शर्मा इलेक्ट्रोनिक्स् पुष्पलाल चोक , नेपालगंज हाम्रो यहाँ मोबाईल, कम्प्युटर,सि सि टिभी क्यामरा, प्रिन्टर रिपेरीङ गर्नुका साथै मोबाईल,सोलार लाईट, ल्याप्टप, कम्प्युटर, सि सि टिभी क्यामरा,प्रिन्टर,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा विक्री गरीन्छ Sharma Electronic, Puspalal chowk.nepalgunj मोबाइलः–9844851213

Saturday, December 24, 2016

माघीमेला भब्य बनाउँछु संयोजक ः हरि चौधरी

थारुहरुको महान पर्वको रुपमा मनाईदै आएको माघे संक्रान्ति पर्वको अवसर पारेर लाग्ने बैजापुरको भूवर भवानी मेला सर्बसहमती बाट हुने भएको हो । गाविस स्तरिय समितिले सर्बदलिय छलफल बाट सबैको सहमती अनुसार समिति मार्फत मेला सन्चालन गर्ने भएको हो । गाविस स्तरिय मुल समितिले मेला सन्चालनका लागि स्थानीय हरि चौधरीलाई जिम्मा दिएको छ । व्यापारी तथा युवा नेता समेत रहेका संयोजक हरि चौधरी संयोजक रहने गरि ११ जना सदस्य रहने गरि सचिवालय समिति गठन गरिएको छ । सर्बपक्षिय समिति बाट हुने माघी मेला विगतका बर्षहरु भन्दा फरक र उल्लासमय हुने संयोजक चौधरीले दावी गरेका छन् । मेला बारे जानकारी दिंदै संयोजक चौधरीले तयारी स्वरुप स्टल दर्ता, मन्दिर रंगरोबन , फिल्ड सरसफाई टेन्ट बुकिङ्ग लगायतका कार्यभइरहेको जनाए । मेलाको अवधीभर स्थानीय कला संस्कृति झल्कने ५० बढि झाँकी नाँच, राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।  पुषको २९ गते देखि ४ गते सम्म लाग्ने मेलामा विगत बर्ष भन्दा सुरक्षा व्यवस्था पनि कडा पारिएको समेत संयोजक हरिले जानकारी दिए । कार्यक्रम उद्घाटनको दिन ५ हजार बढिको र्याली समेत निकालिने जानकारी दिए । र्यालीमा स्थानीय महिला समुह, सामुदायिक बन उपभोक्ता समुह, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थिति रहने छ ।

कोहलपुरमा ६९ जनाले रक्तदान गरे

बाँकेमा रगतको अभाव देखिएपछि नेपाल मानव धर्मसेवा समिति भेरी अंचल आश्रम नेपालगन्जले गरेको आकाश्मिक रक्तदान कार्यक्रमममा ६९ जनाले रक्तदान गरेका छन् । गर्पाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार ब्लड बैंकले रगत अभाव भएको सुचना दिएपछि बाँकेको कोहलपुरमा गरिएको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन् । कोहलपुरको दर्पण कम्प्युटर रहेको प्राङ्गनमा भएको रक्तदान  कार्यक्रममा मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा भेरी अंचल प्रभारी महात्मा नन्दनी बाइजीको समेत उपस्थिति रहेको सचिव कंडेलले जानकारी गराए ।  मानव धर्ममा क्रियाशिल रहेको नेपाल मानव धर्म सेवा समितिले विगत ५ बर्ष देखि रक्तदान लगायतका समाज सेवामा सर्मपित विभिन्न कार्यक्रम गर्दै आएको छ । गत असोज ५ गते गरेको रक्तदान कार्यक्रममा अहिले सम्मकै धेरै १ सय ७२ जनाले रक्तदान गरेको समेत सचिव कंडेलले उल्लेख गरे । नेपालगन्जको कारकाँदोमा कार्यालय स्थापना गरेर समितिले मानव सेवा दिइरहेको छ ।


Thursday, December 22, 2016

बाँकेमा रगत अभाव देखिएपछि अकस्मात रक्तदान गरिदै

बाँकेमा रगतको अभाव देखिएपछि नेपाल मानव धर्मसेवा समिति भेरी अंचल आश्रम नेपालगन्जले आकाश्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ  । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार ब्लड बैंकले रगत अभाव भएको सुचना दिएपछि बाँकेको कोहलपुरमा रक्तदान गर्न लागिएको हो । सचिव कंडेलले कोहलपुरको दर्पण कम्प्युटर रहेको प्राङ्गनमा भोली शनिबार हुने रक्तदान  कार्यक्रममा सबैलाई सहयोग गर्न समेत अपिल गरेका छन् । बिहान ९ बजेदेखि हुने रक्तदान कार्यक्रममा भेरी अंचल प्रभारी महात्मा नन्दनी बाइजीको समेत उपस्थिति रहने सचिव कंडेलले जानकारी गराए ।  मानव धर्ममा क्रियाशिल रहेको नेपाल मानव धर्म सेवा समितिले विगत ५ बर्ष देखि रक्तदान लगायतका समाज सेवामा सर्मपित विभिन्न कार्यक्रम गर्दै आएको छ । गत असोज ५ गते गरेको रक्तदान कार्यक्रममा अहिले सम्मकै धेरै १ सय ७२ जनाले रक्तदान गरेको समेत सचिव कंडेलले उल्लेख गरे । नेपालगन्जको कारकाँदोमा कार्यालय स्थापना गरेर समितिले मानव सेवा दिइरहेको छ । 

यस बर्षको माघीमेला सर्ब सहमतिमा


 थारुहरुको महान पर्वको रुपमा मनाईदै आएको माघे संक्रान्ति पर्वको अवसर पारेर लाग्ने बैजापुरको भूवर भवानी मेला सर्बसहमती बाट हुने भएको हो । गाविस स्तरिय समितिले सर्बदलिय छलफल बाट सबैको सहमती अनुसार समिति मार्फत मेला सन्चालन गर्ने भएको हो । गाविस स्तरिय मुल समितिले मेला सन्चालनका लागि स्थानीय हरि चौधरीलाई जिम्मा दिएको छ । व्यापारी तथा युवा नेता समेत रहेका संयोजक हरि चौधरी संयोजक रहने गरि ११ जना सदस्य रहने गरि सचिवालय समिति गठन गरिएको छ । सर्बपक्षिय समिति बाट हुने माघी मेला विगतका बर्षहरु भन्दा फरक र उल्लासमय हुने संयोजक चौधरीले दावी गरेका छन् । मेला बारे जानकारी दिंदै संयोजक चौधरीले तयारी स्वरुप स्टल दर्ता, मन्दिर रंगरोबन , फिल्ड सरसफाई टेन्ट बुकिङ्ग लगायतका कार्यभइरहेको जनाए । मेलाको अवधीभर स्थानीय कला संस्कृति झल्कने ५० बढि झाँकी नाँच, राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।  पुषको २९ गते देखि ४ गते सम्म लाग्ने मेलामा विगत बर्ष भन्दा सुरक्षा व्यवस्था पनि कडा पारिएको समेत संयोजक हरिले जानकारी दिए । कार्यक्रम उद्घाटनको दिन ५ हजार बढिको र्याली समेत निकालिने जानकारी दिए । र्यालीमा स्थानीय महिला समुह, सामुदायिक बन उपभोक्ता समुह, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थिति रहने छ ।

Tuesday, December 20, 2016

राप्रपाको क्षेत्र न ः ३ को एकता भेला सम्पन्न

दुई राप्रपा एक भएपछि बाँकेका विभिन्न क्षेत्रहरुको एकता  भेलाहुने क्रम जारी छ । गत ४ गते क्षेत्र न १ को एकता भेला सकिएपछि  आज क्षेत्र न ३ को एकता भेला गरिएको छ । राप्रपा नेपाल र राप्रपाका क्षेत्रिय समिति र नेपालगन्ज उपमहानगर पालिकाको समितिलाई तथा नेता कार्यक्रर्ताहरु बोलाएर एकता भेला गरिएको हो । राप्रपाका महामन्त्री डा. धवल शम्शेर रााणाको निर्वाचन क्षेत्र भएको ३ मा राप्रपाको बलियो पकड मानिन्छ । एकता भेला कार्यक्रममा बोल्ने केन्द्रीय नेताहरुले एकता भन्दा मनको एकता भएर लाग्न जरुरी रहेको उल्लेख गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपाका महामन्त्री राणाले यस क्षेत्रको सबै वडा वडा गाउँ तहमा संगठन विस्तार गर्न सबै नेता कार्यक्रर्तालाई आग्रहगरे । चुनव जित्न सजिलो छैन् जनतालाई पार्टीका एजेण्डा बारे बुझाउनु छ, त्यसैले सबै एकजुट हुन आवश्यक छ । कार्यक्रममा पुर्वमन्त्री द्धय प्रेम बहादुर भण्डारी र फत्तेसिंह थारुले पनि पार्टी बलियो बनाउन कडा मेहनत गर्न आग्रह गरेका थिए । एकता भेला बाट क्षेत्रिय अध्यक्षमा कुन्जिलाल बर्मा र नगर अध्यक्षमा अभय कुमार बस्नेत चयन भएका छन् ।


Monday, December 19, 2016

आमसभा सफल पार्न जिम्मेवारी बाँडफाँड

आगामी पुष २० गते राप्रपा बाँकेले बृहत आमसभा सफल पार्न कामको बाडफाँड गरेको छ ।
राप्रपाका केन्द्रिय महामन्त्री डा. धवल सम्शेर राणाको उपस्थितीमा बसेको कार्य सम्पादन समितिको बैठकले बृहत आमसभालाई भब्य र सब्य बनाउन जिम्मेवारी १२ वटा समिति बनाई बाँडफाँड गरेको हो ।
पार्टीका नगर सचिव बिष्णु सिंह ठकुरीका अनुसार प्रचारप्रसारमा विद्यार्थी संगठन, ¥याली व्यवस्थापनमा युवक संगठन, अतिथि सत्कार तथा स्वगतमा महिला संगठन, यातायातमा पुर्व सचिव रबिन थापा, जनपरिचालनमा चार वटै क्षेत्रीय अध्यक्ष, अनुगमनमा सम्पूर्ण केन्द्रिय सदस्यहरु लगायत प्रचारप्रचार भब्य रुपमा सफल बनाउनको लागि मिडिया नेपाललाई जिम्मेवारी दिइएको छ । आर्थिक संकलनमा जिल्ला कोषाध्यक्ष तेज नारायण कँडेललाई मूख्य जिम्मेवारी दिइएको छ ।
बृहत आमसभालाई सफल बनाउनको लागि मिडिया नेपाल सक्रिय रुपमा अगाडि बढेको पार्टीका प्रवक्ता श्रीधर सुवेदीले जानकारी दिए ।

बाँके जिल्ला राप्रपाको किल्ला बनाउने नेताहरुको उदघोष

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले बाँके जिल्ला राप्रपाको किल्ला बनाएरै छाड्ने उद्घोष गरेका छन् । आज बाँकेको क्षेत्र न १ को एकीकरण भेलामा बोल्ने नेताहरुले बाँके जिल्ला पार्टीको उर्जादिने जिल्लाको रुपमा बनाएरै छाड्ने बताएका हुन् । २०५१ सालको निर्वाचनमा ३ वटै क्षेत्र जितेर राप्रपाको किल्ला बनाएको भन्दै राप्रपाका नेताहरुले जिल्लामा निर्वाचन जित्ने प्रशष्ट आधारहरु रहेको बताए । राप्रपा पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाले जनताको चाहना र आवश्यकता भनेको राप्रपा पार्टी रहेको बताउदै पहिलो पार्टी बनाउन एक भएर लाग्नु पर्ने बताए । महामन्त्री राणाले भने अब यो त्यो भन्ने बेला छैन् जनताको भावना अनुसार हिन्दुराष्ट्र स्थापनाका लागि सबै नेता कार्यक्रता सक्रिय भएर लाग्न जरुरी छ । पुर्व मन्त्री प्रेम बहादुर भण्डारीेले अरु पार्टीहरुले जनतालाई अनिर्णयको बन्दीमा पारेको आरोप लगाउदै अबको निकास दिन सक्ने पार्टी राप्रपा रहेको बताए । क्षेत्र न १ बाट निर्वाचन जितेर मन्त्री हुँदा उपलब्धी मूलक काम गरेको बताउँदै अहिले सम्म जनताको सेवामा लागि परेको जनाए । पुर्व मन्त्री फत्तेसिंह थारुले काँग्रेस एमाले र माओवादी पनि विचलनमा रहेको बताउदै आजको आवश्यकता भनेको जनताको माग सम्वोधन गर्नु रहेको प्रष्ट पारे । विपीको सिद्धान्तको कुरा गर्ने काँग्रेस अहिले अलमलमा रहेको जनाउँदै पार्टी पहिलो बनाउन एक भएर संघर्ष गर्नु पर्ने जनाए । पार्टीका केन्द्रिय सदस्य तथा क्षे न १ का नेता हिक्मत ढकालले आफ्नो क्षेत्र पार्टी मजवुद रहेको बताउदै सबै एक भएर लागे निर्वाचन जितेरै छाड्ने ठोकुवा गरे ।  कार्यक्रममा केन्द्रीय सदस्य ओम प्रकाश आजाद, सलाउद्दिन जसगढ, रमेश अर्याल लगायतका नेताहरुले बाँके जिल्लाको सबै निर्वाचन जिताउनका लागि सबै सक्रिय भएर लाग्न अनुरोध गरेका थिए ।


Saturday, December 17, 2016

बन्दमा बालबालिकाको प्रयोग

प्र्रदेश टुक्राएको विरोधमा नेकपा एमालेले गरेको बन्दमा बालबालिकाको प्रयोग संगै दुव्र्यबहार भएको भन्दै सम्वन्धीत निकायले ध्यानकार्षण गराएको छ । बाँकेको कोहलपुर र नेपालगन्जमा बालबालिकाहरुलाई आन्दोलनमा सहभागि गराएको र नेपालगन्जको बसपार्क रोडमा भएको एक बालकमाथिको दुव्र्यबहार प्रति गम्भिर ध्यानआकर्षण भएको नगर स्तरिय बाल क्लव संजाल कोहलपुरका अध्यक्ष प्रदिप प्रसाद आचार्यले बताए । राजनीतिक दलहरुले आफ्नो स्वार्थ पुर्तिका लागि बालबालिकाको प्रयोग गर्नु दुर्भाग्य भएको भन्दै बाल अधिकारलाई ख्याल गर्न समेत अध्यक्ष आचार्यले आग्रह गरेका छन । आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष आचार्यले आगामी दिनमा कुनैपनि बन्द हड्तालमा बालबालिकालाई प्रयोग नगर्न समेत आग्रह गरेका छन् ।

पुष २० गते नेपालगन्जमा राप्रपाको आमसभा हुँदै

पार्टी एकतापाछि राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले आगामी पुष २० गते एकताको आमसभा गर्ने भएको छ । पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाको उपस्थितिमा आज भएको जिल्ला स्थित नेताहरुको बैठकले मध्यपश्चिम क्षेत्र स्तरिय एकताको आमसभा गर्ने भएको हो । पार्टीका जिल्ला कोषाध्यक्ष तेज नारायण कंडेलका अनुसार आगामी पुष २० गते एतिहाँसिक आम सभाका लागि तयारी अगाडी बढेको छ । आम सभालाई सम्वोधन गर्न राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, केन्द्रिय अध्यक्ष कमल थापा, महामन्त्री डा. धवल शम्शेर राणा,  बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फतेसिंह थारु कोमल ओली, रेखा थापा लगायत एक दर्जन बढि केन्द्रीय नेताहरु आउने कार्यक्रम रहेको छ । नेपालगन्जको त्रिभुवन चोकमा हुने आमसभालाई सफल पार्न पुष ४ गते कोहलपुरमा तयारी बैठक बस्ने समेत कोषाध्यक्ष कंडेलले जनाए । जिल्ला नगर सचिव बिष्णु सिंह ठकुरीले आम सभालाई सफल पार्नका लाग गाउँ गाउँ बाट कार्यकर्ता नेपालगन्जमा ल्याइने जनाइन् । उनले महिलाहरुको उपस्थिति बढाउनका लागि तयारीहरु सुरु भइसकेको जानकारी दिइन् । आमसभामा १० हजार मानिसहरुको उपस्थिति रहने राप्रपाले जनाएको छ । आम सभाको अघिल्लो दिन १९ गते मध्यपश्चिमका सम्पुर्ण जिल्लाहरुको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहरुको बैठक हुने समेत कोषाध्यक्ष कंडेलले उल्लेख गरे ।

Thursday, December 15, 2016

क्षेत्र न ः २ को अध्यक्षमा खाँ मनोनित

दुई राप्रपाको बाँकेमा एकीकरण भएपछि क्षेत्रिय एकीकरण गर्ने तयारी भइरहेको बेला क्षेत्र न २ मा सर्वसम्मत रुपमा राप्रपा नेपाल बाट मोहम्मद सगीर खाँ चयन भएका छन् । लामो समय देखि राजनीतिमा सक्रिय रहेका खाँ यस अघि राप्रपा नेपाल बाट क्षेत्र न २ को अध्यक्ष थिए । राप्रपा बाट क्षेत्र न २मा अध्यक्ष नभएपछि खाँलाई सर्ब सम्मत क्षेत्रिय अध्यक्षमा मनोनित गरिएको हो । सर्व सम्मत रुपमा अध्यक्ष भएका खाँ आफुले संगठन विस्तार गर्दै निर्वाचन जित्ने पार्टीको रुपमा विकास गर्ने जनाए ।

राप्रपा बाँकेको पहिलो वैठक


बाँकेमा दुई राप्रपाको एकीकरण पछि पहिलो बैठक आज बसेको छ । जिल्ला विकास समिति बाँकेको सभाहलमा बसेको बैठकले जिल्लाका ४ वटै क्षेत्रिय एकीकरण भेला संगै संगठन विस्तार गर्ने निर्णय गरेको छ । एकीकरण पछि चयन भएका जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पुर्व मन्त्री प्रेम बहादुर भण्डारी र फत्तेसिंह थारुको आतिथ्यमा भएको बैठकले पुष ४ गते देखि ७ गते सम्म चारवटै क्षेत्र र नगरको एकीकरण सम्पन्न गरि पुनर्गठन गरिसक्नु पर्ने निर्णय गरेको हो । संगै निर्वाचन समितिले पनि आफ्नो गतिविधि बढाउने निर्णय भएको छ ।

Tuesday, December 13, 2016

पहिले र अहिले, भट्टी बाट सुरु भएको अपराध साईबर क्राइमसम्म ः प्रहरी प्रमुख अर्याल


नेपाल प्रहरी प्रमुख प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले पहिले भट्टीबाट सुरु भएको अपराध साईबर सम्म फैलिएकोले नियन्त्रण गर्न आवश्यक रहेको बताए । मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयको नव निर्मित भवनको आज बाँकेको कोहलपुरमा उद्घाटन गर्दै १० बर्ष पहिले रक्सीको भट्टीबाट सुरु हुने अपराध प्रवृधिको दुरुपयोग गर्दै व्यापक रुपमा साईबर क्राइम भइरहेकोले त्यसलाई रोक्नका लागि नागरिक र प्रहरी मिलेर अगाडी बढ्नु पर्ने प्रहरी प्रमुख अर्यालको कथन थियो । प्रहरी प्रमुख अर्यालले प्रविधिसंग खेल्ने अपराधको चर्चा गर्ने बेला भन्दा अनुसन्धान गरि नियन्त्रण गर्ने बेला आएको जनाए । अहिले पनि नागरिक र प्रहरीको बिचमा खाडल रहेको बताउदै नागरिक संग हात्तेमालो गर्दै निश्पक्ष र स्वच्छ प्रहरी सेवा दिनुनै आजको प्रमुख आवश्यकता रहेको प्रहरी प्रम’ख अर्यालले जनाए । प्रहरीले सुविधा सम्पन्न भवनमा बसेर सेवा दिनु ठुलो कुरा नरहेको जनाउँदै सेवा प्रभावकारी रुपमा प्रदान गर्नुपर्ने जनाए । प्रमुख अर्यालले देशभरीमा ७२ हजार ७ सय २९ प्रहरीहरु कार्यरत रहेकोले केहि खराब प्रहरी हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेकोले राम्रा प्रहरीहरुलाई रचनात्मक सहयोग गर्न आग्रह गरे । कार्यक्रममा मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक माधव नेपाल लगायत अन्य प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी प्रमुखहरुलगायत सबैको उपस्थिति थियो ।  द्धण्द्धकालमा ७ सय ६८ प्रहरी भवन क्षति भएको मध्ये ट्राफिक प्रहरी कोहलपुरको भवन पुणर्निमाण भएको हो । १ करोड २२ लाख २७ हजार  लागतमा भवन निर्माण भएको हो । 


उत्कृष्ट ट्राफिक,चालक र जेष्ठ नागरिक सम्मानित 
मध्यपश्चिम क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । मध्यपश्चिमभरि उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरीहरु प्रहरी नायव निरिक्षक बजिर सिंह विष्ट, प्रहरी हवल्दार टेक बहादुर कुसारी, प्रहरी जवान द्धय भुपेन्द्र सिंह ठगुन्ना र लक्ष्मी बोहरा सम्मानित भएका हुन् । यसैगरि मध्यपश्चिम भरिमा सबैभन्दा जेष्ठ नागरिक बैजापुर १ बसा निवासी १ सय ७ बर्षिय दलजित खड्का, संगै उत्कृष्ट चालक र उत्कृष्ट विद्यालयबाट पनि सम्मान पाएका थिए । 

Tuesday, December 6, 2016

राप्रपा पार्टीको अध्यक्षमा खरेल


राप्रपा नेपाल र राप्रपा पार्टीकेन्द्रमा एक भएपछि बाँकेमा पनि एकीकरण गरिएकोछ । राप्रपा नेपाल र राप्रपा बाँकेको दुई दिनसम्म चलेको एकीकरण कार्यक्रम बाट राप्रपा पार्टी हलो तर्फ बाट संयुक्तराप्रपाका अध्यक्षमा कृष्ण प्रसाद खरेल चयन भएका हुन् । आज मंगलबार सम्पन्न दुई राप्रपा बाँकेको एकीकरण समारोह बाट एक महिने कार्यकालका लागि खरेल अध्यक्ष चयन भएकाहुन् । खरेल पछि राप्रपा नेपालका तर्फबाट जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले राप्रपाकोअध्यक्ष बन्ने छन् । एकीकरण समारोह बाट खरेल आगामी पुष २० गते सम्म र देवकोटा माघ २० गते सम्मजिल्ला अध्यक्ष हुन पाउने भनिएको छ । आगामी फाल्गुणको पहिलो हप्तामा राप्रपा पार्टीकेन्द्रले महाधिवेशन गर्ने भएकोले जिल्ला अधिवेशन नहुँदा सम्म पालैपालो जिल्ला अध्यक्ष हुने भएका हुन् । अध्यक्ष बाहेक अन्य जिल्लाका पदाधिकारीहरुको भने संयु्क्तकार्य समिति बन्ने भनिएको छ । नव निर्वाचित जिल्ला अध्यक्ष खरेलले सबैलाई मिलाएर लैजाने बताउदै सबैले सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा केन्द्रीय कार्यसम्पादन समितिका प्रतिभा राणा, बालाराम घर्तिमगर, डाक्टर धवल शम्शेर राणा, मनोज कुमार प्रधान, पुर्व मन्त्रीद्धय प्रेम बहादुर भण्डारी, फत्तेसिंह थारु, केन्द्रीय सदस्य हिक्मत ढकाल, ओमप्रकाश आजाद, रमेश अर्याल,  सलाउद्दिन जसगढ लगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । 

निर्वाचन समितिमा केसी


आगामी माघ २० गते जिल्लाको सम्पुर्ण तहको निर्वाचन सम्पन्न गर्नका लागि राप्रपाले मोहन केसीको नेतृत्वमा १६ सदस्यीय निर्वाचन समिति बनाएको छ । जिल्लाको गाउँ वडा देखि गाविस, क्षेत्र र जिल्लामा आगामी माघ २० गते भित्र निर्वाचन सम्पन्न गर्नका लागि केसीको नेतृत्वमा १६ सदस्यीय निर्वाचन बनाएको हो । निर्वाचन समितिमा  राप्रपा नेपाल राप्रपा ८, ८ जना सदस्य गरि १६ जना रहेका छन् । निर्वाचन समितिमा बसेकाहरुले पार्टीको कुनैपनि संगठनमा चुनाव लड्न नपाउने नियम बनाइएको छ ।

Wednesday, November 23, 2016

जनजाती भएपनि चुनाव लड्छु

धेरै लामो समयको अभ्यासपछि हिन्दु राष्ट्र, र संवैधानिक राजतन्त्रको अभियान बोेकेको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी विच एकीकरण भएको छ । दुई राप्रपा विच गत ६ गते भएको एकीकरण पछि अब जिल्ला जिल्लामा विभिन्न संगठनमा नेतृत्व लिनका लागि भागदौड सुरु भएको छ । राप्रपा पार्टीमा रहेको महिल संगठनमा पनि अहिले ठुलो अभ्यास चलिरहेको छ ।  अन्य जिल्लाहरु भन्दा बाँके जिल्लाको हकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र तह सम्म राम्रो पहुँच भएका, पटक–पटक मन्त्री समेत भएका नेताहरुको जिल्लाको रुपमा चिनिन्छ । दुई पार्टीको एकीकरणले राप्रपा पार्टीको बाँके क्षेत्र न ः १ , ३ र ४ मा राम्रो पकड भएको पाइन्छ । अब जिल्लामा सबैलाई समान रुपमा सम्मान गर्दै महिला संगठन कसरी विस्तार होला भनेर राप्रपाका बर्तमान महिला संगठन बाँकेकी जिल्ला अध्यक्ष बिन्दु चर्तिमगर संग गरिएको कुराकानी ।
दुई राप्रपा मिलेपछि महिला संगठनलाई कसरी हेरिदैँ छ ? 
 सम्पुर्ण राष्ट्रवादी, नेपाली जनता,सम्पुर्ण हिन्दुहरुमा खुशियाली छाएको छ । अब दुई राप्रपाका नेता कार्यकर्ता खुुशि नहुने कुरै छैन, । ढिलै भएपनि पार्टी मिल्यो सबैको लागि राम्रो हो, निकै खुशि छौँ हामीहरु । महिला संगठनका  सक्रिय नतृहरु अन्य सबैलाई राम्रो भएको छ ।
बाँकेको महिला संगठन कसरी अगाडी बढ्ला ?
 अब एक भएका छौ, एकतावद्ध भएर पार्टीको एजेण्डा लिएर गाउँ गाउँमा जानु पर्छ, सबै महिलाहरुको हक अधिकारका लागि सबै लाग्न जरुरी छ । जिल्लामा रहेको महिलाहरुलाई सम्मान जनक व्यवहार बाट सबैलाई सम्मान जनक  जिम्मेवारी दिन’पर्दछ । अबको बैकल्पीक शक्ति भनेको राप्रपा पार्टी हो, जनताले बुझि सकेका छन् ।
बाँकेमा पदिय भगवण्डामा ठुलो समस्या हुने देखिन्छ नि ?
होइन् आन्तरिक रुपमा नेतृत्व तहमा पुग्ने कस्को चाहना हुँदैन र, तर सबैको इच्छा भएर हुँदैन् । बास्तवमा सहमति अनुसार जिल्लामा नयाँ कार्य समिति आउछ । दक्ष, अनुभवि, लगनशिल,भएको व्यक्तिले जिल्लामा नेतृत्व गर्छ, अब यो, त्यो पार्टीका भन्दा पनि समान व्यवहार बाट सबैलाई उनीहरुको दक्षताको हिसावले सम्मान जनक पद दिइन्छ ।
चुनाव लड्न सक्नु हुन्छ ?
 अध्यक्ष हुने कस्लाई चाहना हुन्न र ?
 म नेतृत्व गर्न तयार छुँ । महिला संगठनको नेतृत्व गर्न तयार  छु त्यहि अनुसारको आन्तरिक तयारी पनि गरिरहेको छुँ । तर खुट्टा तान्ने प्रवृति भन्दा सबैले सहयोग गर्न आवश्यक छ ।
जनजातीलाई नेताहरुले सहयोग गर्लान त ?

अब यस्मा कस्तो छ भने, जनजाती भनेर हेप्न’ भनेको पार्टीको लागि पनि समस्या हो, पार्टीको केन्द्रमा  नेतृत्व तहमा पनि जनजाती नेताहरु अग्र पंक्तिमा छन्  त्यसैले बाँकेमा समस्या छैन् । जिल्लामा महिला संगठनको नेतृत्व गर्दा केहि बाधा अड्चन आएपनि खासै समस्या छैन ।
 जय हिन्दु राष्ट्र नेपाल

हिन्दुहरुको जीत सुनिश्चित

धेरै लामो समयको अथक प्रयास पछि हिन्दु राष्ट्र, र संवैधानिक राजतन्त्रको अभियान बोेकेको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी विच एकीकरण भएको छ । दुई राप्रपा विच गत ६ गते भएको एकीकरण पछि अब त्यसको माहोल जिल्ला जिल्लामा देखिएको छ । खासगरि जिल्लामा भएका दुई पार्टीका नेता कार्यकर्ताहरुमा खुशियाली त छाएको छनै, संगै पदिय भागवण्डमा समेत समस्या हुने देखिएको छ । अन्य जिल्लाहरु भन्दा बाँके जिल्लाको हकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र तह सम्म राम्रो पहुँच भएका, पटक–पटक मन्त्री समेत भएका नेताहरुको जिल्लाको रुपमा चिनिन्छ । दुई पार्टीको एकीकरणले राप्रपा पार्टीको बाँके क्षेत्र न ः १ , ३ र ४ मा राम्रो पकड भएको पाइन्छ । अब जिल्लामा सबैलाई समान रुपमा सम्मान गर्दै पार्टी कसरी अगाडी बढ्ला भनेर राप्रपाका बर्तमान जिल्ला कोषाध्यक्ष तेज नारायण कंडेल संग गरिएको कुराकानी ।
दुई राप्रपा मिलेपछि कस्तो लाग्दै छ ? 
हेर्नुस यसमा कस्तो लाग्दैछ, भन्नेकुरा भन्दापनि सम्पुर्ण राष्ट्रवादी, नेपाली जनता,सम्पुर्ण हिन्दुहरुमा खुशियाली छाएको छ । अब दुई राप्रपाका नेता कार्यकर्ता खुुशि नहुने कुरै छैन, । ढिलै भएपनि पार्टी मिल्यो सबैको लागि राम्रो हो, निकै खुशि छौँ हामीहरु ।
बाँके जिल्लाका जनताले भोट हाल्छन् त ? 
अवश्य पनि नेपाली जनता थकित भइसेका छन् नेपाल फोहरी राजनीतिक खेल देखेर, परिवर्तनका नाममा जनताहरुलाई गुम्ह्रामा पार्ने काम भएको छ, ९४ प्रतिशत हिन्दु भएको नेपालमा राजनीतिक दलहरुले धर्म निरपेक्षताको नाममा नेपालको पहिचाँन बेच्ने काम भएको छ , अब एक भएका छौ, एकतावद्ध भएर पार्टीको एजेण्डा लिएर गाउँ गाउँमा जानु पर्छ, अबको बैकल्पीक शक्ति भनेको राप्रपा पार्टी हो, जनताले बुझि सकेका छन् ।
बाँकेमा पदिय भगवण्डामा ठुलो समस्या हुने देखिन्छ नि ?
होइन् आन्तरिक रुपमा नेतृत्व तहमा पुग्ने कस्को चाहना हुँदैन र, तर सबैको इच्छा भएर हुँदैन् । बास्तवमा सहमति अनुसार जिल्लामा नयाँ कार्य समिति आउछ । दक्ष, अनुभवि, लगनशिल,भएको व्यक्तिले जिल्लामा नेतृत्व गर्छ, अब यो, त्यो पार्टीका भन्दा पनि समान व्यवहार बाट सबैलाई उनीहरुको दक्षताको हिसावले सम्मान जनक पद दिइन्छ । कुनै समस्या हुँदैन । यदि समस्या भयो, भने– प्रजातान्कि अभ्यासबाट निर्वाचनमा जानुपर्छ, निर्वाचन बाट जो जित्छ, उस्लाई सबैले सहयोग गर्न आवश्यक छ ।
त्यस्तो भनिरहँदा तपाई नेृतृत्व लिन खोजेको हो ? 
हेर्नुस मैले अघिनै भने अध्यक्ष हुने कस्लाई चाहना हुन्न र ?
मेरो चाहना भन्दा जिल्लाले महशुस गर्यो भने, यहाँका नेता कार्यकर्ताले महशुस गर्यो भने, म नेतृत्व गर्न तयार छुँ । तर खुट्टा तान्ने प्रवृति भन्दा सबैले सहयोग गर्न आवश्यक छ ।
जिल्लामा पार्टी मजवुद पार्न मुख्य चुनौती के छ ? 
अब यस्मा कस्तो छ भने, गर्नेहरुका लागि बाधा व्यवधान आउछन् तर समस्या संग डराएर होइन, समाधान गर्न सक्नु पर्छ, जिल्लामा अबको नेतृत्व तहले संगठन विस्तार जनचेतना मुलक कार्यक्रम, व्यापारीहरुलाई भन्सारमा छुटको सहुलियत, समग्र जिल्लाको विकासको लागि पहल गर्न आवश्यक छ ।
अन्त्यमा के छ, तपाईको सन्देश ? 
अब पार्टी एक भएको छ, बाँके जिल्लामा चुनौती र सम्भावना दुबै छ, सबैभन्दा पहिले केन्द्रका नेताहरुले जिल्लामा पदिय भागवण्डा गर्दा नातावाद कृपावाद लाड्न खोज्ने प्रबृति हटाउनु पर्छ, र सबै एकजुट भएर जनता संगै हातेमालो गर्दै जिल्लाकै पहिलो पार्टी हुनु पर्दछ । जय हिन्दु राष्ट्र नेपाल
- See more at: http://dainikpost.com/%e0%a4%aa%e0%a4%a6%e0%a4%bf%e0%a4%af-%e0%a4%ad%e0%a4%be%e0%a4%97%e0%a4%b5%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95/#sthash.YUcNknpP.dpuf

Wednesday, November 16, 2016

विरेन्द्र राजा शालिक पुनस्र्थापना समितिले सक्रियता बढायो


स्वर्गीय राजा श्री ५ विरेन्द्र विर विक्रम शाहको शालिक पुनस्र्थापना समिति बाँकेले जन स्तरमा सक्रियता बढाएको छ । नेपालगन्जको विरेन्द्र चोकमा राखिएको विरेन्द्र राजाको शालिक २४ घन्टा वित्न नपाउँदै प्रशासनले हटाएपछि निरन्तर संघर्ष जारी राखिएको हो । शालिक पुनस्र्थापना संघर्ष समितिका संयोजक भिम शाहीले ईतिहाँस जोगाउने अभियानमा नागरिकको साथ जुट्दै गाएको जनाए । संयोजक शाहीले भने, शालिक पुनस्र्थापनाका लागि जनताका घर घरमा गएका छौँ, सबैको मत शालिक  राख्नु पर्ने भन्ने छ । प्रशासनले हटाउने वित्तिकै सडकमा, जनमानसमा सचेतना अभियान चलाएको पुनस्र्थापना समिति बाँकेले यो कार्यलाई झनै अगाडी बढाएको हो । विरेन्द्र राजाको शालिक भनेको ईतिहाँस जोगाउने खम्बा हो, भव्य जनमनसको उपस्थितिमा पुन शालिक स्थापना गर्ने संयोजक शाहिले जनाए । यस अघि विभिन्न छलफल, विरोधका कार्यक्रम, धर्मगूरुहरु संगको छलफल , हस्ताक्षर अभियान चलाएको पुनस्र्थापना समितिले भव्य जनमानसको उपस्थितिमा शालिक पुनस्र्थापना गर्ने भएको हो । भर्खरै निर्वाचित अवधी पत्रकार संघ नेपालका केन्द्रीय पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रम गरेर शालिक पनस्र्थापना समिति बाँकले अवधी पत्रकार संघ नेपालका पदाधिकारीहरुलाई इतिहाँस जोगाउँने अभियानमा साथ दिन आग्रह गरिएको समेत संयोजक शाहीले उल्लेख गरे । जवाफमा अवधी
पत्रकार संघका पदाधिकारीहरुले सन्चारकर्मिहरुले ईतिहाँस जोगाउने अभियानमा साथ दिने जनाएका थिए । नेपालगन्ज संगै देश व्यापी अभियान चलाएर शालिक पुनस्र्थापना भएरै छाड्ने संयोजक शाहिको जिकिर छ ।

Tuesday, November 15, 2016

मण्डपबाट भागेकि बेहुली पुनः माया गास्न आएपछि पार्टी एक हुँदै

राप्रपा नेपाल र राप्रपा पार्टी विचको एकीकरण सफल हुन नसकेपछि बेहुली मण्डप बाट भागेको संज्ञा राप्रपा नेपालले दिएपछि निकै चर्चाको बिषय बन्यो । सम्पुर्ण तयारी भईसकेर बिहेकै दिन बेहुलीले बिबाह अस्विकार गर्दै विवाह मण्डप बाटै भागेको आरोप राप्रपा नेपालले राप्रपालाई लगाई रहदा एक अर्का पार्टीको विरोधशंका उपशंकाले पनि नेपाली मिडियामा निकै स्थान पायो ।
भागेको दुई महिना वित्न नपाउँदै पुनः बेहुली फर्कने कुराले कसरी विश्वासको आधार तयार भयो भनेर राप्रपा नेपालका महामन्त्री डा ः धवल शम्शेर राणा संग कुराकानी गरेका छौँ ।
मण्डप बाटै भागेको बेहुलीलाई पुनः कसरी स्वीकार्नु भो ?
हेर्नुस बास्तवमा सबै तयारी पुरा भएर बिहेकै दिन बेहुली भागेकै हो, हामीलाई ठुलो विश्वास घात भएकै हो, तर अहिलेको अवस्थामा बेहुलीकै बुबा आर्थात राप्रपाका अध्यक्ष पुशपति शम्शेर रााणा आफै अब हामीलाई यो विहे स्वीकार छ भनेर आग्रह गरे पछि  एकीकरण हुँने भएको हो ।
अब मसिंर ६ गते हुने विवाह खल्लो हुने त होइन ? 
अब केटी पक्षले सबै तयारी पुरा गरेर भव्य गर्ने भएपछि हामी पनि के कम, ६ गतेको विवाहले राष्ट्रिवादी शक्ती एक हुन्छ । त्यसमा कुनै शंका नगारौँ ।
भागेको बेहुलीलाई विश्वास गर्ने आधार चाही केहो ?
हेर्नुस पहिले हामीले छोरी दिनु पर्यो तपाई हामी एक भयो भने सबैलाई राम्रो हुन्छ, भनेर अगाडी कदम चालेकै कारणले केटी पक्षले धोका दिएको हो, अब त केछ भने बेहुलीकै बुबा आफै बिहेको तयारीमा जुटेका छन् त्यस अर्थमा सबैभन्दा ठुलो विश्वास त्यहि नै हो ।
राप्रपा संग मिल्नु भनेको सरकारमा जानु हो, राष्ट्रघाती सरकारको शरण किन पर्नु हुन्छ ?
 अब यसमा के छ भने पहिले देखिनै राप्रपा सरकारमा छ, हामी एक हुने वित्तिकै सरकारमा सहभागी हुनै पर्दछ । तर वास्तवमा के हो भने पछिल्लो समयमा निर्वाचनको कुरालाई लिएर सरकारमा जानै पर्ने आवश्यकता देखिएको छ । तर यो होइन कि राप्रपा नेपाल सरकारमा जाने वित्तिकै आफ्नो एजेण्डा छोड्ने हुँदैन । हामी स्थानीय निकायको निर्वाचनको तयारीका लागि पनि सरकारमा जानु पर्ने अवस्था आयो । हामीले हिन्दु राष्ट्रको एजेण्डा जहिले पनि बोकेरै हिड्छौ एकदिन अवश्य सफल हुन्छौ ।
राष्ट्रवादी शक्ति एक भएर हिन्दु राष्ट्र स्थापित हुन्छ त ?
हेर्नुस १० बर्षिय लामो जनयुद्ध पछि नेपाली जनताले परिवर्तन चाहेका थिए र एक पटक माओवादीले केहि गर्लाकि भन्ने आशामा नेपाली जनताले भोट दिएकै हुन ् तर अहिले सम्म के पाए । नेपालमा हिन्दुहरुको बाहुल्यता भएको देशमा अब नेपाली जनता बहकिएर बहकिने अवस्था छैन ्। अब हामी देशकै ठुलो शक्तिको रुपमा स्थापित हुँदै छौ । पुर्व पन्च गाउँका युवाहरुलाई एक ठाउँमा बोलाएर हामी राष्ट्र हाँक्ने शक्ति हुन्छौ ।
राप्रपा नेपालले गाई चिन्ह छोड्छ ? अव संविधान सभाको निर्वाचनमा प्रतिनिधित्व गर्नेहरुले ऐन कानुन अनुसार प्रष्ट पारेपछि  राष्ट्रिय जनावरको रुपमा रहेको गाई चिन्ह राख्ने कि नराख्ने प्रष्ट हुन्छ । सुर्य र गाई लाई मात्रै आरोप लगाउने हो भने यस बिषयमा एमाले संग मिलेर अगाडी पहल थाल्छौ ।

Monday, November 14, 2016

बाँकेमा ६ सय ४५ जनााई पुर्ण राहात

, हेमन्त चौधरी, कार्तिक २९,
 बाँकेमा सशस्त्र द्धण्द्धकालको समयमा गम्भिर मानव अधिकार उलघंनका घटनामा परेका ६ सय ४५ जनाले सरकार बाट पुर्ण रुपमा राहात पाएका छन् । स्थानीय शान्ति समिति बाँकेको अनुसार  बाँकेमा ४ हजार पीडित मध्ये यस आर्थिक बर्षको अहिले सम्म ६ सय ५२ जनाले पुर्ण राहात पाएका हुन् । शान्ति समिति बाँकेले दिएका जानकारी अनुसार द्धण्द्धकालमा विभिन्न घटनामा परि मृत्यु भएका २ सय ३७ जनाले राहात पाएका छन् । यस्तै वेपत्ता भएका ५७ जना,  अपहरणमा परेका ३१ जना, विस्थापित भएका १ सय १९ जना अभिभावक विहिन भएका टुहुरा बालबालिका ८ जना, सम्पत्ती लुटिएका १ सय २६ र अंगभंग भएका ७४ जनाले पुर्ण रुपमा राहात पाएका हुन् । स्थानीय शान्ति समिति बाँकेले विगत एक बर्षको अवधीमा उल्लेख्य कार्य गरेकोले बाँकेमा ठुलो संख्याका पीडितहरुले राहात पाएका हुन् । निर्वतमान शान्ति समिति संयोजक तेज विक्रम शाहको कार्यकालमा  सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगमा परेका उजुरीहरु विवाद रहित तरिकाबाट राहात उपलब्धका लागि सफिारिस गरिएका थिए ।   सत्य निरुपणमा ९ सय ४० र वेपत्तामा १ सय २६ जनाको उजुरी परेका छ । शान्ति समिति बाँकेले अन्य धर्मगुरुहरु संग सद्भाव एकता कायम गर्न निरन्तर छलफल तथा शान्ति सद्भाव कायम गर्न अहम भूमिका खेलेकै कारण निवर्तमान संयोजक शाह देशभरीकै उत्कृष्ट शाखाको  रुपमा शान्ति तथा पुनर्निमाण मन्त्रालयमा सम्मान पाएका थिए । निर्वतमान संयोजक शाहले बाँकेमा सद्भाव एकता कायम गर्न शन्ति समितिको संयोजकले राजनीतिक कर्ता भन्दा शान्ति निर्माण कर्ताको रुपमा सम्पुर्ण कार्य अगाडी बढाउनु सुझाव समेत बताएका छन् । 

Sunday, November 13, 2016

सुख ः दुखका नेता मनोज प्रधान


नेपालमा राजनीति गर्ने नेताहरुलाई दिनहुँ जसो गाली नगर्ने नागरिक छैनन् होला नेपालमा, राजनीतिक दलका नेताहरु आफ्नो स्वार्थ र कुर्सीको लागि बाहेक नेपाली जनता र नेपालको हितमा काम नगरेको प्रष्ट छ । यसले सम्पुर्ण नेपाली जनताको प्रगती लाई वाधा गरिरहेको छ । जस्का कारण असान्ती, कोलाहल, वेरोजगारी हत्या हिंसा प्रतिदिन नेपालमा बढ्दै गएको छ । तर जो एउटा यस्तो नेता जो नेपालका राजनीति गर्ने संयौ नेताहरुको विचमा मनोज प्रधान सबैका लोकप्रिय नेताका रुपमा गनिन्छन् । राप्रपा नेपालका राप्ती अंचल संयोजक तथा केन्द्रीय सदस्य भएर केन्द्रमा खासै परिचिति नभएपनि अंचल र जिल्लामा लोकप्रिय छन् । आस्थाले राप्रपा नेपाल भएपनि  मनोज प्रधानको नजरमा सबै नागरिक  समान व्यवहार छन् । सल्यानमै जन्मिएर सल्यान बाट कक्षा १० पास गरेर काठमाण्डौमा उच्च शिक्षा हासिंल गर्न गएका प्रधान काठमाण्डौमा हुँदा पनि सल्यान बासीहरुको सेवा गर्न पछि परेनन् । काठमाण्डौमा सल्यान सरोकार समाजको अध्यक्ष भएर गरिव दुखी पढ्न बाट बन्चित रोजगारी नपाएका र उपचार नपाएका संयौ सल्यानी बासीहरुलाई सहयोग गरेको स्मरण गर्दा मनोज प्रधानलाई अहिले पनि समाज सेवा गरेको महसुस हुन्छ । त्यति मात्रै कहाँ हो र   २०५० साल तिर काठमाण्डौमा एक कम्पनीमा जागीर खाँदा धेरै सल्यानका युवाहरुलाई रोजगारी लगाएका थिए । २०६० सालमा राजाको पालामा जम्मा केहि महिना मात्रै जिल्ला विकास समिति सल्यानको सभापति हुँदा लोकप्रिय र उदाहरणिय कार्य गरेर मनोज प्रधानले देखाएका थिए । सल्यान लगायत देशभरीनै नातावाद कृपावाद पैसाको चलखेलमा कर्मचारी भर्ना गर्ने प्रचलन बढेको बेला मनोज प्रधानले सल्यानमा निकै पार्दशिता ढंगबाट १ सय २० वटा शिक्षकलाई राहातमा राखेका थिए । सबैभन्दा अप्थ्यारो परिक्षा प्रधानका लागि सल्यानका २ सय जना युवाहरुलाई आफ्नै लगानीमा मलेसिया पठाउनु थियो । पैसा भएर पनि विदेश जान सहज नभएको समयमा पनि आफ्नै लगानीमा प्रधानले सल्यानका २ सय जना युवाहरुलाई मलेसिया पठाएका थिए । त्यतिबेला जिवनभरि कमाएर १० हजार रुपैयाँ देख्न नपाउने वेरोजगार युवाहरुलाई विदेश पठाएर उनीहरुको जिवननै बनाएका कारण सल्यानमा मनोज प्रधान जनप्रिय  नायक मान्छिन् । अहिले पनि सल्यानमा शिक्षा स्वास्थ्य, रोजगारीको समस्या रहेको बताउदै राप्रपा नेपाल सल्यानले गरिव वालबालिकाहरुलाई शिक्षा हाँसिल गर्नका लागि सहयोग अगाडी बढाएको मनोज प्रधान झनै लोक प्रिय बन्दै गएका छन् । अहिले राप्रपा नेपालको अंचल संयोजक रहेका प्रधान यस अघि पनि सल्यानबाट उम्मेदवार थिए । उनी जहिले पनि सल्यानी जनताको पक्षमा काम गर्ने जनाउछन् । 

Thursday, October 20, 2016

प्रित कम्पनी ग्राहकको माझमा

पछिल्लो समयमा बाँके र बर्दियामा सबैभन्दा बढि ट्ेक्टर विक्रि गर्न सफल प्रित टेक्टर कम्पनीले ग्राहकहरु संग भेटघाट कार्यक्रम गरेको छ । आज नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि बाँके र बर्दियाका गरि १ सय बढि ग्राहकहरु संग भेटघाट तथा छलफल कार्यक्र गरेको हो । प्रित टेक्टरको आधिकारिक विक्रेता स्वीग अटो प्रालि नेपालगन्जले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागि किसानहरुले प्रित ट्याक्टर बाट राम्रो आम्दानी भएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा प्रित टेक्टरको नेपालमा प्रमुख जिम्मा लिएका प्रकाश सिंह राठौरले विश्वका २५ बढि देशमा प्रित ट्याक्टर किसानहरुले प्रयोग गर्ने गरेको बताउदै अरु कम्पनी भन्दा क्षमतावान रहेको बताए । कार्यक्रममा प्रित कम्पनीको सुरुवात चरण देखि अहिले सम्मको अवस्था बारे जानकारी गराउँदै प्रमुख राठौरले अब छिट्टै गाउँ गाउँमा फ्रि क्याम्प सर्भिस, अन्य जनचेतना मुलक कार्यक्रमहरु गर्ने जनाए ।  बाँके र बर्दियामा गरि बर्षमा १ सय ५० बढि ट्याक्टर विक्री भइरहेको भन्दै आगामी दिनमा हरेक किसानको हात हातमा ट्याक्टर पुर्याउने लक्ष्य रहेको जनाए । नेपालमा प्रित कम्पनीको पहिलो कार्यालय स्वीग अटो प्रालिका प्रमुख सन्तोष बर्माले सबै ग्राहकहरुलाई सक्दो सहुलियत दरमा विभिन्न उपाहार सहित ट्याक्टर विक्री वितरण गर्दै आएको जनाए । भेटघाट कार्यक्रम मंगलसिंह वलीको प्रमुख आतिथ्यमा भएको थियो ।

Tuesday, October 18, 2016

कार जस्तै अटो रिक्सा नेपालगन्जमा भित्रियो

नेपालमा पहिलो पटक कार जस्तै अटो रिक्सा नेपालगन्जमा  भित्रिएको  छ । पछिल्लो समयमा अटो रिक्साहरुले स्थान पाइरहेको बेला सुविधा सम्पन्न कार जस्तै रिक्सा नेपालगन्जमा आएको हो । वागेश्वरी इनटरनेश्नल प्रालिका प्रवन्ध निर्देशक उदय सिंह श्रेष्ठका अनुसार कार जस्तै हिटर, पङ्खा, एलसिडि क्यामरा नाइट भिजन लाइट जडान सहितको अटो रिक्सा नेपालगन्ज ल्याइको हो । जाडो सिजनमा यात्रुहरुलाई हिटरको सुविधा घाम, पानी, हावा हुरी धुलो धुवाबाट बच्न सकिने सुविधा युक्त कार जस्तेै रिक्सा नेपालगन्जमा ल्याइएको प्रवन्ध निर्देशक श्रेष्ठले बताए । नेपाल भरिकै आधिकारिक विक्रेता रहेको वागेश्वरी इटरनेश्नलले जस्तो सुके उकालोमा पनि सजिलै जान सक्ने जेनेटरको सुविधा भएको अटो रिक्साको माग अत्यधिक रहेको निर्देशक श्रेष्ठको भनाई छ ।  सस्तो शुलभ मुल्यमा विक्रि वितरण गरिएपछि एक दर्जन बढि ल्याएको कार जस्तै रिक्सा अब नेपाल भरि माग भएको हुँदा अरु थप ल्याउने तयारी भइरहेको समेत निर्देशक श्रेष्ठले जनाए ।

Friday, October 14, 2016

जुवाको खालमा राप्तीपारिको दशै

सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चनिने राप्तीपारिको दशै यस बर्ष जुवामय भयो । दशैको एक हप्ता राप्तीपारिको ३÷४ गाविसमा लाखौँ रुपैयाँको जुवा भएको हो । लाखौं रुपैयाँको जुवा ठाउँ ठाउँमा चल्दा समेत बैजापुर ÷बिनौना गरि २ गाविस हेर्ने ईलाका प्रहरी कार्यालय धामपुर मुख दर्शक बनेर बस्यो । प्रहरी प्रशासनकै जानकारीमा खुल्लेयाम जुवा खेल्न पाइने भएपछि टाढा टाढा बाट जुवाडेहरु राप्तीपारि पुगेका थिए । दाङ, नेपालगन्ज, कोहलपुरबाट ठुलो संख्यामा जुवाडेहरु राप्तीपारि पुगेका थिए । बैजापुर÷बिनौना र फत्तेपुरका विभिन्न स्थानमा खुल्लेयाम जुवा भइरहेको जानकारी पाएपनि प्रहरीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाहरुको भनाई छ । बिनौनाको मेला लाग्ने डाँडा, ९ वडा, चिलहरिया,बैजापुरको नयाँ बस्ती अन्धरपुर, खैरहनी, बेलासपुर लगायतका स्थानमा ठुलो जुवा चलेको हो । यि ठाउँहरुमा स्थानीय भन्दा बाहिरका धेरै जुवाडेहरु खेल्न आएको स्थानीय बासिन्दाहरुको भनाई छ । ईलाका प्रहरी कार्यालयका प्रहरी इन्चार्ज सई देवीलाल घर्तिमगर उक्त चौकीमा बसेको एक दशक लामो भइसकेकोले स्थानीय स्तरमा केहि पनि नगर्ने गरेको स्थानीय बासिन्दाहरुको भनाई छ । यी संगै राप्तीपारिमा चोरीका मोटर साइकल, ट्राफिक नियम विपरित मोटरसाईकलहरु प्रहरीको सामुन्ने गुड्दा समेत प्रहरी नदेखेझै गर्ने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ ।

Sunday, October 2, 2016

७ जना पत्रकार सम्मानित हुने


मिडिया नेपाल क्षेत्रिय कार्यालय नेपालगन्जले जिल्लाका ७ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा अहम योगदान पुर्याए बापत जिल्लाका ७ जना पत्रकारहरुलाई सम्मान गरिन लागेको हो । मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष उदय सिंह श्रेष्ठका अनुसार अग्रज पत्रकार निरज गौतम, झलक गैरे, सिराजुद्दिन खान, हेमन्त कर्माचार्य  पुर्णलाल चुके, सुर्यलाल यादव, र डक्ट धिताललाई सम्मान गरिने भएको हो । यस संगै भर्खरै निर्वाचि नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई पनि सम्मान गरिने भएको हो । २५ जना पदाधिकारीहरुलाई सम्मान गरिन लागिएको आयोजक कमिटिले जनाएको छ । 

मिडिया नेपालको भेला तथा बडाभोजको तयारी पुरा

सोमबार १७ गते हुने मिडिया नेपालको क्षेत्रिय भेला तथा  बडा भोजको तयारी पुरा भएको छ । मिडिया नेपाल क्षेत्रिय कार्यालय नेपालगन्ज र जिल्ला कार्य समिति बाँकेको संयोजनमा हुन गइरहेको क्षेत्रिय भेला तथा बडा भोजको सम्पुर्ण तयारी पुरा भएको  मिडिया नेपाल बाँकेका अध्यक्ष हेमन्त चौधरीले जानकारी दिए । क्षेत्रिय भेलामा सहभागि हुन  मिडिया नेपालका केन्द्रीय सचिव टेकराज शाही लगायत दैलेख र जुम्लाका पत्रकारहरु नेपालगन्ज आइपुगेका छन् । भने अन्य जिल्लाहरुबाट मिडिया नेपालमा आवद्ध पत्रकारहरु नेपालगन्ज आउने क्रम जारी रहेको छ । दिउँसो १२ बजे बाट सुरु हुने क्षेत्रिय भेलामा मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौड्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  क्षेत्रिय भेला पछि साँझ बडा भोज पनि गर्ने कार्यक्रम रहेको छ । बडा भोजमा  क्षेत्र, जिल्लाका उच्च पदाधिकारी, पत्रकार व्यापारी, राजनीतिकज्ञ लगायत २ सय बढिको सहभागिता रहने छ ।

Saturday, October 1, 2016

नगरको २4 न ः वडामा राप्रपा नेपालको कार्यालय विस्तार

राप्रपा नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको २४ न ः वडामा आफ्नो कार्यालय विस्तार गरेको छ । घरघरमा राप्रपा नेपाल अभियान बोकेको राप्रपा नेपालले आज २४ न ः वडामा पार्टी कार्यालय विस्तार गरेको हो । आज राप्रपा नेपालका महामन्त्री  डा ः धवल शम्शेर राणाले रिवन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै महामन्त्री राणाले सकारात्मक कार्य भएको भन्दै नगरको सबै वडामा कार्यालय विस्तार गर्न आवश्य रहेको बताए । राप्रपा नेपाल नेपालगन्जमा राम्रो रहेको बताउदै अहिले देखि स्थानीय तथा राष्ट्रिय दुवै निर्वाचनको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन गरेका छन् । राप्रपा नेपालका जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले खशि व्यक्त गर्दै  सक्रिय भएर लाग्न आग्रह गरे । राजेन्द्र कुर्मीको संयोजकत्वमा कार्यालय स्थापना गरिएको हो ।

नेपाल मनव धर्म सेवा समितिको दुर्गा उद्घाटन

मानविय सेवामा समर्पित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले नव दुर्गाको भव्य उद्घाटन गरेको छ । आज शनिबार राप्रपा नेपालका महामन्त्रीले उद्घाटन गरेका हन् । शनिबार देखि ९ दिन सम्म नवदुर्गाको विशेष पुजा सहित विभिन्न कार्यक्रम गरि मनाउने भएको हो । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार नवदुर्गाको ९ दिन भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष संत्सगं हुने भएको हो । संगै ९ दिन सम्म झाँकी, नाटक, विशेष पुजाआजा, विशेष अतिथिहरुबाट शुभकामना आदान प्रदान गर्ने गर्ने समेत कार्यक्रम रहेको सचिव कंडेलले जनाए । नेपालगन्जको कारकाँदो स्थित आफ्नै भवनको प्राङ्गणमा नवदुर्गाको पूजा आजा गरिने भएकोले सबैमा उपस्थितिका लागि समितिले विशेष आह्वान समेत गरेको छ ।

Friday, September 30, 2016

नेपाल मानव धर्म सेवा समितिको नवदुर्गा विशेष

मानविय सेवामा समर्पित रहेको नेपाल मानव धर्म सेवा समिति भेरी अन्चल आश्रम नेपालगन्जले नव दुर्गाको फरक ढंगले पुजा आजा गर्ने भएको छ । भोली शनिबार देखि ९ दिन सम्म नवदुर्गाको विशेष पुजा सहित विभिन्न कार्यक्रम गरि मनाउने भएको हो । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलका अनुसार नवदुर्गाको ९ दिन भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष संत्सगं हुने भएको हो । संगै ९ दिन सम्म झाँकी, नाटक, विशेष पुजाआजा, विशेष अतिथिहरुबाट शुभकामना आदान प्रदान गर्ने गर्ने समेत कार्यक्रम रहेको सचिव कंडेलले जनाए । नेपालगन्जको कारकाँदो स्थित आफ्नै भवनको प्राङ्गणमा नवदुर्गाको पूजा आजा गरिने भएकोले सबैमा उपस्थितिका लागि समितिले विशेष आह्वान समेत गरेको छ । भोली शनिबार बेलुका ५ बजे दुर्गा पुजाको समाज सेवी तथा राप्रपा नेपालका महामन्त्री डा. धवल शम्शेर राणाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनमा समाज सेवी तथा कुशल व्यवसायि अच्युत प्रसाद प्रसाई लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।

Thursday, September 29, 2016

विरेन्द्र राजाको शालिक स्थापना गर्न नदिए देशभरी आगो सल्किने


बिहीबार राष्ट्रवादीहरुले  स्वर्गीय राजा विरेन्द्र शाहको शालिक पुन ः स्थापना जसरी पनि गरेर छाड्ने उद्घोष गरेका छन् । नेपालगन्जको विरेन्द्र चोकमा आज ईतिहास मेटाउने राष्ट्रघाती सरकार तथा प्रमुख राजनीतिक दलहरुको कडा आलोचना गर्दै राष्ट्रवादी शक्तिहरुले शालिक स्थापना गर्न जस्तो सुकै मुल्य चुकाउन पछाडी नपर्ने चेतावनी दिएका छन् । राप्रपा नेपालका महामन्त्री डा . धवल शम्शेर राणाले इतिहासलाई मेटाउने राष्ट्रघातिहरुलाई खबरदारी गर्दै शालिक स्थापना गर्न कसैले रोक्न नसक्ने बताए । महामन्त्री राणाले भने— जनताको भावना विपरित इतिहास मेटाउने काम भएको छ, त्यसको ठुलो मुल्य चुकाउन पर्छ । यदि शालिक राख्न निदिए नेपालगन्ज बाट सल्किएको आगो देशैभरी फैलन्छ, त्यो आगो निभाउन नसकेर सक्ता छोडेर भाग्न पर्ने अवस्था आउने चेतावनी समेत महामन्त्री राणाले दिए । राप्रपा नेपाल बाँकेका जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले मरेको राजा संग डराउने प्रमुख राजनीतिक दलले ल्याएको गणतन्त्र कति कमजोर छ भन्ने प्रष्ट भएको बताउँदै जनतामा जागेको आक्रोसले शालिक स्थापना गरेरै छाड्ने बताए । राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कंडेलले कोणसभालाई स्वागत  गर्दै २४ घन्टा वित्न नपाउँदै रातारात शालिक चोर्ने निकम्मा सरकारको विरुद्ध आम जनता ओर्लिएको भन्दै इतिहासको धरोहर विरेन्द्र शाहको शालिक पुन ः स्थापन भएरै छाड्ने जनाए । ठुलो संख्याको जनमानसको उपस्थितिले पनि प्रष्ट पारेको भन्दै अन्तिम सम्म जनताको साथ रहने उल्लेख गरे ।  कर्याक्रममा बोल्ने अन्य वक्ताहरुले पनि शालिक स्थापनामा कसैले रोक्न नसक्ने बताएका थिए ।





बिरेन्द्र राजाको पक्षमा केहिबेरमै शक्ति प्रदर्शन


नेपालगन्ज, असोज १३
स्वर्गीय राजा विरेन्द्र शालिकको पुन ः स्थापना हुनु पर्ने माग गर्दै केहि बेरमा राप्रपा नेपाल बाँकेले शक्ति प्रदशन गर्ने भएको छ । राप्रपा नेपालका बाँके जिल्ला अध्यक्ष ऋषिराज देवकोटाका अनुसार त्रिभुवन चोकमा अहिले जम्मा हुँदै गरेको मासले शक्ति प्रदर्शन गरिने भएको हो । गाउँ गाउँ बाट संयौको संख्यामा मानिसहरु अहिले त्रिभुवन चोकमा जम्मा भइरहेका छन् ।  त्रिभुवन चोक बाट र्याली सुरु भएर नगरको विभिन्न भाग परिक्रमा गर्दै धम्बोझी चोकमा गएर कोण सभा गरिने राप्रपा नेपालका कोषाध्यक्ष तेज नारायण कंडेलले जानकारी दिए । र्यालीमा ईतिहास जोगाउने अभियानमा विभिन्न स्थानबाट स्वतह मानिसहरु सहभागि भइरहेका छन् । स्थापना गरिएको शालिक प्रशासनले छापामार शैलीमा चोरी गरेको विरोधमा आज कडा नाराबाजि समेत गरिने भएको छ ।

Saturday, September 24, 2016

स्वोलो वाईक प्रतियोगीताको उपाधी विकलाई

असोज ८ गते,


 सक्सेस फोरमको आयोजनामा आज नेपालगन्जमा भएको पाँचौ स्वलो वाईक प्रतियोगीतामा ३८ जनालाई पाखा लगाउँदै जितु विक प्रथम भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय् बाँकेको सहकार्यमा सवारी दुर्घटना न्युनिकरणमा टेवा पुग्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा  जितु विक २ः ३३ सेकेण्ड,मा १ सय मिटर सहजै पार गरेर प्रथम भएका हुन् । राप्रपा नेपाल बाँकेका कोषाअध्यक्ष तथा समाज सेवी तेज नरायण कंडेलले स्वलो वाईक प्रतियोगीताको प्रथम पुरस्कार दिएर सहयोग गरेका छन् । प्रथम हुने विकले ५ हजार १ सय नगद, प्रमाण पत्र र एउटा स्र्पोट कपडा पाएका थिए । यसैगरि प्रतियोगीताको सुरेन्द्र सिंह २ः २९ सेकेण्डमा दृतिय हुँदै ३ हजार १ सय नगद,र नविन आचार्य २ ः १० सेकण्डमा तृतिय हुँदै २ हजार १ सय नगद सहित प्रमाण पत्रप्रपात् गरेकोसक्सेस फोरमका अध्यक्ष  सुर्यमनि पौडेलले जनाकारीदिए । यसैगरि सान्तवना पुरस्कार मानसिंह पुन  १ हजार ५ सय नगद  र उत्कृष्ट महिला सहभागि भनेर चन्द्रकला न्यौपानेले आर्कषक उपाहार पाएको थिइन् ।

Monday, September 19, 2016

विश्व शान्तिका लागि ठुलो संख्यामा रक्तदान,


कोहलपुर, असोज ३
अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा बाँकेमा गरिएको रक्तदान कार्यक्रममा ठुलो संख्यामा मानिसहरुले रक्तदान गरेका छन् । नेपाल मानव धर्म सेवा समिति भेरी अंचल आश्रमले बाँकेको नेपालगन्जमा आज अन्तरराष्ट्रिय शान्ति दिवस तथा परम पुज्य श्री सत्तपाल जी महाराजको ६६ जन्मिदिनको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५२ जनाले रक्तदान गरेका हुन् । नेपाल मानव धर्म सेवा समिति बाँकेका सचिव तेज नारायण कंडेलले विश्व शान्तिको कामना गर्दै रगतको कमिले कोही पनि मर्न नपरोस भन्ने भावना बोकेका राजनीतिकज्ञ, समाज सेवी, पत्रकार, शिक्षक,विद्यार्थी लगायत गरि १ सय ५२ जनाले रक्तदान गरेको जनाए । सचिव कंडेलका अनुसार १सय ५२ जना मध्ये ३४ महिला र १ सय १८ पुरुष रहेका छन् । रक्तदान दिनेहरुमा राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋषिराज देवकोटा, समिति सचिव कंडेल, राप्रपा नेपालका जिल्ला सदस्य खिम बहादुर खत्री, लगायत १ सय ५२ जना रहेका छन् । आज मंगलबार मानव धर्म सेवा समितिले नेपालगन्ज उप महानगरपालिकाको घरबारी टोलमा रहेको भुरे स्कुलमा गरिव विद्यार्थीहरुलाई काँपी कलम वितरण गर्ने भएको हो । सचिव कंडेलका अनुसार गरिव असाहय बालबालिकाहरुलाई काँपी कलम वितरण गर्ने कार्यक्रम रहेको छ ।