८ जना सदस्य गरि १६ जना रहेका छन् । निर्वाचन समितिमा बसेकाहरुले पार्टीको कुनैपनि संगठनमा चुनाव लड्न नपाउने नियम बनाइएको छ ।
Wednesday, November 23, 2016
जनजाती भएपनि चुनाव लड्छु
धेरै लामो समयको अभ्यासपछि हिन्दु राष्ट्र, र संवैधानिक राजतन्त्रको अभियान बोेकेको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी विच एकीकरण भएको छ । दुई राप्रपा विच गत ६ गते भएको एकीकरण पछि अब जिल्ला जिल्लामा विभिन्न संगठनमा नेतृत्व लिनका लागि भागदौड सुरु भएको छ । राप्रपा पार्टीमा रहेको महिल संगठनमा पनि अहिले ठुलो अभ्यास चलिरहेको छ । अन्य जिल्लाहरु भन्दा बाँके जिल्लाको हकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र तह सम्म राम्रो पहुँच भएका, पटक–पटक मन्त्री समेत भएका नेताहरुको जिल्लाको रुपमा चिनिन्छ । दुई पार्टीको एकीकरणले राप्रपा पार्टीको बाँके क्षेत्र न ः १ , ३ र ४ मा राम्रो पकड भएको पाइन्छ । अब जिल्लामा सबैलाई समान रुपमा सम्मान गर्दै महिला संगठन कसरी विस्तार होला भनेर राप्रपाका बर्तमान महिला संगठन बाँकेकी जिल्ला अध्यक्ष बिन्दु चर्तिमगर संग गरिएको कुराकानी ।
दुई राप्रपा मिलेपछि महिला संगठनलाई कसरी हेरिदैँ छ ?
सम्पुर्ण राष्ट्रवादी, नेपाली जनता,सम्पुर्ण हिन्दुहरुमा खुशियाली छाएको छ । अब दुई राप्रपाका नेता कार्यकर्ता खुुशि नहुने कुरै छैन, । ढिलै भएपनि पार्टी मिल्यो सबैको लागि राम्रो हो, निकै खुशि छौँ हामीहरु । महिला संगठनका सक्रिय नतृहरु अन्य सबैलाई राम्रो भएको छ ।
बाँकेको महिला संगठन कसरी अगाडी बढ्ला ?
अब एक भएका छौ, एकतावद्ध भएर पार्टीको एजेण्डा लिएर गाउँ गाउँमा जानु पर्छ, सबै महिलाहरुको हक अधिकारका लागि सबै लाग्न जरुरी छ । जिल्लामा रहेको महिलाहरुलाई सम्मान जनक व्यवहार बाट सबैलाई सम्मान जनक जिम्मेवारी दिन’पर्दछ । अबको बैकल्पीक शक्ति भनेको राप्रपा पार्टी हो, जनताले बुझि सकेका छन् ।
बाँकेमा पदिय भगवण्डामा ठुलो समस्या हुने देखिन्छ नि ?
होइन् आन्तरिक रुपमा नेतृत्व तहमा पुग्ने कस्को चाहना हुँदैन र, तर सबैको इच्छा भएर हुँदैन् । बास्तवमा सहमति अनुसार जिल्लामा नयाँ कार्य समिति आउछ । दक्ष, अनुभवि, लगनशिल,भएको व्यक्तिले जिल्लामा नेतृत्व गर्छ, अब यो, त्यो पार्टीका भन्दा पनि समान व्यवहार बाट सबैलाई उनीहरुको दक्षताको हिसावले सम्मान जनक पद दिइन्छ ।
चुनाव लड्न सक्नु हुन्छ ?
अध्यक्ष हुने कस्लाई चाहना हुन्न र ?
म नेतृत्व गर्न तयार छुँ । महिला संगठनको नेतृत्व गर्न तयार छु त्यहि अनुसारको आन्तरिक तयारी पनि गरिरहेको छुँ । तर खुट्टा तान्ने प्रवृति भन्दा सबैले सहयोग गर्न आवश्यक छ ।
जनजातीलाई नेताहरुले सहयोग गर्लान त ?
अब यस्मा कस्तो छ भने, जनजाती भनेर हेप्न’ भनेको पार्टीको लागि पनि समस्या हो, पार्टीको केन्द्रमा नेतृत्व तहमा पनि जनजाती नेताहरु अग्र पंक्तिमा छन् त्यसैले बाँकेमा समस्या छैन् । जिल्लामा महिला संगठनको नेतृत्व गर्दा केहि बाधा अड्चन आएपनि खासै समस्या छैन ।
जय हिन्दु राष्ट्र नेपाल

हिन्दुहरुको जीत सुनिश्चित
धेरै लामो समयको अथक प्रयास पछि हिन्दु राष्ट्र, र संवैधानिक राजतन्त्रको अभियान बोेकेको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी विच एकीकरण भएको छ । दुई राप्रपा विच गत ६ गते भएको एकीकरण पछि अब त्यसको माहोल जिल्ला जिल्लामा देखिएको छ । खासगरि जिल्लामा भएका दुई पार्टीका नेता कार्यकर्ताहरुमा खुशियाली त छाएको छनै, संगै पदिय भागवण्डमा समेत समस्या हुने देखिएको छ । अन्य जिल्लाहरु भन्दा बाँके जिल्लाको हकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र तह सम्म राम्रो पहुँच भएका, पटक–पटक मन्त्री समेत भएका नेताहरुको जिल्लाको रुपमा चिनिन्छ । दुई पार्टीको एकीकरणले राप्रपा पार्टीको बाँके क्षेत्र न ः १ , ३ र ४ मा राम्रो पकड भएको पाइन्छ । अब जिल्लामा सबैलाई समान रुपमा सम्मान गर्दै पार्टी कसरी अगाडी बढ्ला भनेर राप्रपाका बर्तमान जिल्ला कोषाध्यक्ष तेज नारायण कंडेल संग गरिएको कुराकानी ।
दुई राप्रपा मिलेपछि कस्तो लाग्दै छ ?
हेर्नुस यसमा कस्तो लाग्दैछ, भन्नेकुरा भन्दापनि सम्पुर्ण राष्ट्रवादी, नेपाली जनता,सम्पुर्ण हिन्दुहरुमा खुशियाली छाएको छ । अब दुई राप्रपाका नेता कार्यकर्ता खुुशि नहुने कुरै छैन, । ढिलै भएपनि पार्टी मिल्यो सबैको लागि राम्रो हो, निकै खुशि छौँ हामीहरु ।

बाँके जिल्लाका जनताले भोट हाल्छन् त ?
अवश्य पनि नेपाली जनता थकित भइसेका छन् नेपाल फोहरी राजनीतिक खेल देखेर, परिवर्तनका नाममा जनताहरुलाई गुम्ह्रामा पार्ने काम भएको छ, ९४ प्रतिशत हिन्दु भएको नेपालमा राजनीतिक दलहरुले धर्म निरपेक्षताको नाममा नेपालको पहिचाँन बेच्ने काम भएको छ , अब एक भएका छौ, एकतावद्ध भएर पार्टीको एजेण्डा लिएर गाउँ गाउँमा जानु पर्छ, अबको बैकल्पीक शक्ति भनेको राप्रपा पार्टी हो, जनताले बुझि सकेका छन् ।
बाँकेमा पदिय भगवण्डामा ठुलो समस्या हुने देखिन्छ नि ?
होइन् आन्तरिक रुपमा नेतृत्व तहमा पुग्ने कस्को चाहना हुँदैन र, तर सबैको इच्छा भएर हुँदैन् । बास्तवमा सहमति अनुसार जिल्लामा नयाँ कार्य समिति आउछ । दक्ष, अनुभवि, लगनशिल,भएको व्यक्तिले जिल्लामा नेतृत्व गर्छ, अब यो, त्यो पार्टीका भन्दा पनि समान व्यवहार बाट सबैलाई उनीहरुको दक्षताको हिसावले सम्मान जनक पद दिइन्छ । कुनै समस्या हुँदैन । यदि समस्या भयो, भने– प्रजातान्कि अभ्यासबाट निर्वाचनमा जानुपर्छ, निर्वाचन बाट जो जित्छ, उस्लाई सबैले सहयोग गर्न आवश्यक छ ।
त्यस्तो भनिरहँदा तपाई नेृतृत्व लिन खोजेको हो ?
हेर्नुस मैले अघिनै भने अध्यक्ष हुने कस्लाई चाहना हुन्न र ?
मेरो चाहना भन्दा जिल्लाले महशुस गर्यो भने, यहाँका नेता कार्यकर्ताले महशुस गर्यो भने, म नेतृत्व गर्न तयार छुँ । तर खुट्टा तान्ने प्रवृति भन्दा सबैले सहयोग गर्न आवश्यक छ ।
जिल्लामा पार्टी मजवुद पार्न मुख्य चुनौती के छ ?
अब यस्मा कस्तो छ भने, गर्नेहरुका लागि बाधा व्यवधान आउछन् तर समस्या संग डराएर होइन, समाधान गर्न सक्नु पर्छ, जिल्लामा अबको नेतृत्व तहले संगठन विस्तार जनचेतना मुलक कार्यक्रम, व्यापारीहरुलाई भन्सारमा छुटको सहुलियत, समग्र जिल्लाको विकासको लागि पहल गर्न आवश्यक छ ।
अन्त्यमा के छ, तपाईको सन्देश ?
अब पार्टी एक भएको छ, बाँके जिल्लामा चुनौती र सम्भावना दुबै छ, सबैभन्दा पहिले केन्द्रका नेताहरुले जिल्लामा पदिय भागवण्डा गर्दा नातावाद कृपावाद लाड्न खोज्ने प्रबृति हटाउनु पर्छ, र सबै एकजुट भएर जनता संगै हातेमालो गर्दै जिल्लाकै पहिलो पार्टी हुनु पर्दछ । जय हिन्दु राष्ट्र नेपाल
- See more at: http://dainikpost.com/%e0%a4%aa%e0%a4%a6%e0%a4%bf%e0%a4%af-%e0%a4%ad%e0%a4%be%e0%a4%97%e0%a4%b5%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95/#sthash.YUcNknpP.dpufअवश्य पनि नेपाली जनता थकित भइसेका छन् नेपाल फोहरी राजनीतिक खेल देखेर, परिवर्तनका नाममा जनताहरुलाई गुम्ह्रामा पार्ने काम भएको छ, ९४ प्रतिशत हिन्दु भएको नेपालमा राजनीतिक दलहरुले धर्म निरपेक्षताको नाममा नेपालको पहिचाँन बेच्ने काम भएको छ , अब एक भएका छौ, एकतावद्ध भएर पार्टीको एजेण्डा लिएर गाउँ गाउँमा जानु पर्छ, अबको बैकल्पीक शक्ति भनेको राप्रपा पार्टी हो, जनताले बुझि सकेका छन् ।
बाँकेमा पदिय भगवण्डामा ठुलो समस्या हुने देखिन्छ नि ?
होइन् आन्तरिक रुपमा नेतृत्व तहमा पुग्ने कस्को चाहना हुँदैन र, तर सबैको इच्छा भएर हुँदैन् । बास्तवमा सहमति अनुसार जिल्लामा नयाँ कार्य समिति आउछ । दक्ष, अनुभवि, लगनशिल,भएको व्यक्तिले जिल्लामा नेतृत्व गर्छ, अब यो, त्यो पार्टीका भन्दा पनि समान व्यवहार बाट सबैलाई उनीहरुको दक्षताको हिसावले सम्मान जनक पद दिइन्छ । कुनै समस्या हुँदैन । यदि समस्या भयो, भने– प्रजातान्कि अभ्यासबाट निर्वाचनमा जानुपर्छ, निर्वाचन बाट जो जित्छ, उस्लाई सबैले सहयोग गर्न आवश्यक छ ।
त्यस्तो भनिरहँदा तपाई नेृतृत्व लिन खोजेको हो ?
हेर्नुस मैले अघिनै भने अध्यक्ष हुने कस्लाई चाहना हुन्न र ?
मेरो चाहना भन्दा जिल्लाले महशुस गर्यो भने, यहाँका नेता कार्यकर्ताले महशुस गर्यो भने, म नेतृत्व गर्न तयार छुँ । तर खुट्टा तान्ने प्रवृति भन्दा सबैले सहयोग गर्न आवश्यक छ ।
जिल्लामा पार्टी मजवुद पार्न मुख्य चुनौती के छ ?
अब यस्मा कस्तो छ भने, गर्नेहरुका लागि बाधा व्यवधान आउछन् तर समस्या संग डराएर होइन, समाधान गर्न सक्नु पर्छ, जिल्लामा अबको नेतृत्व तहले संगठन विस्तार जनचेतना मुलक कार्यक्रम, व्यापारीहरुलाई भन्सारमा छुटको सहुलियत, समग्र जिल्लाको विकासको लागि पहल गर्न आवश्यक छ ।
अन्त्यमा के छ, तपाईको सन्देश ?
अब पार्टी एक भएको छ, बाँके जिल्लामा चुनौती र सम्भावना दुबै छ, सबैभन्दा पहिले केन्द्रका नेताहरुले जिल्लामा पदिय भागवण्डा गर्दा नातावाद कृपावाद लाड्न खोज्ने प्रबृति हटाउनु पर्छ, र सबै एकजुट भएर जनता संगै हातेमालो गर्दै जिल्लाकै पहिलो पार्टी हुनु पर्दछ । जय हिन्दु राष्ट्र नेपाल
Wednesday, November 16, 2016
विरेन्द्र राजा शालिक पुनस्र्थापना समितिले सक्रियता बढायो
स्वर्गीय राजा श्री ५ विरेन्द्र विर विक्रम शाहको शालिक पुनस्र्थापना समिति बाँकेले जन स्तरमा सक्रियता बढाएको छ । नेपालगन्जको विरेन्द्र चोकमा राखिएको विरेन्द्र राजाको शालिक २४ घन्टा वित्न नपाउँदै प्रशासनले हटाएपछि निरन्तर संघर्ष जारी राखिएको हो । शालिक पुनस्र्थापना संघर्ष समितिका संयोजक भिम शाहीले ईतिहाँस जोगाउने अभियानमा नागरिकको साथ जुट्दै गाएको जनाए । संयोजक शाहीले भने, शालिक पुनस्र्थापनाका लागि जनताका घर घरमा गएका छौँ, सबैको मत शालिक राख्नु पर्ने भन्ने छ । प्रशासनले हटाउने वित्तिकै सडकमा, जनमानसमा सचेतना अभियान चलाएको पुनस्र्थापना समिति बाँकेले यो कार्यलाई झनै अगाडी बढाएको हो । विरेन्द्र राजाको शालिक भनेको ईतिहाँस जोगाउने खम्बा हो, भव्य जनमनसको उपस्थितिमा पुन शालिक स्थापना गर्ने संयोजक शाहिले जनाए । यस अघि विभिन्न छलफल, विरोधका कार्यक्रम, धर्मगूरुहरु संगको छलफल , हस्ताक्षर अभियान चलाएको पुनस्र्थापना समितिले भव्य जनमानसको उपस्थितिमा शालिक पुनस्र्थापना गर्ने भएको हो । भर्खरै निर्वाचित अवधी पत्रकार संघ नेपालका केन्द्रीय पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रम गरेर शालिक पनस्र्थापना समिति बाँकले अवधी पत्रकार संघ नेपालका पदाधिकारीहरुलाई इतिहाँस जोगाउँने अभियानमा साथ दिन आग्रह गरिएको समेत संयोजक शाहीले उल्लेख गरे । जवाफमा अवधी
पत्रकार संघका पदाधिकारीहरुले सन्चारकर्मिहरुले ईतिहाँस जोगाउने अभियानमा साथ दिने जनाएका थिए । नेपालगन्ज संगै देश व्यापी अभियान चलाएर शालिक पुनस्र्थापना भएरै छाड्ने संयोजक शाहिको जिकिर छ ।
Tuesday, November 15, 2016
मण्डपबाट भागेकि बेहुली पुनः माया गास्न आएपछि पार्टी एक हुँदै
राप्रपा नेपाल र राप्रपा पार्टी विचको एकीकरण सफल हुन नसकेपछि बेहुली मण्डप बाट भागेको संज्ञा राप्रपा नेपालले दिएपछि निकै चर्चाको बिषय बन्यो । सम्पुर्ण तयारी भईसकेर बिहेकै दिन बेहुलीले बिबाह अस्विकार गर्दै विवाह मण्डप बाटै भागेको आरोप राप्रपा नेपालले राप्रपालाई लगाई रहदा एक अर्का पार्टीको विरोधशंका उपशंकाले पनि नेपाली मिडियामा निकै स्थान पायो ।
भागेको दुई महिना वित्न नपाउँदै पुनः बेहुली फर्कने कुराले कसरी विश्वासको आधार तयार भयो भनेर राप्रपा नेपालका महामन्त्री डा ः धवल शम्शेर राणा संग कुराकानी गरेका छौँ ।
मण्डप बाटै भागेको बेहुलीलाई पुनः कसरी स्वीकार्नु भो ?
हेर्नुस बास्तवमा सबै तयारी पुरा भएर बिहेकै दिन बेहुली भागेकै हो, हामीलाई ठुलो विश्वास घात भएकै हो, तर अहिलेको अवस्थामा बेहुलीकै बुबा आर्थात राप्रपाका अध्यक्ष पुशपति शम्शेर रााणा आफै अब हामीलाई यो विहे स्वीकार छ भनेर आग्रह गरे पछि एकीकरण हुँने भएको हो ।
अब मसिंर ६ गते हुने विवाह खल्लो हुने त होइन ?
अब केटी पक्षले सबै तयारी पुरा गरेर भव्य गर्ने भएपछि हामी पनि के कम, ६ गतेको विवाहले राष्ट्रिवादी शक्ती एक हुन्छ । त्यसमा कुनै शंका नगारौँ ।
भागेको बेहुलीलाई विश्वास गर्ने आधार चाही केहो ?
हेर्नुस पहिले हामीले छोरी दिनु पर्यो तपाई हामी एक भयो भने सबैलाई राम्रो हुन्छ, भनेर अगाडी कदम चालेकै कारणले केटी पक्षले धोका दिएको हो, अब त केछ भने बेहुलीकै बुबा आफै बिहेको तयारीमा जुटेका छन् त्यस अर्थमा सबैभन्दा ठुलो विश्वास त्यहि नै हो ।
राप्रपा संग मिल्नु भनेको सरकारमा जानु हो, राष्ट्रघाती सरकारको शरण किन पर्नु हुन्छ ?
अब यसमा के छ भने पहिले देखिनै राप्रपा सरकारमा छ, हामी एक हुने वित्तिकै सरकारमा सहभागी हुनै पर्दछ । तर वास्तवमा के हो भने पछिल्लो समयमा निर्वाचनको कुरालाई लिएर सरकारमा जानै पर्ने आवश्यकता देखिएको छ । तर यो होइन कि राप्रपा नेपाल सरकारमा जाने वित्तिकै आफ्नो एजेण्डा छोड्ने हुँदैन । हामी स्थानीय निकायको निर्वाचनको तयारीका लागि पनि सरकारमा जानु पर्ने अवस्था आयो । हामीले हिन्दु राष्ट्रको एजेण्डा जहिले पनि बोकेरै हिड्छौ एकदिन अवश्य सफल हुन्छौ ।
राष्ट्रवादी शक्ति एक भएर हिन्दु राष्ट्र स्थापित हुन्छ त ?
हेर्नुस १० बर्षिय लामो जनयुद्ध पछि नेपाली जनताले परिवर्तन चाहेका थिए र एक पटक माओवादीले केहि गर्लाकि भन्ने आशामा नेपाली जनताले भोट दिएकै हुन ् तर अहिले सम्म के पाए । नेपालमा हिन्दुहरुको बाहुल्यता भएको देशमा अब नेपाली जनता बहकिएर बहकिने अवस्था छैन ्। अब हामी देशकै ठुलो शक्तिको रुपमा स्थापित हुँदै छौ । पुर्व पन्च गाउँका युवाहरुलाई एक ठाउँमा बोलाएर हामी राष्ट्र हाँक्ने शक्ति हुन्छौ ।
राप्रपा नेपालले गाई चिन्ह छोड्छ ? अव संविधान सभाको निर्वाचनमा प्रतिनिधित्व गर्नेहरुले ऐन कानुन अनुसार प्रष्ट पारेपछि राष्ट्रिय जनावरको रुपमा रहेको गाई चिन्ह राख्ने कि नराख्ने प्रष्ट हुन्छ । सुर्य र गाई लाई मात्रै आरोप लगाउने हो भने यस बिषयमा एमाले संग मिलेर अगाडी पहल थाल्छौ ।

Monday, November 14, 2016
बाँकेमा ६ सय ४५ जनााई पुर्ण राहात
, हेमन्त चौधरी, कार्तिक २९,
बाँकेमा सशस्त्र द्धण्द्धकालको समयमा गम्भिर मानव अधिकार उलघंनका घटनामा परेका ६ सय ४५ जनाले सरकार बाट पुर्ण रुपमा राहात पाएका छन् । स्थानीय शान्ति समिति बाँकेको अनुसार बाँकेमा ४ हजार पीडित मध्ये यस आर्थिक बर्षको अहिले सम्म ६ सय ५२ जनाले पुर्ण राहात पाएका हुन् । शान्ति समिति बाँकेले दिएका जानकारी अनुसार द्धण्द्धकालमा विभिन्न घटनामा परि मृत्यु भएका २ सय ३७ जनाले राहात पाएका छन् । यस्तै वेपत्ता भएका ५७ जना, अपहरणमा परेका ३१ जना, विस्थापित भएका १ सय १९ जना अभिभावक विहिन भएका टुहुरा बालबालिका ८ जना, सम्पत्ती लुटिएका १ सय २६ र अंगभंग भएका ७४ जनाले पुर्ण रुपमा राहात पाएका हुन् । स्थानीय शान्ति समिति बाँकेले विगत एक बर्षको अवधीमा उल्लेख्य कार्य गरेकोले बाँकेमा ठुलो संख्याका पीडितहरुले राहात पाएका हुन् । निर्वतमान शान्ति समिति संयोजक तेज विक्रम शाहको कार्यकालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगमा परेका उजुरीहरु विवाद रहित तरिकाबाट राहात उपलब्धका लागि सफिारिस गरिएका थिए । सत्य निरुपणमा ९ सय ४० र वेपत्तामा १ सय २६ जनाको उजुरी परेका छ । शान्ति समिति बाँकेले अन्य धर्मगुरुहरु संग सद्भाव एकता कायम गर्न निरन्तर छलफल तथा शान्ति सद्भाव कायम गर्न अहम भूमिका खेलेकै कारण निवर्तमान संयोजक शाह देशभरीकै उत्कृष्ट शाखाको रुपमा शान्ति तथा पुनर्निमाण मन्त्रालयमा सम्मान पाएका थिए । निर्वतमान संयोजक शाहले बाँकेमा सद्भाव एकता कायम गर्न शन्ति समितिको संयोजकले राजनीतिक कर्ता भन्दा शान्ति निर्माण कर्ताको रुपमा सम्पुर्ण कार्य अगाडी बढाउनु सुझाव समेत बताएका छन् ।

Sunday, November 13, 2016
सुख ः दुखका नेता मनोज प्रधान
नेपालमा राजनीति गर्ने नेताहरुलाई दिनहुँ जसो गाली नगर्ने नागरिक छैनन् होला नेपालमा, राजनीतिक दलका नेताहरु आफ्नो स्वार्थ र कुर्सीको लागि बाहेक नेपाली जनता र नेपालको हितमा काम नगरेको प्रष्ट छ । यसले सम्पुर्ण नेपाली जनताको प्रगती लाई वाधा गरिरहेको छ । जस्का कारण असान्ती, कोलाहल, वेरोजगारी हत्या हिंसा प्रतिदिन नेपालमा बढ्दै गएको छ । तर जो एउटा यस्तो नेता जो नेपालका राजनीति गर्ने संयौ नेताहरुको विचमा मनोज प्रधान सबैका लोकप्रिय नेताका रुपमा गनिन्छन् । राप्रपा नेपालका राप्ती अंचल संयोजक तथा केन्द्रीय सदस्य भएर केन्द्रमा खासै परिचिति नभएपनि अंचल र जिल्लामा लोकप्रिय छन् । आस्थाले राप्रपा नेपाल भएपनि मनोज प्रधानको नजरमा सबै नागरिक समान व्यवहार छन् । सल्यानमै जन्मिएर सल्यान बाट कक्षा १० पास गरेर काठमाण्डौमा उच्च शिक्षा हासिंल गर्न गएका प्रधान काठमाण्डौमा हुँदा पनि सल्यान बासीहरुको सेवा गर्न पछि परेनन् । काठमाण्डौमा सल्यान सरोकार समाजको अध्यक्ष भएर गरिव दुखी पढ्न बाट बन्चित रोजगारी नपाएका र उपचार नपाएका संयौ सल्यानी बासीहरुलाई सहयोग गरेको स्मरण गर्दा मनोज प्रधानलाई अहिले पनि समाज सेवा गरेको महसुस हुन्छ । त्यति मात्रै कहाँ हो र २०५० साल तिर काठमाण्डौमा एक कम्पनीमा जागीर खाँदा धेरै सल्यानका युवाहरुलाई रोजगारी लगाएका थिए । २०६० सालमा राजाको पालामा जम्मा केहि महिना मात्रै जिल्ला विकास समिति सल्यानको सभापति हुँदा लोकप्रिय र उदाहरणिय कार्य गरेर मनोज प्रधानले देखाएका थिए । सल्यान लगायत देशभरीनै नातावाद कृपावाद पैसाको चलखेलमा कर्मचारी भर्ना गर्ने प्रचलन बढेको बेला मनोज प्रधानले सल्यानमा निकै पार्दशिता ढंगबाट १ सय २० वटा शिक्षकलाई राहातमा राखेका थिए । सबैभन्दा अप्थ्यारो परिक्षा प्रधानका लागि सल्यानका २ सय जना युवाहरुलाई आफ्नै लगानीमा मलेसिया पठाउनु थियो । पैसा भएर पनि विदेश जान सहज नभएको समयमा पनि आफ्नै लगानीमा प्रधानले सल्यानका २ सय जना युवाहरुलाई मलेसिया पठाएका थिए । त्यतिबेला जिवनभरि कमाएर १० हजार रुपैयाँ देख्न नपाउने वेरोजगार युवाहरुलाई विदेश पठाएर उनीहरुको जिवननै बनाएका कारण सल्यानमा मनोज प्रधान जनप्रिय नायक मान्छिन् । अहिले पनि सल्यानमा शिक्षा स्वास्थ्य, रोजगारीको समस्या रहेको बताउदै राप्रपा नेपाल सल्यानले गरिव वालबालिकाहरुलाई शिक्षा हाँसिल गर्नका लागि सहयोग अगाडी बढाएको मनोज प्रधान झनै लोक प्रिय बन्दै गएका छन् । अहिले राप्रपा नेपालको अंचल संयोजक रहेका प्रधान यस अघि पनि सल्यानबाट उम्मेदवार थिए । उनी जहिले पनि सल्यानी जनताको पक्षमा काम गर्ने जनाउछन् ।
Thursday, October 20, 2016
प्रित कम्पनी ग्राहकको माझमा
पछिल्लो समयमा बाँके र बर्दियामा सबैभन्दा बढि ट्ेक्टर विक्रि गर्न सफल प्रित टेक्टर कम्पनीले ग्राहकहरु संग भेटघाट कार्यक्रम गरेको छ । आज नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि बाँके र बर्दियाका गरि १ सय बढि ग्राहकहरु संग भेटघाट तथा छलफल कार्यक्र गरेको हो । प्रित टेक्टरको आधिकारिक विक्रेता स्वीग अटो प्रालि नेपालगन्जले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागि किसानहरुले प्रित ट्याक्टर बाट राम्रो आम्दानी भएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा प्रित टेक्टरको नेपालमा प्रमुख जिम्मा लिएका प्रकाश सिंह राठौरले विश्वका २५ बढि देशमा प्रित ट्याक्टर किसानहरुले प्रयोग गर्ने गरेको बताउदै अरु कम्पनी भन्दा क्षमतावान रहेको बताए । कार्यक्रममा प्रित कम्पनीको सुरुवात चरण देखि अहिले सम्मको अवस्था बारे जानकारी गराउँदै प्रमुख राठौरले अब छिट्टै गाउँ गाउँमा फ्रि क्याम्प सर्भिस, अन्य जनचेतना मुलक कार्यक्रमहरु गर्ने जनाए । बाँके र बर्दियामा गरि बर्षमा १ सय ५० बढि ट्याक्टर विक्री भइरहेको भन्दै आगामी दिनमा हरेक किसानको हात हातमा ट्याक्टर पुर्याउने लक्ष्य रहेको जनाए । नेपालमा प्रित कम्पनीको पहिलो कार्यालय स्वीग अटो प्रालिका प्रमुख सन्तोष बर्माले सबै ग्राहकहरुलाई सक्दो सहुलियत दरमा विभिन्न उपाहार सहित ट्याक्टर विक्री वितरण गर्दै आएको जनाए । भेटघाट कार्यक्रम मंगलसिंह वलीको प्रमुख आतिथ्यमा भएको थियो ।
Tuesday, October 18, 2016
कार जस्तै अटो रिक्सा नेपालगन्जमा भित्रियो
नेपालमा पहिलो पटक कार जस्तै अटो रिक्सा नेपालगन्जमा भित्रिएको छ । पछिल्लो समयमा अटो रिक्साहरुले स्थान पाइरहेको बेला सुविधा सम्पन्न कार जस्तै रिक्सा नेपालगन्जमा आएको हो । वागेश्वरी इनटरनेश्नल प्रालिका प्रवन्ध निर्देशक उदय सिंह श्रेष्ठका अनुसार कार जस्तै हिटर, पङ्खा, एलसिडि क्यामरा नाइट भिजन लाइट जडान सहितको अटो रिक्सा नेपालगन्ज ल्याइको हो । जाडो सिजनमा यात्रुहरुलाई हिटरको सुविधा घाम, पानी, हावा हुरी धुलो धुवाबाट बच्न सकिने सुविधा युक्त कार जस्तेै रिक्सा नेपालगन्जमा ल्याइएको प्रवन्ध निर्देशक श्रेष्ठले बताए । नेपाल भरिकै आधिकारिक विक्रेता रहेको वागेश्वरी इटरनेश्नलले जस्तो सुके उकालोमा पनि सजिलै जान सक्ने जेनेटरको सुविधा भएको अटो रिक्साको माग अत्यधिक रहेको निर्देशक श्रेष्ठको भनाई छ । सस्तो शुलभ मुल्यमा विक्रि वितरण गरिएपछि एक दर्जन बढि ल्याएको कार जस्तै रिक्सा अब नेपाल भरि माग भएको हुँदा अरु थप ल्याउने तयारी भइरहेको समेत निर्देशक श्रेष्ठले जनाए ।
Friday, October 14, 2016
जुवाको खालमा राप्तीपारिको दशै
सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चनिने राप्तीपारिको दशै यस बर्ष जुवामय भयो । दशैको एक हप्ता राप्तीपारिको ३÷४ गाविसमा लाखौँ रुपैयाँको जुवा भएको हो । लाखौं रुपैयाँको जुवा ठाउँ ठाउँमा चल्दा समेत बैजापुर ÷बिनौना गरि २ गाविस हेर्ने ईलाका प्रहरी कार्यालय धामपुर मुख दर्शक बनेर बस्यो । प्रहरी प्रशासनकै जानकारीमा खुल्लेयाम जुवा खेल्न पाइने भएपछि टाढा टाढा बाट जुवाडेहरु राप्तीपारि पुगेका थिए । दाङ, नेपालगन्ज, कोहलपुरबाट ठुलो संख्यामा जुवाडेहरु राप्तीपारि पुगेका थिए । बैजापुर÷बिनौना र फत्तेपुरका विभिन्न स्थानमा खुल्लेयाम जुवा भइरहेको जानकारी पाएपनि प्रहरीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाहरुको भनाई छ । बिनौनाको मेला लाग्ने डाँडा, ९ वडा, चिलहरिया,बैजापुरको नयाँ बस्ती अन्धरपुर, खैरहनी, बेलासपुर लगायतका स्थानमा ठुलो जुवा चलेको हो । यि ठाउँहरुमा स्थानीय भन्दा बाहिरका धेरै जुवाडेहरु खेल्न आएको स्थानीय बासिन्दाहरुको भनाई छ । ईलाका प्रहरी कार्यालयका प्रहरी इन्चार्ज सई देवीलाल घर्तिमगर उक्त चौकीमा बसेको एक दशक लामो भइसकेकोले स्थानीय स्तरमा केहि पनि नगर्ने गरेको स्थानीय बासिन्दाहरुको भनाई छ । यी संगै राप्तीपारिमा चोरीका मोटर साइकल, ट्राफिक नियम विपरित मोटरसाईकलहरु प्रहरीको सामुन्ने गुड्दा समेत प्रहरी नदेखेझै गर्ने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ ।
Sunday, October 2, 2016
७ जना पत्रकार सम्मानित हुने
मिडिया नेपाल क्षेत्रिय कार्यालय नेपालगन्जले जिल्लाका ७ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा अहम योगदान पुर्याए बापत जिल्लाका ७ जना पत्रकारहरुलाई सम्मान गरिन लागेको हो । मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष उदय सिंह श्रेष्ठका अनुसार अग्रज पत्रकार निरज गौतम, झलक गैरे, सिराजुद्दिन खान, हेमन्त कर्माचार्य पुर्णलाल चुके, सुर्यलाल यादव, र डक्ट धिताललाई सम्मान गरिने भएको हो । यस संगै भर्खरै निर्वाचि नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई पनि सम्मान गरिने भएको हो । २५ जना पदाधिकारीहरुलाई सम्मान गरिन लागिएको आयोजक कमिटिले जनाएको छ ।
मिडिया नेपालको भेला तथा बडाभोजको तयारी पुरा
सोमबार १७ गते हुने मिडिया नेपालको क्षेत्रिय भेला तथा बडा भोजको तयारी पुरा भएको छ । मिडिया नेपाल क्षेत्रिय कार्यालय नेपालगन्ज र जिल्ला कार्य समिति बाँकेको संयोजनमा हुन गइरहेको क्षेत्रिय भेला तथा बडा भोजको सम्पुर्ण तयारी पुरा भएको मिडिया नेपाल बाँकेका अध्यक्ष हेमन्त चौधरीले जानकारी दिए । क्षेत्रिय भेलामा सहभागि हुन मिडिया नेपालका केन्द्रीय सचिव टेकराज शाही लगायत दैलेख र जुम्लाका पत्रकारहरु नेपालगन्ज आइपुगेका छन् । भने अन्य जिल्लाहरुबाट मिडिया नेपालमा आवद्ध पत्रकारहरु नेपालगन्ज आउने क्रम जारी रहेको छ । दिउँसो १२ बजे बाट सुरु हुने क्षेत्रिय भेलामा मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौड्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्षेत्रिय भेला पछि साँझ बडा भोज पनि गर्ने कार्यक्रम रहेको छ । बडा भोजमा क्षेत्र, जिल्लाका उच्च पदाधिकारी, पत्रकार व्यापारी, राजनीतिकज्ञ लगायत २ सय बढिको सहभागिता रहने छ ।
Saturday, October 1, 2016
नगरको २4 न ः वडामा राप्रपा नेपालको कार्यालय विस्तार
राप्रपा नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको २४ न ः वडामा आफ्नो कार्यालय विस्तार गरेको छ । घरघरमा राप्रपा नेपाल अभियान बोकेको राप्रपा नेपालले आज २४ न ः वडामा पार्टी कार्यालय विस्तार गरेको हो । आज राप्रपा नेपालका महामन्त्री डा ः धवल शम्शेर राणाले रिवन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै महामन्त्री राणाले सकारात्मक कार्य भएको भन्दै नगरको सबै वडामा कार्यालय विस्तार गर्न आवश्य रहेको बताए । राप्रपा नेपाल नेपालगन्जमा राम्रो रहेको बताउदै अहिले देखि स्थानीय तथा राष्ट्रिय दुवै निर्वाचनको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन गरेका छन् । राप्रपा नेपालका जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले खशि व्यक्त गर्दै सक्रिय भएर लाग्न आग्रह गरे । राजेन्द्र कुर्मीको संयोजकत्वमा कार्यालय स्थापना गरिएको हो ।
नेपाल मनव धर्म सेवा समितिको दुर्गा उद्घाटन
मानविय सेवामा समर्पित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले नव दुर्गाको भव्य उद्घाटन गरेको छ । आज शनिबार राप्रपा नेपालका महामन्त्रीले उद्घाटन गरेका हन् । शनिबार देखि ९ दिन सम्म नवदुर्गाको विशेष पुजा सहित विभिन्न कार्यक्रम गरि मनाउने भएको हो । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार नवदुर्गाको ९ दिन भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष संत्सगं हुने भएको हो । संगै ९ दिन सम्म झाँकी, नाटक, विशेष पुजाआजा, विशेष अतिथिहरुबाट शुभकामना आदान प्रदान गर्ने गर्ने समेत कार्यक्रम रहेको सचिव कंडेलले जनाए । नेपालगन्जको कारकाँदो स्थित आफ्नै भवनको प्राङ्गणमा नवदुर्गाको पूजा आजा गरिने भएकोले सबैमा उपस्थितिका लागि समितिले विशेष आह्वान समेत गरेको छ ।
Friday, September 30, 2016
नेपाल मानव धर्म सेवा समितिको नवदुर्गा विशेष
मानविय सेवामा समर्पित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले नव दुर्गाको फरक ढंगले पुजा आजा गर्ने भएको छ । भोली शनिबार देखि ९ दिन सम्म नवदुर्गाको विशेष पुजा सहित विभिन्न कार्यक्रम गरि मनाउने भएको हो । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार नवदुर्गाको ९ दिन भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष संत्सगं हुने भएको हो । संगै ९ दिन सम्म झाँकी, नाटक, विशेष पुजाआजा, विशेष अतिथिहरुबाट शुभकामना आदान प्रदान गर्ने गर्ने समेत कार्यक्रम रहेको सचिव कंडेलले जनाए । नेपालगन्जको कारकाँदो स्थित आफ्नै भवनको प्राङ्गणमा नवदुर्गाको पूजा आजा गरिने भएकोले सबैमा उपस्थितिका लागि समितिले विशेष आह्वान समेत गरेको छ । भोली शनिबार बेलुका ५ बजे दुर्गा पुजाको समाज सेवी तथा राप्रपा नेपालका महामन्त्री डा. धवल शम्शेर राणाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनमा समाज सेवी तथा कुशल व्यवसायि अच्युत प्रसाद प्रसाई लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।
Subscribe to:
Posts (Atom)